PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण खाद्यान्नमा प्रोटिनको कमी हुने

    कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण खाद्यान्नमा प्रोटिनको कमी हुने

    मियामी : विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले देखाएको छ।  यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरीबी तथा अशिक्षाको मार खेप्दै आएका जनसङ्ख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्य हुने देखाएको हो।  अनुसन्धानकर्ताले कार्बन…

    विस्तृतमा पढ्नुस्

  • कगामे रुवाण्डाको राष्ट्रपतिमा पुनः निर्वाचित

    कगामे रुवाण्डाको राष्ट्रपतिमा पुनः निर्वाचित

    रुवाण्डा : रुवाण्डामा भएको राष्ट्रपतिको निर्वाचनमा पाउल कगामे ९८ प्रतिशत मतका साथ पुनः विजय भएका छन्। उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।  उनलाई आठवटा विपक्षी पार्टीले आफ्ना उम्मेदवार नउठाई समर्थन गरेका थिए।  देशमा स्थिरता र आर्थिक विकास ल्याएको बताउने गरेका उनका समर्थकहरुले नतिजा घोषणासँगै देशैभर खुसीयाली मनाइरहेका छन्।  खासगरी विदेशमा बस्ने कगामेका आलोचकहरुले उनले डर देखाएर शासन गर्दै आएको बताउने…

    विस्तृतमा पढ्नुस्

  • लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दले पूर्वका ९ जिल्ला प्रभावित

    लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दले पूर्वका ९ जिल्ला प्रभावित

    तेह्रथुम : अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण ती जिल्लाको जनजीवन प्रभावित भएको छ।  बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन्। प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन्। बजार, पसल, शैक्षिक संस्था र…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले बाजुराको सिंगै गाउँ जोखिममा, गाउँले रातभरी जाग्राम बस्न बाध्य

    पहिरोले बाजुराको सिंगै गाउँ जोखिममा, गाउँले रातभरी जाग्राम बस्न बाध्य

    विनोदसिंह विष्ट  बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिरोका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ। अविरल वर्षाका कारण पहिरो जान थालेपछि गाउँले विस्थापित हुने अवस्थामा पुगेका हुन्।  १५ वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेका स्थानीय खड्कराज जोशीले जानकारी दिए।  उनका अनुसार लगातारको पानीले गाउँको एक सय ३० घर परिवारलाई अन्यत्र…

    विस्तृतमा पढ्नुस्

  • किन सुरु भएन रोल्पा जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा ?

    किन सुरु भएन रोल्पा जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा ?

    रोल्पा : सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन।  जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भएपनि तालिमप्राप्त चिकित्सक नहुँदा गत वैशाख अन्तिम सातादेखि सेवा ठप्प भएको थियो। अस्पतालका एकमात्र तालिम प्राप्त चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो। …

    विस्तृतमा पढ्नुस्

  • हिरोसीमा आक्रमणको ७२ वर्ष पूरा, आणविक हतियाररहित विश्व निर्माणका लागि प्रधानमन्त्री आबेको आग्रह

    हिरोसीमा आक्रमणको ७२ वर्ष पूरा, आणविक हतियाररहित विश्व निर्माणका लागि प्रधानमन्त्री आबेको आग्रह

    हिरोसीमा : जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ।  हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको आक्रमणको स्मरणगर्दै बम आक्रमणबाट  भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।  दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक…

    विस्तृतमा पढ्नुस्

  • लेक लागेर वडा अध्यक्षको मृत्यु

    भीमदत्तनगर : बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वडा अध्यक्ष बोहराको लेक लागेर शनिबार राति मृत्यु भएको हो। बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • चोरीका गाडी छानबिन गर्न समिति

    भीमदत्तनगर : चोरीका गाडी खरिद गरेको भन्ने विषयमा छानबिन गर्न गठित तीन सदस्यीय छानबिन समितिले चार दिनदेखि सो विषयमा छानबिन समेत गरिरहेको छ ।  सुदूरपश्चिम क्षेत्रीय प्रहरी उप्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले किर्ते सवारीसाधन दर्ता गरी सञ्चालनमा ल्याएको विषयमा प्रहरीसमेत मुछिएपछि छानबिन थालिएको बताए।  प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक किशोर दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिनका लागि…

    विस्तृतमा पढ्नुस्

  • रसायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

    ललितपुर : रसायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ। नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लामा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो। तराईको २० वटा जिल्ला र पहाडका ३२ वटा जिल्लाको नमूना संकलन गरी अनुसन्धान गर्दा माटो तटस्थ अवस्थामा नभएको पाइएको हो। माटो तटस्थ अवस्थामा हुँदा मात्रै राम्रो उत्पादन हुन्छ।  रसायनिक मलको बढी प्रयोगबाटै…

    विस्तृतमा पढ्नुस्

  • जर्मनद्वारा शरणार्थीहरुलाई इटाली फिर्ता गर्न सुरु 

    जर्मनद्वारा शरणार्थीहरुलाई इटाली फिर्ता गर्न सुरु 

    बर्लिन:  जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको  छ।  शरणार्थीहरु फिर्ता पठाउने नीति सरकारले गत जुनमा नै बनाएको थियो । इटालीबाट आउने शरणार्थीहरुको सङ्ख्या बढ्दै गएपछि जर्मनीले शरणार्थीहरुलाई फिर्ता पठाउने नीति बनाएको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङ पत्रिकाले उल्लेख गरेको छ।  आवाससहितका आधारभूत शरण र सेवा सुविधा दिन नसक्ने भएको भन्दै जर्मन सरकारले सन् २०१४ देखि शरणार्थीहरुलाई इटाली फिर्ता गराउन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता राहुल गान्धीमाथि गुजरातमा आक्रमण

    कांग्रेस नेता राहुल गान्धीमाथि गुजरातमा आक्रमण

    नयाँदिल्ली : भारतको प्रमुख विपक्षी दल कांग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा आक्रमण गरेको छ।  नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन्। उनलाई केही सुरक्षाकर्मीले घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए।  आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेका र गाडीको झ्यालको सिसा फुटेको छ। कांग्रेस अध्यक्ष सोनीया गान्धीका छोरासमेत रहेका राहुल…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा स्वाइन फ्लुबाट एक र अज्ञात रोगबाट ४ जनाको मृत्यु

    पाल्पामा स्वाइन फ्लुबाट एक र अज्ञात रोगबाट ४ जनाको मृत्यु

    पाल्पा : पाल्पाका एक व्यक्तिको स्वाइन फ्लुका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी छन् । चिदीको काठमाडौँको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइरसका कारण भएको हो। उनलाई ज्वरो आउने, घाँटी दुख्ने,…

    विस्तृतमा पढ्नुस्

  • जिसस बागलुङमा वाम–राप्रपा गठबन्धन विजयी

    बागलुङ : जिल्ला समन्वय समिति बागलुङमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  शुक्रबार भएको निर्वाचनमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित भएका हुन्। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य ढुंगानाले नेपाली काँग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गरेका थिए। ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेका थिए। समितिका उपसंयोजकमा भने नेकपा एमालेका विष्णु भुसाल निर्वाचित भएका छन्। समितिका सदस्यमा एमालेबाट राजु…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीलाई उर्जामन्त्रीको आग्रहः लोडसेडिङ हटाउन साथ दिनुस्

    व्यवसायीलाई उर्जामन्त्रीको आग्रहः लोडसेडिङ हटाउन साथ दिनुस्

    हेटौँडा : ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको साथ खोजेको बताएका छन्।  उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उनको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शाहीले विद्युत भार कटौतीका लागि सहयोग गर्न व्यवसायीलाई आग्रह गरे। मन्त्री शाहीले विकासको महत्वपूर्ण आधारको रुपमा सडक र ऊर्जा नै भएको हुँदा त्यसका लागि सरकारले विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • फलाखु खोलामा आएको बाढीले नुवाकोट–रसुवा जोड्ने झोलुङ्गे पुल बगायो

    फलाखु खोलामा आएको बाढीले नुवाकोट–रसुवा जोड्ने झोलुङ्गे पुल बगायो

    नुवाकोट : अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने झोलुङ्गे पुल बगाएको छ।  बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन्। फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोटतर्फको जग कटान गरी पुल बगाएको हो।  नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पुर्याएपछि नुवाकोटतर्फ…

    विस्तृतमा पढ्नुस्

  • भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी

    भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी

    नयाँदिल्ली : भारतमा उपराष्ट्रपति चयनका लागि अहिले मतदान भईरहेको छ।  स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। मतदानको परिणाम पनि आज नै सार्वजनिक गरिने बताइएको छ।  भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिकआवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको बताइन्छ।  देशको प्रमुख विपक्षी कांग्रेस पार्टीले भारतीय पश्चिमी राज्य…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा बाढीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला

    नवलपरासीमा बाढीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला

    नवलपरासी : नवलपरासीमा बाढीले बगाएर बेपत्ता भएका  दुई जना आज मृत अवस्थामा फेला परेका छन्।  शुक्रबार पाल्हीनन्दन गाउँपालिकामा ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए। दुवै जना आज घोलमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।  यता बिहीबार प्रतापपुरस्थित खजुरा खोलाले बगाएर बेपत्ता भएका इब्राहिम मिया भने…

    विस्तृतमा पढ्नुस्

  • जापानी राजदूतले भने–निर्वाचन सम्पन्न भएकामा खुसी छु

    जापानी राजदूतले भने–निर्वाचन सम्पन्न भएकामा खुसी छु

    विराटनगर : नेपालस्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा २० वर्षपछि स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न भएकामा खुसी व्यक्त गरेका छन्।  विराटनगर महानगरपालिकाद्वारा विराटनगरमा आयोजित कार्यक्रममा राजदूत ओगावाले नेपालमा नयाँ संविधान जारी भएको र यसको कार्यान्वयनबाट नेपालीलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।  जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत ओगावाले नेपालको दोस्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौँ…

    विस्तृतमा पढ्नुस्

  • किन चिसियो रसिया–अमेरिका सम्वन्ध ?

    किन चिसियो रसिया–अमेरिका सम्वन्ध ?

    रसिया : रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका–रसिया सम्बन्ध निकै सङ्कटोन्मुख अवस्थामा पुगेको बताएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका–रसिया सम्बन्धमा समस्या आएको बताएका थिए। जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताएका थिए। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भने,‘हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको कुरा वास्तविक…

    विस्तृतमा पढ्नुस्

  • किन सोधियो त्रिवेणी नलगाड नगरपालिका-११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण ?

    किन सोधियो त्रिवेणी नलगाड नगरपालिका-११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण ?

    जाजरकोट : जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको छ।  त्रिवेणी नलगाड नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उनी स्पष्टीकरणमा परेका हुन्।  नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकको कामै नगरेको सडकमा काम गरेको भनी जनप्रतिनिधिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell