PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • चीनद्वारा उत्तरकोरिया तथा अमेरिकालाई तनाव रोकथाम गर्न आग्रह

    चीनद्वारा उत्तरकोरिया तथा अमेरिकालाई तनाव रोकथाम गर्न आग्रह

    फिलिपिन्स : चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरियालाई सही विकल्प छान्दै तनावलाई रोकथाम गर्न आग्रह गरेका छन्।  उनले प्योङ्याङ र वासिङ्टन तथा सोल आफ्ना जनता तथा क्षेत्रीय शान्तिका लागि उत्तम विकल्प छान्दै जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए। वाङले दक्षिणपूर्वी एसियाली मुलुक (आसियन)को विदेश मन्त्रीस्तरको छलफलका लागि भएको भेलाको अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ होसँगको भेटका…

    विस्तृतमा पढ्नुस्

  • इजरायलले अलजजीरा टेलिभिजनको कार्यालय बन्द गर्ने

    इजरायलले अलजजीरा टेलिभिजनको कार्यालय बन्द गर्ने

    इजरायल : इजरायलले आफ्नो देशमा रहेका अलजजीरा टेलिभिजनका  सम्पूर्ण कार्यालय बन्द गर्ने भएको छ।  इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले अरब क्षेत्रको सेटलाइट प्रविधिबाट समाचार प्रशारण गर्ने सञ्चारमाध्यम अलजजीराले अनावश्यक बिषयमा उत्तेजना फैलाउने कार्य गरेको आरोप लगाउँदै उक्त संस्थामाथि शङ्का व्यक्त गरेलगत्तै यहुदी मुलुकले कार्यालय बन्द गर्ने भएको हो।  इजरायली सुचना तथा सञ्चार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलले उक्त च्यानलले प्रशारण गरेको उत्तेजक…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुएलाको भलेन्सिया सैनिक अखडामा ‘आतङ्कवादी’ आक्रमण

    भेनेजुएलाको भलेन्सिया सैनिक अखडामा ‘आतङ्कवादी’ आक्रमण

    भेनेजुयाला : भेनेजुएलाका अधिकारीहरुले भेलेन्सिया सहरस्थित एउटा सैनिक अखडामा गरिएको आक्रमणलाई आतङ्ककारी आक्रमण जनाउदै यसलाई विफल तुल्याइएको बताएका छन्। भेलेन्सिया सहर भनेजुयलाको उत्तर–पश्चिमी राज्य काराबोबोमा पर्छ।  सत्तारुढ युनाइटेड सोसियालिस्ट पार्टीका नेता डिओसडाडा सावेलाले आक्रमणमा संलग्न भएका लडाकूहरुलाई ‘भाडाका आतंकवादी’ भनेका छन्। घटनापछि कैयौँलाई गिरफ्तार गरिएको पनि उनले पुष्टि गरेका छन्। अहिले अवस्था पूर्णतया नियन्त्रणमा आइसकोको नेता सावेलाले बताए।  उनले आन्तरिक सुरक्षाको प्रत्याभूत…

    विस्तृतमा पढ्नुस्

  • जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

    जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

    कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ।  समन्वय समितिको प्रमुख र उपप्रमुखसहित सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको हो।  समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित छन्। समन्वय समितिको सदस्यमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी…

    विस्तृतमा पढ्नुस्

  • मोरङका आधा दर्जन छोटी भन्सार बन्द

    मोरङका आधा दर्जन छोटी भन्सार बन्द

    मोरङ : द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय सञ्चालन हुन सकेका छैनन्।  छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ। अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। तत्कालीन माओवादीले २०५१ सालमा यता २०६० सालसम्म बम विस्फोट गराएर वा त्रासका बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन्।  मोरङको मधुमल्ला, झुर्किया,…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप, चिकित्सक भने अभाव

    सप्तरी : सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको समस्या बढ्दै गएको छ।  बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्ने जस्ता बिरामी दिनहुँ अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा बिरामी उपचार पाउन नसकेर…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवको दाबीः राजपाले निर्वाचनमा भाग लिन्छ

    उपेन्द्र यादवको दाबीः राजपाले निर्वाचनमा भाग लिन्छ

    पाँचथर :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले अब प्रदेश नम्बर २ मा हुने निर्वाचनमा भाग लिने दाबी गरेका छन्। पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष यादवले निर्वाचनमा भाग लिनु नै राजपाका लागि जित हुने बताए। उनले भने,‘ जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो।’  अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा…

    विस्तृतमा पढ्नुस्

  • निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीको आन्दोलन

    चितवन : विद्यार्थी आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ।  निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन्।  असार ६ गतेबाट आन्दोलन सुरु गरेका विद्यार्थीले गत सातादेखि सबै काम ठप्प पारी क्याम्पसको गेटमै धर्ना दिएका छन्। विद्यार्थी आन्दोलनले सबै काम रोकिएको क्याम्पसका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले…

    विस्तृतमा पढ्नुस्

  • देवी ज्ञवालीले भने– सर्वोच्च अदालतको ढिलाइका कारण मेरो पराजय

    देवी ज्ञवालीले भने– सर्वोच्च अदालतको ढिलाइका कारण मेरो पराजय

    चितवन :  नेकपा एमालेकातर्फबाट भरतपुर महानगरपालिकाको मेयरका पराजित उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्र्वाेच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको बताएका छन्।  एमाले चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्न समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोग्नु परेको बताए।  मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानका लागि निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरको कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना, किसानलाई सहज

    कञ्चनपुरको कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना, किसानलाई सहज

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको छ।  क्षेत्रीय पशु निर्देशनालय दिपायलको तीन लाख अनुदान र सुनवोरा कृषि सहकारी संस्थाको चार लाख रुपैयाँको लागतमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो।  सहकारीले सञ्चालनमा ल्याएको केन्द्रले दैनिक एक हजार लिटर दूध चिस्यान केन्द्रमा भण्डार गरी आवश्यक भएका क्षेत्रमा आपूर्ति गर्छ। चिस्यान केन्द्रमा ३० दिनसम्म दूध भण्डार गर्ने क्षमता…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा थप सेना पठाउन राष्ट्रपति ट्रम्प अनिच्छुक 

    अफगानिस्तानमा थप सेना पठाउन राष्ट्रपति ट्रम्प अनिच्छुक 

    मनिला : अफगानिस्तानमा रहेका नेटो सेनाको नेतृत्व गरिरहेको अमेरिकी सेना अफगानिस्तानमा आगामी दिनमा के कति रहने वा फर्किने भन्ने बारेमा बहस सुरु भएको छ।  पछिल्लो बहसअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप अमेरिकी सेना अफगानिस्तानमा नपठाउने अनुमान गरिएको छ।  यो विषयको खुलासा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले सोमबार गरेका छन्। फिलिपिन्सको मनिलामा सोमबार सम्वाददाताहरुसँग उनले अफगानिस्तानमा सेना पठाउनेबारेमा राष्ट्रपटि ट्रम्प अनिच्छुक रहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले भन्यो– अमेरिकी नाकाबन्दीले वार्ताको सम्भावना  टर्‍यो

    उत्तर कोरियाले भन्यो– अमेरिकी नाकाबन्दीले वार्ताको सम्भावना  टर्‍यो

    सोल : उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन् टरेको बताएको छ। उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध गरेको छ। आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ।  उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ। गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले भने– निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिन्छ

    राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले भने– निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिन्छ

    काठमाडौँ : गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताएका छन्।  प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको बैठकको छलफलमा गृहमन्त्री शर्माले निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिने बताए। उनले भने, ‘हाल आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था भएकामा सरकारको परामर्शमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ मा पनि एमाले पहिलोः खनाल

    प्रदेश नम्बर २ मा पनि एमाले पहिलोः खनाल

    झापा : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताएका छन्।  झापाको बिर्तामोडमा पत्रकार भेटघाटमा खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए। उनले स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएको र तेस्रो चरणमा पनि पहिलो नै हुने दाबी गरे। दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर…

    विस्तृतमा पढ्नुस्

  • मर्यादाक्रम मिलाएर कर्मचारी खटाइन्छः सामान्य प्रशासनमन्त्री बस्नेत

    मर्यादाक्रम मिलाएर कर्मचारी खटाइन्छः सामान्य प्रशासनमन्त्री बस्नेत

    काठमाडौँ : सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताएका छन्।  रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री बस्नेतले अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान नमानेकाले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिए।  ‘कर्मचारीलाई करकापमा पठाइँदैन। उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ’, मन्त्री बस्नेतले भने,‘कर्मचारीको भावनाअनुसार नै कर्मचारी समायोजन हुनेछ।’ गरिखाने र बसीखाने कर्मचारीलाई छुट्याउन…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले लिए आज शपथ 

    चितवन : भरतपुर महानगरपालिकाका एमालेकातर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन्।  हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन्।  आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेकातर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कारको ठक्करबाट इनरुवमा पैदलयात्रीको मृत्यु

    कारको ठक्करबाट इनरुवमा पैदलयात्रीको मृत्यु

    इटहरी : सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज दिउसो को१च ९४३२ नम्बरको कारको ठक्करबाट सुनसरी भुटाहाका ७० वर्षीय जालिम मियाँको मृत्यु भएको हो।  कारको ठक्करबाट गम्भीर घाइते भएका मियाँको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु, स्वाइनफ्लुका एक सय बिरामी भेटिए

    स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु, स्वाइनफ्लुका एक सय बिरामी भेटिए

    चितवन : चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको मृत्यु भएको हो    कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि अघिल्लो आर्थिक वर्षमा १०९ जनामा रोग देखिएकामा…

    विस्तृतमा पढ्नुस्

  • कुलेखानी तेस्रो सधैं किन समस्यामा ?

    कुलेखानी तेस्रो सधैं किन समस्यामा ?

    रमेश लम्साल  मकवानपुर : अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक पटक अप्ठ्यारोमा पार्नुहुन्छ ? होइन सर, हामी काम गर्दै छौँ। अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ।  तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भन्नुभएको थियो ? किन पूरा भएन काम ?  परिस्थिति त्यस्तै आइपर्यो हजुर अब त्यस्तो हुन्न। हामी समयमा नै काम सक्छौं। लामो समयदेखि कुलेखानी तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • के ट्याक्सीको बिलिङ मेसिन बिग्रेकै हो? किन ट्याक्सी महँगो?

    के ट्याक्सीको बिलिङ मेसिन बिग्रेकै हो? किन ट्याक्सी महँगो?

    काठमाडौँ : सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन।       ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन्।       काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा रु २०० तिर्नुप¥यो। रानीबारीबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell