काठमाडौं : सडक मानव मुक्त पार्ने अभियानमा जुटेको मानव सेवा आश्रमको अभियानलाई नेपथ्यले साथ दिने भएको छ। मुलुक हिंसात्मक द्वन्द्वको अवस्थामा गुज्रिँदा ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ जस्ता सांगीतिक अभियान गरेको नेपथ्यले मानव सेवा आश्रमलाई साथ दिने भएको हो। नेपथ्यले आफ्ना कार्यक्रमहरु मार्फत् मानव सेवा आश्रमको अभियान प्रववर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने…
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। आज झापाको दमकको आयोजित पार्टी प्रवेश कार्यक्रममा नले यसल निर्वाचनलाई लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गरेका हुन्। 'आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिनेछ,' उनले…
‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भर्सनले हालसम्म ८ करोड ७९ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले विश्वभरबाट दुईदिनमा ८.७९ करोड भारु अर्थात १४ करोड ६ लाख नेपाली रुपैयाँको व्यापार गर्न सफल भएको हो। फिल्मले सबैतिरबाट शुक्रवार ४.८४ करोड भारतीय रुपैयाँ र शनिवमर ३.९५ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। त्यसैगरि, नेपाली संस्करणले घरेलु बक्सअफिसमा…
काठमाडौं : प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई मन्त्री नै आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने भन्ने कुरा व्यवहारिक नभएको सुझाव दिएका छन्। आइतवार दिउँसो आयोगको केन्द्रीय कार्यालयमा भएको छलफलमा दलका नेताहरुले निर्वाचन आचारसंहिताबारे सुझाव दिने क्रममा यस्तो राय पेश गरेका हुन्। दलहरुले मन्त्री नै आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने भन्ने कुरा व्यवहारिक नभएको सुझाव दिएको छलफलपछि नेकपा माओवादी केन्द्रका…
काठमाडौं : अमेरिकाबाट फेरि पनि मनोज राईको नाममा आएको अर्को पार्सल खोल्दा लागुऔषध गाँजा भेटिएको छ। भदौ २० गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा दुई किलो लागुऔषध फेला परेको थियो। प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने…
काठमाडौं : लागुऔषध तस्करहरूले विभिन्न तरिका अपनाएर तस्करी गर्ने गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा मिठाईको बट्टामा लागुऔषध राखेर तस्करी गरेको खुलेको हो। वीरगंजबाट बसमा काठमाडौंसम्म मिठाईको बट्टामा लागुऔषध ल्याइएको ब्युरोका प्रवक्ता एसपी योगेन्द्र कुमार खड्काले बताए। ‘नयाँ तरिकाबाट मिठाईको बट्टामा लागुऔषध ल्याइरहेको अवस्थामा केही मानिस नियन्त्रणमा लिएका छौँ। मिठाई भन्दै गाडीमा राखेर काठमाडौं पठाउने गरेको पाइयो,’ एसपी खड्काले भने।…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरुमा सर्वोच्च अदालतले कारण देखाउ आदेश माग गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो। विभिन्न व्यक्तिहरुले दर्ता गरेको ५ वटा मुद्दाको सुनुवाइको लागि ८औँ नम्बरमा राखिएको थियो। भदौ २० गते सांसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र…
आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सार्वजनिक भएको छ। फर्स्टलुक भिडियोबाट आलियाको लुक पनि बाहिरिएको छ। जसमा उनको एक्सन अवतार देख्न सकिन्छ। नेटफ्लिक्स थ्रिलर यस फिल्मलाई टम हार्परले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री गल ग्याडोट र जेमी डोर्नन मुख्य भूमिकामा छन्। आलियाले इन्स्टाग्राममा ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘हार्ट अफ स्टोन र…
जनकपुरधाम : १९ किलो चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। धनुषाको जटही नाकाबाट भारतबाट नेपाल तर्फ चाँदी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए। जटही नाका भएर साइकलमा सवार भई शरिरमै चाँदीको पोकाहरु बाँधेर…
काठमाडौं : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ। राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो। भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएको हो। विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा जाने सम्पदा…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वडास्तरमै डेंगी संक्रमण परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताएका छन्। वडास्तरका क्लिनिकलाई सुविधा सम्पन्न बनाएर डेंगीको परीक्षण र प्रारम्भिक उपचारको व्यवस्था मिलाउनुपर्ने सिंहको भनाइ छ। काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार सिंहले सरकारले विशेष अभियान चलाएर वडामै डेंगी परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। यसो हुन सके अस्पतालमा बिरामीको चाप पनि…
काठमाडौं : चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयले सवारीको अनुगमनदेखि व्यवस्थापनमा चासो देखाएको छ। सरकारले चाडपर्वको बेला दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ। समितिले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनमा अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ। आज…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संसदले पारित गरेर पठाएको नागरकितासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरु न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुँदैछ। आइतवार यी मुद्दाहरुमा सुनुवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ। विभिन्न व्यक्तिहरुले दर्ता गरेको ५ वटा मुद्दाको सुनुवाइको लागि ८ औं नम्बरमा राखिएको छ। भदौ २० गते सांसदले दोस्रोपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकारण गर्नैपर्ने…
काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनु पूर्व नै यो फिल्म हिजोबाट भारतीय ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। हल प्रिन्ट फिल्म लिक भएसँगै हिन्दी भर्सन स्काइ एक्स लगायतका मुभी एफहरूमा छ्यापछ्यापी भेट्न सकिन्छ। यसरी नेपालमा रिलिज हुनुअघि नै हिन्दी भर्सन लिक हुनाले व्यापारमा असर पर्ने देखिन्छ।…
चीनले थप दुई स्याटालाइट अन्तरिक्षामा पठाएको छ। आइतवार स्थानीय समयअनुसार बिहान ६:५५ मा सियान - १४ र सियान - १५ नाम गरेका दुई स्याटालाइट अन्तरिक्षामा पठाएको चिनियाँ समाचार अनलाइन सिन्ह्वाले जनाएको छ। चीनको सान्छीस्थित साइयान स्याटालाइट सेन्टरबाट ती स्याटालाइट अन्तरिक्षमा पठाएको हो। सियान - १४ ले वैज्ञानिक परीक्षण गर्ने र सियान - १५ ले भु सर्वेक्षण गर्ने बताइएको छ। उक्त…
दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिक मिसाइल प्रहार गरेको जानकारी दिएका हुन्। उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समयअनुसार आइतबार बिहान ६:५३ बजे उक्त क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति…
काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची अहिले मोबाइलमा व्यापक रुपमा सर्कुलर भइरहेको छ। असोज ३ गते पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले आयोगमा बुझाएको बन्दसूची भन्दै सूची मोबाइलमा सर्कुलर हुन थालेको हो। उक्त सूचीमा प्रतिनिधिसभातर्फ पुरुषमा विमलेन्द्र निधि पहिलो नम्बरमा छन् भने महिलामा डा आरजु राणा देउवा पहिलो नम्बरमा छिन्। आरजु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी…
काठमाडौं : बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आनी (भिक्षुणी) हरूलाई सामाजिक गतिविधिमा प्रेरित गराउने उद्देश्यका साथ थालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिहीवारबाट स्वयम्भूस्थित होटेल च्वाइसमा भएको गोष्ठीको समापनमा प्रशिक्षार्थीहरूबाट दुई दिनमा सिकेका ज्ञानहरू साटासाट गरेका थिए। सहभागीमध्येका आनी तेन्जिङ छेतेनले उत्प्रेरणा पाएकोले आत्मविश्वास बढेको बताइन्। यसै गरी ५१ वर्षीया आनी साम्तेनडोल्माले परिवर्तन आधारशिलाबारे बुझ्न पाएको…
भारतको लखनउमा गाली गरेको रिसमा कक्षा १२ का एक विदार्थीले कलेजका प्रिन्सिपलमाथि गोली प्रहार गरेका छन्। प्रिन्सिपल रामसिंह बर्मालाई शनिवार गोली प्रहार भएको हो। लखनाउको सीतापुरमा रहेको आदर्श इन्टर कलेजमा उक्त घटना भएको सदरपूर प्रहरी चौकीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ। गोली लागी घाइते भएका प्रिन्सिपललाई अस्पताल लगिएको छ। उनको पेटमा गोली लागेको अस्पतालले जनायो। पेटमा गोली लागे पनि…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' का खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि फराकिलो जित निकालेको छ। सिनोभो स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ४-० को सहज जित निकालेको हो। खेलको ३३ औं मिनेटमा डिओगो डालोटको गोलमा पोर्चुगलले अग्रता बनाएको थियो। इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेजले गोल थप्दा पहिलो हाफमा पोर्चुगल दुई गोलले अघि रह्यो। पहिलो हाफको इन्ज्युरी समयमा चेक रिपब्लिकका…