खोटाङः खोटाङमा नगरपालिका प्रमुखमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन्। रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन्। नेकपा एमालेबाट दीपनारायण रिजाल, नेकपा माओवादी केन्द्रबाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुखका लागि उम्मेदवार बनेका छन्। एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ। …
काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौंंमा कांग्रेसले पराजय भोग्नुपरेको बताएका छन्। नेपाली कांग्रेसकातर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद भएको बताए। उनले भने– “काठमाडौं कांग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ।” उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको…
दुबईः कतार एयरवेजले केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा आफूलाई विकास गरिरहेको छ। लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा सहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समय गल्फमा देखापरिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन । गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई सेवाहरुले दोहालाई प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए। दुबईको एमिरेट्स…
काठमाडौंः व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले सबै स्थानीय तहमा बैंक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएको भन्दै सवै स्थानीय तहमा ‘क’ श्रेणीको बैकको शाखा खोल्न निर्देशन दिएको हो। सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला…
धरानः धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। धरानमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने भएको हो। तीनवटै राजनीतिक दलले धरानको विकास–निर्माण, शान्ति सुरक्षा, सुकुम्बासी समस्या समाधान, सर्दु र सेउतीखोलाबाट बर्सेनि हुने कटान नियन्त्रण, शिक्षा, स्वास्थ्य र खानेपानीलाई चुनावी मुद्दा बनाएका छन्। कांग्रेसले पार्टीका धरान नगरसभापति तिलक राईलाई नगरप्रमुखको उम्मेदवार…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलले एमालेलाई दौडेर जित्ने अवस्था नभएको बताएका छन्। नेकपा एमाले तीन नम्बर प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनमा तीन नम्बर प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए। उनले भने, “अरुले…
सिड्नीः चाइना इस्टर्न विमान सेवाको विमानमा खराबी देखिएपछि अष्ट्रेलियाको सिड्नी विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। विमानको इन्जिनमा ठूलो प्वाल देखापरेपछि विमान अष्ट्रेलियाको सिड्नीमा आकस्मिक अवतरण गरेको हो। सिड्नीबाट चीनको साङ्घाईका लागि आइतबार उड्नासाथै विमानको इन्जिनमा खराबी देखिएको हो। रासस /एएफपी
कोलकाताः दार्जिलिङमा जारी आमहड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्कामा यहाँ आएका स्वदेशी तथा विदेशी पर्यटकले दार्जिलिङ छाड्न थालेका हुन्। केही दिनदेखि जारी आन्दोलन नरोकिएकाले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटक पनि भ्रमण अवधि छोट्याएर फर्कन थालेका छन्। दार्जिलिङ्का हिल रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले सोमबार आमहड्तालको आयोजना गरेको छ। आन्दोलनमा सरकारले…
बाँकेः नेपाली कांग्रेसले बाँकेको कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ। कांग्रेसले कोहलपुर नगरपालिका प्रमुखमा भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। कोहलपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यसअघि नै उम्मेदवार टुंगो लगाइसकेका छन्। एमालेले प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णकुमारी थारूलाई तथा नेकपा माओवादी केन्द्रले प्रमुखमा नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी चौधरीलाई उम्मेदवार…
काठमाडौंः जहाज खरिदका लागि नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन्। सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ। यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो। निगमले…
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी नेपाललगायत आन्दोलनरत राजनीतिक दललाई उम्मेदवार हुने र निर्वाचनको प्रचारप्रसार गर्ने नागरिक अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन्। प्रदेश नं २ को निर्वाचन तयारीको अनुगमन गरेर फर्केपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले आन्दोलन गर्ने लोकतान्त्रिक अधिकार भए पनि निर्वाचनको माध्यमबाटै विद्यमान सबैखाले समस्या समाधान हुने बताए। राजनीतिक दलहरु उम्मेदवारको…
काठमाडौंः भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले गरिबी, अल्पविकास नै दक्षिण एसियाको साझा समस्या भएको बताएका छन्। दक्षिण एसियाको विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सोमबार भारतको राजधानी नयाँ दिल्लीमा सम्बोधन गर्दै राजदूत उपाध्यायले युवा विद्यार्थीललाई यस क्षेत्रका साझा समस्या समाधानका लागि प्रयन्तशील रहन आग्रह गरे। उनले दक्षिण एसियाको साझा हित र चासोका विषयमा अध्ययन गर्न स्थापित दक्षिण एसियाली विश्वविद्यालयको भूमिका शैक्षिक…
बाजुराः बाजुराको विकट बिच्छँया गुम्बा गाउँमा मतदान केन्द्र थपिने भएको छ। गाउँमा मतदान केन्द्र नहुँदा एक दिन हिंडेर मतदाता अर्को गाउँमा जानुपर्ने बाध्यता भएको भन्दै विभिन्न संचारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि जिल्ला निर्वाचन कार्यालयले गाउँमा मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो। गाउँमा मतदान केन्द्र राख्ने निर्वाचन कार्यालयले निर्णय गरेपछि मतदाता खुसी भएका छन्। गुम्बा गाउँमा तीस जना मतदाता छन्।
चितवनः पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सीमा क्षेत्रमा आज बिहान गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैंडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएका हुन्। गैंडाको आक्रमणबाट भण्डारीको छाती र हातखुट्टामा गम्भीर चोट लागेको छ। उनको कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको छ। प्रहरीका…
गुलरियाः मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन्। बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न जनताको घरदैलो अभियानमा होमिएका हुन्। विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार चार भन्दा बढी परिवार विस्थापित भएका छन्।…
टोक्योः बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद्ले नयाँ कानुन पारित गरेको छ। हालै मात्र पारित कानुनले जापानको राजगद्दी आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकिहितोलाई बाटो खुलेको छ। यसअघि, जापानमा आफू जीवित छँदै सम्राट्ले आफ्ना उत्तराधिकारीलाई गद्दी सुम्पन पाउने कानुनी प्राबधान नै थिएन। हाल पारित कानुन सँगसँगै…
बाँकेः नेपाली कांग्रेसले बाँकेका सवै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाएको छ। कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार बनाइएको छ। यसैगरी, पाँचवटै गाउँपालिकाको उम्मेदवार पनि कांग्रेसले टुङ्गो लाएको छ । खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खाँ र उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा…
अच्युत रेग्मी नुवाकोटः साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ। प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै गएका हुन्। क्यानोनिङ विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको छ । नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा तीन वर्षदेखि नेपालका विभिन्न झरनामा क्यानोनिङलाई महोत्सवकै रुपमा मनाउन थालेपछि स्वदेशी…
इटहरीः नेपाली कांग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवार तय गरेको छ। नेपाली कांग्रेस– ३ नम्बर क्षेत्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षका उम्मेदवार घोषणा गरेको हो। दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर रौनियार तथा उपप्रमुखमा कल्पना कार्कीलाई पार्टीले उम्मेदवार बनाएको क्षेत्रीय समितिका सचिव ओम थापाले जानकारी दिए। यसैगरी दुहवी नगरपालिकाका वडा…
तेहरानः इरानले कतारलाई पाँच वटा कार्गो विमानमा खाद्यान्न पठाएको छ। अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाएको हो। इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले पाँच वटा कार्गो विमानमा फलफुल, तरकारीलगायतका ताजा खानेकुरा कतार पठाइएको जानकारी दिए। उनले हरेक विमानले झन्डै ९० टन खाद्यान्न बोकेका र अरु विमान पनि पठाइने बताए। त्यसैगरी, इरानले पानी जहाजबाट ३५०…