गौशालाः अवैध कल बाइपास गरेको आरोपमा प्रहरीले महोत्तरीको जलेश्वरका मोहम्मद अजमतलाई पक्राउ गरेको छ। अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध कल सेन्टर खोलेर कल बइपास गर्दै आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको कल सेन्टरबाट कल बाइपासका लागि प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना, युपिएस, स्टेब्लाइजर, पावरबोर्डलगायतका सामान बरामद गरेको छ।रासस
काठमाडौंः अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभरका सबै अस्थायी शिक्षकलाई सामान्य प्रक्रिया पुर्याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ। समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग गरेको छ। देशभरबाट अस्थायी शिक्षकको प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि अहिले काठमाडौंमा छन्। बिहान ९ देखि ११ बजेसम्म गरिएको…
चितवनः व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ। गत वैशाख २४ गते कार्यकारी निर्देशकमा डा विजयचन्द्र आचार्य नियुक्त भएसँगै अस्पतालले प्रदान गर्ने सेवामा सुधार आएको छ। कर्मचारीलाई सबै सेवा सुचारु गरी अतिरिक्त समयमासमेत काम गर्न आचार्यले निर्देशन दिएका छन्। निर्देशनसँगै अहिले अस्पताल आएका बिरामी सेवा लिन अन्यत्र…
नयाँदिल्लीः भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्को घटना सोमबार राति भएको छ। भारतीय राजधानी नजिकै एक ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घण्टासम्म बलात्कार गरेको घटना सार्वजनिक भएको हो। समाचारअनुसार सोमबार राति ती महिलालाई नयाँदिल्लीबाट करिब ३० किलोमिटर परको सोहना सडकमा हिँडिरहेको बेला…
धनगढीः गृहमन्त्री जनार्दन शर्माले देशको राजनीतिक अवस्था र मधेस आधारित दलको मागका कारण सरकारले एकै चरणमा स्थानीय निर्वाचन गराउन नसकेको बताएका छन्। कैलालीको धनगढीमा ७ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको बताए। उनले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई देश विकास र समृद्धिको बाटोमा…
प्रकाश सिलवाल काठमाडौंः मुलुकका हाल सञ्चालित विभिन्न विश्वविद्यालय केन्द्रीय र नयाँ खुल्ने विश्वविद्यालय प्रादेशिक बनाउन पहल सुरु भएको छ। हाल सरकारको लगानीमा त्रिभुवन विश्वविद्यालयसहित नौ विश्वविद्यालय छन् । नेपाल प्राध्यापक सङ्घले सबै प्रदेशमा केन्द्रीय विश्वविद्यालय स्थापना भइसकेको र नयाँ खुल्ने विश्वविद्यालय प्रदेश सरकारको अधिकार क्षेत्रमा पनि पार्न केन्द्र सरकारको मातहतमा नयाँ विश्वविद्यालय खुल्न आवश्यक नभएको बुँदासहित आज प्रधानमन्त्री शेरबहादुर देउवालाई…
पाँचथरः जिल्ला शिक्षा कार्यालय पाँचथरका सबइन्जिनियर मनोजकुमार यादव एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्। कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो। यादवलेसाबिक माङ्जाबुङ– १स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेको आरोप लगाइएको छ। विसं २०७० देखि निर्माण…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटरसेनले भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा राजदूत पिटरसेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। भेटमा राजदूत पिटरसेनले आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका थिए। यसैगरी, प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी…
काबुलः अफगानिस्तानको पूर्वी प्रान्त पार्वानस्थित प्रमुख अमेरिकी सैन्य शिविरनजिकै एम्बुसमा पारी आठ स्थानीय अफगान सुरक्षा गार्ड मारिएका छन्। एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको जानकारी दिएका छन्। रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिविरको भ्रमणमा गएका र उनीहरु माथि आक्रमण भएको बताइएको छ। आक्रमणमा परी आठ जना मारिएका…
पेरिसः इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका छन्। इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमबार भएको विष्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथै अन्य दुई पत्रकार घाइते भएका छन्। फ्रेन्च टेलिभिजन च्यानल र ‘ग्लोबल जर्नालिस्ट राइट्स् बाचडग, रिपोर्टस् विदाउट बोर्डरस् का अनुसार स्टेफन मारिनुका साथै अरु दुई फ्रान्सेली पत्रकार घाइते भएका छन्। यसअघि सोही स्थानमा कुर्दिस…
नयाँदिल्लीः भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद सुरु भएको छ। सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषद्ले आफ्नो प्रकाशनमार्फत जारी गरेको सन्देशका विषयमा विवाद सुरु भएको हो। परिषदले हालै आफ्नो प्रकाशनमार्फत जारी गरेको सन्देशमा मासु र अन्डाबाट गर्भवतीलाई…
मोरङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याई संविधान कार्यान्वयन गराइछाड्ने बताएका छन्। झापाको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा अध्यक्ष ओलीले एमालेकै दबाबका कारण स्थानीय तहको निर्वाचन भएको बताए। ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने…
ताप्लेजुङः दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा तीन दलित महिला निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा फक्ताङ्लुङ गाउँपालिका–६ मा उमा लाम्गादे, मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजङ्घा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी छन्। तीनवटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो। विजयी सुरुवातसँगै ती वडामा कांग्रेसले विजयी उत्सव मनाउन थालेको छ।रासस
काठमाडौंः श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुर र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच कतारमा कार्यरत नेपाली कामदारको अवस्थाकाबारेमा छलफल भएको छ। भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे राजदूत हेलसँग चासो राखेका थिए । जवाफमा राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झैँ सामान्य रहेको बताउँदै कतारमा…
दाङः असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा स्थानीय प्रशासनले चारवटा मतदानस्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ। जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई लिइएको छ । त्यसैगरी अन्य चुनौतीका रुपमा नेपाल भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन विथोल्न सक्ने…
काठमाडौंः सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि मंगलबार उनले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिए। मन्त्री साहले भने,“फाइल महिनौँ अड्काएर राख्ने गरेको गुनासो धेरै…
काठमाडौंः नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोगका कारण कपिलवस्तुमा बम विस्फोटको घटना भएको आरोप लगाएको छ। एमालेले विज्ञप्ति जारी गरी आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको उल्लङ्घन गर्नेसम्मका क्रियाकलाप भएकामा ध्यानाकर्षण गराएको छ। असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता…
टीकापुरः गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् । नेकपा माओवादी केन्द्र कैलालीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा गृहमन्त्री शर्माले टीकापुर घटनामा पीडित भएका सबैलाई न्याय दिइने बताए । टीकापुर घटना सुनियोजित भएको बताउँदै गृहमन्त्री शर्माले त्यस घटनामा माओवादीलाई फसाउने प्रयास गरिएको बताए। थारु र पहाडी समुदायलाई लडाउनका लागि टीकापुर घटना गराइएको दाबी गर्दै…
काठमाडौँः दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार भन्दा बढीको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने निर्वाचनका लागि ६२ हजार ९२६ जनाले उम्मेदवारी दिएका छन्। आयोगले मंगलबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन…
काठमाडौंः भूकम्पका कारण अवरुद्ध भएको तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने भएका छन्। मंगलबार भएको संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा तातोपानी नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकले मिलेर काम गर्ने सहमति भएको हो। बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बैठकमा विशेषगरी दुई मुलुक बीचको…