विश्व चर्चित रियालिटी स्टार किम कार्दासियनलाई फ्रान्सको राजधानी पेरिसमा २ व्यक्तिले बन्दुक देखाएर लुटपाट गरेका छन्। किम बसिरहेको होटलमा पुगेका २ बन्दुकधारीले उनकै कोठामा गई बन्दुक देखाएर लुटपाट गरेका हुन्। आइतबार बेलुकी उनी बसिरहेको होटलमा पुगेका ती व्यक्तिहरुले उनलाई बन्धक बनाए। र, किमको ११ मिलियन बराबरको ज्वेलरी लुटे। किमका प्रवक्ताले घटनापछि उनी निकै डराएको तर कुनै शारीरिक क्षति…
काठमाडौं : नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ। नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय आज त्यसतर्फ प्रस्थान गरेका हुन्। बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ। बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले…
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर शेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्। नेप्सेका अनुसार असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइसक्नुपर्ने भए पनि हालसम्म एक सय २४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएका छन्। बाँकी सय कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन्। 'तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने…
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएका चार जना पक्राउ परेका छन्। सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि त्यहाँ रहेका चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र…
काठमाडौं : गायक हेमन मोक्तानले कतारमा गरेको कन्सर्टबाट संकलित रकम एचआइभी प्रभावित बालबालिकालाई हस्तान्तरण गरेका छन्। उनले आफ्नो गीति एल्बम ‘फर्माइस’को बिक्री तथा कन्सर्टबाट संकलित रकम सहयोग गरेका हुन्। राजधानीमा एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट ४ लाख १६ हजार ७५ रुपैयाँ बेबी लाइफ होमलाई उनले हस्तान्तरण गरे। संस्थामा २४ जना एचआइभी पीडित बालबालिका अध्यनरत छन्। 'सामान्य स्कुलमा…
चितवन : यस वर्षको वर्षातको समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैंको यात्रा भने सहज हुने भएको छ। देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी बेहोर्दै आएका छन्। मुख्य रुपमा राजधानीबाट बाहिरिने लाखौं सर्वसाधारणलाई लक्षित गर्दै दसैंको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए। नारायणगढ–मुग्लिन सडक…
काठमाडौं : आसिफ शेखको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पञ्चकन्या तेजले वाइवाइ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै इपिएलको उपाधि जितेको हो। १७२ रनको उच्च स्कोर पछ्याएको एक्स फ्याक्टर तेजका बलरसामु टिक्न नसक्दा १७.३ ओभरमा १३१ रनमै अलआउट भयो। …
धनगढी : धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ। दुई दिनअघि कटुवा पेस्तोल र ८ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ परेका स्थानीय २४ वर्षीय प्रेम भट्टलाईलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। निज भट्टसँग हातहतियार रहेको भन्ने सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा निजको खेतको आलीबाट उक्त हातहतियार बरामद गरेको जनाइएको छ।
काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक कोर्स बदल्ने प्रयास भइरहेको बताएका छन्। दसैंको शुभकामना आदानप्रदानका लागि आयोजित चियापान समारोहमा बोल्दै नेता पोखरेलले कसले र कसरी राजनीतिक कोर्स बदल्ने प्रयास भइरहेछ भन्ने विषयमा भने केही खुलाएनन्। यद्यपि उनले संविधान कार्यान्वयन गर्न नदिने चलखेल भइरहेको बताए। ‘मोर्चा बदलिए पनि हाम्रो मिसन बदलिएको छैन,' पोखरेलले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको पार्टीबारे…
काठमाडौं : वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको संस्मरणात्मक पुस्तक 'मेरो पत्रकारिता’ सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पत्रकारहरु किशोर नेपाल र होमनाथ दाहाल तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले एकसाथ विमोचन गरेको पुस्तकमा लेखिएको विषय प्रधानमन्त्री प्रचण्डले नपढीकनै उनीसँगको स्मरण सुनाए। त्यही विषय पुस्तक चर्चाको विषय बन्यो। प्रचण्डले सुनाएअनुसार, पुरुषोत्तम दाहालसँग ०४६ सालको आन्दोलन सकिएपछि उनको भेट भएको थियो। त्यति…
काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसियामा हुने ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्। कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा गएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कार्यक्रममा सम्बोधन गर्नेछन्। एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेपाल आउँदो २२ असोजमा स्वदेश फर्कने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए। …
काठमाडौं : आपूर्ति मन्त्री दीपक बोहराले सरकारले कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरिएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री बोहराले बजारमा अखाद्य वस्तु बिक्री गरी उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई आर्थिक दण्डका साथै पाँच वर्षदेखि २० वर्षसम्म कारागार सजाय गर्नेसम्मको व्यवस्था नयाँ कानुनमा गर्न लागिएको जानकारी दिए। उनले अहिले आफ्नो…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ। आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा लामिछाने बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ परेका हुन्। घुस रकम…
काठमाडौं : भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई राजदूतको रुपमा संसदीय सनुवाइ समितिले अनुमोदन गरेको छ। उनीहरुको गत बिहीबार नै सुनवाइ भएको थियो। लीलामणिको नाममा सर्वसम्मत भए पनि दीपकुमारको नाममा एमालेले मौखिक असहमति प्रकट गरेको छ। सुनुवाइका लागि सिफारिस भएका व्यक्तिलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने प्रावधान नियमावलीमा छ। तर एमालेले उपाध्यायको नाममा कुनै लिखित…
अर्जेन्टिनाले पहिलो पटक फुटसल वर्ल्डकपको उपाधि जितेको छ। कोलम्वियामा भएको आठौं संस्करणको फाइनलमा रसियालाई प्रतिस्पर्धात्मक खेलमा ५-४ ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। अर्जेन्टिनालाई पहिलो पटक फुटसल वर्ल्डकपको च्याम्पियन बनाउन एलान ब्राण्डीले २ गोल गरे भने अलामिरो भापोराकी, लिएन्ड्र कुज्जो र कन्सतानटिनो भापोराकीले १/१ गोल गरे। रसियाका लागि एडर लिमाले ह्याट्रिक गरे पनि हार टार्न सकेनन्। यस्तै…
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। क्यानडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९ औं महासभामा सम्बोधन गर्दै उनले नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेकाले सुरक्षित हवाई उडान प्राणजस्तै महत्वपूर्ण रहेको बताए। मन्त्री शाहीले पर्वतीय पर्यटन र विकासका लागि पनि हवाई उड्यनको…
वीरगन्ज : बाराको सिम्रौनगढ बजारको सीमावर्ती भारतीय सहर ‘घोडासहन रेल्वे स्टेशनको’ रेल्वे लिकमा बम राखिएपछि सो क्षेत्रको रेल सेवा ८ घन्टा अवरुद्ध बन्यो। स्टेशनभन्दा ४ सय मिटर पूर्वमा रहेको १९ नं पुलमाथि रहेको लिकमा प्रेसरकुकर बम भारतीय प्रहरीले फेला पारी डिस्पोज गरेको छ। स्थानीयहरुले लिक पार गर्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोही समयमा आउँदै गरेको रेललाई…
काठमाडौं : एमबिबिएस पास गराइदिन्छु भन्दै विद्यार्थीबाट पैसा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको पुतलीसडकमा रहेको वर्ल्डवाइड कन्सलटेन्सीमा काम गर्ने सिन्धुली आमेटे गाविस ९ घर भएका गणेश अधिकारी र सोही संस्थाका सञ्चालक महोत्तरी गोनरपुरा गाविस ६ घर भई काठमाडौंको टेकु बन्दै आएका दीपकुमार शाह पक्राउ परेका हुन्। उनीहरुले नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसाबाट असोज…
काठमाडौं : म मौलामा बाधिएको राँगो कुन खुँडा सुहाउला मेरो गर्धन– हेर्दैछु शिल्पी थिएटरको गोठाले घरमा दाङका कवि नवीन अभिलाषीले सुनाएको 'मौलामा बाँधिएको राँगो' शीर्षकको कविता हो यो। उनीसँगै कविता सुनाउ उभिएका थिए अर्का झापाली कवि नवीन प्राचीन। मेरो औकात, एउटी आदिवासी युवती, मौलामा बाँधिएको राँगो, जीवनका पहाडहरु, एउटा समन्धको उचाइ लगायतका कविता अभिलाषीले सुनाए। मेरो औकात…
काठमाडौं : फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कृति 'घाटमान्डु' बजारमा आएको छ। घाटमान्डु उत्सव नाम दिइएको विमोचन कार्यक्रममा पत्रकार बसन्त बस्नेत, कविहरु विप्लव प्रतीक र चन्द्रवीर तुम्बापो तथा नगरकोटीका लिटररी एजेन्ट राजन गोदारले घाटमान्डुमा संगृहीत रचना तथा कविता वाचन गरेका थिए। कार्यक्रमकाबीच लेखक नगरकोटीले पनि आफ्ना रचना र रचनागर्भका बारेमा स्रोता दर्शकलाई जानकारी गराए। कविता वाचनपछि विप्लव…