काठमाडौं : लायन्स क्लव अफ काठमाडौं निर्वानाका पूर्व अध्यक्षहरू सम्मानित भएका छन् । क्लवको शनिवार सम्पन्न एक विशेष कार्यक्रममा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने पूर्व अध्यक्षहरुमा आदर्शनारायण प्रधान, कुलराज थापा, ज्योतिकुमार श्रेष्ठ, रुपा न्यौपाने, अभिषेक अग्रवाल, अरुणकुमार क्षेत्री,मीननाथ न्यौपाने र हरि बहादुर खड्का क्षेत्री रहेका छन्। कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं निर्वानाका संस्थापक अध्यक्ष…
काठमाडौं: नेकपा (एमाले) को सचिवालयको बैठकले समानुपातिक सांसदका लागि ११० जनाको नाम टुंगो लगाएको छ। निर्वाचन आयोगमा बन्दसूची बुझाउनका लागि ११० जनाको नाम तय भएको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। २७५ सदस्यका लागि हुने निर्वाचनका लागि १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। सूचीमा आदिवासी जनजाति ३२ जना रहेका छन्। खस आर्यमा ३४ जना रहेको र…
काठमाडौं: गत जुलाईमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा संगठनमा नेपाल डायलग पार्टनरबाट अब्जर्भर राष्ट्रको स्तरोन्नति गर्नेबारे छलफल भयो। उज्वेकिस्तानको तास्केन्तमा भएको सो बैठकमा नेपाल, कम्बोडिया, अर्मेनिया र अजरबैजानलाई अब्जर्भर राष्ट्रको रुपमा अपग्रेड गर्ने विषयमा छलफल भएको थियो। यो छलफलसँगै संगठनमा नेपालको अपग्रेड हुनेमा विश्वास बलियो बन्दै आएको थियो। परराष्ट्र मन्त्रालयले पनि यसलाई स्वभाविक प्रक्रियामा अपग्रेड हुने बताउँदै आएको थियो।…
काठमाडौंः काठमाडौंको फरक फरक दुई ठाउँमा आइतबार दुई वटा शव भेटिएको छ। काठमाडौं महानगरपालिका-१४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिका-३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका-३ चाबोटे घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ३१ वर्षीय सुरज खड्का आइतबार मृत अवस्थामा…
काठमाडौंः काठमाडौंको तार्केश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका-९ मनमैजुस्थित सडकमा बा.६३ प ६४६२ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार करिब १९ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ। मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रक्रियालाई अब अघि बढाउने-नबढाउने भन्ने बारेमा संघीय संसद सचिवालय नै अन्योलमा परेको छ। प्रतिनिधिसधाको कार्यकाल शनिवार मध्यरातबाट सकिएको छ। र, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि सर्वोच्च फर्किने तयारीमा रहेको अवस्थामा सचिवालले प्रक्रियाबारे कानुनी परामर्श थालेको हो। आइतवार संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले महाअभियोग सिफारिस समितिले संसद सचिवालयलाई निलम्वित…
काठमाडौं : कर छुट र शो टाइमको विषयमा चलचित्र विकास बोर्ड र ‘प्रेमगीत ३’ टिमबीच विवाद चर्किँदो छ। यसैबिच, नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन बोर्डलाई आग्रह गरेको छ। केहीदिन अघि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी भाषामा डब भएको फिल्मले नेपाली फिल्मकै सरह सुविधा माग्नु राष्ट्रघाती र देशद्रोही…
अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत पुगेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टीमा सहभागी हुन बाइडेन लन्डन पुगेका हुन्। एलिजावेथ द्वितीयलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विश्वभरबाट ५०० जना नेताहरु बेलायत पुग्दैछन्। जसमा धेरै देशका सरकार र राष्ट्रप्रमुख छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानिज र न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेन लन्डन पुगिसकेका छन्। नेपालबाट परराष्ट्र मन्त्री नारायण खड्का बेलायत…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ। पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए। उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताए। सुमनले पार्टीकातर्फबाट प्रतिनिधिसभाकाका लागि एक…
पोखरा : पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर निर्माण हुने संरचनालाई मात्र सेवा प्रदान गर्न भनेको छ। आज पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरुका लागि एक सूचना जारी गर्दै पोखरा महानगर भित्र रहेर विभिन्न स्थानमा सेवा प्रदान दिने व्यवसायीहरुले निर्माण हुने संरचना वैध तथा मापदण्डभित्र भए नभएको यकिन गरेर मात्र काम गर्न निर्देशन दिएको हो। अनधिकृत संरचना निर्माणमा व्यवसायीले सहयोग गरेको पाइएमा…
आयुष्मान खुराना अभिनित फिल्म ‘ड्रीम गर्ल २’ आगामी २९ जुन २०२३ (असार १४) मा प्रदर्शन हुने भएको छ। आयुष्मानले सामाजिक सञ्जालमार्फत यो फिल्म आगामी वर्षको ईदमा प्रदर्शन हुन लागेको जानकारी दिएका हुन्। फिल्मको दोस्रो पार्टमा आयुष्मानसँगै अनन्या पाण्डे मुख्य भूमिकामा देखिनेछिन्। फिल्मको घोषणा दुई दिनअघि भए पनि गत भदौदेखि छायाङ्कन चलिरहेको छ। फिल्मको सुटिङ अर्को महिना अर्थात अक्टोबर महिनाभित्र सम्पन्न गर्ने…
काठमाडौं : नेपाल सरकार र विश्व बैंकबिच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड) र डिजिटल नेपाल गतिवृद्धि (डिएनए) आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब)को सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा नेपाल…
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। मानव अधिकार आयोगको टोली जबरालाई नजरबन्द बनाएको विषयमा बुझ्नको लागि अहिले बालुवाटरमा पुगेको छ। मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाको जानकारी लिन जबरा बस्दै आएको सरकारी निवास पुगेको पुष्टि गरे। प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा…
काठमाडौंः एक बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भएका १९ वर्षीय अशोक भन्ने अनीश भुजेललाई नियन्त्रणमा लिएको हो। उनले भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीमा रहेको एक म:म: एन्ड पिज्जा हाउसमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरि प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को…
काठमाडौं : नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च फर्कने चर्चाबिच आइतबार अदालत पुगेका उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले महाभियोगको टुंगो नलगाएसम्म महाभियुक्तको रुपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने बताएका हुन्। श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो…
काठमाडौं : शुक्रवार कलाकार दीपकराज गिरीले फेसबुकमार्फत फिल्म ‘छक्का पञ्जा ४’ रिलिज डेटबारे जानकारी दिए। उनले आगामी फागुन १९ गतेलाई फिल्म प्रदर्शन हुने जानकारी गराएका छन्। तर, सोही दिन मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ ले पनि प्रदर्शन मिति तोकिसकेका छन्। हिट सिरिज भिड्ने भएसँगै फिल्म ‘परस्त्री’ की निर्मात्री शर्मिला पाण्डेले असन्तुष्टि पोखेकी छिन्।…
काठमाडौंः गत साता लगातार घटेको सुनको मूल्य साताको पहिलो दिन बढेको छ। सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँ बढेर बजार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।गत शुक्रवार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आइतबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी…
काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ। समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा छलफल गरिरहेको र दिउँसो २ बजे…
काठमाडौं : पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ। पोखरा महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो। पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरि तालको मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ। सर्वोच्च अदालतबाट महानगरपालिकालाई…