काठमाडौंः ललितपुरको बागडोलमा रहेको एक कागजको कवाडी गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब १ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीमा परेर तीन जना घाइते भएका छन्। भारत घर भएका ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष साह र चितवनका ३० वर्षीय गणेश गुरुङ घाइते भएका हुन्। उनीहरूको शरीर आगोले जलेको छ। प्रकाश खत्रीको…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि सत्ता गठबन्धनले अब के गर्ने भन्नेबारेमा तीव्र छलफल अघि बढाएको छ। बिहान सत्ता गठबन्धनको बैठकमा छलफल गरेका शीर्ष नेताले अहिले ४ वजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा कानुनविद्सँग छलफल गर्दैछन्। गठबन्धनको बुधवार बिहान बसेको बैठकले राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको निष्कर्ष निकालेको थियो। तर, राष्ट्रपतिको कदमबारे के गर्ने भन्नेबारेमा भने निर्क्योल गर्न सकेको थिएन।…
जनकपुरधाम : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि फेरि कालो बादल लागाइ दिएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै यादवले दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो सर्वोच्च संस्थाको गरिमा समेत उल्लंघन गरेको बताएका हुन्। नागरिकता विधेयक सदनबाट निर्माण गरेर पठाइए…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले राष्ट्रपति विद्यादेवी भण्डारले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध गरेका छन्। राष्ट्रपति भण्डारीको नामै नलिएर पुनले संविधानको प्रमुख पालकबाटै संविधान संरक्षण नहुनु दु:खद् पक्ष भएको बताएका हुन्। बुधवार विज्ञप्ति जारी गरेर पुनले संविधानको दायर भन्दा बाहिर जान छुट कसैलाई नभएको उल्लेख गरेका छन्। 'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र…
काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको वरीयता अन्तर्गत ब्याटिङतर्फ नेपाली ब्याट्स्म्यान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको वरीयता सुध्रिएको छ। भुर्तेल एक स्थान सुधार गर्दै ५१ औं स्थानमा पुगेका छन् भने ऐरी ५८ औं स्थानमा छन्। ब्याटिङको शीर्षस्थानमा पाकिस्तानका मोहम्मद रिजवान छन् भने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एइडेन मार्कक्रम दोस्रो स्थानमा छन्। त्यस्तै भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा पुग्दा…
काठमाडौं : नेपाली फुटबल टोली पछिल्लो दुई महिना व्यस्त रह्यो। फुटबल टोलीले उमेरसमूहमा समेत गर्दा पछिल्लो दुई महिनामा पाँचवटा प्रतियोगितामा सहभागिता जनाएको छ। सेप्टेम्बर महिनामै नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल खेल्न अझै बाँकी छ। पाँचवटा प्रतियोगितामा सहभागिता जनाउँदा दुईवटामा फाइनल खेल नेपालले खेलेको छ भने बाँकी प्रतियोगितामा नेपालको प्रदर्शन निराशाजनक छ। साफ यू २० भारतको भुवनेश्वरमा सम्पन्न साफ च्याम्पियनसिपमा सुरुवात राम्रो…
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय जनमोर्चा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जारी विज्ञप्तिमा हस्ताक्षर गर्नबाट पछि हटेको छ। पाँच दलीय गठबन्धनमा सहभागी उक्त दलले नागरिकता विधेयकमा आफ्नो विरोध भएकाले हस्ताक्षर नगरेको बताएको छ। राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बैठकमा सहभागी भए पनि हस्ताक्षर नगरेको बताए। 'हामी बैठकमा सहभागी भए पनि विज्ञप्तिमा हस्ताक्षर नगरेको हो। हामीले विधेयक ठिक छैन् भनेर विरोध गरेका…
भारतीय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा ५८ वर्षीय श्रीवास्तवको निधन भएको हो। अगस्त १० मा उनलाई ह्दयघात भएपछि अस्पताल भर्ना गरिएको थियो। सोहीदिन उनको एन्जियोप्लास्टी पनि गरिएको थियो। करिब ४० दिनसम्म उनी अस्पतालमै उपचाररत थिए। भेन्टिलेटरमा राखिएको १५ दिनपछि उनलाई होश आएको थियो। तर सेप्टम्बर १ पछि फेरि उनको स्वास्थ्य बिग्रिएपछि…
काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको बताएको छ। बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानमै प्रहार गरेको निष्कर्ष निकालेको हो। 'प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक…
काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणिकरण नगर्नु संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ। असोज ४ को मध्यरातसम्मको समयसीमा भित्र राष्ट्रपतिले विधेयकले प्रमाणिकरण नगरेर अस्वीकार गरेकी हुन्। राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेको भन्दै अहिले आलोचना भइरहेको छ। राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विरोध पनि भइरहेको छ। यसबिच बुधवार बिहान राष्ट्रपतिको कदमबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको…
काठमाडौंः केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार मूल्य थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ।बुधबार चाँदी…
पोखरा : गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख सिर्जना शर्माले दलहरुको मानसिकताका कारण महिलाको भूमिका खुम्चिँदै गएको बताएकी छिन्। मंगलवार पोखरामा आयोजित प्रतिनिधि सभाका निवर्तमान सांसदहरुसँगको अनुभव साटासाट कार्यक्रममा आफ्नो अनुभव राख्दै शर्माले यस्तो बताएकी हुन्। ‘३३ प्रतिशत कहाँ गएर अल्झियो। कास्कीका कतिवटा पालिकामा महिलाले प्रमुख पाए त! अनि यसमा महिलाको अधिकार कहाँ गएर झुण्डियो? यो विषयवस्तु किन उठान नगर्ने त? होइन…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक स्वीकृत गर्न अस्वीकार गरेपछि सत्तारुढ दलका नेताहरु र संविधानविद्हरुले चर्को विरोध शुरु गरेका छन्। एमाले समर्थित संविधानविदहरुले र केही नेताहरु भने राष्ट्रपतिको बचाउमा उत्रिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए। नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५…
काठमाडौं : असोजको पहिलो हप्ता लाग्दा पनि देशका विभिन्न स्थानमा वर्षा जारी छ। ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभावका कारण बुधवार बिहान पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वमानुमान महाशाखाले जनायो। 'हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ…
काठमाडौं : सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलले बैठक जारी राखेको छ। मंगलवार दुई पटक बसेको बैठकबाट पनि दलहरु निचोडमा पुग्न सकेका छैनन्। मंगलवार साँझको बैठकपछि सिट बाँडफाँड ८० प्रतिशत टुंगोमा पुगेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'सिट बाँडफाँड करिब निष्कर्षको नजिकमा पुगेको छ। ८० प्रतिशत भागभन्डा टुंगोमा पुगेको छ,' मन्त्री कार्कीले भने। बैठक अहिले बिहान ८…
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकको भूमिका निभाएको बताएका छन्। बुधवार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले राष्ट्रपतिको कदम राष्ट्रहित अनुकुल रहेको जनाएका छन्। 'प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।…
काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयमा प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गरेकी छिन्। सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए। नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मंगलवार राति १२ बजे समाप्त…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीति प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन्। पौडेलले सामाजिक संजालमार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका छन्। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनु…
कैलालीः धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन थालेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसियूमा राखिएको छ। स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पतालले उनलाई अन्यत्रै लैजान रेफर लेटर मङ्गलबार तयार पारेको थियो। अस्पतालले रेफर गरेपछि प्रशासनले केसीलाई काठमाडौं लैजान सेनाको स्काइ ट्रक मगाएको थियो । तर केसीले काठमाडौं जान अस्वीकार…
काठमाडौंः नागरिकता विधेयक प्रमाणीकरणको संवैधानिक समयसीमा मंलगबार मध्यरातबाट सकिँदैछ। राति १२ बजेपछि संविधानले तोकेको १५ दिनको समय सकिँदैछ। त्यो अवधिमा प्रमाणीकरण नभए के हुने अन्योल छ। संघीय संसद्का दुबै सदनबाट पारित भएको विधेयक पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी थिइन्। प्रादेशिक पहिचान, स्वघोषणालगायतका विषयमा स्पष्ट पुनर्विचारका लागि सन्देशमा प्राप्त भए पनि दुबै सदनले जस्ताको तस्तै विधेयक पारित भएका थिए। साउन…