काठमाडौंः सुदूरपश्चिमको अछाममा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१३स्थित अम्वेश्वरी माविमा डुवान भएको छ। स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो। त्यस्तै विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिका-११ मजुवास्थित तिनाउ नदीमा बढेको पानीको सतह बढेको छ। शुक्लाफाँटा नगरपालिका…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताएका छन्। शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन्। उनले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ संकेत गर्दै सरकार मात्रै होइन संसद पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताए। परमादेश नभएको भए…
काठमाडौंः दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खुलेकै दिन पारेर काठमाडौंबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात एउटै व्यवस्थापनमा आएका छन्। छुट्टाछुट्टै कम्पनी र व्यवस्थापनमा चलेका सार्वजनिक बसहरु शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा एउटै व्यवस्थापन कायम गरिएको महासंघका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले…
काठमाडौं : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन्। जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानूनको कार्यान्वयन गरे नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताएका छन्। शनिवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै उनले सांसदहरुले निर्माण गरेका कानूनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरे नगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व पनि सांसदहरुकै भएको बताएका हुन्। 'सांसदको जिम्मेवारी…
काठमाडौं : निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयानको प्रमाणिकरण भइरहेको छ। आज बिहानैदेखि सिंहदरबारमा जबरा उपस्थित भएर पहिले दिएको बयानको प्रमाणिकरण भएको हो। हिजो प्रमाणिकरण नभएर बाँकी रहेको बयानको प्रमाणिकरण गरिएको समितिका एक सदस्यले जानकारी दिए। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यसअघि नै ४३ वटा मूल प्रश्न सोधेको थियो। ६ दिनसम्म सिंहदरबार पुगेर जबराले प्रश्नको जवाफ दिएका थिए।…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन्। शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका नाममा ढुंगा पूज्दै हिँड्ने विषयमा बहस हुनुपर्ने बताएका हुन्। 'विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ। आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ। मैले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्। शनिवार बिहान काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमपछि सभालाई सम्बोधन गर्दै उनले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताएका हुन्। 'यस ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने माथि चढाउने, राजनीति हिसावले, लोकतन्त्रको अभ्यासको हिसावले संविधान कार्यान्वयनको हिसावले, शान्ति सुव्यवस्थाको हिसावले,…
महारानी एलिजाबेथको शव राखिएको कफिन (काठको बाकस) को नजिकै जाने प्रयास गरेका एक व्यक्तिलाई बेलायती प्रहरीले पक्राउ गरेको छ। बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथको शव अहिले श्रद्धाञ्जलीका लागि वेस्टमिनिस्टर हलमा राखिएको छ। उनलाई अन्तिम विदाई दिन हजारौं मानिस घण्टौं लाइनमा बसिरहेका छन्। शुक्रवार बेलायती समय अनुसार राति १० बजे सो व्यक्ति लाइनबाट निस्किएर कफिन नजिक पुगेका थिए। लगत्तै प्रहरीले…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्। उनले घाइतेको उद्धारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिइका छन्। गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका…
काठमाडौं : कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौं अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए। संवैधानिक व्यवस्थाअनुसार शुक्रबारेदेखि…
काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ मा २ जना, ढकारी गाउँपालिका वडा नम्बर ६ मा १ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना, कमलबजार नगरपालिका वडा नम्वर ६ मा ४ जनाको मृत्यु भएको छ। यस्तै हालसम्म बेपत्ता हुनेको संख्या ११ जना…
काठमाडौं : आज विश्वकर्मा पूजा। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ। आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य…
कैलाली : शुक्रवारदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ। कान्द्रा र पथरिया नदी बस्ती पसेपछि पूर्वी क्षेत्रका करिब ६ सय घर डुबानमा परेका कैलाली प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार भजनी नगरपालिका-८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेका छन्। उनका…
काठमाडौं : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ। अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको छ। पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने…
काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए। यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला…
काठमाडौं : आज बिहान प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १, मधेश प्रदेश, कर्णाली , सुदूरपश्चिम, वाग्मती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र…
काठमाडौं : काठमाडौं महानगरपालिका भित्र आजबाट सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न रोक लगाइएको छ। महानगरले केहीदिन अघि असोज १ गतेबाट महानगरभित्र धुम्रपान र सुर्ती सेवा निषेध गरिएको सूचना जारी गरेको थियो। महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो। 'संवत् २०७९ आश्विन १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु,…
काठमाडौं : सामाजिक अभियन्ता प्रकाश अमात्यको निधन भएको छ। सार्वजनिक शौचालय र आकाशे पानी संकलन अभियानलाई विस्तार गर्दै लगिरहेका अमात्यको शुक्रवार राति निधन भएको हो। शुक्रवार ह्दयघात भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ। वि सं २०३० मा जन्मिएका अमात्य सांस्कृतिक र सम्पदा संरक्षण अभियानमा पनि संलग्न थिए। ललितपुरको सप्तपाताल पोखरी ब्युताउँन उनले अग्रणी भूमिका खेलेका…
बुटवल : रुपन्देही प्रहरीले शुक्रबार बुटवलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा बागलुङ दगातुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका ८ बस्ने ३३ वर्षीय सन्तोष सलामी रहेका छन्। बुटवल ९ इँटाभट्टी स्थित होटल नमोबुद्धबाट सलामीलाई पक्राउ गरिएको डिएसपी अर्यालले बताए। सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिड…