पछिल्ला रिपोर्टहरुलाई विश्वास गर्ने हो भने २०१७ मा बक्स अफिसमा भाले भिडन्तहरु देख्न पाइने छ। आगामी वर्षको तिहारमा सबैभन्दा ठूलो भिडन्त देख्न सकिने छ। रोहित सेट्टी र अजय देवगनको फिल्म गोलमान अगेन सोझै रजनिकान्त-अक्षय कुमारको २.० सँग भिड्नेछ। सन् २०१५ को डिसेम्बरमा रोहित सेट्टीको दिलवाले र सञ्जयलिला भन्सालीको बाजिराओ मस्तानीबीच कडा भिडन्त बलिउडले देखेको थियो। बाजिराओ मस्तानीले यसमा आफूलाई अब्बल…
बलिउडको चार्मिक हिरोका रुपमा स्थापित रणवीर कपुरको प्रेमिकाको खातामा अब ज्याकलिन फर्नान्डेजसमेत थपिएकी छिन्। उनको प्रेमको श्रृंखलामा यसअघि सोनम कपुर, दीपिका पादुकोण र कैटरिना कैफ जोडिइसकेका छन्। फिल्म रोयमा सँगै काम गरेपछि रणवीर ज्याकलिनसँग नजिकिएका हुन्। हालै उनी ज्याकलिनसँगै गुहाटीमा देखिए जहाँ उनीहरु फुटबल प्रतियोगिताको प्रवर्द्धन गर्न जुटेका थिए। त्यहाँ उनले ज्याकलिनसँग निक्कै नजिकिन प्रयास गरेको देखिन्थ्यो। बलिउडका यी हिरोले…
काठमाडौं : गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनमा क्रममा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ताको गृहकार्य भइरहेको बताएका छन्। संसदमा बोल्दै निधिले संवैधानिक र कानुनी व्यवस्थाअनुसार गृहकार्य अगाडि बढिरहेको जानकारी दिए। 'महान्यायधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका सम्बद्ध अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ,' उनले भने। सरकारले मुद्दा फिर्ताको विषयमा सबै पक्षको सहकार्य र छलफलमा आवश्यक निर्णय गर्ने समेत उनले बताए। …
काठमाडौं : व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सांसद रामअयोधी प्रसाद यादवले दुखेसो पोखे। उनको दुखेसोको कारण थियो- घरभाडा। 'पत्रपत्रिकामा सांसदहरुको तलब बढेको भनेर समाचार आयो। तर तलब बढेन' भन्दै उनले समाचारले मर्का परेको सुनाए। 'त्यही समाचार पढेर होला। घरबेटीले घरभाडा नै ह्वात्तै बढाइदिए,' उनले भने। सांसदहरुको सेवासुविधा २० वर्ष देखि पुनरावलोकन नभएको समेत उनको गुनासो थियो।
काठमाडौं : बैसाखयता देशभर भएका सवारी दुर्घटनाबाट ३ सय ८ जनाको निधन भएको छ। ती विभिन्न घटनाहरुमा २ हजार ७ सय ९३ जना घाइते भएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज संसदमा समय लिएर यसबारे जानकारी गराएका हुन्। प्राकृतिक प्रकोपमा परेर १ सय २१ जनाको मृत्यु भएको तथा २ सय १६ घाइते भएको उनले जानकारी दिए। ती…
काठमाडौं : अभिनेता अनमोल केसी स्टारर फिल्म 'गाजलु' निर्माता रोहित अधिकारी र निर्देशक हेमराज बिसीबीच पुनः टिमअप भएको छ। अधिकारी र बिसीले दोश्रो प्रोजेक्ट एकसाथ निर्माण गर्ने आधिकारिक जानकारी सोमबार दिइयो। निर्माता अधिकारीले आफ्नै निजी कम्पनि रोहित अधिकारी फिल्मसको तर्फबाट ह्याप्पी प्लानेट फिल्मस् सँगको सहकार्यमा फिल्म निर्माण गर्ने भएका हुन्। नाम घोषणा नभएको प्रोजेक्टका लागि सोमबार सहमतिपत्रमा निर्माण पक्ष…
काठमाडौं : विजयादशमीको अवसरमा नेपाली सेनाले उपत्यकाबाट देशका ११ स्थानसम्म आउजाउ गर्न निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आजदेखि सुरु भएको सो सेवामा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गरिनेछ। काठमाडौंदेखि इटहरी, हेटौंडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म ती बस चल्ने निर्देशनालयले जनाएको छ। प्रतिसैनिक चार जनाले मात्र सो…
बलिउडको बहुप्रतिक्षित सिक्बेल बाहुबली : दी कन्क्लुजन स्क्रिनमा आउनुअघि समाचारमा भने निरन्तर आइरहेको छ। कटप्पाले किन हत्या गरे त भन्ने सस्पेन्समा टुंगिएको फिल्ममा अब के होला भन्ने कौतुहलता धेरैमा छ। भलालदेवको भूमिकामा रहेका राना दुग्गुवती शरीरलाई बलियो देखाउन जुटिरहेका छन्। एसएस राजमौली निर्देशित फिल्म बाहुबली दी विगिनिङ सन् २०१५ को सबैभन्दा शक्तिशाली फिल्म बनेको थियो। सामाजिक सञ्जाल ट्विटरमा दुग्गुवतीले आफ्नो…
महेन्द्रनगर (धनुषा) : जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ। सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ। त्यही झ्यालबाट उनीहरुले पूजाअर्चना गरेर फर्किनुपर्छ। त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला…
काठमाडौं : चेकजाँचका क्रममा आज बिहान प्रहरीले नागढुङ्गाबाट लागुऔषध बरामद गरेको छ। वीरगन्जबाट काठमाडौं आइरहेको बा ५ ख ४६८४ नम्बरको यात्रुबाहक बसभित्र चेकजाँच गर्दा लुकाइछिपाई काठमाडौं भित्र्याउन लागिएको नाइट्रोपाम सहित वसन्तपुरको पर्सा घर भएका २६ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन्। यसैगरी भैरहवाबाट आइरहेको लु १ ख ७१९५ नम्बरको बसमा डाइजेपाम सहित सुनवल नवलपरासीका प्रदीपकुमार मल्ल पनि पक्राउ…
सन् २०१६/१७ का लागि टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्या ङ्किङको शीर्ष स्थान लिएको छ अक्सफोर्ड युनिभर्सिटीले। यो र्याङ्किङमा गैर अमेरिकी युनिभर्सिटीले शीर्ष स्थान लिएको यो पहिलो पटक हो। लगातार ६ वर्ष शीर्ष स्थानमा रहेको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई दोस्रोमा झार्दै अक्सफोर्ड १ नम्बरमा पुगेको हो। क्यालिफोर्निया दोस्रो स्थानमा झर्यो। शीर्ष १० युनिभर्सिटीभित्र ११ वटा युनिभर्सिटी अटाएका छन्। ३ बेलायती…
दमौली : स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज जिपले ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। बेलचौताराबाट खैरेनीटार जाँदै गरेको ग १ च ७०३० न को महेन्द्रा जिपले ठक्कर दिँदा सोही ठाउँ बस्ने बारा जिल्ला जितपुर– १२ निवासी ४२ वर्षीय शङ्कर शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते शाहको सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा…
सन् २००५ मे १ तारिकमा अर्जेन्टाइन स्टार लियोनल मेसीले बार्सिलोनाका लागि पहिलो गोल गरे। घरेलु मैदान क्याम्प नोउमा अल्बासेटे विरुद्ध बार्साका लागि डेब्यु गोल गर्दा मेसीलाई पास मिलाइदिने उनै रोनाल्डिन्हो थिए। रोनाल्डिन्होले र मेसीले त्यसपछि बार्सिलोनामा करिब ४ वर्ष सँगै खेले। आज भन्दा ११ वर्षअघि बार्सिालेनाका लागि पहिलो गोल गरेका मेसीले त्यसपछि धेरै रेकर्ड तोडिसकेका छन् भने ला लिगाको अलटाइम…
सरिता पौडेल चितवन : चितवनको मुख्य बजार नारायणगढमा दसैंका बेलामा दैनिक १५ करोड रुपैयाँ बराबरको व्यापार हुने गरेको छ। चितवन उद्योग वाणिज्य संघका अनुसार दसैंभरमा नारायणगढमा दुर्इ अर्ब बराबरको कारोबार हुनेछ। उपभोक्ताको क्रयशक्ति र बस्ती बढ्न थालेकोले चाडपर्वमा कारोबार बढ्न थालेको संघका अध्यक्ष राजन गौतम बताउँछन्। पछिल्लो समयमा चितवनमा बसाइँ सरेर आउने क्रम तीव्र रुपमा बढेको छ। स्वास्थ्य र…
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ। तत्वको विभिन्न किसिमको बारेका खोज अनुसन्धान गरेका युनिभर्सिटी अफ वासिंङ्टनका डेविड जे टोउलेस, प्रिन्सटन युनिभर्सिटीका एफ डुनकान हाल्डेन र ब्रोवन युनिभर्सिटीका माइकल कोस्टलिट्जलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो। स्वीडेनमा भएको प्रेस कन्फ्रेन्समा भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार घोषणा गरिएको हो। तीन जनाले ८ मिलियन क्रोनोर…
काठमाडौं : न्युरोड टीम एनआरटी तीन वर्षपछि ए डिभिजन लिगमा फर्केको छ। राजधानीमा जारी बी डिभिजन लिग अन्तर्गत मंगलबार भएको लिगको अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई २-० ले हराउँदै एनआरटी शीर्ष डिभिजनमा उक्लेको हो। एनआरटीको जितमा दुवै गोल विश्वजीत गुरुङले गरे। ए डिभिजनमा उक्लन एनआरटीलाई ड्र नै काफी थियो भने सातदोबाटोलाई जित नै आवश्यक थियो। यस्तो अवस्थामा एनआरटी जित हात…
काठमाडौं : प्रहरीले दुर्लभ वन्यजन्तुको चोरी सिकारी तथा अंगहरुको ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। सिन्धुपालचोक बराम्ची गाविस-२ बस्ने १८ वर्षीय आर्यन श्रेष्ठ र गुम्बा गाविस-२ का २२ वर्षीय नेरन्द्रलाल श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउ परेका दुवैका साथबाट प्रहरीले दुई थान रेडपाण्डाको छाला समेत बरामद गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको जडीबुटीबाट…
भक्तपुर : रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन्। रफत सञ्चार क्लबमा उनले नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग गर्न नदिनका लागि यस्तो नीति आवश्यक भएको बताएका हुन्। देशको वर्तमान सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउँदै रक्षामन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताए। उनले नेपाल…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन दलले प्राप्त गरेको मतका आधारमा राज्यले नै अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए। मतका आधारमा राज्यले नै अनुदान दिने व्यवस्था गरिएको खण्डमा निर्वाचनमा पैसाको चलखेल कम हुने र चन्दा लिन नपाउने व्यवस्था पनि लागू हुने भएकाले निर्वाचन निष्पक्ष हुने उनीहरुको धारणा थियो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र…
काठमाडौँ : राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सबैका लागि न्याय संस्थाले भूकम्प अति प्रभावित चार जिल्लाको अनुगमनपछि सरकारी नीति नियमबारे जनतालाई पर्याप्त जानकारी दिन सुझाव दिएको छ। संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पुनःनिर्माण कार्यबारे काठमाडौँ, दोलखा, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरिएको स्थलगत अनुगमनपछि त्यहाँका भूकम्पप्रभावितलाई अझै सरकारका कार्यक्रमबारे पर्याप्त जानकारी नभएको पाइएपछि संस्थाले यस्तो सुझाव दिएको…