काठमाडौः सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमान्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। अवैध रूपले चोरी पैठारी गरी ल्याइएको सामानमा महँगा मदिरा, चुरोट लगायतका रहेका छन्। सशस्त्र प्रहरी बल…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए। वाग्मती…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन्। उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका हुन्। उनले सन्देशमा भने, 'निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको…
काठमाडौं : यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय (मौन अवधि) लागू हुँदैछ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ। मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। स्थिर समयमा राजनीतिक दलका पदाधिकारी,…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र तीन दिन बाँकी छ। आज उम्मेदवार र दलहरुले अन्तिम चुनाव प्रचारप्रसार गरिरहेका छन्। भोलिबाट मौन अवधि सुरु हुने भएकाले आजको दिनलाई उम्मेदवारहरुले आफ्नो पक्षमा मत तान्न प्रयोग गरिरहेका छन्। प्रतिनिधिसभा उम्मेदवारहरुसँगै प्रदेशसभामा उम्मेदवारहरु पनि तीव्रताका साथ प्रचारप्रचारमा लागिरहेका छन्। काठमाडौंको कोर बस्ती रहेको वाग्मती प्रदेशसभा ८ (क) मा पनि उम्मेदवारहरुले आक्रमक…
अमेरिकी सदनमा रिपब्लिकन्सले बहुमत ल्याएको छ। ‘मिडटर्म’ निर्वाचनको एक हप्तापछि रिपब्लिकन्सले कंग्रेसको तल्लो सदनमा बहुमतका लागि आवश्यक २१८ सीट जितेको हो। हाउसमा पार्टीको मार्जिन पातलो भएपनि राष्ट्रपति जो बाइडेनको एजेन्डा आगामी दुई वर्षको लागि रोक्न रिपब्लिकन्सलाई यो पर्याप्त हुनेछ। तर, जनवरीमा नयाँ कंग्रेसको बैठक हुँदा सिनेटको नियन्त्रण भने डेमोक्र्याट्सकै हुनेछ। दुवै सदनको नियन्त्रण फिर्ता लिने आशा गरिएको रिपब्लिकन्सले गत हप्ताको…
पोल्याण्डमा मंगलवार खसेको मिसाइल सम्भवतः युक्रेनको भएको नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बताएका छन्। ‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु भएको थियो। ‘सम्भवतः यो युक्रेनी एयर डिफेन्स मिसाइल हो,’ उनले युक्रेनी सीमानजिकै विस्फोटको अनुसन्धान जारी रहेको जानकारी दिँदै भने। तर, अन्ततः युक्रेनमा जारी आक्रमणका कारण यसको दोषी रसिया नै रहेकोमा उनले जोड दिए। यता, युक्रेनले भने रसियाले नै मिसाइल…
तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ। विद्युत्गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए। बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ। उनले भने, ‘आयोजनाले चौबिसै घण्टा…
पोखराः गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापालाई पैसा बाँड्न लागेको आरोपमा घेराउमा परेका छन्। कास्की २(ख) का उम्मेदवार समेत रहेका थापालाई पैसा बाँड्न लागेको आरोपमा पोखरा १६ बाटुले चौरको गन्धर्व बस्तीमा एमालेका नेताले डेढ घण्टा घेराउमा पारेका हुन्। साँझ साढे सात बजे बस्तीमा पुगेका उनलाई एमालेका नेता तथा कार्यकर्ताले घेराउ गरेका थिए। उनलाई सुरक्षाकर्मीको रोहबरमा छोडिएको थियो। प्रहरी स्रोतका अनुसार पैसा…
विराटनगरः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ को निर्वाचन नेपालको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने र नगर्ने बिचको जनमत सङ्ग्रह भएको बताएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकामा बुधबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिएका हुन्। प्रचण्डले भने, ‘यो सामान्य निर्वाचन होइन। जनताले आफैँले बनाएर आफैँले जारी गरेको संविधानको रक्षा गर्ने…
काठमाडौं: पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पाकिस्तानलाई हराउन अञ्जन बिस्टले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन्। पाकिस्तानी टोली तीनवर्षको फिफाको प्रतिबन्धबाट फर्किएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गरेको हो। रंगशालामा…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले संविधान मिचिने खतरा बढेकाले पनि गठबन्धन गर्नुपरेको बताएका हुन्। 'संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्न खोजियो', देउवाले…
काठमाडौं : नेपाली दर्शकहरुले फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रशारण हेर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको थियो। आज प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको छ। यससँगै अब नेपाली दर्शकहरुले विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न…
काठमाडौं: नेपाल-यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईमाथि ३ विकेटको जित निकालेको हो। आज सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। मध्यक्रमबाट लय बिगारेको यूएईले सुरुवात भने राम्रो गरेको…
काठमाडौं : आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शुक्रवारबाट मौन अवधि सुरु हुँदैछ। मतदान गर्ने दिन संघारमा आउँदै गर्दा दल एवम् उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन्। यसबिच कलाकारहरुले पनि आफूलाई मनपर्ने उम्मेवारलाई भोग माग्न थालेका छन्। अभिनेत्री केकी अधिकारी काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापाको समर्थनमा उभिएकी छिन्। केकीले भोट मागेको भिडियो सार्वजनिक गर्दै गगनले फेसबुकमार्फत धन्यावादसमेत दिएका छन्। नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको…
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि दाबेदाबी घोषणा गरेका छन्। अमेरिकामा 'मिडटर्म' निर्वाचन सम्पन्न भएपछि ट्रम्पले यो घोषणा गरेका हुन्। फ्लोरिडामा उनले 'अमेरिकालाई हामीले बचाउनुपर्छ' भन्दै तेस्रोपटक राष्ट्रपति पदमा पार्टीभित्र दाबेदारी पेस गरेका हुन्। 'मिडटर्म' निर्वाचनमा अपेक्षा गरिएअनुसार रिपब्लिकन पार्टीले सफलता हासिल गर्न सकेन। सो निर्वाचनलाई ट्रम्पको लागि अग्निपरीक्षाका रुपमा समेत व्याख्या गरिएको थियो।…
काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘उचाई’ को नेपालमा विशेष शो सम्पन्न भएको छ। हिजो बेलुका वान सिनेमाजमा भएको ‘स्पेशल शो’ मा वितरक टिमले फिल्म हेर्न पुगेका सबैलाई ढाकाटोपी लगाएर स्वागत गरेको थियो। साथै कलाकार सरोज लामिछानेले सगरमाथाको पेन्टिङ् बनाएर फिल्मको नाम लेखेका थिए। सरोजले फिल्म उचाईमा अनुपम खेरको डमीको रुपमा काम गरेका छन्। ट्राभलर्स क्रिउ फिल्मस्ले नेपाल ल्याएको…
काठमाडौं: नेपाल-यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो। मध्यक्रमबाट लय बिगारेको यूएईले सुरुवात भने राम्रो गरेको थियो। यूएईलाई सानदार सुरुवात दिलाउन ओपनर द्वय बृत्य अरविन्द र मोहम्मद वसीमले ७२ रनको साझेदारी गरे। नेपालका दीपेन्द्रसिंह…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन्। त्यस्तै विभिन्न ६ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ। 'हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन्। नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको…
काठमाडौं : भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ स्थित राई टोलमा रहेको आत्माराम केसी र हरिशरण केसीको घरमा आगो लागेको थियो। आगलागीमा परेर आत्माराम केसीकी २५ वर्षीय छोरी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जानकारी लिएको छ। त्यस्तै नित्मा केसीलाई उद्धार गरेर उपचारको लागि अस्पताल पठाइएको छ। घरमा आज बिहान पैने ८ बजेतिर आगलागी भएको…