काठमाडौंः सप्तरीको राजविराजमा गत फागुन २३ गते भएको घटनाको उच्चस्तरीय टोलीले अनुसन्धान पूरा गरी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेको छ। आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा सप्तरीको राजविराजमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर पाँचजनाको ज्यान गएको घटनाको अनुसन्धान प्रतिवेदन आयोगमा बुझाएको उल्लेख छ। आयोगले सप्तरीको…
काठमाडौंः निर्वाचन आयोगले असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालन हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने जनाउँदै आयोगले ती जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन मन्त्रालयलाई लेखी…
काठमाडौंः नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार काठमाडौंमा हुँदैछ । चार वर्षको अन्तरालमा हुन लागेको बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए। बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अपराह्न काठमाडौं आइपुगेका छन्। बैठकमा चीन सरकारको…
मुगुः मुगुको सोरु गाउँपालिका–८ गिलाह गाउँमा सोमबार आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएका पीडित दानबहादुरका छोरा गणेशबहादुरले जानकारी दिए । आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ। वडा नं…
पेरिसः फ्रान्समा राष्ट्रपतिमा एम्मानुएल माक्रोँको मध्यपन्थी दल ‘ला रिप्युब्लिक आँ माश’ (रिपब्लिक अन द मुभ) ले स्थापनाको १४ महिनामा नै भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय हासिल गरेको छ। माक्रोँको दल नयाँ खोलिएको भएकाले यसअघि संसद्मा कुनै प्रतिनिधित्व नै रहेको थिएन। राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तापछि नै उनको दलले फ्रान्सको ५७७ सीट भएको राष्ट्रिय सभामा ३५० सीट जितेको छ।…
झापाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताएका छन्। एमाले कनकाई नगरले सोमबार आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउन दबाब दिने बताए। “सुरुदेखि नै एमालेले निर्वाचन गराउनुपर्छ भन्दै आएको छ”– उनले भने, “निर्धारित समयमा चुनाव नभए देश गम्भीर सङ्कटमा फस्छ ।” संविधान…
दाङः निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको एक समूहले मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको एक झो ला सामग्री लुटे र भागे का थिए। प्रहरीले लुटिएको झो लासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला…
रसियाः रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने बताएका छन्। रोसिया–१ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले अमेरिकी सिनेटको यो निर्णयले रसिया–अमेरिकाबीचको सम्बन्धलाई थप जटिल बनाउने बताएका हुन्। उनले भने “मलाई लाग्छ यो हानिकारक हुनेछ। यद्यपि यसबारे अमेरिकी आधिकारिक प्रतिक्रिया नआउँदासम्म कुरा गर्नु अपरिपक्वता हुन्छ।” पुटिनले अमेरिकी प्रतिबन्धले रसियालाई…
लण्डनः बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागी पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताएकी छन्। शनिबार महारानीले राज्यद्वारा परम्परागत मनाइदै आएको जन्मोत्सवका अवसरमा दिएको सन्देशमा महारानीले पछिल्ला हप्ताहरुमा बेलायतले एकपछि अर्को दुखद् घटनालाई बेहोर्नुपरेको बताएकी छन्। सन्देशमा भनिएको छ,‘परम्परागत रूपमा आज खुसी मनाउने…
इलामः इलाम नगरपालिका–१२ का नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन्। माओवादीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका राई सम्पर्कविहीन छन्। बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमासमेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए। उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ। रासस …
धनगढीः सडकमा टायर बालेर उम्मेदवार मनोनयनमा अवरोध पुर्याएको भन्दै प्रहरीले कैलालीको धनगढीमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई पक्राउ गरेको छ। उनीहरुलाई कैलालीको हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको प्रजिअ रिजालले बताए। दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै बाजागाजा, झाँकी,…
लण्डनः बेलायतको लण्डनस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा भएको आगलागीमा परी हराएका सवै मारिएको आशङ्का गरिएको छ। हराएका सवै मारिएका भए मृतकको सङ्ख्या ५८ पुग्ने लण्डन प्रहरीले जनाएको छ। एक प्रहरी कमाण्डरका अनुसार यसअघि नै घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुगिसकेको छ। बीबीसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ। ग्रेटफेल टावर लण्डनको पश्चिमी क्षेत्रमा पर्दछ।…
रुकुमः गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन्। आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागेपनि उनीहरु असफल भएको बताए । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय…
चितवनः पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि बिहान साढे ११ बजेदेखि पुनःसञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो। गएराति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो। सुरुमा सानो पहिरो भएपनि राति फेरि ठूलो पहिरो खसेकाले…
डोल्पाः जाजरकोट—डोल्पाअन्तर्गत खदाङ—त्रिपुराकोट सडकखण्डमा पर्ने चिप्ले भीरमा सडक निर्माण कार्य यतिवेला तीव्र गतिमा भइरहेको छ। यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त सडकखण्डको ११८ किलोमिटरमध्ये १०९ किलोमिटर सडक निर्माण भइसकेको र डोल्पाको सदरमुकाम दुनै पुग्न ९ किलोमिटर मात्र बाँकी रहेको छ। एकवर्ष सम्ममा डोल्पावासीको मोटर चढ्ने सपना पुरा गर्न नेपाली सेना खटिएको छ।रासस
रसुवाः उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ। साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताएका छन्। एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न नसकिने बताए। उनले मधेसमा एमाले विरोधीहरु नभएको बताए। ओलीले भने,“तराई मधेसमा एमालेकाविरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने…
पोर्चुगलः मध्यपोर्चुगलको एक जङ्गलमा भएको आगलागीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। आगलागीमा परी अग्नीनियन्त्रकसमेत घाइते भएका छन्। लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट आगलागी सुरु भएको थियो। आगलागी नियन्त्रणका लागि करिब छ सय अग्नीनियन्त्रक र ४७० भन्दाबढी सवारी साधन परिचालन गरिएको थियो । घटानापछि प्रधानमन्त्री इन्टोनिओ कास्टोले…
नारायण ढुंगाना चितवनः “बर्खा लाग्ने बेला भो । अब धमाधम किसानलाई चटारो हुन्छ, चुनाव के हुने हो थाहा छैन, मतदान या मतगणना जे होस् तर छिट्टै होस्। अब हामी १९ का मतदातालाई बन्धक नबनाइयोस्।” यो भनाइ हो भरतपुर–१९ शारदानगरका मतदाता बुद्धिमान तामाङको। आज बिहान भरतपुर–१० को शारदानगर टाउनमा पुग्दा तामाङ तरकारीका लागि फर्सीको मुन्टा केलाउँदै थिए। सँगै तीन÷चार जना मतदाता…
काठमाडौंः पेट्रोलियम पदार्थको मूल्य घटेपनि सार्वजनिक यातायातको भाडा भने नघट्ने भएको छ। पेट्रोलियम पदार्थको मूल्य पाँच रुपैयाँ भन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए। उनले भने,“सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन, अन्य सूचकको मूल्य अहिले…