काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुने भएका छन्। आज खड्कासहितको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गर्ने कार्यतालिका रहेको छ। बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि दिने तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसैगरि खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना…
काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि जजिरा एयरवेजले थप उडान सुरु गरेको छ। हप्तामा सातवटा उडान संचालन हुने गरि उडान सुरु भएको हो। गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि शुक्रवारदेखि जजिरा एयरवेजले आफ्नो…
काठमाडौं : आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्ने भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तय भएको छ। २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि कायम नरहने निर्वाचन आयोगकोले जनाएको छ। असार २ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ। राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र पनि संसदलाई…
कृत्रिम गुलियो पदार्थ (आर्टिफिसियल स्विटनर)को सेवन हृदय रोगको बढ्दो जोखिमसँग जोडिएको पाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार कृत्रिम गुलियो पदार्थ ‘चिनीको स्वस्थ र सुरक्षित विकल्प मानिनु हुँदैन’। ‘एडेड सुगर’को हानिकारक प्रभावहरू धेरै दीर्घ रोगहरूसँग जोडिएको कुरा स्थापित भएको लामो समय भइसकेको छ। यद्यपि, खाद्य कम्पनीहरूले विश्वव्यापी रूपमा लाखौँ मानिसहरूले दैनिक उपभोग गर्ने खाना र पेय पदार्थहरूमा कृत्रिम गुलियो प्रयोग गर्ने गरेका छन्।…
काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिले बयान प्रमाणित गरिरहेको छ। शुक्रबार ६५ पृष्ठ बयान प्रमाणित भएको छ। अदालती शैलीमा नै जबराको बयान पढेर सुनाउने र प्रमाणित गर्ने काम भइरहेको छ। कूल १७४ पेजमध्ये शुक्रबार ६५ पेजको प्रमाणित भएको छ। बाँकी शनिबार हुनेछ। बयान प्रमाणितको क्रम जारी रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल पनि शनिबार नै सकिँदैछ। कार्यकाल सकिएपछि जबराको…
काठमाडौंः निर्वाचन आयोगले निर्वाचन खर्च समयमा नबुझाएको भन्दै तीन महानगरपालिकाका निर्वाचित प्रमुखहरुलाई कारबाही गरेको छ। आयोगले शुक्रबारको निर्णय अनुसार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), भरतपुरकी प्रमुख रेणु दाहाल तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई कारबाही गरेको हो। आयोगले तीन महानगरसँगै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई पनि जरिवाना गरेको आयुक्त रामप्रसाद भण्डारीले बताए। आयोगको निर्णय अनुसार महानगरका प्रमुखलाई सात लाख ५०…
काठमाडौंः निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भई तोकिएको समयमा खर्च विवरण नबुझाएका एक लाख २३ हजारलाई जरिवाना गर्ने निर्णय गरेको छ। कूल एक लाख २३ हजार ६२४ जनालाई आयोगले जरिवानाको निर्णय गरेको हो। आयोगले तोकेको अवधिमा जरिवाना नबुझाउनेलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाएको छ। साथै, सरकारी बाँकी सरह असुलको पनि…
कैलालीः सुदूरपश्चिम प्रदेशमा दुई जना राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकी सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन्। सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले दुई राज्यमन्त्री थपिएका जानकारी दिए।
काठमाडौंः राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र संसदलाई पठाएको छ। चालु अधिवेशन शनिबार राति १२ बजेबाट अन्त्य हुनेगरि पत्र पठाइएको हो। शुक्रबार मन्त्रिपरिषदले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। कार्यकाल विवाद रहिरहेका बेला सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्न लागिएको हो। निर्वाचन आयोगले समानुपातिक बन्दसूची बझाउनुभन्दा अघिल्लो दिनसम्म कार्यकाल रहने जनाउ संसदलाई दिएको थियो। शनिबार १ बजे बस्ने बैठकमा राष्ट्रपतिको…
काठमाडौं : नेपाल साफ महिला फुटबल च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० ले हराउँदै नेपालले फाइनल सुरक्षित गरेको हो। पहिलो हाफको अतिरिक्त समयमा नेपालका लागि रश्मी घिसिङले गोल गरिन् जुन निर्णायक बन्न पुग्यो। प्रिती राईको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएकी हुन्। साफ महिला च्याम्पियनसिपमा भारतमाथि नेपालको यो पहिलो जित हो।…
काठमाडौं : साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल अहिले चलिरहेको छ। दशरथ रंगशालामा भइरहेको दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिडिरहेका छन्। खेलको पहिलो हाफसम्म नेपालले १-० को अग्रता कायम गरेको छ। खेलको पहिलो हापको इन्जुरी टाइममा रश्मी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। प्रिति तामाङको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। साफ महिला च्याम्पिन्सिपमा हालसम्मका सबै…
काठमाडौः सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ। संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो। राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गरेको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गरे। राष्ट्रियसभाको अर्को…
काठमाडौं : सरकारले प्रतिनिधि सभाको ११ औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन भोलिदेखि अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 'भोलिदेखि अन्त्य गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने। संसद्को कार्यकाल कहिलेसम्म रहने भन्नेबारेमा विवाद रहेकै बेला सरकारले अन्त्य गर्ने सिफारिस भएको हो। निर्वाचन आयोगले असोज २ र…
काठमाडौं : बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-० को गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको हो। खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता कायम गरेको थियो। दोस्रो मिनेटमा मोसामता श्वप्नाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। १८ औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाइन्। खेलमा कप्तान खातुनले…
चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ। आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ। दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। उनका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मद्दा छलफलमा छन्। ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम…
बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले भारतमा एक सातामा १७०-१७२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। ४०० करोड रुपैयाँमा बनेको यस फिल्मले पहिलो सातामा २०० करोड कलेक्सन गर्ने आशा गरिएको थियो। तर फिल्म केही दिनमा २ सय करोडमा प्रवेश गर्नेछ। त्यसैगरि, फिल्मले विश्वभरिबाट भने २७८ करोड…
काठमाडौंः भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रियल-टाइम अर्बपतिहरूको सूची अनुसार अडानी शुक्रबार फ्रान्सेली व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्।अडानी र उनको परिवारको कुल सम्पत्ति १५५.४ अर्ब डलर पुगेको छ। अडानी अब टेस्ला प्रमुख इलन मस्क भन्दा पछि छन् जसको कुल सम्पत्ति २७३.५ अर्ब डलर रहेको छ। फोर्ब्सको सूचीमा शीर्ष…
काठमाडौं : निर्वाचन आयोगले २०७४ मा दलहरूले बुझाएको बन्द सूचि कायम नरहने निर्णय गरेको छ। २०७४ को प्रदेश तथा प्रतिनिधि सभाका लागि दलहरूले बुझाएको बन्द सूचि शनिबार राति १२ बजेदेखि कायम नरहने आयोगको निर्णयमा उल्लेख छ। निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते बन्द सूचि पेस गर्ने समय तोकिएको छ। बन्द सूचि पेस गर्ने समय अघि आयोगले यसअघिको सूचि कायम नरहने…
काठमाडौं : प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सांसदहरूले पाँच वर्षे कार्यकाल सोचे अनुसार उपलब्धिपूर्ण नभएको बताएका छन्। प्रतिनिधि सभाको अन्तिम बैठकमा बोल्दै सांसदहरुले प्रतिनिधिसभा विघटन र लामो समयसम्मको प्रतिपक्षी दलको अवरोधका कारण संसदले सोचे अनुसार काम गर्न नसकेको बताएका हुन्। अन्तिम बैठकमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउन भने छोडेनन्। सांसद विद्या भट्टराईले सडकमा भएका ढलका ढकनहरू नलगाइँदा गम्भीर घटना भइरहेको भन्दै ध्यानाकर्षण…
काठमाडौः सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ। हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो। वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको…