नयाँदिल्लीः पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ट्रक र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो। गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा दुर्घटना भएको हो। मृत्यु हुनेमा पाँच महिला र ६ पुरुष छन्।रासस/सिन्ह्वा
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ। पार्टी उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले दल दर्ता गराएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। आयोगले आगामी प्रादेशिक तथा केन्द्रीय निर्वाचनका लागि दलहरुलाई दर्ताका लागि आजसम्मको समय दिएको थियो। रासस
काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरेका छन्। मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्दा कार्यालय प्रमुखका साथै अन्य कर्मचारी कार्यालय समयमा उपस्थित भएको देखिएन। उनी बिहान १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुगेका थिए। त्यहाँ संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित थिए। मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी…
सुर्खेत : ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयको आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। मन्त्री शाहीसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ।…
पर्सा : सहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताएका छन्। सहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री साहले गुणस्तरीय र समयमा परियोजनाको काम पूरा गर्ने ठेकेदार वा परियोजनासँग जोडिएका सरकारी कर्मचारीलाई पुरस्कृत गर्ने र समयमा काम पूरा नगर्नेलाई छानबिन गरी दण्डित गर्ने परिपाटीको विकासमा मन्त्रालय लागेको जानकारी दिए। …
काठमाडौँ : नेकपा माओवादी केन्द्र निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ। बुधबारदेखि सुरु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। उनका अनुसार आज मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको…
काठमाडौँ : हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै सुरु भएको छ । म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन सुरु गरेको हो। म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि एक साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिए। नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले…
कराकसः दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ। भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन्। प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताएका छन्। यसैबीच, भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु…
काठमाडौँ : श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ। दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त भएका छन्। काउन्सेलरमा नेपाल सरकारका उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी रहने व्यवस्था छ। काउन्सेलर…
गुलरिया : जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त समूहबाट प्रमुखमा शंकर थारु विजयी भएका छन्। त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्षमा मानबहादुर विष्ट तथा सदस्यमा शान्ति थारु, रामसुमीरण यादव र धनबहादुर सुनार एवं माओवादी केन्द्रबाट शान्ति थारु, कल्पना थारु, सूर्यबहादुर सुनार र भक्तिराम अधिकारीले १२-१२ मत प्राप्त गरी विजयी भएका छन्। उक्त निर्वाचनपछि नवनिर्वाचित प्रमुख, उपप्रमुख र…
चितवन : जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीरसहितको नाम लेखाएका छन्। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुको गत साउन १ देखि यही भदौ ३ गतेसम्म निर्वाचन कार्यालय र साउन १६ देखि भदौ ३ गतेसम्म स्थानीय तहमा नामावली लेखाउन समय दिएकामा ४३ हजार ६०८ ले नाम लेखाए। निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार भरतपुर…
नुवाकोट: नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासस्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ। ५८ वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार र पीडकलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ। घटना भदौ…
काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले हालसम्म मानवअधिकार उल्लङ्घनका करिब ८०० मुद्दा दर्ता भएकोमा त्यसको १४ प्रतिशतमा कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको जनाएको छ। ३८ प्रतिशत मुद्दा विचाराधीन तथा ४८ प्रतिशत आंशिक कार्यान्वयनको तहमा रहेको आयोगले जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार ऐन–२०५३ का आधारमा विसं २०५७ जेठ १३ गते स्थापना भएको आयोगले मानवअधिकार उल्लङ्घनका गम्भीर घटनामा संलग्न…
बैङ्ककः थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ। आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन्। सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ। छ वर्षअघि उक्त मुद्दा शिनावातको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको…
बाग्लुङ : जिल्लामा ११ हजार ५४७ जना मतदाता थपिएका छन्। दश स्थानीय तहबाट नयाँ मतदाताले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका हुन्। निर्वाचन आयोगले गत साउन १ देखि यही भदौ ३ गतेसम्म नामावली दर्ताका लागि समय तोकेको थियो। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कूल मतदाता संख्या बढेर एक लाख ६८ हजार ३४९ पुगेको छ। यसअघि जिल्लामा एक लाख ५६ हजार ८०२…
चितवन : अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी यहाँ ल्याइएको छ। शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपुर्याइएको हो। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार आज बिहान करिब ७:३० बजे सो गैँडालाई सौराहाको हात्तीसार नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ। यससँगै बाढीले भारत पुर्याएका पाँच…
पाँचकुला : उत्तरी भारतीय सहरमा शनिबार सयौं सैनिक तैनाथ गरिएपनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ। यद्यपी सरकारी स्रोतले एएफपी…
बनेपा : काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। कोइराला…
वीरेन्द्र कर्ण वीरगञ्ज : भारत भ्रमणमा रहेकमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उत्साहित भएका छन्। वीरगञ्ज औद्योगिक करिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन सञ्चालन भएपछि उद्योगको उत्पादन पुनःसञ्चालन भएको उद्योगी व्यापारी बताउँछन्। विद्युत् अभावका…
काठमाडौँः वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने क्रम भने बढ्दै गएको छ। वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीले पछिल्ला दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै…