PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

  • पहिरो झरेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

    गोरखा : तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।   गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो। पहिरोमा यात्रुवाहक, मालवाहक गाडी परे/नपरेको यकिन भइसकेको छैन। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ। 'सडकमा ठूलो पहिरो झरेको छ,' उनले भने, 'पहिरो…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रम भट्टराईलाई पहिरोले रोक्यो

    पूर्व प्रम भट्टराईलाई पहिरोले रोक्यो

    काठमाडौं : पहिरोका कारण पृथ्वी राजमार्गको आबुखैरेनी – मुगलिङ सडक खण्ड अवरुद्ध हुँदा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईका पूर्ववत कार्यक्रमहरु अवरुद्ध भएको छ। भट्टराईको गृह जिल्ला गोरखा र तनहुँमा कार्यक्रम तय थियो। तर पहिरोका कारण जान नसकेपछि फर्किन परेको भट्टराईले जनाएका छन्।    ऑबुखैरेनी नजिक पहिरोले अवरूद्ध बाटो नखुलेकेले र तत्काल खुल्ने सम्भावना पनि नभएकाले…

    विस्तृतमा पढ्नुस्

  • ​यु १९ एसिया कप क्रिकेट डिसेम्बरमा, नेपालसहित ८ राष्ट्रले खेल्ने

    ​यु १९ एसिया कप क्रिकेट डिसेम्बरमा, नेपालसहित ८ राष्ट्रले खेल्ने

    काठमाडौं : तेस्रो संस्करणको यु १९ एसिया कप क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ। डिसेम्बर ८ देखि २२ सम्म श्रीलंकामा युवा क्रिकेट प्रतियोगिता हुन लागेको हो।  प्रतियोगितामा नेपालसहित कुल ८ राष्ट्रको सहभागिता रहनेछ, जसमा आयोजक श्रीलंकासँगै टेष्ट खेल्ने ४ टीम समेत हुनेछन्।  यसपटक श्रीलंकाको राजधानी कोलम्बोबाहिरका ३ स्टेडियममा खेल हुनेछ। हामबानटोटस्थित महेन्द्रा राजापाक्ष इन्टरनेसनल क्रिकेट स्टेडिया, गाल्ले इन्टरनेसनल क्रिकेट स्टेडियम र…

    विस्तृतमा पढ्नुस्

  • ​पर्वको मुखैमा झरी, दसैं हिले हुने सम्भावना कति?

    काठमाडौँ : न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ।       मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।       “न्यूनचापीय प्रणाली अहिलेमध्ये भेगमा केन्द्रित छ, हिजो पूर्वका धेरै स्थानमा पानी परेको थियो, आज दिउँसो मध्यभेगमा पानी पर्ने सम्भावना छ, तुलनात्मक रुपमा पश्चिममा कम…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अन्तर्राष्ट्रिय पुरस्कार

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अन्तर्राष्ट्रिय पुरस्कार

    काठमाडौं : नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोलाई एनिमल वेलफेयर इन्स्टिच्युट अमेरीकाले सन् २०१६ को Clark R. Bavin Wildlife Law Enforcement Award बाट सम्मानित गरेको छ।   ब्युरोले सन् २०१० देखि नेपालमा वन्यजन्तुको चोरी-सिकारीविरुद्ध विभिन्न अपरेसन सञ्चालन गरी गैंडामा शून्य चोरी सिकार वर्ष मनाएको तथा अन्य चोरीसिकारी नियन्त्रणमा योगदान पुर्‍याएकोमा उक्त अवार्ड दिइएको जनाइएको छ।   यो अवार्ड हरेक तीन…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई अदालतमा उपस्थित गराउने कसरत, घरमै सूचना टाँस्दै सर्वोच्चको टोली

    लोकमानलाई अदालतमा उपस्थित गराउने कसरत, घरमै सूचना टाँस्दै सर्वोच्चको टोली

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले आज सूचना टाँस्दैछ।   सर्वोच्च अदालतको टोली कार्कीको नयाँ बानेश्वरस्थित घरमा म्याद (सूचना) टाँस्न हिँडेको छ। आयोगमा उनको नियुक्तिबारे पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि उपस्थित हुन नचाही विभिन्न बहानामा उनी म्याद टार्दै आएका छन्।पटकपटकको सूचनामा पनि उपस्थित नभएकाले सर्वोच्चको टोली उनको नयाँ बानेश्वरस्थत घरमै सूचना टाँस्न पुगेको हो। सूचना…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको विवाद समाधानको लागि अाइसिसीद्वारा सल्लाहकार समिति गठन

    नेपाली क्रिकेटको विवाद समाधानको लागि अाइसिसीद्वारा सल्लाहकार समिति गठन

    काठमाडौ :  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अाइसिसीले नेपाली क्रिकेटमा रहेको विवाद समाधान गर्नका लागि ६ जनाको सल्लाहकार कमिटी गठन गरेको छ। आइसिसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाउँदै खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलको संयोजकत्वमा ६ सदस्यीय कमिटी गठन गरेको हो। सो कमिटीमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, व्यवसायी वसन्त चौधरी, पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला र दीपक साउद रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको घरमा सूचना नटाँसी फर्कियो सर्वोच्चको टोली

    लोकमानको घरमा सूचना नटाँसी फर्कियो सर्वोच्चको टोली

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न गएको सर्वौच्च अदालतको विशेष टोली त्यतिकै फर्किएको छ।  कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्नका लागि आज दिउँसो टोली हिँडेको थियो। बानेश्वरमा रहेको सो घर कार्कीले भाडामा लगाएको बुझिएकाले 'भाडाको घरमा टाँस्न नमिलेको' अदालतका तामिल्दार शम्भू खत्रीले बताए।  आयोगमा उनको नियुक्तिबारे पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • तीन देशका वैज्ञानिकलाई रशायनशास्त्रको नोबेल पुरस्कार

    तीन देशका वैज्ञानिकलाई रशायनशास्त्रको नोबेल पुरस्कार

    जेन पिरेर साभेग, सर जे फ्रासर स्टोडर्ट र वर्नार्ड एल फेरिङगाले मोलिक्युलर मेसिन बनाएवापत यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जितेका छन्। नोबेल पुरस्कार जित्ने साभेग फ्रान्सका हुन् भने स्टोडर्ट अमेरिका र फेरिङ्गा नेदरल्यान्डका बैज्ञानिक हुन्। उनीहरु क्रशम: युनिभर्सिटी अफ स्टार्सवर्ग, नर्थवेस्टर्न युनिभर्सिटी र युनिभर्सिटी अफ ग्रोनिङ्गनमा आवद्ध छन्। 

    विस्तृतमा पढ्नुस्

  • ​संगीतकार दीपकको गायनमा डेब्यू

    ​संगीतकार दीपकको गायनमा डेब्यू

    काठमाडौ : संगीतकार दीपक शर्माले गायनमा पनि डेब्यू गरेका छन्। करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले 'हे बरै' बोलको गीत सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत र एरेन्ज रहेको गीत भिडियो सहित युट्युब मार्फत् आएको हो। निर्देशक वसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा यस गीतका गायक दीपकलेनै अभिनय गरेका छन्। अभिनयमा दीपकलाई कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन्।  भिडियोमा अनिल…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरीको केबुलकार टीकाको दिनमात्र बन्‍द

    चन्द्रागिरीको केबुलकार टीकाको दिनमात्र बन्‍द

    काठमाडौं : चन्द्रागिरि केबलकार दसैैंको टिकाको दिन मात्रै बन्द हुने भएको छ। दसैका अन्य दिनमा बिहान ९ बजेदेखि साँझ पाँचबजेसम्म केबलकार संचालनमा आउने कम्पनीले जनाएको छ।   चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार रेष्टुरेन्ट,वाल बगैचा लगायतका सेवाहरु पूर्ववत रुपमा संचालनमा आउनेछन्। चन्द्रागिरी केबलकार साउन २४ गते संचालनमा आएको हो।   केबलकारको औपचारिक उद्घाटन भने बाँकी छ। कम्पनी स्रोतका अनुसार तिहार अगाडि औपचारिक…

    विस्तृतमा पढ्नुस्

  • कामना अवार्ड्सको मनोनयनमा को को?

    कामना अवार्ड्सको मनोनयनमा को को?

    काठमाडौं : सिने मासिक 'कामना'ले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको 'सिजी कामना फिल्म अवार्ड्स'को दोस्रो संस्करणका लागि चलचित्र र कलाकार तथा प्राविधिकहरुको मनोनयन सूची सार्वजनिक गरेको छ। यस वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको साबुन लक्सले समेत अवार्डमा सहकार्य गर्ने भएको छ।   चलचित्रकर्मीहरुसँग छलफल गरी तयार पारिएको मापदण्डअनुसार निर्णायकहरुले ३ साता लगाएर मूल्यांकन गरी हरेक विधामा ५ उत्कृष्ट कलाकार तथा…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ : ओली

    काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन्।   चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औं साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरे। रासस

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक नगद पुरस्कार राशीको पाथिभरा भलिबल प्रतियोगिता मंसिरमा हुने

    सर्वाधिक नगद पुरस्कार राशीको पाथिभरा भलिबल प्रतियोगिता मंसिरमा हुने

    ताप्लेजुङ : नेपालकै सर्बाधिक नगद पुरस्कार राशीको दोश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंसिर २९ देखि पौष ४ सम्म संचालन हुने भएको छ।   ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा ताप्लेजुङ्ग नगरपालिका फुङलिङ बजारमा हुने प्रतियोगिताको बिजेता टिमले नगद ३ लाख ३० हजार प्राप्त गर्ने आयोजक संघका अध्यक्ष एवं राष्ट्रिय रेफ्रि दिवस चोङबाङले बताए।   ताप्लेजुङको पर्यटन विकासमा सघाउ पुर्‍याउने उद्देश्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रलोभनमा परी भारत हिँडेका ४ सय महिला-बालबालिकालाई घर फर्काइयो

    प्रलोभनमा परी भारत हिँडेका ४ सय महिला-बालबालिकालाई घर फर्काइयो

    इलाम : माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगस्टसम्म आठ महिनाको अवधिमा भारत हिँडेका ४ सय महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ।   रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ।   शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका…

    विस्तृतमा पढ्नुस्

  • माटोले पुरिएकी चौधरीको उपचारको क्रममा मृत्यु

    गाईघाट (उदयपुर) : जङ्गलमा कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।   जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले पुरेर घाइते भएपछि उपचारको लागि सुनसरीस्थित धरानको बिपी मेमोरियल अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको हो।   चौधरीसँगै गएका साथीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएका थिए…

    विस्तृतमा पढ्नुस्

  • भारत-पाक विवाद खेलकुदसम्म, कबड्डी विश्वकप खेल्नबाट पाकिस्तानलाई रोक

    भारत-पाक विवाद खेलकुदसम्म, कबड्डी विश्वकप खेल्नबाट पाकिस्तानलाई रोक

    भारत र पाकिस्तानबीच चलिरहेको विवादले खेलकुद क्षेत्र समेत प्रभावित बनेको छ। भारतमै हुन लागेको १२ राष्ट्रको कबड्डी विश्वकपमा पाकिस्तानलाई सहभागी नगराउन लागिएको हो।   विश्व कबड्डीका प्रमुख देओराज चतुर्वेदीले पाकिस्तानलाई संलग्न गराउने यो सही समय नभएको बताएका छन्।   'पाकिस्तान विश्व कबड्डी संघको महत्वपूर्ण सदस्य हो, तर अहिलेकै अवस्थामा दुवैको राष्ट्रको भलाइका लागि पाकिस्तानले च्याम्पियनसिपमा भाग नलिनु नै उपयुक्त हुन्छ,'…

    विस्तृतमा पढ्नुस्

  • ​७ फोटोमा हेर्नुस् बी डिभिजन लिग च्याम्पियन च्यासल युथ क्लब र उत्कृष्ट खेलाडीहरु

    ​७ फोटोमा हेर्नुस् बी डिभिजन लिग च्याम्पियन च्यासल युथ क्लब र उत्कृष्ट खेलाडीहरु

    काठमाडौं : च्यासल युथ क्लब राजधानीमा जारी बी डिभिजन लिगको च्याम्पियन बनेको छ। च्यासल २८ अंक जोड्दै च्याम्पियन बनेको हो। च्यासलसँगै २८ अंक नै जोडेको एनआरटी पनि दोस्रो बन्दै ए डिभिजनमा उक्लेको छ।  बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा च्याम्पियन, रनरअफ र विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार र ट्रफी वितरण गरियो। च्याम्पियन च्यासलले नगद ५ लाख प्राप्त गर्यो भने रनरअफ एनआरटीले २…

    विस्तृतमा पढ्नुस्

  • ​आफ्नै गाउँ फर्किँदैछु

    ​आफ्नै गाउँ फर्किँदैछु

    समर्थ रञ्जित -  काठमाडौं : हिन्दुहरुको महान चाँड दसैंको रौनकले शहरी बजारमा जसरी व्यापारको फक्रेको छ, त्यस्तै छ गाउँ फर्केनेको मेलो। दैनिक लाखभन्दा बढी मानिसहरु काठमाडौं छाडेर आफ्नो थातथलोतिर जाँदैछन्। गच्छेअनुसारमा सवारीमा मानिसहरु यात्रारत छन् – ‘आफ्नै गाउँ फर्की आएँ’ भन्दै। बस चढेर टीकाको लक्ष्य लिएर हिँडेकाहरुकोलाई क्यामराबाट कैद गर्दा यस्तो देखियो:

    विस्तृतमा पढ्नुस्

  • एसिडीको बैठकमा जाँदै परराष्ट्र मन्त्री महत

    एसिडीको बैठकमा जाँदै परराष्ट्र मन्त्री महत

    काठमाडौं : एसियाका राष्ट्र प्रमुखहरु सहभागी हुने एसिया कोअपरेसन डाइलग (एसिडी)को बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महत सहभागी हुने भएका छन्। आगामी २२ गते देखि थाइल्याण्डमा हुने बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री महत जाने भएका हुन्।   'नेपालको तर्फबाट प्रधानमन्त्रीले जान नपाएकाले मैले नै नेपाली टोलीको नेतृत्व गर्ने छु,' महतले भने, 'तीन दिनसम्म सम्म चल्ने बैठकले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell