काठमाडौं : नेकपा (एमाले)को पोलिटब्युरो बैठक प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित भएको छ। मंसिर ४ गते हुने चुनावका लागि उम्मेद्वार छान्ने मापदण्ड, पार्टीको रणनीति लगायतका विषयमा बैठकमा छलफल भइरहेको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिए। यसअघि भदौ ७ गते स्थायी कमिटीको बैठक बसेको थियो। उक्त बैठकमा पनि चुनावी रणनीतिका बारेमा केन्द्रित भएर स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका थिए। भदौ…
शाहरुख खानको मुख्य भूमिकामा बनेको फिल्म ‘पठान’ बाट अभिनेता जोन अब्राहमको फर्स्टलुक मोसन पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक मोसन पोस्टरमा अब्राहमको एक्सन लुक देख्न सकिन्छ। यस फिल्ममा जोन खलनायकको भूमिकामा छन्। जोन अब्राहमले आफ्नो फर्स्टलुक मोसन पोस्टर ट्विटरमा सेयर गरेका छन्। ‘भिलेन आइसकेको छ सबै हिरोलाई हराउन’ उनले लेखेका छन्। सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा दीपिका पादुकोण, डिम्पल कपाडिया, आशुतोष राणा…
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुले टिकट बाँडफाँट कार्यदललाई १६५ वटै निर्वाचन क्षेत्रको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। बिहीवार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहित टिकट बाँडफाँट कार्यदलको बैठकमा सो निर्देशन दिइएको हो। कार्यदललाई शीर्ष नेताहरुले १६५ वटा निर्वाचन क्षेत्रको बाँडफाँट गरी प्रतिवेदन बुझाउन भनेका हुन्। कार्यदलको बैठक आजै अपराह्न ४ बजे बस्ने बताइएको छ। बैठकमा गठबन्धनका शीर्ष तहमै सहमति…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टी सचिवालयले जनाएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भोलिबाट सुरु हुने केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिने बताइएको छ।
अछाम : अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका-६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन। सासूमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले…
काठमाडौं : अल नेपाल ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ। ११ भदौबाट बिर्तामोडबाट सुरु हुने यस टुरलाई डिजिटल वालेट खल्तीको मुख्य प्रायोजनमा मिम नेपालले आयोजना गरेको हो। बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल हुँदै काठमाडौंका विभिन्न कलेजहरुमा ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए। टुरमा कमेडी च्याम्पियन बिजेता हिमेश पन्त, झापाली…
काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह शंखमुल पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङ क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यक्तिलाई तत्काल सामान हटाएर पार्किङकै रुपमा कायम राख्ने निर्देशन दिएका हुन्। सम्बन्धित घरधनी र व्यवसयीले सामान हटाउन केही दिन मागेकाले मेयरले केही…
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित टिकट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ। बिहीवार बिहान तय भएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। 'शीर्ष नेतासहित बैठक सुरु भएको छ,' उनले भने। गठबन्धनका शीर्ष तहमै सहमति गराउनका लागि कार्यदलसँगै शीर्ष नेताहरु सहभागी भएका हुन्। कुन दललाई कति सिट दिने भन्नेबारेमा गठबन्धनमा सहमति…
काठमाडौं : उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेको मौकामा भागेका कैदी भोला बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीवार बिहान ललितपुरको लुभूबाट बुढाथोकीलाई नियन्त्रणमा लिएको प्रहरीले जनायो। नेपाल प्रहरीको अनाश्रीत गुल्म नख्खुमा रहेका उनी उपचारका क्रममा भागेका थिए। कर्तव्य ज्यान मुद्दाका कैदी रामेछापका बुढाथोकीलाई कारागारले उपचारका लागि अस्पताल पुर्याइएको थियो। बुधबार अपराह्न करिब सवा चार बजे बुढाथोकी भागेका हुन्। घटनापछि प्रहरीले…
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा…
युक्रेनको स्वतन्त्रता दिवसको दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ। स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले बताएका छन्। च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिए। यसबारे रसियाले भने केही प्रतिक्रिया दिएको छैन। सन् १९९१ अगस्ट २४ मा युक्रेन सोभियत…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ। बैठक बिहीवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको पार्टी सचिवालयले जनायो। बैठकमा अध्यक्ष केपी ओलीले भोलिबाट शुरु हुने केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिने बताइएको छ। 'नेकपा (एमाले), पोलिट्ब्युरोको बैठक आज ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ,' आजको बैठकबारे जारी सूचनामा भनिएको छ,…
इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएका छन्। बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा सम्पन्न मैत्रीपूर्ण खेलमा सिटी र बार्सिलोना ३-३ गोलको बराबरीमा रोकिएका हुन्। खेलको २१ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा सिटीले अग्रता बनाएको थियो। तर २९ औं मिनेटमा बार्सिलोनाका पियरे एम्रिक औबुमेयाङले सर्जियो बुस्केटको पासमा गोल गर्दा पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा भने बार्सिलोनाले…
काठमाडौँः नेपाल प्रहरीको अनाश्रीत गुल्म नख्खुमा रहेका एक कैदी उपचारका क्रममा भागेका छन्। कर्तव्य ज्यान मुद्धाका कैदी रामेछापका भोला बुढाथोकी महाराजगन्जस्थित शिक्षण अस्पतालबाट भागेका हुन्। कारागारले उपचारका लागि बुढाथोकीलाई अस्पताल पुर्याइएको थियो। बुधबार अपराह्न करिब सवा चार बजे बुढाथोकी भागेका हुन्। घटनापछि प्रहरीले कारागार कार्यालय नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। यस्तै कैदीको सुरक्षामा खटिएका प्रहरीलाई निलम्बन गरिएको छ। घटना अनुसन्धानका लागि प्रहरी…
बुटवलः रुपन्देहीको बेलहिया बाइपासमा लुटपाट गरी एक व्यक्तिलाई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। गत साउन २९ गते रोहिणी गाउँपालिका १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका ७ महुवारी बस्ने ३२ वर्षीय…
जनकपुरधाम : निहारिका सिंह राजपुत (सोनाली)को मुद्दामा उच्च अदालत जनकपुरले डीएनए परीक्षणको लागि आदेश दिएको छ। उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत जनकपुरको ४ नम्बर इजलासमा भएको बहसमा नेहारिकाको तर्फबाट उच्च सरकारी…
काठमाडौं : सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठक रहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितका साथी, आफन्त तथा सहकर्मीलाई ठगी गरेको प्रहरीले जनाएको छ। पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर ब्युरोबाट खटिएको…
काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो।’ बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले…
काठमाडौं : पश्चिमा देशका राजदूतहरुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक रुपमा भेटेका छन्। नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटी तथा अस्ट्रेलिया, स्वीजरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले बुधवार एमाले मुख्यालय च्यासलमा सामूहिक भेट गरेका हुन्। भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा…
काठमाडौं : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अस्पताल भर्ना गरिएको छ। कोभिड-१९ संक्रमण पुष्टि भएपछि नेता सिटौलालाई हेम्स अस्पतालमा भर्ना गरिएको हो। रुघाखोकी, ज्वरो, शरीर दुख्ने, तथा रगतमा हेमोग्लोबिनको कमि देखिएपछि सिटौला कोभिड वार्डको आइसोलेसनमा छन्। सिटौला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलका संयोजक हुन्।