चितवन : बाढीका कारण जिल्लामा चितवनमा दुई करोड ७४ लाख ४३ हजार रुपैयाँ बराबरको पशुपन्छीको क्षति भएको छ। जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ। बोइलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको क्षति भएको छ। बाढीका कारण ११ वटा गाई मरेका थिए। यस्तै,…
सप्तरी : हालै आएको बाढीपहिरोको कारण सप्तरीमा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ। सिँचाइ आयोजनाका सम्पूर्ण कामसमेत प्रभावित भएका छन्। कार्यालय प्रमुख अशोक साहका अनुसार खाँडो, मोहुली, जिता, खडक, बिहुल र त्रियुगा, सप्तकोशी नदीको बाढीसँगै बालुवा…
जेनेभा : अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले दक्षिण एसियामा वर्षापछि आएको बाढीका कारण अगष्ट महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका जनाएको छ। बाढीका कारण ठूलो भूभाग डुबानमा परेको छ। बङ्गलादेश, भारत र नेपालमा गरी अगष्ट १० पछि ७५० जनाको मृत्यु भएको सम्बन्धित देशका अधिकारीले जनाएका छन्। वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो धनराशी बराबरको कृषिजन्य उत्पादनको…
बार्सिलोना : स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ। गत बिहीबार लस र्याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ। आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने एक सय भन्दा बढी घाइते भएका थिए। बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ। नक्कली विस्फोटक…
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम सुरु गरेका छन्। नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम सुरु भएपछि स्थानीयले रोजगारका अवसरका साथै…
नयाँदिल्ली : भारतीय राज्य उत्तर प्रदेशमा बुधबार रेल दुर्घटना हुँदा ७४ जना घाइते भएका छन्। बुधबार बिहान सबेरै भएको दुर्घटना भएको रेलका १० वटा डिब्बा पटरीबाट अलग भएका अधिकारीहरुले जानकारी दिएका छन्। उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले जानकारी दिए।…
काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारको हक अधिकारलाई सुरक्षित गर्दै व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नवनिर्वाचित नेपाल पत्रकार महासंङ्घको कार्यसमितिलाई आग्रह गरेका छन्। नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा बुधबार आयोजना गरिएको कार्यक्रममा पौडेलले संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउन महासङ्घलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकको…
नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुगेका छन्। आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आएका हुन्। प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गरिन्। प्रधानमन्त्रीको…
भीमदत्तनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित आनन्दबजार नाका पाँच महिना बितिसक्दा पनि सामान्य बन्न सकेको छैन। गत फागुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर शाहादत प्राप्त गरेका पुनर्वासका शहीद गोविन्द गौतमको निधनपछि नेपाल–भारत आनन्दबजार नाका ठप्प थियो। तर घटना घटेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि नाकाबाट नेपाल तथा भारतीय नागरिकले हिँडडुलसमेत गरेका छैनन्। सीमा नाकामा रहेको अस्थायी कल्भर्ट निर्माणको विषयलाई…
झापा : झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरका अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए। कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको थियो। आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा…
बाँके : बाँकेमा सडकको छेउमा सुतिरहेका एकजना बाढीपीडितको ट्याक्टरले किचेर मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार ट्र्याक्टरले किचेको थियो। घाइते मुराउको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आज मृत्यु भएको हो। उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो। रासस
काठमाडौँ : नेकपा एमाले निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको बैठक भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ। बैठकले संगठनको स्थायी समितिले आगामी असोज २२ देखि २४ गतेसम्म नवौं महाधिवेशन काठमाडौँमा गर्नका लागि गरेको निर्णयलाई अनुमोदन गर्नेछ। यसअघि सङ्घले महाधिवेशनलाई भव्य तथा मर्यादित बनाउन मूल समारोह समिति गठन गरी अध्यक्ष राजीव पहारीलाई संयोजक तथा उपाध्यक्ष दिलु पन्तलाई उपसंयोजक जिम्मेवारी…
दमक : झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक घरमा हाइटेन्सन बिजुलीको तार खस्दा तीनजनालाई करेन्ट लागेको छ। करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ। आज बिहान पोलमाथिको तार स्थानीय चन्द्र काफ्लेको घरमा खस्दा चन्द्र काफ्ले, उनकी श्रीमती राधिका र छोरी दमन्ता गम्भीर घाइते भएका हुन्। करेन्ट लागेर गम्भीर घाइते तीनैजनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। करेन्ट लागेर काफ्लेका…
स्पेन : विश्वभरबाट स्पेन आइ बसोबास गर्दै आएका १४० मुसलमान सङ्घसंगठनले बार्सिलोना र क्याम्ब्रिल्समा भएका आतङ्कवादी आक्रमणपछि सोमबार बार्सिलोनामा आयोजित कार्यक्रममा यस्ता अवाञ्छित गतिविधिमा आफ्नो सम्लग्नता नरहेको प्रतिक्रिया दिएका छन्। स्पेनी सहरहरूमा भएका यी दुई आक्रमणमा परी सोमबार थप एक जनाको मृत्युभएसँगै घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ। आइविएन बाटुटा प्रतिष्ठानले बार्सिलोना र वरपर कार्यरत १४३ विभिन्न समूहले कार्यक्रममा…
मेनका चौधरी बर्दिया : सिमानामा रहेका जंगे पिलर कुनै भत्केको कुनै जीर्ण भएको तथा कुनै नदीले बगाएको अवस्थामा छन्। अहिले सिमानामा रहेका स्तम्भ भत्केको, जीर्ण भएको तथा नदीले बगाएको अवस्थामा दुई वटा अझै हराएको सरकारी तथ्यांक छ। पाँच वटा मर्मत हुनुपर्ने देखिन्छ भने ३२ वटामा रङ लगाइएको छैन। जंगबहादुर राणाले आफ्नो प्रधानमन्त्रित्वकालमा सीमा निर्धारणपछि गाडेका स्तम्भ पुस्तौं बितिसक्दा पनि अझै जीर्ण…
ललितपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई समृद्धिका लागि भ्रष्टाचार रोक्नु आवश्यक रहेको बताएका छन्। गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमासमेत अस्थिरता आएको बताए। उनले राजनीति तथा पार्टीप्रति राम्रो आस्था बनाउन राजनीतिकर्मीले सही व्यवहार गर्नुपर्ने बताए। ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्न नै कांग्रेसले…
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन्। अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउँदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताए । ट्रम्पले अफगानिास्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा…
काठमाडौँ : नेकपा माओवादी केन्द्रले नेकपा एमालेको ‘दम्भ र अहंकार’का संविधान संशोधन प्रस्ताव असफल भएको ठहर गरेको छ। पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आदिवासी, जनजाति, मधेसी, महिला र दलित समुदायलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अत्यावश्यक रहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘दम्भ र अहंकार’का कारण सफल हुन नसकेको ठहर गरेको हो। ‘जनतालाई अधिकार दिन एमाले र…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गर्नुभएको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ। अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र चीनबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ…