PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • ट्रम्पको चेतावनीपछि सेनालाई मादुरोले गरे इमान्दारिताका लागि आह्वान

    ट्रम्पको चेतावनीपछि सेनालाई मादुरोले गरे इमान्दारिताका लागि आह्वान

    भेनेजुयलाः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैनिक कारबाहीको चेतावनीपछि भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो सेनालाई इमान्दारसाथ अघि बढ्न निर्देशन दिएका छन्।   मादुरोले प्रमुख सैनिक जनरल भ्लादिमिर पाड्रिनो तथा उच्च सैनिक नेतृत्व, रक्षा मन्त्री, जनरल रेमेजियो सेवालस, रणनैतिक कमाण्डरलगायतका सुरक्षा क्षेत्रका अधिकारीलाई भेला गरेर सैनिक अभ्यास सुरु हुन दुई दिनअघि इमान्दार र अडिग रहन निर्देशन दिएका हुन्। मादुरोले भने,‘खासगरी सेनामा रहेका…

    विस्तृतमा पढ्नुस्

  • दाङमा फेला परे पाँचजना डेङ्गुका बिरामी 

    दाङमा फेला परे पाँचजना डेङ्गुका बिरामी 

    दाङ :  दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन्। तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन्।  अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिए। तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला, शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु फेला परेको हो।  अस्पतालमा भर्ना भएकामध्ये…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजपाले गरायो आयोगमा दल दर्ता

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजपाले गरायो आयोगमा दल दर्ता

    काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ।  पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो। राजपाको राजपाको दल दर्ता नम्बर ५५ रहेको छ।  सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा सुरु भयो ‘गौरा पर्व’

    सुदूरपश्चिममा सुरु भयो ‘गौरा पर्व’

    भीमदत्तनगर : सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा शनिबारदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।  महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन्। यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ। महिलाले दोस्रो दिन…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको टिप्पणीः प्रदेश र केन्द्रको चुनावी प्रक्रियालाई भारतले समर्थन गर्नु सकारात्मक

    प्रचण्डको टिप्पणीः प्रदेश र केन्द्रको चुनावी प्रक्रियालाई भारतले समर्थन गर्नु सकारात्मक

    धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएका छन्।  प्रेस सेन्टरले धनगढीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन सुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे।  प्रचण्डले भने,‘प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक…

    विस्तृतमा पढ्नुस्

  • राज्यशक्तिको सम्पूर्ण ध्यान दुई नम्बरतिर

    राज्यशक्तिको  सम्पूर्ण ध्यान दुई नम्बरतिर

    नारायण न्यौपाने काठमाडौँः सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको छ।   नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो।  प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

    काठमाडौँ :  शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ।  स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए। उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए।  उनले यसै आर्थिक वर्षदेखि हामीले पुस्तकालय बनाउने काम सुरु गर्ने उल्लेख गरे।  उनका अनुसार यस आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोका कारण पाँच वर्षमा एक हजार भन्दा बढीको मृत्यु, ५३४ बेपत्ता

    बाढी पहिरोका कारण पाँच वर्षमा एक हजार भन्दा बढीको मृत्यु, ५३४ बेपत्ता

    किरण भट्टराई  काठमाडौँ :  बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ। यस अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन्।  आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ। बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ। बाढीका कारण ३४१ जना र…

    विस्तृतमा पढ्नुस्

  • सात दिनभित्र ग्राहकले मिटर नपाए प्राधिकरणका कर्मचारीमाथि कारबाही हुने

    सात दिनभित्र ग्राहकले मिटर नपाए प्राधिकरणका कर्मचारीमाथि कारबाही हुने

    रमेश लम्साल  काठमाडौँः नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ।  ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ।  मिटर नपाएका कारण ग्राहकले विद्युत् बाल्नकै लागि हुकिङ गर्ने गरेको भन्ने चर्को…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार गोर्कालाई हटाउने

    ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार गोर्कालाई हटाउने

    वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सल्लाहकार सेवास्टिएन गोर्कालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट हटाउने भएका छन्। सेवास्टिएनले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले पुष्टि गरेका छन्।  ‘सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,’ ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ। ४६ वर्षीय गोर्का राष्ट्रपति उपसहायकको रुपमा कार्यरत छन्।…

    विस्तृतमा पढ्नुस्

  • हटेन सामाजिक कुरीतिः नुवाकोटमा ‘बोक्सो’को आरोपमा एक पुरुषलाई कुटपिट गरी मलमूत्र खुवाइयो

    हटेन सामाजिक कुरीतिः नुवाकोटमा ‘बोक्सो’को आरोपमा एक पुरुषलाई कुटपिट गरी मलमूत्र खुवाइयो

    नुवाकोट:  नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासस्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ।  ५८ वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार र पीडकलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ।  घटना भदौ…

    विस्तृतमा पढ्नुस्

  • आक्रमणबाट घाइते भएका धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष राजन कोइरालाको निधन

    आक्रमणबाट घाइते भएका धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष राजन कोइरालाको निधन

    बनेपा :  काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ।  गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ।  उनको टाउकोमा गम्भीर चोट लागेको थियो। कोइराला…

    विस्तृतमा पढ्नुस्

  • जिप भाडाको दश प्रतिशत रकम बाढीपीडितलाई दिने

    सोलुखुम्बु : सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ। दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौँ तथा काठमाडौँ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सेवासँगै…

    विस्तृतमा पढ्नुस्

  • घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा वृद्धको मृत्यु

    घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा वृद्धको मृत्यु

    इलाम : इलामको चुलाचुली गाँउपालिका–२, मोरङगे झोडामा गएराति हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। हात्तीको आक्रमणबाट ६३ वर्षीय धनबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा राति आएको हात्तीले सुँडले बोकेर घरबाट अन्दाजी दुईसय मिटर पर लगेर लछार–पछार गरेर मारेको हो। घटनास्थलमा पोल्टीमारीका र स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा कारबाहीमा अफगानिस्तानमा एक सय भन्दा बढी तालिवान विद्रोहीको मृत्यु

    सुरक्षा कारबाहीमा अफगानिस्तानमा एक सय भन्दा बढी तालिवान विद्रोहीको मृत्यु

    काबुल :  अफगानिस्तानका १८ विभिन्न राज्यमा २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको मृत्यु भएको अफगानी सेनाले जनाएको छ। घटनामा ४१ जना घाइते भएका छन्। अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोहीविरुद्धको अभियान चलाएकोमा १०१ जनाको मृत्यु भएको र ४१ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।  मृत्यु हुनेमा एक जना…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसङ्घले गाजा क्षेत्रका लागि थप २५ लाख अमेरिकी डलर सहयोग दिने

    राष्ट्रसङ्घले गाजा क्षेत्रका लागि थप २५ लाख अमेरिकी डलर सहयोग दिने

    रामल्लाह : संयुक्त राष्ट्रसङ्घका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रमा रहेको आधारभूत सामग्रीको अभाव हुन नदिन थप सहयोग दिने बताएका छन्।  संयुक्त राष्ट्रसङ्घका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजक रोवर्ट पाइपरका अनुसार गाजा क्षेत्रमा अतिआवश्यकीय मानवीय सहयोगको अभाव हुन नदिन २५ लाख अमेरिकी डलर बराबरको थप सहयोग प्राप्त हुनेभएको जानकारी दिए।  पाइपरले बिहीबार प्रेस बिज्ञप्ति जारी गरी सहयोगले विभिन्न १९० वटा…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा बाढीका कारण सात हजार कुपोषित, ६ सयको अवस्था गम्भीर

    सप्तरीमा बाढीका कारण सात हजार कुपोषित, ६ सयको अवस्था गम्भीर

    सुरेश झा  सप्तरी :  हालै आएको भीषण बाढी र पहिरोका कारण खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन्।  बाढीले घरमा रहेको अन्नपात बगाएको, घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ जना गम्भीर कुपोषणको शिकार भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सर्वेक्षणअनुसार सप्तरीका ५८…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँग भारतका प्रमुख राजनीतिक दलका नेताहरुको भेटवार्ता, आज हैदराबाद जाने

    प्रधानमन्त्रीसँग भारतका प्रमुख राजनीतिक दलका नेताहरुको भेटवार्ता, आज हैदराबाद जाने

    नयाँदिल्लीः भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका छन्।  प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाजवादी पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे।  साथै प्रधानमन्त्री देउवासँग भारतीय…

    विस्तृतमा पढ्नुस्

  • सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु

    सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु

    राजविराज : सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।  सर्पले डसेर ५५ वर्षीया सुगवतीदेवी यादवको मृत्यु भएको हो। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो।  सर्पको डसाइबाट सिकिस्त भएकी यादवको उपचारका क्रममा राहु स्मारक अस्पताल लहानमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा थपिए १४ हजार मतदाता

    भक्तपुरमा थपिए १४ हजार मतदाता

    भक्तपुर : निर्वाचन कार्यालय भक्तपुरले सञ्चालन गरेको एक महिने फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन्।  साउन १ गतेदेखि जिल्लाका चारवटै नगरपालिकामा गरिएको मतदाता नामावली संकलन एवं अद्यावधिक कार्यमा विभिन्न जिल्लाका नागरिकले नाम दर्ता गराएका कार्यालय प्रमुख उमेश राईले जानकारी दिए।  भक्तपुर जिल्लामा मतदान गर्न पाउने १४ हजार ३१३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन्। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell