काठमाडौंः राजस्वछलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो विराटनगर महानगरपालिका वडा नम्बर १२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को रमेश यादवलाई नियन्त्रणमा लिएको हो। राजस्वछलि गरेर ल्याएको चालिस लाखको…
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार ६८३ र महिला मतदाता ९९ हजार ७५१ तथा अन्य पाँच गरि कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताएका हुन्। भक्तपुरमा…
बुटवल : लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च रहेको पाइएको छ। प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत देखिएको हो। यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जानकारी दिए। नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको मृत्यु हुनसक्ने सम्भावना बढी हुने हुँदा यसको न्यूनीकरणका लागि सबैको…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। संविधान दिवसको दिन प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको कार्यक्रममा पाण्डेले यस्तो बताएका हुन्। नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट २०७२ मा जारी संविधानले संघीय संसद्मा दुई सदनात्मक व्यवस्था, प्रदेशमा एक सदनात्मक र स्थानीय तहमा…
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन्। मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ। प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ। अफगानिस्तानमा टिकटक प्रतिवन्ध लगाउने निर्णय…
काठमाडौं : बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरको पृष्ठभूमिमा सगरमाथा र मुख्य कलाकार अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई देख्न सकिन्छ। आगामी कात्तिक २५ गतेबाट प्रदर्शन हुने फिल्मले मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ। राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको पहिलो चरणको छायाङ्कन काठमाडौंलगायत लुक्ला, नाम्चे र मनाङमा भएको थियो। बाँकी छायाङ्कन भने भारतको मुम्बईमा गरिएको थियो। फिल्ममा…
काठमाडौं : सरकारले आठौं संविधान दिवसको अवसरमा विभिन्न मानपदवी र अलङ्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ। फिल्म तथा संगीत क्षेत्रका व्यक्तिहरुलाई पनि मानपदवी र अलङ्कारबाट विभूषित गर्ने घोषणा गरिएको छ। राष्ट्रपतिबाट विभुषित तथा सम्मानित हुने कलाकारहरुको सूची यसप्रकार छ: सुकीर्तिय राष्ट्रदीप नीर शाह, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार राजेश हमाल, कलाकार हरिवंश आचार्य, कलाकार नन्द कृष्ण श्रेष्ठ, गायक सुप्रबल जनसेवाश्री शम्भु राई,…
काठमाडौं : प्रत्येक वर्ष देशभरबाट २५ सय भन्दा बढी बालबालिका हराउने गरेका छन्। हराएकामध्ये झन्डै आधा पनि बालबालिका भेटिँदैनन्। यसरी हराएका मध्ये अधिकांश बालबालिका भारतमा पुग्ने गरेको प्रहरी र अन्य बालबालिका सम्बन्धी काम गर्ने संघसस्थाको रिपोर्टले देखाउँछ। गत शुक्रवार मात्र भारतमा पुर्याएका १० जना बालकहरूको उद्धार गरिएको छ। नेपाल प्रहरीको समन्वयमा साथसाथ संस्थाले शुक्रवार उद्धार गरेका १० बालकको जिम्मा परिवारलाई लगाएको…
काठमाडौंः साताको पहिलो दिन बढेको सुनको मूल्य दोस्रो दिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४ सय रुपैयाँले घटेको हो। सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ भएको छ। यसअघि आइतबार तोलामा ३ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ भएको थियो।चाँदी तोलामा १० रुपैयाँ घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला…
काठमाडौं : मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू-भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। भने, 'मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ। मनसुन करिब अन्तिम अवस्थामा छ। अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन…
काठमाडौं : दशैं मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्। यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन्। यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १…
ताइवानमा ६.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कयौं घरहरु भत्किएका छन् भने सडक अवरुद्ध भएका छन्। भूकम्पमा परी हालसम्म एक जनाको मृत्यु भएको र १४६ भन्दा बढी मानिस घाइते भएको ताइवान न्यूजले जनाएको छ। भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छ। चिसहाङ शहरलाई केन्द्र बनाएको भूकम्पका कारण पुलहरु भत्किएका छन्। जसकारण केही गाउँहरुसँग सडक सञ्जाल अवरुद्ध भएको छ। भूकम्पको…
काठमाडौंः दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्। यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन्। यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही…
काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। साफको यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा यसपाला साफले नयाँ च्याम्पियन पाउने निश्चित छ। महिला साफको इतिहासमा पहिलो पटक बंगलादेश र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेका छन्। पाँच संस्करणसम्म भारत च्याम्पियन बन्दा चारपटक नेपाल र एकपटक बंगलादेश उपविजेता बनेको छ। खेल आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित…
काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६७१ जना कैदीको कैद छुट, २१ जनाको कैद माफी गरिएको छ। नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपति भण्डारीले उनीहरूको बाँकी कैद छुट र सजाय माफी गरिएको गृह मन्त्रालयले जनायो। 'संविधान दिवस, २०७९ को अवसरमा नेपालको संविधानको धारा २७६, मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिक…
काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा सेवा गरेका ९९८ जना लाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेका छन्। कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए।…
काठमाडौं : आज आठौं संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो। विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख बताएका छन्। देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए। आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै देउवाले मुलुकको…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्। दिवसका अवरमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान…
काठमाडौंः विभिन्न प्रलोभन देखाएर भारत पुर्याएका १० बालकको प्रहरीले उद्धार गरेको छ। नेपाल प्रहरीको समन्वयमा साथसाथ संस्थाले शुक्रबार उद्धार गरेका १० बालकको जिम्मा परिवारलाई लगाएको छ। चार महिना अगाडि उनीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याइएको थियो। त्यसपछि उनीहरूलाई भारतमा लगेर विभिन्न कारखानामा १२ घण्टा भन्दा बढी काम गर्न लगाएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए। यसरी उद्धार गरिएका…