PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • नेपाली कांग्रेसद्वारा सुनसरीका सबै तहमा उम्मेदवार चयन

    नेपाली कांग्रेसद्वारा सुनसरीका सबै तहमा उम्मेदवार चयन

    इनरुवाः नेपाली कांग्रेसले सुनसरीको सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ।  पार्टीले जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो। पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ।  धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मीलाई उम्मेदवार बनाइएको छ भने इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेललाई चयन गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार छनोटको विषयलाई लिएर इटहरी कांग्रेसमा विवाद

    उम्मेदवार छनोटको विषयलाई लिएर इटहरी कांग्रेसमा विवाद

    इटहरीः इटहरी उपमहानगरपालिकाको प्रमुखको उम्मेदवारका विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद बढेको छ।  नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग रहेका युवा नेता रोहित प्रसार्इंलाई पार्टीले प्रमुखको  उम्मेदवार बनाएको विरोधमा आक्रोशित कांग्रेस नेता कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन्।  प्रसार्इंलाई इटहरी उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने कांग्रेसका केन्द्रीय नेताले गरेको निर्णय चित्त बुझ्दो नभएकाले निर्णय तत्काल सच्याउन उनीहरुले दबाबस्वरुप पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलले उम्मेदवार टुङ्गो नलगाउँदा विराटनगरका मतदाता अलमलमा

    प्रमुख दलले उम्मेदवार टुङ्गो नलगाउँदा विराटनगरका मतदाता अलमलमा

    विराटनगरः विराटनगर महानगरपालिकामा प्रमुख दलले उम्मेदवार टुंगो नलगाउँदा मतदाता अलमलमा परेका छन्।  दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवार टुंगो नलगाउँदा मतदाता फेरि निर्वाचनको मिति सर्ने हो कि भन्ने अलमलमा परेका हुन्।  नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यको उम्मेदवारको टुंगो लगाएको छ भने नेपाली कांग्रेस, नेकपा एमाले, सङ्घीय…

    विस्तृतमा पढ्नुस्

  • कतारद्वारा आफूमाथि लगाइएको आरोपको खण्डन

    कतारद्वारा आफूमाथि लगाइएको आरोपको खण्डन

    दोहाः कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको खण्डन गरेको छ।  कतारले विज्ञप्तीमार्फत आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै त्यसलाई आधारहीन भनेको छ। उसले आरोपलाई कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ।  कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन्।रासस/एएफपी   

    विस्तृतमा पढ्नुस्

  • १७ महिनापछि भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच कजाकिस्तानमा भेट

    १७ महिनापछि भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच कजाकिस्तानमा भेट

    नयाँदिल्लीः भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच १७ महिनापछि कजाकिस्तानमा भेट भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार साँझ कजाकिस्तानमा भेट भएको हो।  कजाकिस्तानमा जारी साङ्घाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ गएका बेला उनीहरुबीच भेट भएको हो।  उनीहरुबीच यसअघि सन् २०१५ को डिसेम्बरमा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो।  भारतीय विदेशमन्त्रालयका एकजना…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुरथिमिका चोक–चोकमा सिसी क्यामरा

    मध्यपुरथिमिका चोक–चोकमा सिसी क्यामरा

    भक्तपुरः चोरी, डकैतीलगायत आपराधिक घटना नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक–चोकमा सिसी क्यामरा जडान गरेको छ।  मध्यपुरथिमि नगरपालिकाको पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिका विभिन्न चोकमा गरी २० वटा सिसी क्यामरा जडान गरेको हो।  मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्न सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए। सुरक्षाका लागि प्रहरीले बैंक…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर–१९ मा माओवादी उम्मेदवार कांग्रेसलाई मत माग्दै, एमाले मतपत्र च्यात्नेविरुद्धको अभियानमा

    भरतपुर–१९ मा माओवादी उम्मेदवार कांग्रेसलाई मत माग्दै, एमाले मतपत्र च्यात्नेविरुद्धको अभियानमा

    चितवन : भतरपुर महानगरपालिका १९ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले फरक शैलीमा निर्वाचन प्रचारप्रसारमा जुटेका छन्। कांग्रेस र माओवादी संयुक्तरुपमा घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् भने एमालेले मतमत्र च्यात्नेविरुद्ध जनचेतना अभियान भन्दै घरदैलो अभियान सुरु गरेको छ। कांग्रेस र एमाले चार स्थानमा संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन्। सो वडाका माओवादीका वडा अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • इरानको संसद्मा भएको आक्रमणको उत्तर कोरियाद्वारा निन्दा

    इरानको संसद्मा भएको आक्रमणको उत्तर कोरियाद्वारा निन्दा

    प्योङ्गयाङः इरानको संसद्मा गत बुधबार भएको आतङ्ककारी आक्रमणको उत्तर कोरियाले निन्दा गरेको छ।  उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले शुक्रबार इरानका राष्ट्रपति हुसेन रोहानीलाई समवेदना सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका हुन्। किमले सन्देशमा आक्रमणमा मारिएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गरेका छन्।  इरानको संसद् भवन र सर्वोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा भएको आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको थियो।  आक्रमणममा…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक संस्कार बसाल्दा निर्वाचनमा कमजोर भयौं : प्रचण्ड

