PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

  • सङ्घीय समाजवादीद्वारा विर्तामोडमा उम्मेदवारी घोषणा

    सङ्घीय समाजवादीद्वारा विर्तामोडमा उम्मेदवारी घोषणा

    झापाः सङ्घीय समाजवादी फोरम नेपालले विर्तामोड नगरपालिकाका मेयरसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ।  विर्तामोडमा पत्रकार सम्मेलन गरी फोरमले नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्नेलगायतका ११ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हो।  पार्टीले विर्तामोड नगरपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • बढाइयो चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल 

    बढाइयो चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल 

    चितवनः दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढाइएको छ।  राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।  यसअघि निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको सूचना अधिकारी अर्यालले बताए। निकुञ्ज स्थापनापछि क्षेत्रफल बढाइएको यो दोस्रो पटक हो।  राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • मनसुन सक्रिय नहुनको कारण यस्तो छ, सक्रिय हुन अझै केही दिन लाग्ने

    मनसुन सक्रिय नहुनको कारण यस्तो छ, सक्रिय हुन अझै केही दिन लाग्ने

    सिवी अधिकारी  काठमाडौंः  सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन।  गत जेठ २९ गते (१२ जुन) बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन। असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान चिन्तित छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमको मासिक नाफा ३४ करोड, बोनस वितरण गर्न कर्मचारीको माग

    आयल निगमको मासिक नाफा ३४ करोड, बोनस वितरण गर्न कर्मचारीको माग

    काठमाडौंः नेपाल आयाल निगमले मासिक ३४ करोड नाफा कमाएको छ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो। नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार आयोजित कार्यक्रममा निगम नाफामा गइरहेको जानकारी दिइएको हो। नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको गृह जिल्लामा भड्किलो चुनाव प्रचार

    प्रधानमन्त्रीको गृह जिल्लामा भड्किलो चुनाव प्रचार

    डडेल्धुराः स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिरहेका छन्।  नेकाले एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सार्ने सरकारको निर्णयविरुद्ध एमालेले भण्डाफोर गर्ने

    निर्वाचन सार्ने सरकारको निर्णयविरुद्ध एमालेले भण्डाफोर गर्ने

    काठमाडौंः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले निर्वाचन सार्ने निर्णय गरेकाले यसको जनस्तरमा भण्डाफोर गरिने बताए।  पोखरेलले किस्ताबन्दीमा निर्वाचन गरेर अन्य तहका निर्वाचन समयमा नगरी संसद्को आयु लम्ब्याउने वा…

    विस्तृतमा पढ्नुस्

  • पर्साको पटेर्वासुगौलीमा पानीमा डुबेर दुई बालिकाको मृत्यु

    पर्साको पटेर्वासुगौलीमा पानीमा डुबेर दुई बालिकाको मृत्यु

    पर्साः पर्साको पटेर्वासुगौली गाउँपालिकामा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।  गाउँपालिका–४ सोनवर्षाको कञ्चनपुर गाउँमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको हो ।  बाख्रा चराउन घरबाट निस्किएका कञ्चनपुरका नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  गाउँभन्दा एक किलोमिटर बाहिर सडक निर्माणका लागि…

    विस्तृतमा पढ्नुस्

  • मुम्बई विस्फोटमा संलग्न छ जनालाई अदालतद्वारा दोषी ठहर

    मुम्बई विस्फोटमा संलग्न छ जनालाई अदालतद्वारा दोषी ठहर

    नयाँदिल्लीः भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबादविरुद्धको विशेष अदालतले शुक्रबार ठहर गरेको छ।  भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सन् १९९३ मा आतङ्कबादीहरुले श्रीङखलाबद्ध विस्फोट गराएका थिए।  दोषी ठहर हुनेमा आतङ्कबादी गतिविधि गरिरहेको विश्व कुख्यात ‘डन’ अबु सालेम पनि रहेका छन्। उनी भारतमा विस्फोट गराएपछि फरार भएका थिए । उनलाई सन्…

    विस्तृतमा पढ्नुस्

  • एमालेले टुङ्ग्यायो प्रदेश १ को उम्मेदवार

    एमालेले टुङ्ग्यायो प्रदेश १ को उम्मेदवार

    काठमाडौंः नेकपा एमालेले प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ।  पार्टी स्थायी कमिटीको शुक्रबार बसेको बैठकले गाउँपालिका तथा नगरपालिकाको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार उम्मेदवारको टुङ्गो लगाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड विपरित सञ्चालित फ्रेस हाउस सिलबन्दी 

    काठमाडौंः मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएपछि कोटेश्वरमाको हाम्रो फ्रेस हाउस मासु पसलमा शुक्रबार सिलबन्दी गरिएको छ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण नगरेको र खानका लागि अयोग्य मासु पनि बिक्रीका लागि राखेको पाएपछि अनुगमन टोलीले सिलबन्दी गरेको हो। पसललाई सात दिनभित्र दिएको निर्देशन पालना गरी विभागमा आउन निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • अपहरण काण्डका चारजना पुर्पक्षका लागि जेल चलान

    अपहरण काण्डका चारजना पुर्पक्षका लागि जेल चलान

    झापाः झापाको बिर्तामोड नगरपालिकामा रहेको झन्डै १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जनामध्ये चारजना पुर्पक्षका लागि जेल चलान भएका छन्।  जग्गाधनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको पाँच कट्ठा १६ धुर जग्गा हड्पेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भूपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण

    राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण

    जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार युरोपेली पारमाणविक अनुसन्धान सङ्गठन (सर्न) को अवलोकन भ्रमण गरेकी छन्।   राष्ट्रपति भण्डारी सन् १९५२ मा स्थापना भएको युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको कार्यालयमा आइपुग्दा सदस्य तथा गैरसदस्य मुलुकसँग सम्बन्धका प्रमुख ई. सेस्मेलिसका साथै सङ्गठनमा कार्यरत नेपाली वैज्ञानिक ए. शर्मा तथा एस. श्रेष्ठले स्वागत गरे।  भ्रमणका क्रममा प्रमुख सेस्मेलिसले सङ्गठनका क्रियाकलापका विषयमा जानकारी दिएका थिए। त्यस…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको बस्कोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु

    बैतडीको बस्कोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु

    बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  बैतडीको तल्लोस्वराडको सुल्लेखानबाट कुस्मतघाट गइरहेको से१च ११५८ नम्बरको जिप आज बिहान  शिवनाथ–२ को बस्कोटीमा दुर्घटना भएको हो। दुर्घटनामा  बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसद्वारा महोत्तरीमा उम्मेदवार तय

    नेपाली कांग्रेसद्वारा महोत्तरीमा उम्मेदवार तय

    गौशालाः नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरीमा उम्मेदवारको टुङ्गो लगाएको छ।  कांग्रेसले जलेश्वर नगरपालिकाको प्रमुखका लागि अशोक साह र उपप्रमुखका लागि अनिता शर्मालाई उम्मेदवार बनाएको छ। त्यस्तै, बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारा महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनु अधिकारी र उपप्रमुखमा सुशीला महतोलाई उम्ममेदवार बनाइएको छ।  कांग्रेसले मटिहानी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र चौधरी र उपाध्यक्षमा जुवेदा…

    विस्तृतमा पढ्नुस्

  • मोगादिसुको एक रेष्टुरेन्टमा आतङ्ककारी आक्रमण, १८ को मृत्यु

    मोगादिसुको एक रेष्टुरेन्टमा आतङ्ककारी आक्रमण, १८ को मृत्यु

    मोगादिसुः सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ जना मारिएका छन्।  आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि सुरक्षा कारबाहीका क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन्।  एकाबिहानै भएको आक्रमणबाट १८ जना सर्वसाधारण मारिनुका साथै १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिए।  स्थानीय समयअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट,…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले भन्यो–अमेरिकी विद्यार्थीको रिहाई मानवीयताका आधारमा 

    उत्तर कोरियाले भन्यो–अमेरिकी विद्यार्थीको रिहाई मानवीयताका आधारमा 

    सोलः  उत्तर कोरियाले अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको जनाएको छ।   ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो। उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो। उनलाई देशको श्रम शिविरमा राखिएको थियो ।  ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशकोविरुद्ध गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी…

    विस्तृतमा पढ्नुस्

  • झापामा उम्मेदवारः कांग्रेसमा नयाँ अनुहार, एमालेमा पुरानै

    झापामा उम्मेदवारः कांग्रेसमा नयाँ अनुहार, एमालेमा पुरानै

    झापाः असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा नेपाली कांग्रेसले सबैभन्दा धेरै नयाँ र समावेशी अनुहारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ। नयाँ अनुहार चुनावी मैदानमा उत्रिएसँगै उनीहरुले अहिले विजय उत्सवको शैलीमा मतदातासँग मत मागिरहेका छन्।  झापाका १५ स्थानीय तहमध्ये नेपाली कांग्रेसले नौ प्रमुख पदमा समावेशी उम्मेदवार तयार पारेको छ जसमध्ये सात गाउँपालिका रहेको झापामा सातैजना समावेशी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • एमालेले राजपालाई भन्यो : संशोधनको विवाद निकालेर निर्वाचन नबिथोल

    एमालेले राजपालाई भन्यो : संशोधनको विवाद निकालेर निर्वाचन नबिथोल

    भक्तपुरः नेकपा एमालेले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ।  भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी समिति बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको हो।  एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित विषय नभइ अलग विषय भएकाले…

    विस्तृतमा पढ्नुस्

  • एआइआइबीको दोस्रो वार्षिक बैठक दक्षिण कोरियामा हुने

    एआइआइबीको दोस्रो वार्षिक बैठक दक्षिण कोरियामा हुने

    दक्षिण कोरियाः चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो बार्षिक बैठक दक्षिण कोरियामा यसै हप्ता हुने भएको छ।  बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक शुक्रबार र शनिबार दक्षिण कोरियाको दक्षिणी भूभागमा रहेको जेजु रिसोर्टमा हुने भएको हो।  बैंकको पहिलो बार्षिक बैठक चीनको राजधानी बेइजिङ्मा गतबर्ष भएको थियो। यो बैंकको औपचारिक स्थापना सन् २०१६ मा मात्र भएको हो।  बैंकलाई…

    विस्तृतमा पढ्नुस्

  • बङ्गलादेशमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १५४ पुग्यो

    बङ्गलादेशमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १५४ पुग्यो

    चटगाउँः दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको छ।  एक महिलासहित दुई जनको शव बिहीबार फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको जनाइएको छ। बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ।  संकटकालीन उद्धार टोलीले बिहीबारबाट पहिरो प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको छ।  पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell