PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • कार बम बिष्फोटमा सोमालियामा कम्तीमा १५ जनाको मृत्यु

    कार बम बिष्फोटमा सोमालियामा कम्तीमा १५ जनाको मृत्यु

    मोगादिसुः सोमालियामा मङ्गलबार भएको एक कार वम बिष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौं अरु घाइते भएका सोमालियाली अधिकारीले जनाएका छन्।  सोमालियाको मोगादिसु नजिकै रहेको वादाजिर जिल्लामा भएको विष्फोटमा घाइते भएका केही व्यक्तिलाई गम्भीर चोट लागेको बताइएको छ। सोमालियाली गृहमन्त्रालयका प्रवक्ता अहमद मोहम्मद मोहमुदले विष्फोटमा १५ जनाको मृत्युभएको खवर प्राप्त भएको र घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको…

    विस्तृतमा पढ्नुस्

  • कुनै शक्तिले निर्वाचन रोक्न सक्दैनः खनाल

    कुनै शक्तिले निर्वाचन रोक्न सक्दैनः खनाल

    इलामः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।  इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै खनालले सरकारको लाचारीपनले चुनाव सरेको र चुनाव सार्नुपर्ने कुनै कारण नभएको बताए। उनले भने, “मधेसका दुई चार जना नेताले अघि सरकारले लाचारीपन देखायो।”   खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • उद्योग विभागले ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू गर्ने

    उद्योग विभागले ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू गर्ने

    काठमाडौंः व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ।  चार महिना अघिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो।  अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारी दर्तापछि निर्वाचन हुनेमा बाँकेका मतदाता ढुक्क

    उम्मेदवारी दर्तापछि निर्वाचन हुनेमा बाँकेका मतदाता ढुक्क

    नेपालगञ्जः स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन्।  स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।  बाँकेमा दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानीय तह छन्। तीमध्ये नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा मात्र ८१…

    विस्तृतमा पढ्नुस्

  • १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने ज्यामरुककोट किन ओझेलमा ?

    ध्रुवसागर शर्मा  म्याग्दीः पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनायुक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ।  सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन्। ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • किन गर्‍याे स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफले आलटाल ?

    किन गर्‍याे स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफले आलटाल ?

    गोरखाः ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न आलटाल गरेको छ। युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनर्निर्माण गरेको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा पोषण सुधार्न ९२ लाख विनियोजन

    जाजरकोटमा पोषण सुधार्न ९२ लाख विनियोजन

    जाजरकोटः जाजरकोटमा पोषण संवेदनशील कार्यक्रमका लागि ९२ लाख रकम विनियोजन गरिएको छ।  आर्थिक वर्ष २०७३/७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिक समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।  यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला पशुसेवा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका कारण लाइसेन्स वितरण बन्द, निर्वाचनपछि सुरु हुने

    निर्वाचनका कारण लाइसेन्स वितरण बन्द, निर्वाचनपछि सुरु हुने

    काठमाडौंः वागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।  कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए।  कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने…

    विस्तृतमा पढ्नुस्

  • सन् २०१६ को अन्त्यसम्म शरणार्थीको संख्या ६ करोड ५६ लाख पुग्ने

    सन् २०१६ को अन्त्यसम्म शरणार्थीको संख्या ६ करोड ५६ लाख पुग्ने

    जेनेभाः विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ।  सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस्थापित भएर शरणार्थी बन्नेको सङ्ख्या ६ करोड ५६ लाख पुगेको छ।  शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले विस्थापित हुनेको सङ्ख्या बढ्दै जानुलाई खतराको सङ्केतका रुपमा लिएको छ।  सोमबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा सन्…

    विस्तृतमा पढ्नुस्

  •  आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली, होटल व्यवसायी मारमा

     आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली, होटल व्यवसायी मारमा

    कोलकाताः केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटकको संख्या घटेको छ ।  आन्दोलनका कारण पर्यटक आउन छाडेका र यसअघि बुकिङ गरेर बसेका पर्यटकहरु पनि भ्रमण छोट्याएर फर्किन थालेका छन्। जारी आमहड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका पर्यटक असुरक्षित महसुस गरी फर्किन थालेका हुन्। आन्दोलनका कारण पर्यटक फर्किन थालेपछि त्यसको मारमा होटल व्यवसायी परेका छन्। हाल दार्जिलिङमा…

    विस्तृतमा पढ्नुस्

  • कु्हिएको मासु भेटिएपछि गुहेश्वरीको सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

    कु्हिएको मासु भेटिएपछि गुहेश्वरीको सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

    काठमाडौंः काठमाडौंको गुहेश्वरीस्थित सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी गरिएको छ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु भेटिएपछि मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो।  अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण नभएको, नापतौल प्रमाणीकरण नभएको र अत्यन्तै फोहर…

    विस्तृतमा पढ्नुस्

  • पहाडी जिल्लाका मतदाताको मागः खानेपानीदेखि सडक निर्माणसम्म

    पहाडी जिल्लाका मतदाताको मागः खानेपानीदेखि सडक निर्माणसम्म

    डडेल्धुराः स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचनमा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन्।  अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी नै आउने गरेको तर विकास निर्माणका काममा भने चासो नदिएको गुनासो गरे। खोड्पे दशरथ चन्दमार्ग छेउमै रहेको अनारखोली बजारमा दिनहुँ चुनावी चर्चा चल्छ।…

    विस्तृतमा पढ्नुस्

  • एसियाली पूर्वाधार लगानी बैंकले नेपालका ६ वटा परियोजनामा लगानी गर्ने 

    एसियाली पूर्वाधार लगानी बैंकले नेपालका ६ वटा परियोजनामा लगानी गर्ने 

    काठमाडौंः एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएको छ ।  दक्षिण कोरियाको जेजुमा असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा उल्लेख्य रुपमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो।  कार्यक्रममा भाग…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीले भने– सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध

    गृहमन्त्रीले भने– सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध

    बुटवलः गृहमन्त्री जनार्दन शर्माले असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।  बुटवलमा सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था मिलाइने बताए। आइतबार उम्मेदवारी मनोनयनका क्रममा बाजुरा, सङ्खुवासभा र कपिलवस्तुमा भएका घटनाको अनुसन्धान गरी दोषीलाई कार्वाही…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा पाँच वडा सदस्य निर्विरोध

    रुकुममा पाँच वडा सदस्य निर्विरोध

    रुकुमः रुकुमको भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।  भुमे गाउँपालिका– ७ का ४ र सोही गाउँपालिका– ६ का एकजना वडा सदस्यमा निर्विरोध भएका हुन् ।  वडा नं ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य दुईजना सदस्य तथा वडा नं ६ मा दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकातर्फबाट मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुममा एक दलित महिला सदस्य निर्विरोध

    तेह्रथुममा एक दलित महिला सदस्य निर्विरोध

    तेह्रथुमः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छन्।  आइतबार मनोनयनका क्रममा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए।  सो वडामा एकमात्रै दलित परिवारको बसोबास छ। दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • थाइल्याण्डमा आतंककारी आक्रमण, छ सैनिकको मृत्यु

    थाइल्याण्डमा आतंककारी आक्रमण, छ सैनिकको मृत्यु

    बैंककः दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।  थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए।  थाइल्याण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको छ।  गस्तीमा रहेको करिब २५ जना सैनिकको…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा अलपत्र २८ नेपाली स्वदेश फिर्ता

    काठमाडौंः मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ।  दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो। नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो।  दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ। दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम…

    विस्तृतमा पढ्नुस्

  • जैविकमार्ग र वन्यजन्तुको सुरक्षा किन चुनौतीपूर्ण ?

    जैविकमार्ग र वन्यजन्तुको सुरक्षा किन  चुनौतीपूर्ण  ?

    नारायण ढुङ्गाना - चितवनः चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गबाट चितवनको टिकौली जङ्गलमा बाघ, गैँडा, चित्तल, जरायोलगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन्।  पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने यो जैविकमार्ग (करिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ।  गतवर्ष टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको थियो । अहिले छवटा क्यामेराले मात्र काम…

    विस्तृतमा पढ्नुस्

  • ११ जिल्लाको निर्वाचनसम्बन्धी छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो

    ११ जिल्लाको निर्वाचनसम्बन्धी छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो

    काठमाडौंः सर्वोच्च अदालतले प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गरेको रिट निवेदनमा यही असार ८ गते कारणसहित छलफलका लागि बोलाउने भएको छ।  न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज छलफलका लागि सरकारलाई बोलाउने आदेश जारी गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका– संसद्, निर्वाचन आयोगलगायतलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell