सन्धिखर्कः अर्घाखाँचीका चार स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ। सन्धिखर्क र शितगङ्गा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ। भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसलाई सघाउने सहमति भएअनुसार उम्मेदवारी दर्ता हुँदैछ। अर्घाखाँचीमा जनसङ्ख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो। यो नगरपालिकामा कांग्रेसबाट प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा…
सोलः दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले काङ क्युङलाई विदेश मन्त्रीमा नियुक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घमा जिम्मेवारी सम्हालेर कुटनीतिक मामिलाकी अनुभवी क्युङ दक्षिणी कोरियाको पहिलो महिला विदेश मन्त्री बनेकी हुन् । उत्तर कोरियासँगको सम्बन्ध सुधार्नका लागि सजिलो हुने अपेक्षासहित ६२ वर्षीया क्युङलाई आइतबार राष्ट्रपति मुन जाए इनले विदेश मन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो भ्रमण र भेटवार्ताका लागि…
काठमाडौंः सहरी विकासमन्त्री प्रभु साहले आज पदबहाली गरेका छन्। जेठ २४ गते शपथ लिएका मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सो मन्त्रालयको जिम्मेवारी दिएपछि आज पदबहाली गरेका हुन्। पदबहाली गरेसँगै मन्त्री साहले प्रदेशस्तरमा सरकारी कार्यालय भवनको आवश्यकता पहिचान र मापदण्ड पहिचानबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव रमेश सिंहको नेतृत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेका छन्। रासस
पोर्चुगलः पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ। घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्। मृत्यु भएका मध्ये अधिकांश कारभित्रै जलेका थिए भने घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन्। आगलागी नियन्त्रणका लागि करिब छ सय अग्नीनियन्त्रक र १६० भन्दाबढी सवारीसाधन परिचालन गरिएको छ। लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको…
इस्लामाबादः अफगानिस्तानमा रहेको पाकिस्तानको वाणिज्य दूतावासका दुई कूटनीतिज्ञ गत शुक्रबारदेखि बेपत्ता भएका पाकिस्तानले पुष्टि गरेको छ। पाकिस्तान विदेश मन्त्रालयका अधिकारीका अनुसार सडकमार्गबाट पाकिस्तान फर्किने क्रममा बीच बाटोबाट उनीहरु वेपत्ता भएका हुन्। ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा पत्ता लगाईदिन पाकिस्तानी विदेश मन्त्रालयले अफगान अधिकारीसँग अनुरोध गरेको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। अफगान अधिकारीले ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा फेला पार्ने कोसिस जारी रहनुको साथै…
कल्पना पौडेल काठमाडौंः दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको भवन निर्माण कार्य लम्बिएको छ। निमित्त क्याम्पस प्रमुख प्रा डा रोहितकुमार पोखरेलले शव व्यवस्थापनमा समस्या हुँदा निर्माणमा ढिलाइ भएको बताए। उनले भने, “हामीसँग बाँकी रहेको तीन रोपनी जग्गामा सात तलाको सुविधासम्पन्न भवन बनाउन लागिएको हो । तर त्यो…
काठमाडौँः संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गर्दै आमरण अनशन थालेको छ। देशभरका ३० हजारभन्दा बढी अस्थायी शिक्षकले विभेदकारी विज्ञापन खारेज गरी अहिले कार्यरत आफ्नो कोटामा आफैँले परीक्षा दिन पाउने गरी विज्ञापन खुलाउनुपर्ने माग राख्दै शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन्। आमरण अनशन बस्ने अस्थायी शिक्षकमा पर्साका किसुनप्रसाद यादव, गोरखाका जितबहादुर गुरुङ, बझाङकी कमलावती जोशी,…
नयाँदिल्ली: गृहमन्त्री राजनाथ सिंहले दार्जिलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गरेका छन्। गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जलिङबासीलाई शान्त एवम् धैर्य रहन आग्रह गरे । उनले भने,“सवै सम्वद्ध पक्षले आफ्ना मतभिन्नता…
काठमाडौंः व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन्। जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आर्कषित हुन थालेका हुन्। पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन्। ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल…
नेपालगञ्जः असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका प्रायः सबै उम्मेदवारले पाँच वर्षभित्र नेपालगन्ज सहरको कायापलट गर्ने मतदातालाई आश्वासन दिने गरेका छन्। तर, यहाँका मतदाता भने उनीहरुको आश्वासन पत्याउन तयार छैनन्। वर्षाको समयमा हरेक वर्ष डुबानको नियति भोग्न बाध्य यो सहरको कायापलट पाँचभित्र गर्छु भन्नु मत लिने ठाडो झुट…
दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा विकासको लहर आउने बताएका छन्। आवुखैरेनी गाउँपालिकाद्वारा शनिबार आयोजित पहिलो चरणको स्थानीय तहबाट निर्वाचित पदाधिकारीलाई स्वागत एवम् सम्मान कार्यक्रममा पौडेलले गाउँ नगरलाई अधिकार सम्पन्न गराउन स्थानीय तहको निर्वाचन गरिएको बताए। निर्वाचनपछि सिंहदवारको अधिकार गाउँमा आएको उनको भनाइ थियो। पौडेलले जनप्रतिनिधिलाई विकासका काममा सवैसँग हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे। रासस …
विराटनगरः नेपाली कांग्रेसले मोरङको उर्लाबारी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित नौवटै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ। कांग्रेसले उर्लाबारी नगरपालिकाको नगरप्रमुखमा खड्ग फागो र उपप्रमुखमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ। वडा अध्यक्षमा क्रमशः उर्लाबारी–१ मा गोविन्द्रप्रसाद भट्टराई, २ मा राजन कँडेल, ३ मा गञ्जबहादुर कार्की, ४ मा सर्वजित भण्डारी र ५ मा भानुभक्त शर्मा पराजुलीलाई उम्मेदवार बनाएको छ। …
जेनेभा: अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभामा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार जेनेभा तालमा नौका बिहार गरेकी छन्। उनले शनिबारै यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनमा पैदल हिँडेर अवलोकन गरिन्। पुरानो बस्ती भएकाले यो स्थानमा हाल यातायात सञ्चालन हुँदैन। उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत…
प्रकाश सिलवाल काठमाडौंः माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कुल सहभागीमध्ये छात्राहरु बढी भएपनि राम्रो नतिजा ल्याउनेमा छात्रहरु बढी देखिएका छन्। शुक्रबार सार्वजनिक भएको नतिजामा स्तरीकृत अङ्क (जिपिए)३ दशमलव ६५ देखि ४ सम्म औषत अति उत्तम क्षमताका कुल १२ हजार २८४ विद्यार्थी देखिएकामा छात्र ३ दशमलव ७५ र छात्रा २ दशमलव ३४ प्रतिशत छन्। परीक्षामा नियमिततर्फ कुल चार लाख…
काठमाडौंः काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन्। कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा ७८ प्रतिशतले घर बहाल कर तिर्ने गरेका छैनन्। हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरधनीबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ। पछिल्लो समय महानगरमा घर भएका व्यक्ति…
जेनेभा: इस्लामिक स्टेट (आइएस) जिहादी समूहले इराकको प्राचीन सहर मोसुलमा एक लाखभन्दा बढी सर्वसाधारणलाई मानवीय ढाल बनाउने उद्देश्यले कब्जामा राखिरहेको हुनसक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ। सन् २०१४ मा विद्रोहीले नियन्त्रणमा लिएको र मोसुल सहर र वरपरका क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि वर्वर शासन गरिरहेको मानवअधिकारकर्मीले बताउँदै आएका छन्। सन् २०१४ मा गुमाएको सहरलाई पुनः सरकारी नियन्त्रणमा लिने प्रयास…
बेइजिङः चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन्। सन् २०१३ देखि अहिलेसम्म यति धेरै चिकित्सकहरुले तालिम लिएका राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले जानकारी दिएका छन्। आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिएका थिए। विषेशज्ञताका लागि तीन वटा विभागबाट चिकित्सकहरुको स्तरीकरण गुरुयोजनाका लागि उनीहरुको छनौट गरिएको थियो। रासस/सिन्ह्वा
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा/विहारको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित गुम्बा/विहारको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै भूकम्पले क्षतिग्रस्त भएका करिब एक हजार १०० गुम्बा तथा विहार पुनर्निर्माण गर्ने बाटो सहज भएको छ। कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र…
जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताएकी छन्। संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताइन्। उनले शताब्दीयौँदेखि विभेद गरिएका र…
श्रीनगरः भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको छ। यस क्रममा केही दिनयतादेखि हतियारधारी समूह र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन्। काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा तीनजना हतियारधारी मारिएका छन्। मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डर पनि रहेका भारतीय प्रहरीले जनाएको छ। श्रीनगरबाट ४६ किलोमिटर दक्षिणमा पर्ने सो गाउँमा…