PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

    चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

    काठमाडौँ :  काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ।  प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो।  ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन…

    विस्तृतमा पढ्नुस्

  • अखिल क्रान्तिकारीलाई माओवादी केन्द्रको आग्रहः मर्यादित प्रतिस्पर्धा गर्नुस्

    अखिल क्रान्तिकारीलाई माओवादी  केन्द्रको आग्रहः मर्यादित प्रतिस्पर्धा गर्नुस्

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।  पार्टी प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिइन्।  माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य…

    विस्तृतमा पढ्नुस्

  • आतङ्ककारी आक्रमणबाट म्यानमारको राखिनमा पाँच गाउँलेको मृत्यु

    आतङ्ककारी आक्रमणबाट म्यानमारको राखिनमा पाँच गाउँलेको मृत्यु

    याङ्गुनः म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारी आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ।  करिब एक सयको सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीले गरेका आक्रमणमा परी गाउँलेको मृत्यु भएको हो।   माउङ्गताउ राज्यमा गत आइतबार पनि उनीहरुले सात वटा गाउँ र एउटा प्रहरी जाँच चौकीमा आगजनी गरेका थिए।  आक्रममणमा परी ११० जनाको मृत्यु भएको थियो।  सो क्षेत्रमा अहिले पनि अवस्था निकै…

    विस्तृतमा पढ्नुस्

  • आगलागीबाट सोलुखुम्बुमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति

    आगलागीबाट सोलुखुम्बुमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति

    सोलुखुम्बु :  सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ।  पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको हो। घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो सुरु भएको जनाइएको छ।  भान्छा कोठाबाट आगलागी सुरु भएको थाहा पाएपछि शेर्पा…

    विस्तृतमा पढ्नुस्

  • चितवनको कुमरोजमा जिप सफारी सञ्चालनमा

    चितवन :  चितवनको पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ।  विभिन्न क्षेत्रमा बाढीले बगाएको सडक मर्मतपछि पर्यटकका लागि जिप सफारी सञ्चालनमा आएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए।  सामुदायिक वनले करिब दुई लाख रुपैयाँको लागतमा सडक मर्मत गरी अवरुद्ध भएको जिप सफारी सञ्चालनमा ल्याएको हो। साउन २८ गते राति…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्ष खाडीमा बसेर फर्केपछि थाहा भयो- पैसा र सम्बन्ध दुवै सकिएछ

    तीन वर्ष खाडीमा बसेर फर्केपछि थाहा भयो- पैसा र सम्बन्ध दुवै सकिएछ

    कालिका खड्का- काठमाडौँ : मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए ।  समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो । श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका…

    विस्तृतमा पढ्नुस्

  • काबुलस्थित अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमण, चार जनाको मृत्यु

    काबुलस्थित अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमण, चार जनाको मृत्यु

    काबुल :  अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।  अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विष्फोट गराएका थिए। स्थानीय समय अनुसार मङ्गलबार विहान १० बजे भएको यस…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघलाई तत्काल सुरक्षा परिषदको बैठक बोलाउन जापान र अमेरिकाको आग्रह

    राष्ट्रसंघलाई तत्काल सुरक्षा परिषदको बैठक बोलाउन जापान र अमेरिकाको आग्रह

    सोल :  उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्न सुरक्षा परिषदको बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।  उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुँदै जापानको नै समुन्द्रमा झरेपछि उनीहरुले सुरक्षा परिषद्को बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह गरेका हुन्।  उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्रेलिया र दक्षिण कोरियाले…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार हरिबहादुर थापाको ‘रजगज’ विमोचन

    पत्रकार हरिबहादुर थापाको ‘रजगज’ विमोचन

    काठमाडौँ : राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक आज विमोचन भएको छ।  ३५४ पृष्ठको पुस्तकमा रबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन विषय सूची रहेको छ ।  उक्त पुस्तकको आज एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा(प्रजातान्त्रिक)द्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा रामचन्द्र राय

    राप्रपा(प्रजातान्त्रिक)द्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा रामचन्द्र राय

    काठमाडौँ  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेता रामचन्द्र रायको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।  समितिमा प्रदेश नं २ का जिल्ला अध्यक्ष तथा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यलाई समावेश गरिएको छ। आगामी असोज २ गते हुन लागेको निर्वाचनमा दलका तर्फबाट छानिने उम्मेदवारलाई स्वतन्त्रका तर्फबाट उठाइने नेता राजाराम श्रेष्ठले जानकारी दिए। राप्रपाबाट विभाजन भएर पृथक् दलका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दाबीः दुई नम्बर प्रदेशमा एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन

    प्रचण्डको दाबीः दुई नम्बर प्रदेशमा एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन

    लहान :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्।  सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाटमा अध्यक्ष प्रचण्डले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको निर्वाचनमा पहिलो बन्ने दाबी गरे।  अध्यक्ष प्रचण्डले भने,‘हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा भाइरल ज्वरोका बिरामी बढे

    पर्वतमा भाइरल ज्वरोका बिरामी बढे

    पर्वत :  केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ।  अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पतालले जनाएको छ। अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको हो।  स्वास्थ्य कार्यालयका अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ। बालबालिकासँगै एकै घरबाट…

    विस्तृतमा पढ्नुस्

  • झापामा बढे ७९ हजार मतदाता 

    झापामा बढे ७९ हजार मतदाता 

    भद्रपुर :  झापामा ७९ हजार ९१३ जना मतदाता थप भएका छन्। तीमध्ये जिल्ला बाहिरका १५४ जना छन्। साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा आएर दर्ता गराउनेको संख्या आठ हजार ७६० छ भने साउन १६ देखि भदौ ३ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा दर्ता गराउनेको संख्या ७१ हजार १५३ रहेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए।  निर्वाचन कार्यालयका अनुसार मतदाता…

    विस्तृतमा पढ्नुस्

  • प्राकृतिक प्रकोपका कारण भियतनाममा ११६ जनाको मृत्यु

    प्राकृतिक प्रकोपका कारण भियतनाममा ११६ जनाको मृत्यु

    हानोई :  प्राकृतिक प्रकोपमा परी भियतनाममा गत आठ महिनामा ११६ जनाको मृत्यु भएको छ। ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन्।  ती घटनाहरुका कारण २५० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको विपद् व्यवस्थापन तथा नियन्त्रण विभागले जनाएको छ।  हुरि बतास, बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपका कारण एक हजार ३० घरहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  भियतनामको उत्तरी…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा एक युवक मृत फेला

    कञ्चनपुरमा एक युवक मृत फेला

    भीमदत्तनगर :  कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत फेला परेका छन्।  इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाका अनुसार उनी घर नजिकैको सडकको नालीमा मृत भेटिएका हुन्। नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको उनले बताए। प्रहरीले उनको हत्या हो या होइन भन्नेबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण

    पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण

    चितवन :  दुई वर्षदेखि जापानमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन्।  महासंघले आज आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गरे। जापानमा रहेर साझा चौतारी डटकमसमेत सञ्चालन गर्दैआएका थपलियाले चितवन र नवलपरासीका विभिन्न सञ्चार माध्यम स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।  २४ वर्षसम्म नेपाली पत्रकारितामा…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरका दुई वडा अध्यक्षले लिए आज शपथ

    भरतपुर महानगरका दुई वडा अध्यक्षले लिए आज शपथ

    चितवन : भरतपुर महानगरपालिकाको दुईवटा वडाका वडा अध्यक्षले आज शपथ लिएका छन्।  मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उनीहरुलाई शपथ गराएका हुन्।  विजयी दुई वडा अध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटाँैडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उनीहरुलाई काम गर्ने बाटो खुलेको हो।  निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा बढ्यो चुनावी चहलपहल, दलहरु कार्यकर्ता भेला र उम्मेदवार छनोटमा  व्यस्त

    महोत्तरीमा बढ्यो चुनावी चहलपहल, दलहरु कार्यकर्ता भेला र उम्मेदवार छनोटमा  व्यस्त

    बर्दिवास : महोत्तरीमा चुनावी चहलपहल बढेको छ। असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि गतिविधि तीव्र बनाएसँगै यहाँ चुनावी चहलपहल ढेको हो।  अहिले सबै राजनीतिक दल चुनावी तयारीका भेला, बैठक र उम्मेदवार चयनको रस्साकस्सीमा जुटेका छन्। बाढी र डुबानबाट पीडा खेपिरहेका सर्वसाधारण अहिले चुनावी टिका÷टिप्पणीमा सरिक देखिएका छन्।  पूर्वघोषित चुनावको तालिकाले बाढी र डुबानबीच नै राजनीतिक दलका नेता, कार्यकर्ता जनताको…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकको मृत्यु, चार घाइते

    स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकको मृत्यु, चार घाइते

    स्याङ्जा :  स्याङ्जाको वालिङ– ९ भूम्रेमा आज विहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।  वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो।  ओरालो बाटोमा हाइसको ब्रेक फेल हुँदा वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • महानगरपालिका र ट्राफिक प्रहरीले दिए चक्रपथ चौडा पार्ने काममा तीव्रता

    काठमाडौँ :  सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ।  उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन्।  विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ (धर्का…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell