चितवनः चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन्। चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिए। दाहालले जसले जे गरेपनि हुन्छ भन्ने गलत नजिर बस्ने…
जाजरकोटः विश्वमै लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ। दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिए। भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परेपनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताए। सक्लामा हालै फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उनले…
काठमाडौंः काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको आगलागीमा परी ७० गाई घाइते भएका छन्। नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा दिउसो १ बजे आगो नियन्त्रणमा लिएका थिए। प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर…
नयाँदिल्लीः भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच वर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्वीकार गरेका छन्। पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्वीकार गरेका भारतीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्। उनले माफी दिन गरेका मध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त पनि थिए। इन्डोरको मध्यसहरमा भएको त्यो घटनामा उनीसँगै अरु…
एकराज पाठक काठमाडौंः पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा। तर, यतिखेरको अन्योलको पृष्ठभूमि भने बेग्लै छ । उसँग गल्फ क्षेत्रका आफ्नै छिमेकीले सम्बन्ध विच्छेद गरेकाले नयाँ तनाव जन्माएको हो। यसले कतारको उही केही पुरानो घाउमा बसेको…
काठमाडौंः नेपाल र उत्तर अफ्रिकीमूलुक कोटे डि आइभोरी (आइभरी कोष्ट) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। कोटे डि आइभोरीसँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको बाह्य देशसँगको औपचारिक अन्तर्राष्ट्रिय सम्पर्क एकसय ४६ राष्ट्रमा विस्तार भएको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र कोटे डि आइभोरीका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र क्लाउडे बोहा कामोनले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त सहमतिपत्रमा शनिबार न्यूयोर्कमा आयोजित एक…
विष्णु नेपाल काठमाडौंः काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमी) पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ। उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ। ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ। बहुचर्चित एवम् बहुप्रतिक्षित सो मार्ग पूर्ण रुपमा…
मोरङः मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। ती मध्ये ८१ मतदानस्थल सामान्य र ६५ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन्। मोरङमा ३०० मतदानस्थल छन् । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो। पौडेलका अनुसार सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लाको…
धनगढीः स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा कैलालीका स्थानीय तहहरुमा को विजयी हुनसक्छ भनेर चुनावी जोड घटाउको चर्चा पनि हुन थालेको छ। गत संविधानसभाको चुनावमा दलका उम्मेदवारले पाएको मत, नयाँ थपिएका मतदाता, राजनीतिक दलको सङ्गठनको प्रभाव र उम्मेदवारको लोकप्रियता एवम् क्षमतालगायतलाई आधार मानेर निर्वाचनमा कसले बाजी मार्न सक्छ भनेर नेता कार्यकर्ताबीच जोड घटाउ हुन थालेको हो। चुनावी जोड घटाउमा नेता…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ। पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा जनताको घर दैलोमा पुगेर राजनीतिक गतिविधि सञ्चालन गर्न लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। पार्टीले निर्वाचनमा खटाएका नेताहरुले पार्टीको नीति, विचार, सिद्धान्तलाई जनताका माझ पुर्याएर पार्टीकातर्फबाट…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ। त्यसैगरी, चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी…
दक्षिण कोरियाः चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो वार्षिक बैठक दक्षिण कोरियाको दक्षिणी भूमागमा रहेको एक रिसोर्टमा सुरु भएको छ। उक्त बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक पहिलो पटक दक्षिण कोरियाले आयोजना गरेको हो। शुक्रबार बिहान सुरु भएको बैठकको उद्घाटन दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गरेका छन्। बैठकको उद्घाटन सत्रलाई सम्बोधनगर्दै राष्ट्रपति इनले आफूले बेइजिङ्बाहिर पहिलो…
जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जेनेभामा १०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गरेकी छन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले नेपाललाई आइएलओको गभर्निङ बोर्डमा निर्वाचित गरी सेवा गर्ने अवसर दिएकोमा सम्पूर्ण सदस्य राष्ट्रप्रति हार्दिक आभार प्रकट गरेकी छन्।
जनकपुरधामः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा यादवले निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति नभएको बताए। यादवले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताए। उनले…
बेइजिङः पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीबार भएको विष्फोटमा बम प्रयोग भएको पुष्टि भएको छ। विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका स्थानीय प्रशासनले जनाएको छ। मारिनेमा बालबालिका छन्। विद्यालयको बाहिरपट्टिको सार्वजनिक बाटोमा हिँडिरहेका व्यक्ति पनि घाइते भएका छन् । चिनियाँ प्रहरीले गरेको अनुसन्धानबाट उक्त आक्रमणमा बमको प्रयोग गरिएको पाइएको छ। प्रहरीले अनुसन्धानपछि उक्त विस्फोटक पदार्थ…
मस्कोः रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा स्लामिक स्टेटका प्रमुख पनि परेको आशङ्का गरिएको छ। रुसी सैनिकले भनेको छ उसले गत मे २८ मा सो हमला गरेको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशङ्का छ। बैठकमा हमला हुदा कैयौँ मारिएको उसले जनाएको छ। तर त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्ने बारेमा…
प्रकाश सिलवाल काठमाडौंः अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजामा गतवर्षको तुलनामा यसवर्ष बढी विद्यार्थी सफल भएका छन्। विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो। ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने…
विराटनगरः स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ। मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ। ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने तरिका र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने काम भएको छ। जिल्लाका १७…
पूर्णप्रसाद मिश्र काठमाडौंः सरकारी कार्यालयबीच समन्वय नहुँदा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाइ भएको छ। सडक विस्तारका लागि सरकारी कार्यालयले लगाएको चिह्नअनुसार यसको दायाँबायाँ रहेका भवन भत्काउँन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो। सडकको दायाँबायाँ रहेका विद्युत् र नेपाल टेलिकमको पोल सारिएको छैन भने पोल नसार्दा काठमाडौँ सडक विस्तार आयोजनाले कालोपत्रे गर्न नपाएको आयोजना प्रमुख दीपक केसीले बताए। त्यस्तै, त्रिपुरेश्वरमा उद्योग विभागले…
काठमाडौंः सरकारले कुल १८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ ३० वटा प्रवद्र्धकलाई सर्वेक्षणको अनुमति दिएको छ। सरकारले मिश्रित ऊर्जा प्रणाली जडान गर्ने कार्यलाई अगाडि बढाउने लक्ष्यका साथ पछिल्लोपटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ। जलविद्युत् आयोजनालाई सहयोग पुर्याउने लक्ष्यका साथ सौर्य ऊर्जा प्रणालीको विकास र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउन लागिएको हो। नेपाल…