काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमवार साँझ गोली हानेर हत्या भएका सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) आफैँ सन्दिग्ध व्यक्ति भएको खुलेको छ। नक्कली नोट र हत्या अभियोगमा करिब ९ वर्ष जेल बसेर निस्किएका उनी त्यसपछि पनि आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ। यसरी आपराधिक गतिविधिमा संलग्न भएकोले अर्को गिरोहले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंकामा…
काठमाडौं : प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले महामारी नियन्त्रण गर्न प्रयास गरिरहेको बताएका छन्। मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरि हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले बताएका हुन्। उनले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरि मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल…
काठमाडौंः नक्कली नोट सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा रहेका मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको…
काठमाडौं : बलात्कार वा यौनजन्य कसुरको आरोप लागेका व्यक्तिको बारेमा अदालतबाट फैसला हुनुअघि नै अभियुक्तको पहिचान खुलाउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र इश्वर देवकोटाले मंगलवार रिट दायर गरेका हुन्। उक्त रिटमाथि संवैधानिक इजसलामा सुनुवाई हुने भएको छ। रिट निवेदकले बलात्कार तथा यौनजन्य आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाउने…
काठमाडौं : ‘प्रेम गीत - ३’ को विवाद चर्कँदो छ। गत भदौ ३० गते चलचित्र विकास बोर्डले सुचना प्रकाशित गरेसँगै फिल्मी कलाकारबीच विवाद चर्किएको हो। बोर्डका अध्यक्ष भुवन केसीले जारी गरेको सुचनामा बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने उल्लेख छ। राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भए प्रशासनको अनुमति…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन्। 'प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको…
काठमाडौं : मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउनका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ। सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप बिच्छ्याउन थालिएको हो। दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन…
भारतको पूर्वी राज्य विहारमा बितेको २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले बताएका छन्। कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो। विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र…
काठमाडौं : सरकारले प्रदेश सरकारका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको विदेश भ्रमणमा कडाइ गरेको छ। प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं कर्मचारीको विदेश भ्रमणको सहमति र राहदानी तथा भिसा सिफारिससम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडाइ गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को कार्यालयले भदौ २३ गते सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई पत्राचार गर्दै कडाई गरेको जानकारी गराएको हो। सोही अनुरुप संघीय मामिला…
काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना तयार पारि लागू गरेको छ । दशैं तिहारका लागि प्रहरीले चोरी, डकैती, झगडालगायतका अपराध गतिविधिलाई कम गर्न सुरक्षा योजना लागू गरेको प्रहरीले जानकारी दिएको छ। चाडपर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार ३ सय ४३ जना बर्दी र सादा पोशाकमा प्रहरी खटाइने भएको प्रहरीले जानकारी दिएको छ। दशैंमा सुरक्षाको…
काठमाडौं : रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार आयोजित समारोहमा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रको पुस्तक लोकार्पण गरिएको हो। पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरेका हुन्। लेखक मिश्रले पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु, संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्रले देशको…
काठमाडौं : फिल्म ‘२ नम्बरी’ को शीर्ष गीत लेखन प्रतियोगितामा भूषण खतिवडाले लेखेको गीत उत्कृष्ट घोषित भएको छ। फिल्मको टाइटल गीत तयार पारेका भूषणले ५० हजार पुरस्कार जितेका छन्। आउँदो असोजको २१ गतेबाट रिलिज हुने फिल्मको शीर्ष गीतका लागि यसको निर्माण पक्षले केही साता अगाडि प्रतियोगिता राखेको थियो। शीर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ।…
काठमाडौं : असोज १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बाबरी’ टिम मोफसल टुरमा निस्कने भएको छ। असोज ५ गते बिर्तामोडबाट सुरु हुने उपत्यका बाहिरको टुर देशका ६ ठुला सहरमा आयोजना गरिनेछ। फिल्मको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकको मन छोइसकेकोले सिनेमाको प्रचारप्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक सुरेन्द्र पौडेलको भनाई छ। ५ गते बिर्तामोडबाट सुरु हुने टुर असोज ६ गते इटहरी, ७…
काठमाडौंः काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली लागि एक पुरुषको हत्या भएको छ। सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली प्रहारबाट सोमबार बेलुकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्णमन्दिर नजिक गोली प्रहार…
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। गठबन्धनले भदौमा प्रत्यक्ष तर्फको १६५ सिटको टुंगो लगाउने बताएको थियो। तर हालसम्म पनि कुनै पनि सिटमा सहमति जुट्न सकेको छैन्। निर्वाचन आयोगले आइतवार र सोमवार समानुपातिक तर्फ संघमा ११० सिटका लागि बन्दसूची बुझाउने समय तोकेको थियो।…
काठमाडौंः ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई…
काठमाडौंः तातोपानी नाका खुलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिएको छ। तिब्बतमा कोभिड फैलिएपछि बन्द भएको नाका बल्ल खुलेको हो। नाका संचालनमा आएको ९ दिनमा ४० वटा कन्टनेर भन्सारमा आएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण बास्तोलाले बताए। चाडपर्व नजिकिएकाले भन्सारमा रोकिएको कन्टेनरहरु धमाधम आउन थालेको उनले बताए। सुरुवाती समयमा चिनियाँ पक्षले नियमित रुपमा सामान पठाएका थिएनन्। नाकाबाट रेडिमेड कपडा, स्याउ,…
काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले आम सर्वसाधरणलाई सुरक्षित रहन अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले दशैंमा हुने अपराधलाई कम गर्ने सर्वसाधारणमा अपिल गरेको छ। प्रहरीले आफ्नो घरमा बस्नेको विवरण राख्नदेखि गाउँ घर जान लागेको कुरा सामाजिक सञ्जालमा नराख्नसमेत अनुरोध गरेको छ। प्रहरीले आम मानिसलाई बुँदागत रुपमा गर्नुपर्ने र नहुने कुरा उल्लेख गरेको छ।…
काठमाडौं : नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ। शुभमुहूर्त गरिएको फिल्मको आगामी असोज १० गते छायांकन गरिने निर्माण टिमको तयारी छ। ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहनेछ। बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ। गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र…
काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र नेपाल मित्रवत् छिमेकी भएको बताएका छन्। राष्ट्रिय दिवसको अवसरमा समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै खछ्याङले यस्तो बताएका हुन्। सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले रेशमी मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ निर्माण अघि बढेको उल्लेख गर्दै दुई देशको सहयोग आदानप्रदान विस्तार भइरहेको बताएका छन्। 'चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। आपसी सम्बन्ध…