काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले निर्देशन दिएको छ। व्यक्ति, व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको साइबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरले सूचना जारी गरेको हो। ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा शूल्क बुझाउन भनिएको छ। सो अवधिभित्र साइनबोर्डको शूल्क नबुझएमा वा तोकिएको साइजभन्दा ठूलो साइनबोर्ड राखेमा महानगरपालिकाले तत्काल हटाउने…
रसिया र युक्रेनबिच युद्ध भएको २१२ दिन पुगिसकेको छ। यसबिच हजारौं मानिसको मृत्यु हुँदा लाखौं विस्थापित भएका छन्। युद्ध रोक्न तर्फ कुनै पनि सहमति हुन सकेको छैन। युद्ध लम्बिँदै जाँदा रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले युद्धमा थप सेना परिचालन गर्ने घोषणा गरिसकेका छन्। सेनामा थप ३ लाख सैनिक भर्ती गर्ने उनले घोषणा गरेपछि रसियामा विरोध प्रदर्शन पनि भएको छ। प्रदर्शनन गर्ने…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'डी' को खेलमा बेल्जियमले वेल्सलाई हराएको छ। किङ बौडोइन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेल्जियमले वेल्सलाई २-१ गोलअन्तरले हराएको हो। खेलको १० औं मिनेटमै केभिन डी ब्रुइनाको गोलमा बेल्जियमले अग्रता बनाएको थियो। फेरि ३७ औं मिनेटमा घरेलु टोलीका मिची बात्सुइले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै बेल्जियम दुई गोलले अघि रह्यो। अर्कोतर्फ…
काठमाडौं : नेपाली कांग्रेसको घोषंणा पत्र विभिन्न क्षेत्रका १५ जनाले लेखिरहेका छन्। मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न क्षेत्रमा ख्याति कमाएकालाई कांग्रेसले घोषणापत्र लेखन समितिमा समावेश गरेको हो। फरक फरक क्षेत्रको प्रतिनिधित्व हुने गरि कांग्रेसले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ। `घोषणा पत्र तयारी समिति´को असोज ५ मा सम्पन्न पहिलो बैठकले अर्थाशास्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा १५…
काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। अवरोधका कारण तामाकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन। लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एउटा कित्ताका जग्गाधनी बाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिको रकम…
यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा फ्रान्सले अस्ट्रियालाई हराएको छ। स्टेड डी फ्रान्समा सम्पन्न खेलमा घरेलु टोलीले अस्ट्रियामाथि २-० गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा किलियन एम्बाप्पेले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले ५६ औं मिनेटमा गोल गर्दा दोस्रो गोल ६५ औं मिनेटमा ओलिभर जिरुडले एन्टोनी ग्रिजमनको पासमा गरेका थिए।…
काठमाडौं : आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम…
काठमाडौंः निर्वाचन आयोगले असोज ६ गते (आज) देखि अस्थायी मतदाता नामावली संकलन कार्य थालेको छ। आयोगले अस्थायी मतदाता नामावली सकंलनको थालनी गरेसँगै कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन समेत दिएको छ। तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको हो। आयोगले असोज ६ गतेपति आयोगको अनुमतिबिना कर्मचारी सरुवा नगर्न नगराउन निर्देशन दिएको छ। यस्तै, असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ…
जनकपुरधामः उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवलाई कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो। अन्तरिम आदेशबारे दुई पक्षको छलफलबाट टुङ्गो नलागेसम्म यादवलाई रजिस्टारको हैसियतमा कामकाज नगर्न अल्पकालीन आदेश जारी गरेको हो। अदालतले असोज २७ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा हालसम्म बसमा सवार ७ जनाको मृत्यु प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा तीनजना महिला, दुईजना पुरुष र दुईजना बालकालिका रहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिइन्। मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३…
काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली सार्वजनिक गरेका छन्। तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। गोलकिपरमा भने ४ जनाको नामावली छ। प्रशिक्षक हुमागाइँले डेङ्गु…
काठमाडौं : प्रेम गीत ३ भोलिबाट प्रदर्शन हुँदैछ। तर, सो फिल्मको हिन्दी भर्सन भने नेपालमा भोलिबाट प्रदर्शन नहुने भएको छ। भारत लगायत अन्य देशमा भने हिन्दी भर्सन भोलिदेखि नै प्रदर्शन हुनेछ। प्राविधिक कारणले हिन्दी भर्सनको फिल्म प्रदर्शन गर्न नसिकिने वातावरण सिर्जना गरिएको निर्देशक सन्तोष सेनले जनाएका छन्। उनले शो हिन्दी भर्सनको प्रेम गीत ३ घटस्थापना (असोज १०) गते नेपालभर प्रदर्शन…
हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो। मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न…
काठमाडौंः १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी…
काठमाडौंः इलामको चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ती जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। झ्याम्ले समेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए। उनको उपचारको…
काठमाडौः गृहमन्त्री बालकृष्ण खाणसँग सुदूरपश्चिम प्रदेश सभामा दार्चुलाबाट प्रतिनिधित्व गरेकी निवर्तमान सांसद नन्दा बम नेतृत्वको टोलीले भेट गरी केही दिन अघि जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पु¥याएको क्षतिबारे जानकारी गराएकी छिन्। गत भदौ २४ गते दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा आएको बाढी र पहिरोले क्षति पु¥याएकोले प्रभावितलाई राहतको व्यवस्था गरिदिन टोलीले माग गरेको थियो। बमको नेतृत्वमा हरकसिंह…
काठमाडौं : राष्ट्र संघको महासभामा सहभागि हुन पुगेका परराष्ट्र सचिव भरतराज पौड्यालले असंलग्न राष्ट्रहरुको अभियान (नन अलाइन्मेट मुभमेन्ट-नाम)को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। बुधवार भएको सम्मेलनमा सचिव पौड्यालले विकासशील तथा गरिब देशहरूमा जलवायु परिवर्तन तथा कोभिड-१९ले नकरात्मक प्रभाव पारेको बताए। उनले यसलाई सम्बोधन गर्नका लागि नामले भूमिका खेल्नुपर्ने बताएका थिए। उनले कोभिड-१९ पछीको आर्थिक विकास, जीोनस्तर उकास्नका लागि नामले सहकार्यलाई…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्ताका लागि घुँडा टेकेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले गठबन्धन 'मसल'ले चलिरहेको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीको भने ओलीले बचाउ गरेका छन्। 'अनाडी मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने। अलोकतान्त्रिक संस्कार अहिलेको गठबन्धनले देखाइरहेको छ। राष्ट्रपतिको अपमान गर्नु महानता हो भनिरहेको छ,'उनले…
उत्तर कोरियाले आफूले कहिल्यै पनि रसियालाई हतियार नबेचेको जनाएको छ। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरेको समाचार सार्वजनिक भएको थियो। उत्तर कोरियाले ती खबरहरु सत्य नभएको भन्दै रसियालाई भविष्यमा पनि हतियार बेच्ने योजना नभएको जनाएको हो। अमेरिकी अधिकारीहरुले रसियालाई यत्तर कोरियाले रकेट र हतियारहरु बिक्री गरेको जनाएको थियो। रसियाले त्यहीबेला नै उत्तर कोरियासँग हतियार खरिद…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्। यसअघि राष्ट्रपतिको कदमबारे औपचारिक रुपमा टिप्पणी नगरेको एमालेले च्यासलमा आयोजित कार्यक्रममा भने नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा भण्डारीको बचाउ गरेको हो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई दोस्रो पटक पनि अस्वीकार गरेपछि सत्ता गठबन्धन भण्डारीप्रति आक्रामक बनेको छ। पोखरेलले भने सत्ता गठबन्धनको चर्को आलोचना गर्दै राष्ट्रपति भण्डारीको सन्देश नसमेटिनु गणतन्त्र माथिको…