वासिङ्टन : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको शान्तिपूर्ण समाधान खोज्ने बताएका छन्। अमेरिकी फक्स टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले पछिल्ला समयमा उत्तर कोरियाले गैरजिम्मेवारपूर्ण रुपमा हिंस्रक व्यवहार देखाइरहेको भएपनि अमेरिकाले भने त्यसको समाधान शान्तिपूर्ण रुपमा नै के कसरी गर्न सकिन्छ भनेर हेरिरहेको बताए। उनले कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण बाहेकको अर्को विकल्पले कसैलाई पनि फाइदा नगर्ने बताए।…
मेलम्ची : भ्रष्टाचार मुद्दामा ६ वर्षअघिदेखि फरार एक अभियुक्तलाई सिन्धुल्चोकमा प्रहरीले प्रहरीले पक्राउ गरी आज जिल्ला अदालतमा बुझाएको छ। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोकका २९ वर्षीय शिव गिरीलाई ज्यामिरे जाने सडकबाट पक्राउ गरेको हो। विसं २०६८ साउन २६ गतेको विशेष अदालतले गिरीलाई तीन महिना २४ दिन कैदकाे फैसला सुनाएको थियो। साजय भुक्तान नगरी फरार रहेका विभिन्न मुद्दाका एक दर्जनभन्दा बढी अभियुक्तलाई पक्राउ…
लहान : करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका– १२ विष्णुपुरमा आज एक युवकको मृत्यु भएको छ। आफ्नै घरमा वाइरिंङ गर्ने क्रममा करेन्ट लागेर १८ वर्षीय अमर यादवको मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका अमरलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ। रासस
काठमाडौँ : भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ। उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिए। रिमालले भने,‘पूर्वका केही स्थानमा मध्यम खालको वर्षा हुनेछ, मध्य…
पोखरा : वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ। युवा तथा खेलकूद मन्त्रालयबाट १७ लाख रुपैयाँ निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। सन् २०१९ मा नेपालमा हुनगइरहेको १३ औँ साग खेलकूदअन्तर्गत पोखरामा पाँचवटा खेल हुनगइरहेको, खेलकूदका ठूलठूला पूर्वाधार योजना सुरु भएको र खेलकूद…
कोलम्बिया : कोलम्बियाकाे पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) ले नयाँ राजनीतिक पार्टीमा रुपान्तरित हुने प्रक्रियामा रहेको घोषणा गरेको छ। अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपन्तरण गर्नुपरेको उनीहरुको भनाइ छ। पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा एक हजार २०० पूर्व लडाकूहरु जम्मा भएका थिए। सम्मेलनको प्रतिनिधिको रुपमा आएका उनीहरुले पार्टीको विधान निर्माणसमेत…
बैतडी : सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ। आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन्। धानको खेतमा धानसँगै उम्रिएको साउँको बोट, अपामार्गलगायतका सामग्रीसहित गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्र्याउने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। व्रतालु महिलाले आज बिहानै नुहाइधुवाईपछि दिनभर व्रत बसी साँझ गौरा घरमा जम्मा भएर गौराको पूजा गर्ने चलन रहिआएको…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन्। पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपाबीच भएको एकीकरणपछि मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन लागेकामा त्यसलाई अवरोध गर्ने उद्देश्यबाट पार्टीका केही नेतालाई साथ लिएर विभाजन गराइएको आरोप लगाए। नेपालमा आफ्नो…
नवलपरासी : नवलपरासीको गैँडाकोट इंगलिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ। ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इंगलिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो। परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए। आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाडौं सानेपामा गरेको…
पाकिस्तान : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले विभिन्न ६९ जनालाई आतङ्ककारीको अतिवाञ्छित (मस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपिके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि आग्रह गरेको छ। प्रतिव्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मुल्य तोकी उनीहरुलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दु सञ्चारमाध्यमहरूले जनाएका छन्। पञ्जाव सरकारले केपिके प्रशासनलाई मस्ट वान्टेड सूची उपलव्ध गराउँदै उनीहरूमाथि कारबाहीका लागि…
इरान : संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराँले सिरियाली सङ्कटबारे इरानका उच्च अधिकारीसँग छलफल गर्न इरान आइपुगेका छन्। प्रेस टिभीले जनाए अनुसार मिस्टुराँले इरानी उच्च पदाधिकारीलगायत विदेशमन्त्री मोहम्मद जावेद जरीफ र अरब तथा अफ्रिका मामिला हेर्ने उपविदेशमन्त्री हुसेन जावेरी अन्सारीसँग सिरियाको राजनीतिक सङ्कटबारे समाधानको प्रयास स्वरुप छलफल गर्ने बताइएको छ। उनको भ्रमण नयाँ चरणकको सिरिया शान्तिवार्ता हुने तयारी भइरहेको समय…
कञ्चनपुर : दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन्। कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर…
तनहुँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताएका छन्। रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले भने, 'अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन्।' 'प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ' नेता पौडेलले भने। उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश…
बैङकक (थाइल्याण्ड) : चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उनको दलले जनाएको छ । चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ। उनले केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिएको शुक्रबार जानकारी गराइएको थियो। उनी बेलायत जाने क्रममा दुबई पुगेको उनको दलका वरिष्ठ…
बिहार : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बाढी प्रभावित बिहार राज्यको हवाई निरीक्षण गरेका छन्। हवाई निरीक्षणपछि तत्कालका लागि राहत स्वरुप पाँच अर्ब भारतीय रुपैँया तथा बाढीमा मृत्यु हुने पीडित परिवारलाई दुई लाख प्रतिव्यक्ति सहयोगको घोषणा गरेका छन्। उनले बाढीबाट भएको क्षतिको विवरण तयार गर्न केन्द्रीय टोलीलाई पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले बीमा कम्पनीका अधिकारीलाई बाढी प्रभावित क्षेत्रमा गई…
कलैया : हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुरका रामविजय साहका छोरा आज बिहान मृत फेला परेका छन्। शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका ६ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए। हत्या हो या आफैं पानीमा डुबेर मृत्यु भएको…
चितवन : चितवनको भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा सुरु भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवा शुभारम्भ गरिएको हो। आफ्नी आमा लिएर आएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको तर आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताए। अस्पतालमा १२ उपकरण…
चितवन : सहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। हर्ने निषेधित क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइबुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ। सोही क्रममा…
वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) पनि प्रदेश नं २ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनमा भाग लिने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ। राजपा पनि चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुवान हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेका मतदाता तथा विभिन्न दलका स्थानीय नेताले आ—आफ्ना चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोसम्म पुग्न थालेका छन्। वीरगञ्जमा पनि प्रमुख राजनीतिक दलले उम्मेवारको…
काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरेका छन्। मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्दा कार्यालय प्रमुखका साथै अन्य कर्मचारी कार्यालय समयमा उपस्थित भएको देखिएन। उनी बिहान १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुगेका थिए। त्यहाँ संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित थिए। मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी…