भीमदत्तनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश साउदले संविधानसँग केही प्रतिशत जनता असन्तुष्ट रहेकाले संशोधन गरेर भए पनि संविधान सर्वस्वीकार्य बनाउन पहल भइरहेको बताएका छन्। नेपाली काँग्रेस झलारी–पिपलाडी नगर कार्य समितिले आज झलारी बजारमा आयोजना गरेको संविधान कार्यान्वयन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता साउदले ९२ प्रतिशत जनप्रतिनिधिको समर्थनमा संविधान जारी भएको भए पनि ८ प्रतिशतको केही असन्तुष्टि रहेकाले…
कञ्चनपुर : स्वास्थ्य मन्त्री गगनकुमार थापाले चैतभित्रै स्थानीय तहको चुनाव हुने निश्चित भएको बताएका छन्। आज नेपाली काँग्रेस कञ्चनपुरका पार्टी कार्यकर्ता भेटघाटका क्रममा मन्त्री थापाले संविधान कार्यान्वयन गर्नका लागि तीनै तहको निर्वाचन आवश्यक भएको बताउँदै सरकारले जनतालाई अधिकतम राहत दिनका लागि कार्य गरिरहेको चर्चा गरे। स्वास्थ्य मन्त्री थापाले आजै महाकाली अञ्चल अस्पतालको निरीक्षण गरे। निरीक्षणका क्रममा मन्त्री थापाले…
काठमाडौँ : छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार १०० ले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा आज प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ५७ हजार ८०० रहेको थियो। आज तेजावी सुनको मूल्य रु ५६ हजार ४५० मा कारोबार भयो।…
काठमाडौँ : सरकारले भैरहवा विमानस्थलमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानबारे छानबिन गर्न चार सदस्यीय जाँचबुज आयोग गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो। आयोगको सदस्यमा गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र…
काठमाडौँ : युरोपेली सङ्घ, युरोपेली इन्भेस्टमेन्ट बैंक, जर्मन सहयोग नियोगले संयुक्त रुपमा चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा करिब रु सात अर्ब २८ करोड (६५ मिलियन युरो) सहयोग गर्ने भएका छन्। रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् काठमाडौँ ल्याउनका लागि निर्माण गर्न लागिएको सो प्रसारण लाइन निर्माणका लागि संयुक्त रुपमा लगानी गर्न लागिएको आज ललितपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिइयो।…
काठमाडौं : देशका मन्त्री नेताहरु दसैं मनाउन विदेश पुगेका र जाने तयारीमा रहेको खबरहरु सार्वजनिक भइरहेका छन्। यसै बेला नेपाल हवाइ प्राधिकरण अन्तरगत कार्यरत ४ सय मजदुरले भने त्रिभुवन विमानस्थल नै ठप्प पार्ने चेतावनी दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निर्देशक तथा मन्त्री-नेताहरु दसैं मनाउन विदेश गइरहे पनि आफूहरुले दसैं खर्च नपाएको भन्दै उनीहरुले एयरपोर्ट ठप्प पार्ने चेतावनी…
चितवन : यस वर्षको वर्षातको समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैंको यात्रा भने सहज हुने भएको छ। देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी बेहोर्दै आएका छन्। मुख्य रुपमा राजधानीबाट बाहिरिने लाखौं सर्वसाधारणलाई लक्षित गर्दै दसैंको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए। नारायणगढ–मुग्लिन सडक…
प्रभात भट्टराई काठमाडौं : सन् २०१५ को हिउँद। बेलायतस्थित एक ख्याति प्राप्त संस्थाले आवेदन आह्वान गर्यो। विषय थियो वित्तीय साक्षरता र समावेशिताका लागि सार्थक पहल गर्ने युवाले अवार्डका लागि दाबी गर्नुपर्ने। विश्वभरबाट ९ हजार आवेदन परे। त्यो सूचीमा एक २४ वर्षे नेपाली ठिटो पनि थिए। हजारौं आवेदकलाई उछिन्दै उत्कृष्ठ तीनमा परेको इमेल आयो उनलाई आयोजकबाट। उनीसँगै साउदी अरेबिया र…
रमेश लम्साल काठमाडौं : तपाईंको घर तथा आसपासमा विद्युत भार कटौतीको समयभन्दा बढी समय विद्युत् कटौती भएको छ? नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन? वा उठाएर पनि कर्मचारीले वास्त गरेका छैनन्? अब चिन्ता छाड्नुस् उजुरी गर्नोस्। अब सरकारले उपभोक्ताका यस्तै गुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र बनाएको छ। नो लाइट शाखामा काम गर्ने कर्मचारीको व्यवहार रुखो भएको, उनीहरुले उपभोक्ताको…
स्टकहोम : यस वर्षको चिकित्सा शास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमीलाई प्रदान गरिने घोषणा गरिएको छ। चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै विज्ञान, शान्ति, साहित्यजस्ता अन्य विधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणा सत्र सुरु भएको छ। आगामी १० दिनभित्रसम्म घोषणा सत्र समापन भई सक्ने पनि पुरस्कार निर्णायक समितिले जनाएको छ। चिकित्सा शास्त्रतर्फ भने जापानी…
काठमाडौँ : चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ। दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन्। घटस्थापनापछि बजारमा किनमेलका लागि सवारी पाउन नसकिने र पाइए पनि चढ्न नसकिने कलङ्कीबाट दसैँका सामान लिन भृकुटीमण्डप…
काठमाडौं : काठमाडौंको गौशाला ओरालोमा ट्याक्सीको ठक्करबाट एक महिला घाइते भएकी छिन्। बा १ ज ३९५६ नम्बरको ट्याक्सीले गएराति पैदलयात्री गौशाला बस्ने दोलखा चरिकोटकी ४४ वर्षीया मिना लामालाई ठक्कर दिएको थियो। उनको चाबहिलकै हेल्पिङ हेण्ड अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनमा संलग्न चालक प्रहरी वृत गौशालाको नियन्त्रणमा रहेका छन्।
काठमाडौं : आतङ्ककारी हमलामा परी अफगानिस्तानको राजधानी काबुलमा ज्यान गुमाएकाहरुको आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन्। मृतकका आफन्त तथा घाइतेका परिवारले सरकारले अहिलेसम्म पीडितका बारेमा कुनै चासो नदेखाएको गुनासो गरेका छन्। घटनाका घाइते अमृत रोका क्षेत्रीले त्यहाँ क्यानडा सरकारका लागि नेपाली कामदारले काम गर्दा भएको उक्त घटनामा घाइते भएका तथा मृत्यु…
धनकुटा : धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन्। अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका खड्कालाई सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। सङ्खुवासभाको मावादिन गाविस–७ (हाल चैनपुर नगरपालिका वडा नं.९) का वर्ष ४३ का खड्का धनकुटा कारागारमा चौकीदारको रुपमा काम गर्ने गरेका थिए। २०६२ मङ्सिरदेखि धनकुटा…
हेटौंडा : वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने क्रममा आम सहमतिका साथ अगाडि बढ्न आग्रह गरे। नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित बडादसैंको शुभकामना कार्यक्रममा आज बिहान सम्बोधन गर्दै मन्त्री भण्डारीले संविधानको कार्यान्वयन गर्ने क्रममा र वन सम्पदा जोगाउने अभियानलाई आआफ्नो दललाई दबाब दिनुपर्ने बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य…
काठमाडौं : नेपाल आर्मी क्लबका रत्नजित तामाङ र दिपेश धामी जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिता अन्तर्गत सोमबार भएको कवार्टरफाइनलमा आर्मीका रत्नजितले जेष्ट ब्याडमिन्टनका गौतम कठायतलाई २१–१३ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हुन्। यस्तै आर्मीका दिपेश धामीले एपिएफका विजित थापामगरलाई २१–८ र २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका…
काठमाडौं : आमरण अनसनको नवौं चरणमा रहेका प्राडा गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का रेजिडेन्ट चिकित्सकहरुले आजदेखि आन्दोलन सुरु गरेका छन्। आजैदेखि आकस्मिक सेवा र शल्यक्रियाबाहेक कुनै पनि पठनपाठनको कार्यमा सहभागी नहुने चिकित्सकहरुले जनाएका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै केसीका मागप्रति सम्बन्धित पक्षले चासो नदेखाएकाले विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको जनाएको छ। पटकपटक आमरण…
लहान : सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेका छन्। घरनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। यस्तै, चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँच वर्षीय छोरा अमित रहेका छन्।…
काठमाडौं : त्रिवि क्रिकेट मैदानमा भएको वाइवाइ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० मा पञ्चकन्या तेजले उपाधि हात पार्यो। सोमबारको फाइनलमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै इपिएलको उपाधि चुमेको हो। १७२ रनको उच्च स्कोर पछ्याएको एक्स फ्याक्टर तेजका बलरसामु टिक्न नसक्दा १७.३ ओभरमा १३१ रनमै अलआउट भयो। च्याम्पियन बनेसँगै तेजले नगद ५ लाख पुरस्कार हात पारेको…
पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफु अझै १० वर्ष फुटबल खेल्ने बताएका छन्। आइतबार पोर्चुगलको लिस्वनमा आफ्नै होटलको लन्च प्रोग्राममा रोनाल्डोले ४० वर्ष हुँदासम्म फुटबलमै सक्रिय रहने बताएका हुन्। ३१ वर्षे स्टार रोनाल्डोले २०१६ मा दुई महत्वपूर्ण उपाधि जितेका थिए। पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले रियलका लागि कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स…