PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • राजमार्ग आसपासमा अत्याधुनिक क्यामरा जडान गरी बन्यजन्तुको अनुगमन

    राजमार्ग आसपासमा अत्याधुनिक क्यामरा जडान गरी बन्यजन्तुको अनुगमन

    चितवन :  चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन सुरु गरिएको छ।  यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए।  पोखरेलका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्रापिङ–विधिको प्रयोग गरिएको हो। भरतपुर…

    विस्तृतमा पढ्नुस्

  • नेपाली प्राध्यापक डा राजिवकुमार झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

    नेपाली प्राध्यापक डा राजिवकुमार झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

    काठमाडौं :  नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन्।  चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि झा नियुक्त भएका हुन्।  उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग…

    विस्तृतमा पढ्नुस्

  • नागासाकीमा बम आक्रमणको ७२ वर्ष पूरा, जापानी नागरिकले गरे यसरी स्मरण 

    नागासाकीमा बम आक्रमणको ७२ वर्ष पूरा, जापानी नागरिकले गरे यसरी स्मरण 

    जापान : सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ वर्ष पुगेको छ।  जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको स्मरणमा नगरमा विशेष समारोहको आयोजना गरिएको छ।  यसअघि गत आइतबार अर्थात् अगष्ट ६ मा हिरोसीमा नगरमा पनि जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले आक्रमणको स्मरणगर्दै त्यस नरसंहारमा…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमको घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा 

    तेह्रथुमको घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा 

    तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन्।  सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन्। नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो झर्न थालेको छ।  खहरेखोलामासमेत पानीको बहाव बढेको छ। बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको…

    विस्तृतमा पढ्नुस्

  • अझै १२० नगरपालिका निमित्तको भरमा, सामान्यले कर्मचारी नपठाउँदा समस्या

    अझै १२० नगरपालिका निमित्तको भरमा, सामान्यले कर्मचारी नपठाउँदा समस्या

    काठमाडौँ : अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन्। नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन्।  सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सञ्चालन भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिए। उनले  सामान्यसँग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गरे।  ‘हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीले भने–राजनीतिक अभियानमा जनसहभागिता असाधारण

    एमाले अध्यक्ष ओलीले भने–राजनीतिक अभियानमा जनसहभागिता असाधारण

    झापा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।  नेकपा एमाले भद्रपुर नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए।  ‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने,‘नभए…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध मुद्दामा १४ वर्षदेखि फरार महिला पक्राउ

    लागूऔषध मुद्दामा १४ वर्षदेखि फरार महिला पक्राउ

    मोरङ  : लागूऔषध मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी छिन्। उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिए।  अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। अदालतले लागूऔषध मुद्दामा २०६० साल कात्तिक १९ गते साहलाई ११…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थपिए करिव १९ हजार मतदाता 

    चितवनमा थपिए करिव १९ हजार मतदाता 

    चितवन : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला, नगर र गाउँमा कर्मचारी खटाएपछि यहाँ १८ हजार ६७३ मतदाता थपिएका छन्।  जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार, कार्यालयमा ११ हजार आठ सय ३ जना र गाउँ एवं नगरमा ६ हजार ८७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  जिल्लाका विभिन्न ५ ठाउँमा तथा राप्ती, खैरहनी, रत्ननगर र माडि नगरपालिकामा दुई…

    विस्तृतमा पढ्नुस्

  • जिसस स्याङ्जामा एमालेको प्यानल विजयी

    जिसस स्याङ्जामा एमालेको प्यानल विजयी

    स्याङ्जा : जिल्ला समन्वय समिति स्याङ्जामा नेकपा एमालेको समूह विजयी भएको छ।  समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वाचित भएकी हुन्।  उपप्रमुखमा एमालेका दिलीपकुमार बगाले विजयी भएका छन् भने समन्वय समिति सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका धनमाया विक, विष्णु चन्द, गुमानसिंह थापा, सीता थापा, टीकाकुमारी डुम्रे, विष्णुप्रसाद आचार्य, तेजेन्द्र सुनार विजयी भएका हुन्।  ११ वटा स्थानीय तहमा एमाले र…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिलाई झलनाथको आग्रहः जनभावनाअनुसार काम गर्नुस्

    जनप्रतिनिधिलाई झलनाथको आग्रहः जनभावनाअनुसार काम गर्नुस्

    इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनभावनाअनुसार स्थानीय तहमा काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्।  एमाले १ नं। प्रदेश कमिटीले इलाम सदरमुकाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता खनालले जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेकाले सोहीबमोजिम काम गर्न आग्रह गरे। खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको अवस्थामा सबै प्रदेशबाट एमाले पहिलो पार्टी हुने दाबी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन्–राजपा निर्वाचनमा नआए उसका लागि आत्मघाती 

    प्रचण्ड भन्छन्–राजपा निर्वाचनमा नआए उसका लागि आत्मघाती 

    बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताएका छन् ।  प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको बताए।  प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै प्रचण्डले एउटै मतपत्र…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणले आयात गर्ने विद्युत्को मूल्य तोकियो, प्रतियुनिटमा अधिकतम १० रुपैयाँ ३२ पैसा 

    प्राधिकरणले आयात गर्ने विद्युत्को मूल्य तोकियो, प्रतियुनिटमा अधिकतम १० रुपैयाँ ३२ पैसा 

    काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ।  भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम ८.८८ देखि अधिकतम १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो।  नयाँदिल्लीमा रहेका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले टेलिफोनमा दिएको जानकारीअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची पुगेर प्रधानमन्त्रीले भने–परियोजना निर्माण छिटो गर्नुस्, सहयोग गर्न सरकार तयार छ

    मेलम्ची पुगेर प्रधानमन्त्रीले भने–परियोजना निर्माण छिटो गर्नुस्, सहयोग गर्न सरकार तयार छ

    मेलम्ची : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।  बुधबार आयोजनाको स्थलगत निरीक्षणका लागि मेलम्ची पुगेका प्रधानमन्त्रीले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले भने,‘काठमाडौँवासीले छिटोभन्दा छिटो शुद्ध खानेपानी पाउनुपर्यो, यही काममा तपाईंहरु लाग्नुस्।’ विभिन्न कठिनाइका…

    विस्तृतमा पढ्नुस्

  • अब चटपटे बिक्रीमा प्रतिबन्ध

    अब चटपटे बिक्रीमा प्रतिबन्ध

    म्याग्दी : सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ। बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो। स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनी नगरपालीका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।  'सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,' उनले भने। साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा सैनिक कानुनले मानवअधिकार हननका घटना बढाएको आरोप

    फिलिपिन्समा सैनिक कानुनले मानवअधिकार हननका घटना बढाएको आरोप

    मनिला :  फिलिपिन्समा त्यहाँको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन अधिकार दिएसँगै नागरिक अधिकार हननका घटनामा वृद्धिभएको आरोप लगाइएको छ।  संसदले दुई हप्ताअघि राष्ट्रपतिलाई सो कानुन लम्ब्याउने अनुमति दिएको थियो। त्यसयता यहाँको सेनाले कम्युनिष्ट विद्रोहीमाथि कारबाही गर्ने निहूँमा ज्यादति गरेको बताइएको छ।  उक्त क्षेत्रमा यसवर्षको सुरुदेखि सैनिक शासन लाग्दै आएको छ। यहाँका अधिकारवादीहरुले उक्त निर्णयको विरोध गर्दै…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम व्यवसायीको चेतावनीः नोक्सानीको क्षतिपूर्ति नबढाए ढुवानी बन्द

    पेट्रोलियम व्यवसायीको चेतावनीः नोक्सानीको क्षतिपूर्ति नबढाए ढुवानी बन्द

    काठमाडौँ :  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या समाधान गर्न आयल निगम सञ्चालक समिति उदासीन रहेको बताउँदै आफूहरुको माग सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिए।  अध्यक्ष प्रधानका अनुसार भोलि साउन २६ गतेदेखि पेट्रोलियम…

    विस्तृतमा पढ्नुस्

  • युरोपेली सङ्घले दियो विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सात अर्ब अनुदान 

    युरोपेली सङ्घले दियो विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सात अर्ब अनुदान 

    काठमाडौँ : युरोपेली सङ्घले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई सात अर्ब ३६ करोड ८० अनुदानस्वरुप प्रदान गर्ने भएको छ ।  आगामी पाँच वर्षका लागि प्राप्त हुने उक्त अनुदान रकम शिक्षा क्षेत्रको व्यवस्थापन र सेवा प्रवाहमा सुधारका निम्ति आवश्यक पर्ने प्राविधिक एवं अन्य आवश्यकता परिपूर्तिमा उपयोग हुनेछ ।  अनुदानसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा अर्थ सचिव शान्तराज…

    विस्तृतमा पढ्नुस्

  • लेखा समितिको निर्देशनः जहाज खरिद प्रक्रियाका कागजात ५ दिनभित्र पेश गर्नु

    लेखा समितिको निर्देशनः जहाज खरिद प्रक्रियाका कागजात ५ दिनभित्र पेश गर्नु

    काठमाडौँ : अमेरिकी कम्पनीसँग खरिद गर्न लागिएको जहाजको भुक्तानी पोर्चुगलको कम्पनीमार्फत भएको छ।  व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा यस विषयमा छलफल भएपछि जहाज खरिद गर्ने सम्बन्धमा गरेका निर्णय र खरिद प्रक्रियाका कागजात पाँच दिनभित्र पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिइएको छ।  समितिको बैठकले यसअघि पनि जहाज खरिद प्रक्रियाका कागजात मागिएकामा निगमले पेश नगरेको भन्दै पाँच दिनको अवधि तोकेर…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी शिक्षक सहमतिः शिक्षा ऐनमा नवौँ संशोधन तयारी

    अस्थायी शिक्षक सहमतिः शिक्षा ऐनमा नवौँ संशोधन तयारी

     प्रकाश सिलवाल  काठमाडौँ : अर्थ मन्त्रालयले बाटो खुला गरेसँगै शिक्षा मन्त्रालयले अस्थायी शिक्षक संघर्ष समितिसँग भएको सहमतिको कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधनको तयारी सुरु गरेको छ।  गत असार ९ गते भएको चारबुँदे सहमतिअनुसार ऐन संशोधन प्रक्रिया तत्काल अघि बढाउन नेपाल शिक्षक महासंघ र आन्दोलनरत संघर्ष समितिसँग निर्णायक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए। सहमतिमा परीक्षा वा…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा दुई पत्रकारको हत्या

    फिलिपिन्समा दुई पत्रकारको हत्या

    फिलिपिन्स :  फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन्।  यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन्।  पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी दिइन्।  उनले गतवर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell