काठमाडौंः नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपाल ३(१ गोल अन्तरले विजयी भएको हो। नेपालका लागि सबै गोल अञ्जन विष्टले गरे। नेपालले तीनै गोल पहिलो हाफमा गरेको थियो। बंगलादेशले दोस्रो हाफमा १ गोल फर्काएको थियो। नेपालले खेलको १९औँ मिनेटमा गोलको खाता खोलेको थियो। विमल घर्ती मगरको पासमा अञ्जनले नेपालका लागि…
काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न भन्दै आयोगले निर्देशन जारी गरेको हो। निर्वाचन कसुर तथा सजाय ऐन तथा निर्वाचन आचारसंहिताका व्यवस्था परिपालनाका लागि आयोगले निर्देशन दिएको हो। निर्वाचन प्रचारप्रसार, आचारसंहिताको कार्यान्वयनलगायतका विषयमा आयोगले निर्देशन जारी गरेको हो। आयोगले जारी गरेका सम्पूर्ण व्यवस्था…
बुटवलः लुम्बिनी विकास कोषले यही असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ। मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको अवसरमा ५ दिन चार्जिङ स्टेशन र गाडीहरुको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो। असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुनेगरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबिचको मैत्रीपूर्ण खेल अहिले जारी छ। किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोली र जमल भुयनको कप्तानीमा रहेको बंगलादेशी टोली दशरथ रंगशालामा आमनेसामने भएका हुन्। अहिले पहिलो हाफको खेल सकिएको छ। पहिलो हाफमा नेपालले ३-० ले अग्रता लिएको छ। १७औँ मिनेटमा बंगलादेशका कप्तान भुयनको प्रहार गोल पोस्टमा ठिक्किएर बाहिरिएको थियो। १९औँ मिनेटमा विमल घर्ती…
बुटवल : बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति हुने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एशिया ईन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो। आम्दा…
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौंमा आएका नेता/कार्यकर्तालाई निर्वाचन क्षेत्रमा फर्कन निर्देशन दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा इतर पक्षले समानुपातिक निर्वाचनको बन्द सूचीमा एकलौटी गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। डा शेखर कोइराला पक्षले आफूलाई बेवास्ता गरिए विद्रोह हुने चेतावनी दिइरहेका छन्। कोइराला पक्षलाई जवाफ स्वरुप प्रवक्ता डा प्रकाश शरण महतले विज्ञप्ति जारी गरेर विधि र प्रक्रियाबाटै सूची तय…
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७९ लाई भोलिदेखि लागू गर्ने भएको छ। आयोगको मंगलवार बसेको बैठकले भोलिदेखि कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको छ। आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा आयोगले गरेको छ,’ उनले भने। यसअघि आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। असोज ९…
काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन शुरु गरेको छ। मंगलवार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो। उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ। टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको…
बुटवल : ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आएका पर्यटकहरुलाई स्वागत गरिएको छ। मंगलवार लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन्। स्पेन, भियतनाम, नेदरल्याण्ड्स, इजरायल, भारतबाट आएका विदेशी पर्यटकहरुलाई शान्तिभूमी लुम्बिनीमा स्वागत गरिएको हो। शान्ति दीपमा स्वागत गर्दै पर्यटकहरुलाई मायादेवी मन्दिरसम्म स्थानीय साँस्कृतिक झाँकी सहित भ्रमणका…
काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमसालमा रहेको गोसाईकुण्ड सुनचाँदी पसलमा लुटपाट भएको छ। सोमवार साँझ करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ४५ हजार रूपैयाँ लुटपाट भएको प्रहरीले जानकारी दिएको छ। सुनचाँदी पसल बन्द गरी संचालक घर फर्किने क्रममा अपरिचित व्यक्तिले पसल संचालकलाई कुटपिट गरी घाइते बनाएर उनको साथबाट धनमाल लुटपाट गरी फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट…
धनुषा : श्रीमतीको हत्या अभियोगामा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…
काठमाडौं : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकहरुको पहिलो समूहलाई स्वागत गरेका छन्। ४३ औं विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ पर्यटकलाई स्वागत गरिएको हो। आज भक्तपुर दरबार स्क्वायर घुम्न आएका जर्मनीका एन्ड्री स्यान्डेज, अष्ट्रियाका रेबिका ट्रिट्ज र बुल्गेरियाका मिमि रेमोभा…
काठमाडौं : अल्पविकसित राष्ट्रबाट माथि उठ्ने नेपालको लामो समय देखिको आकांक्षा भएको र त्यसका लागि नेपाल प्रतिवद्ध रहेको परराष्ट्र सचिव भरतराज पौड्यालले बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै सचिव पौडेलले अल्पविकसित राष्ट्रबाट स्तरोन्नतीका लागि नेपालले अर्थतन्त्रमा संरचनात्मक रुपान्तरण ल्याउन हरेक सम्भव प्रयासहरु गर्ने बताएका छन्। राष्ट्रसंघसँगको साझेदारी विश्वास र सहयोगको जगमा राष्ट्र संघलाई केन्द्रमा बहुपक्षीयतामा दृढ विश्वास गर्नेसमेत उनले बताए। …
दीपक श्रेष्ठ गोरखा : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ। मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको एसपी खनालले बताए।…
काठमाडौंः बर्दिया प्रहरीले हत्या अभियोगमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका- ४ बस्ने गंगाघर चालिसेको हत्या भएको घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। २०७२ साउन १६ गते चालिसेलाई घारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका बुढाक्षेत्रीलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै गाउँटोलमा…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोली र जमल भुयनको कप्तानीमा रहेको बंगलादेशी टोली साँझ साढे ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्। नेपालले खेलेको पछिल्लो खेल हो एसिया कप छनोट। इण्डोनेसियासँगको भएको पछिल्लो खेलमा ७-० ले पराजय ब्यहोर्दाको नेपाली टिम र अहिलेको टिम धेरै फरक छ। तत्कालीन प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर १० खेलाडीबिचको…
प्रचण्ड र बाबुरामको जोडी छुटेको धेरै भयो। प्रचण्ड माओवादीलाई हाँकिरहँदा बाबुराम नयाँ नयाँ पार्टी गठन गर्दै हिँडेका छन्। यता, चुनाव नजिकिएसँगै यी दुई साथी पनि नजिकिएका छन्। बाबुरामको पार्टी प्रचण्डको पार्टीको चुनाव चिह्नमा निर्वाचन लड्ने भएको छ। दुई पुराना साथीबिच त्यसयता विभिन्न चरणमा छलफल भएका छन्। प्रचण्डका अनुसार बाबुराम र उनीबिच फेरि नयाँ जनयुद्ध सुरु गर्नेबारे कुराकानी भएको छ। १०…
बागलुङ : व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन्। दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ। बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई-दुई व्यवसायी मिलेर २५० च्याङ्ग्रा ल्याएको बताए। ‘सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ’, उनले भने, ‘यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु…
काठमाडौं : अमेरिकी डलरको भाउ मंगलबार फेरि उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बजार उकालो लागेको हो। एक डलरको भाउ १३० रुपैयाँ ९० पैसा पुगेको छ। यता युरोको भाउ भने १२६ रुपैयाँ ३२ पैसा पुगेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत…
काठमाडौं : अमेरिकी डलरको भाउ मंगलबार फेरि उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बजार उकालो लागेको हो। एक डलरको भाउ १३० रुपैयाँ ९० पैसा पुगेको छ। यता युरोको भाउ भने १२६ रुपैयाँ ३२ पैसा पुगेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत…