काठमाडौं : प्रज्ञा जोशीको लगानीमा टेलिश्रृखंला 'सहारा' निर्माण हुने भएको छ। सोमबार घटस्थापनाको अवसर पारेर 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कन समेत थालिएको हो। सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन्। 'सहारा' एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन्। यो सिरियलले एउटी विधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारिरीक पिडा र सहाराको कथा बुनिएको निर्देशक दाहालले…
पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये दुईजना मेजर छन्। बलोचिस्तानको हरनाइ खोस्ट नजिकै आइतवार राति हेलिकप्टर दुर्घटना भएको पाकिस्तानको इन्टर सर्भिस पव्लिक रिलेसनले जनाएको डन न्युजले उल्लेख गरेको छ। दुर्घटनामा मृत्यु हुनेमा पाइलट मेजर खुर्रम शाहजाद, पाइलट मेजर मुहम्मद मुनिव, सुवेदार अब्दुल वाहिद, हवलदार मुहम्द इमरान, सोयव र नायक जलिल छन्। सेनाले दुर्घटनाको कारण…
जनकपुरधाम : नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन्। एमाले कम्युनिस्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेकोले आफूले पार्टी परित्याग गरेको यावदले बताए। गंगाराम धनुषा क्षेत्र नम्बर २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छन्। २०३६ सालदेखि नै…
जर्मनीको फुटबल संघ (डीएफबी)ले कतारमा हुन गइरहेको विश्वकपमा च्याम्पियन बने हरेक खेलाडीलाई ४ लाख यूरो (५ करोड बढी रुपैयाँ) रकम दिने घोषणा गरेको छ। अघिल्लो विश्वकपमा ३ लाख ५० हजार यूरो घोषणा गरिएकोमा यो वर्ष ५० हजार युरो डीएफबीले बढाएको हो। उक्त विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप जित्दा जर्मनीको टोलीका हरेक खेलाडीले…
अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पेओ ताइवान भ्रमणमा जाँदै छन्। त्यहाँको अखबार लिबर्टी टाइम्सले आयोजना गरेको 'ग्लोबल ताइवान बिजनेस फोरम'मा सहभागि हुन उनी सोमवार साँझ ताइवान पुग्ने पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ। त्यहाँको खाओसियुङमा आयोजना हुने कार्याक्रममा सहभागि हुन त्यहाँ पुग्ने पोम्पेओ मेरियट होटलमा बस्नेछन्। उनको सुरक्षाका लागि नेशनल सेक्युरिटी ब्युरो र म्युनिसिपल पोलिस ब्युरो सुरक्षाकर्मी परिचालन गरिएका छन्। उनको सुरक्षाका लागि मात्र…
बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ। बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईंले जानकारी दिए। ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय…
काठमाडौं: साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ। माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्ससँग नेपाल ५१–४७ ले पराजित भएको हो। अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो। प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन्। नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ। त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा…
काठमाडौं : दशैँ, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। दशैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम…
काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन्। ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष विधाको उपाधि हात पारेका हुन्। उनीहरुले पुरस्कार स्वरुप एक/एक लाख रुपैयाँ बराबरको सेवा सुविधा पाएका छन्। प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको पुरस्कार जिते। त्यस्तै, पुरुषतर्फको अन्य टाइटलअन्तर्गत…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पार्टीभित्र युवाहरुले धक्का दिनुपर्ने बताएका छन्। काठमाडौं ठमेलमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले आयोजना गरेको गन्तव्य जुगल कार्यक्रम विमोचन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। स्वतन्त्र उम्मेदवारहरु एक्सनमा गइरहेको र धक्का दिइरहेकोले पार्टीभित्र पनि युवहरुले धक्का दिनुपर्ने उनको भनाई थियो। 'हामी एक्सनमा जानुपर्छ। एक, दुई, तीन भनेर। युवाहरुले धक्का दिनुपर्छ। स्वतन्त्रले पनि गरिरहेका छन् त्यो ठीकै छ।…
काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा आफ्नो समूहको सहभागिता निकै कम भएको भन्दै संस्थापनइतर पुन छलफलमा जुटेको छ। ठमेलको होटल यात्रीमा डा शेखर कोइराला समूहका दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन्। भेलाको नेतृत्व नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले गरिरहेका छन्। संस्थापनइतर समूहका नेताहरुले समानुपातिक सूचीमा आफ्नो पक्षलाई बेवास्ता गरेपछि गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिँदै आएको छ। समय छँदै मिलाउन नसकिए…
काठमाडौं : आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ भएको छ। आज बिहान १० बजेर २३ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। घटस्थापनाका दिन घरघरमा कलशको स्थापना गरी देवी देवताको…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्रीको रेसमा नरहने बताएका छन्। प्रेस सेन्टर नेपाल चितवनले दशैंको अवसरमा भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यस्तो भनाई राखेका हुन्। प्रचण्डले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गर्दै आफू राजनीतिक स्थिरताको वातावरण बनाउनेतिर लागेको तर्क गरे। उनले वाम गठबन्धन बनाएर २०७४ को निर्वाचनमा बहुमत हासिल गरेपछि…
काठमाडौं : दशैं शुरु भएसँगै मौसममा सुधार देखिन थालेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। हाल प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका…
काठमाडौं : नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन्। घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो। गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख…
काठमाडौं नाबालिग किशोरीमाथि बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्कने तयारीमा रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन्दीपले दोस्रो पटक नेपाल फर्किने प्रतिबद्धता जनाएका हुन्। यसअघि पनि सन्दीपले आफू चाँडै नेपाल फर्कने बताएका थिए। तर त्यसपछि एकाएक सम्पर्कविहीन भएका थिए। घटना बाहिरिँदा नेपालबाहिर थिए। उनले आफूविरुद्ध जाहेरी परेको भदौ २२ गते थाहा पाएको…
काठमाडौं : सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरि मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर…
काठमाडौं : नेकपा माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएको छन्। माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन।’ उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको पनि बताएका छन्। देश सङ्घीय…
पोखरा : थाक खोला खानेपानी संस्थानको पाइप चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको छ। असोज ५ मा कास्की मादी गाँउपालिका वडा नं.७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट टोलि खटिएको थियो। टोलीले बिहिबार ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि मादी गाउँपालिका वडा नं.५ तर्फ…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले दशैं, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न उनले निर्देशन दिएका हुन्। ‘अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन…