काठमाडौंः भाषा, साहित्य एवम् संस्कृतिमा अतुलनीय योगदान पुर्याएका ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी सम्मानित भएका छन्। कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा बिहीबार आयोजित कार्यक्रममा जोशीलाई सम्मानसहित ५१ हजार रुपैयाँ प्रदान गरिएको हो। विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवा पुर्याएबापत गतवर्ष यो पुरस्कारबाट डा लोचन कार्की सम्मानित भएकी थिइन्। रासस
काठमाडौंः विसं २००४ असार १ गते नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको सम्झनामा बिहीबार जयतु संस्कृतम् दिवस मनाइएको छ। तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक विषय अङ्ग्रेजी, विज्ञान, गणित, भूगोललगायत पनि पढ्न पाउनुपर्छ भनी राणा शासकसँग माग राखेर आन्दोलन सुरु गरेका थिए। आन्दोलनमा उत्रेका छात्रावासका विद्यार्थीलाई तत्कालीन राणा सरकारले चारपाटा मुडी चार भञ्ज्याङ कटाएको थियो। …
काठमाडौंः व्यवस्थापिका–संसद्को अर्थ समितिले कर फछ्र्योट आयोग ऐन, २०३३ लाई समयानुकूल बनाउनका लागि तत्काल संशोधन प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर छुट र असुलीमा भएको अनियमितता सम्बन्धमा भइरहेको अनुसन्धानबाट देखिएका दोषीलाई कडा कारबाही गर्न र राजस्व छली भएको रकम तत्काल असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको सभापति…
मुस्ताङः नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा वर्षेनी आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला बिहीबारदेखि सुरु भएको छ। मेला प्रवेशका लागि यसवर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ। दश दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन्। गतवर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो। मेला सञ्चालनका लागि ढुङवासेन…
काठमाडौंः वागमती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनित भएकी छन्। सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको बिहीबार बसेको बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले जानकारी दिए। कोइराला असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ । नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राखेका थिए। आगामी शनिबारको…
बेंसीशहर (लमजुङ) : यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ आउँदै गरेको ग १ ज ६६०२ नंको जिप नेस्याङ गाउँपालिका–१ पिसाङ नजिकै दुर्घटना भएको हो। दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। घाइते सबैलाई उपचारका निम्ति सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा ल्याइएको…
काठमाडौंः संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ। सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक आयव्ययको विवरणमा शिक्षा क्षेत्रका लागि विनियोजित एक खर्ब २६ अर्ब ७८ करोड ६४ लाख ३७ हजार (कुल बजेटको ९.९१ प्रतिशत) मध्ये स्थानीय तहमा शिक्षाका लागि ६० अर्ब ६६ करोड ६४ लाख…
काठमाडौः प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका– संसद्, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तुका सुनिलकुमार चौहानले बिहीबार सर्वोच्चमा रिट दायर गरेक हुन्। रिटमा निवेदनमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित…
स्वीट्जरल्यान्डः राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएकी छन्। जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपतिले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिकस्तरलाई माथि उठाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले जोड दिनुपर्ने बताएकी हुन्। सूचना प्रविधिको क्रान्तिसँगै विश्व श्रम बजारमा ठूलो सङ्ख्यामा महिलाको पहुँच बढेको छ भन्दै उनले…
भक्तपुरः परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइइ) को नतिजा आज प्रकाशित हुने भएको छ। एसइइका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले प्रदेश नं २ को स्थानीय तह निर्वाचन आगामी असोज २ गते तोक्ने भनी गरेको निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप लगाएको छ। पार्टीले सरकारले गरेको सो निर्णय ‘अपरिपक्व र अदूरदर्शी रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नकारात्मक सन्देश जाने’ जनाउँदै त्यो निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित मिति असार १४ मा निर्वाचन गराउन आग्रह गरेको छ। सरकारले…
राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ। राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको तेरौता–७ का ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार…
सुर्खेतः ग्यास चुलो किन्ने विषयमा विवाद हुँदा श्रीमानले प्रहार गरेको लाठी लागेर श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेका हुन्। प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार ग्यास चुलो किन्ने विषयमा मङ्गलबार साँझ उनीहरुबीच विवाद भएको थियो। मादकपदार्थ सेवन गरेका दुवै जनाबीच विवाद बढ्दै गएपछि श्रीमानले श्रीमतीलाई लाठी प्रहार गरेका…
झापाः झापाको मेचीनगरपालिका वडा नम्बर १४ का मतदाताले मेचीनदीमा पुल बनाइदिनेलाई भोट दिने बताएका छन्। पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको यस वडाका वासिन्दाले नदीमा पुुल बनाइदिनेलाई भोट दिने बताएका हुन्। टापुमा करिब ५० परिवारको बसोवास छ। यसअघि आफूहरुलाई पुल बनाइदिने आश्वासन मात्र दिएपनि पुल बनाउने पहल नगरेको उनीहरुले गुनासो गरेका छन्। मेची नदीमा पुल नहुँदा वर्षायाममा तीन…
इटहरीः सुनसरीमा दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदमा उम्मेदवार चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको हो। दलहरुले तुल, ब्यानर टाँग्ने, घरदैलो अभियान र चुनावी सभा गरिरहेका छन्। राष्ट्रिय जनाता पार्टी नेपालले बन्द हड्ताल आह्वान गरेपनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा कायकर्ताहरु घरदैलो पुग्ने होडबाजीमा छन्। कतिपय…
चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन्। बिहान साढे चार बजे आएको हावाहुरीले टहरा भत्काएपछि उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये लालु साह कानुको अवस्था गम्भीर छ भने सर्लाही भगवानपुरका– २९ वर्षीय राजेन्द्रकुमार राय, भारत घर बताउने ३० वर्षीय बसिर मियाँ, ३२ वर्षीय सिकेन्द्र पण्डित, १७ वर्षीय भोलाकुमार बिन…
वासिङ्टनः उत्तर कोरियाले जेलबाट रिहा गरेलगत्तै अमेरिकी विद्यार्थी स्वदेश फर्किएका छन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक विमानबाट बुधबार बिहान उनको निवासस्थान ओहायो पुर्याइएको जानकारी दिएका छन्। उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो। उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो। ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशविरुद्ध…
रुकुमः असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा रुकुमका २७ वटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ। रुकुमका ५ नम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका ३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहेपनि २७ वटा मतदान स्थललाई अतिसंवेदनशील मानिएको प्रहरीले जनाएको छ। जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थानका मतदानस्थल अतिसंवेदनशील मानिएको छ। ती स्थानमा…
नगरकोटः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताएका छन्। भक्तपुरमा आयोजित साक्षात्कारमा अध्यक्ष बिजुक्छेले निर्वाचन अवधिभर आयोग सरकारको नभइ, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताए। उनले सरकारले आयोगको अधिकारमाथिसमेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको आरोप लगाए।रासस
विराटनगरः उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत असार चौध गते हुने ४३ जिल्ला मध्ये ११ जिल्लाको निर्वाचन तेस्रो चरणमा गर्न सकिने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता प्रकट गरेको अवस्थामा तेस्रो चरणमा निर्वाचन गराउन सकिने बताएका हुन्। उनले निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको भन्दै आगामी दिनमा संशोधन प्रस्ताव दुई तिहाइबाट पारित गराउनका…