काठमाडौं : आइतवार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको हो। अहिले बिहान ती स्थानहरुमा हल्का वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले भनेको छ, 'लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी…
काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिसँगै केसीले अनशन तोडेका छन्। दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ। त्यस्ता दरबन्दीको नियमित पदपूर्तिमा पनि सहमति भएको छ। कैलालीको गेटास्थित…
काठमाडौं पहिलो पटक एकै पटक १२ सय स्क्रिनसहित विश्वव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म प्रेम गीत ३ ले भारतमा मात्र १ करोड १२ लाख रुपैयाँ कमाएको छ। बलिउड हंगामाका अनुसार इन्डो-नेपाली फिल्मले सबैतिर गरी एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ। फिल्मको कमाइलाई लिएर भारतीयहरु नै अचम्मित भएका छन्। भारतको चेन्नईजस्तो…
बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अंगीकार गरेका गलत नीति र सत्ता सञ्चालनमा असक्षमताले अर्थतन्त्र धराशाही बन्दै गएको बताएका छन्। आर्थिकको संकट समाधानको क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसँग नभएको पौडेलले जिकिर गरे। शनिबार रुपन्देही व्यापार संघको २१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सरकारले नीतिगत रूपमा परिवर्तन नगरेसम्म निजी क्षेत्रले भोग्दै आएका…
हेटौंडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । हेटौंडामा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने आवश्यकता औँल्याए। थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा…
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबिच तानातान भइरहेको बताएका हुन्। 'यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ। त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति…
काठमाडौंः चाडबाड नजिकिएसँगै बजार अनुगमन बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पसल तथा व्यापारिक फर्मलाई धमाधम जरिवानाको कार्बाही गरेको छ। पछिल्लो एक सातामा मात्रै विभागले २ सय ७२ फर्ममाथि अनुगमन गरेको छ। गत साउनदेखि हालसम्म ८ सय ४४ फर्मको अनुगमन गरी १ सय ७५ वटा फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ। जरिवानाबाट ३५ लाख ३१ हजार असुली गरेको छ। सो…
२० पटकका ग्र्याण्ड स्लाम च्याम्पियन रोजर फेडेररले टनिसबाट सन्यास लिएका छन्। लेभर कपको भावनात्मक रातमा राफायल नाडाललगायतका साथीहरुको बिचमा उनी टेनिसलाई अलविदा गरेका छन्। ४१ वर्षीय फेडेररले अन्तिम पटक कोर्टबाट बाहिर निस्केपछि लामो प्रशंसा ग्रहण गरेका थिए। २० पटक ग्र्याण्ड स्लाम एकल उपाधि जित्ने स्विस खेलाडी फेडेररलाई टेनिस इतिहासकै उत्कृष्ट खेलाडीमध्येको एक मानिन्छ। ‘यो एक अद्भुत दिन रह्यो। म खुसी…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जिउँदै भएकाले जनयुद्धलाई अरुले आत्मसाथ नगरेको बताएका छन्। आउँदै गरेका चाडपर्वको शुभकामना आदनप्रदान कार्यक्रममा प्रचण्डले समाजवादी जनयुद्ध मुलुकका लागि किन आवश्यक थियो भन्ने बताए। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी उक्त कार्यक्रममा प्रचण्डले आउने पुस्ताले आफूले गरेको युद्धको अध्ययन गर्नुपर्ने बताए। 'अहिले त हामी जिउँदै छौं मानिसहरुले राम्ररी…
काठमाडौं : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको संक्रमण देखिएको छ। जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को संक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिए। गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई संक्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको…
जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाइएको हो। जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौंले नागरिक गैर नागरिक बन्नु पर्ने भन्दै जसपाका कार्यकर्ताहरुले भानु चोकमा नाराबाजी गरेका हुन्। ओली आज…
काठमाडौं : न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गर्दै खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दशैंको लागि हुने किनमेलका कारण न्यूरोड क्षेत्रमा सवारी चाप बढ्दो छ। त्यसैलाई व्यवस्थापन गर्न खुलामञ्चमा असोज ८ गते (आज)बाट पार्किङको व्यवस्था मिलाइएको हो। न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी सवारी साधनलाई आजदेखि फुलपातीको दिनसम्म खुल्लामञ्चमा पार्किङको…
काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभाको ७७ औं सत्र न्यूयोर्कमा चलिरहेको छ। राष्ट्रसंघ मुख्यालमा जारी महासभामा पश्चिमा राष्ट्रहरुले युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोध गर्दै रसियामाथि थप प्रतिबन्धका कुरा उठाइरहेका छन्। अमेरिकासहित युरोपेली देशहरुले युक्रेनमा भएको तनाव युरोपेली भूमिमा दोस्रो विश्व युद्धपछि भएको पहिलो तनावको रुपमा व्याख्या गरिरहेका छन्। यहीबिच सर्बियाले पश्चिमा राष्ट्रहरुले गरेको दाबीलाई अस्विकार गरेको छ। सर्बियाका राष्ट्रपति अलेक्जेण्डर भुसीसीले…
काठमाडौं : पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक संचालनमा आएको छ। गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। जसकारण गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका थिए। अहिले दुवैतर्फ सडक संचालन भइसकेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम सम्पन्न भएको हो। अहिले रोकिएका सवारी साधन…
जापानले कोभिड-१९ प्रतिबन्धहरू हटाएर पर्यटनको लागि देश खुला गर्ने भएको छ। एकैसाथ ठूलो संख्यामा पर्यटक भित्राउने योजनाका साथ जापानले पर्यटनको ढोका खोल्न लागेको हो। जीवन्त शहरी संस्कृति र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रणको लागि लोकप्रिय जापानमा विदेशी पर्यटकका लागि लगाइएका कडा प्रतिबन्ध हटाउन लागिएको जापानका डिजिटल मामिलामन्त्री तारो कोनोले बिहीवार ट्वीटमार्फत जानकारी दिएका छन्। ‘अन्ततः, जापानले सीमा खोल्दैछ’, ट्वीटमा भनिएको छ, ‘भिसा…
काठमाडौं : पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ। गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन्। यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा…
काठमाडौं : आज बिहान लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरुमा भने आंशिकदेखि सामान्य बदली रहेको छ। शनिवार बिहान लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित स्थानमा हल्का वर्षा भइरहेको…
काठमाडौं : म्यादी प्रहरीको लागि माग गरेको भन्दा दोब्बर आवेदन परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको थियो। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो। तर असोज ६ गतेसम्म देशभर माग भन्दा दोब्बर आवेदन परेको नेपाल प्रहरीले जानकारी दिएको छ। सातवटै प्रदेशबाट २ लाख ३३ हजार…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न 'सी' को खेलमा इटलीले इङ्ग्ल्याण्डलाई हराएको छ। इटलीको मिलानस्थित सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीलाई इङग्ल्याण्डलाई १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६८ औं मिनेटमा इटलीका लागि जिआकोमो रसपडोरीले निर्णायक गोल गरे। त्यस्तै गएराति नै सम्पन्न समूह 'सी'कै अर्को खेलमा हंगेरीले जर्मनीलाई हरायो। रेडबुल एरेना लाइपजिगमा…
काठमाडौं : लेखक केशव दाहाल ‘मोक्षभूमि’ उपन्यासमार्फत् नेपाली साहित्यमा नवीन स्वाद लिएर आएका केशव दाहाल गैर – आख्यानकृति लिएर आएका छन्। किताब पब्लिसर्सले छापेको उनको निवन्ध संग्रह ‘माधवी ओ माधवी’ शुक्रवार विमोचन गरिएको छ। नयाँ शैलीमा लेखिएको पुस्तक मूलतः एक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरुको वृत्तान्त हो। गैर आख्यानात्मक भइकन पनि आख्यानको स्वाद…