    राजनीतिक संस्कार बसाल्दा निर्वाचनमा कमजोर भयौं : प्रचण्ड

    सोलुखुम्बुः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भएपनि देशमा राजनीतिक संस्कार बसालेको दाबी गरेका छन्।  सोलुखुम्बुको सोताङ गाउँपालिकामा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो कार्यकालमा दैनिक १८ घण्टा खटेर राजनीतिक संस्कार बसाल्न सफल भएको भन्दै संस्कार बसाल्दा निर्वाचनमा आफूहरु कमजोर हुन पुगेको दाबी गरे।  उनले एमाले, कांग्रेस नयाँ संरचनामा निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • विकास समितिको निर्देशन : ट्राफिक प्रहरीलाई १५ प्रतिशत कमिसन नदेउ

    विकास समितिको निर्देशन : ट्राफिक प्रहरीलाई १५ प्रतिशत कमिसन नदेउ

    काठमाडौंः व्यवस्थापिका संसदको विकास समितिले सडक नियम उल्लंघन गर्नेबाट असुल गरेको जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने व्यवस्था हटाउन सरकारलाई निर्देशन दिएको छ।  आज बसेको समितिको बैठकले राजस्व उठाएको १५ प्रतिशत भत्ता दिंदा सर्वसाधारणमा नकारात्मक प्रभाव परेको ट्राफिक प्रहरीबाटै गुनासो आएकाले जोखिम र विशेष भत्ताको व्यवस्था गर्न निर्देशन दिएको हो।  त्यस्तै बैठकले पैदल यात्रुका लागि सडक पेटीको व्यवस्था गर्न…

    विस्तृतमा पढ्नुस्

  • भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

    नुवाकोट : सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँको विदुर नगरपालिका–२ काफलडाँडास्थित भीरबाट लडेर आज मृत्यु भएको छ। दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। गणबाट बिदामा विदुर नगरपालिका–२ स्थित सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार आएका बानियाँ आज कार्यालय फर्कने क्रममा काफलडाँडामा…

    विस्तृतमा पढ्नुस्

  • दाहाल निवासमा पुगे प्रम देउवा, रणनीतिक भेटमा के भयो कुराकानी?

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी (राजपा)लाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ।      प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ उनीहरुबीच भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो पहल गर्ने विषयमा छलफल भएको थियो।    …

    विस्तृतमा पढ्नुस्

  • छिमेकीले किन गरे ९ वर्षीयाको हत्या?

    सुरुङ्गा (झापा) : दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ।    इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।  दिदीलाई जबर्जस्ती गर्न खोज्दा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन गृहमन्त्रीको निर्देशन

    राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन निर्देशन दिएका छन्।   विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले विभागका काम कारबाहीलाई प्राथमिकीकरण गरी परिवर्तित प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षामा सहयोग पुग्ने सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कनसहित सम्प्रेषण गर्न विभागीय अधिकृत तथा कर्मचारीलाई निर्देशन दिए।  उनले विभागका कर्मचारीको व्यावसायिक दक्षता र क्षमतामा अभिवृद्धि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकलौटी जित

    काठमाडौं महानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकलौटी जित

    काठमाडौँ : काठमाडौँ महानगरपालिकामा आज नगर कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गरे। काठमाडौँ नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसङ्ख्यकमध्येबाट तीन जना गरी आठ जना सदस्यको छनोटका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको हो। वैशाख ३१ गते सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • ठाडोभाका शिरोमणि भेडीखर्के साँइला सम्मानित

    ठाडोभाका शिरोमणि भेडीखर्के साँइला सम्मानित

    बेंसीसहरः साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साँइला) लाई सम्मान गरिएको छ।  हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषले अधिकारीलाई सम्मान गरेको हो। लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वद्र्धनमा विशेष योगदान पुर्याएबापत ८४ वर्षीय अधिकारीलाई सम्मान गरिएको हो।  उनलाई शुक्रबार सुन्दरबजारमा आयोजित कार्यक्रममा लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले सम्मान गरे। …

    विस्तृतमा पढ्नुस्

  • पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

    पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

    नयाँ दिल्ली: भारतको एउटा पटाका कारखानामा विनाशकारी विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ। बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएको र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। भारतको मध्य भागमा पर्ने मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा घटना भएको ती सञ्चार माध्यमहरूले जनाएका छन्। आगलागी भएको झन्डै दुई घण्टापछि…

    विस्तृतमा पढ्नुस्

  • झापामा नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

    झापामा नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

    झापाः झापाको दमक नगरपालिकामा बुधबार साँझ एक बालिकाको हत्या भएको छ।  दमक नगरपालिका–४ का हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको हत्या भएको हो। कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले उनकै माइली दिदी १७ वर्षीया मञ्जु दाहालसहित चारजनालाई नियन्त्रणमा लिएको छ। बालिका…

    विस्तृतमा पढ्नुस्

  • मत बदर हुने चिन्तामा बैतडीका मतदाता

    मत बदर हुने चिन्तामा बैतडीका मतदाता

    बैतडीः करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा बैतडीका ग्रामीण क्षेत्रका मतदाता खुसी भएपनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन्।  मतपत्र ठूलो भएको तथा मतदाता शिक्षाका लागि गाउँमा अहिलेसम्म कोही पनि नआएकाले मत बदर हुने हो कि भन्ने उनीहरुलाई चिन्ता लागेको हो। डिलाशैनी–१ की जानकी रानाले भनिन्,‘मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही आएका छैनन् कसरी…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

    करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

    मोरङः मोरङको धनपालथान गाउँपालिका–४ हरकपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर बुधबार साँझ ५५ वर्षीय फुलचन साफीको मृत्यु भएको हो। बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो ।  करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell