काठमाडौंः द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित सत्य निरुपण तथा मेलामिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ऐन संशोधन नहुँदा द्वन्द्वकालीन न्याय निरुपणमा ढिलाइ भएको गुनासो गरेका छन्। व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा दुवै आयोगका अध्यक्षले ऐन संशोधनमा भएको ढिलाइ र स्रोतसाधनको कमीका कारण काम गर्न अप्ठ्यारो भएको भएको गुनासो गरेका हुन्। सत्य निरुपण तथा मेलमिलाप आयोगका…
लण्डनः बेलायतको प्रहरीले लण्डन ब्रिज आक्रमणको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। पूर्वी लण्डनको इल्फोर्ड उपनगरबाट ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ। गत शनिबार भएको आक्रमणको इस्लामिक स्टेट्ले जिम्मा लिएको थियो । आक्रमणको आरोपमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्। लण्डनका दुई स्थानमा भएको आक्रमणमा सात जनाको मृत्यु हनुको साथै ४८ जना घाइते भएका थिए । लण्डन ब्रिजमा एउटा गाडीले…
काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताएका छन्। गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट नदिइने बताए। उनले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने,…
नयाँदिल्लीः भारतको एउटा पटाका कारखानामा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ। बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएका र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा घटना भएको बताइएको छ। आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगो नियन्त्रण भएको थियो। विस्फोटनको कारणका बारेमा…
तेहरानः इरानको संसद भवन र सर्वोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार आतंककारी आक्रमणबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरानको आपत्कालीन प्रमुखलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हतियारधारी आक्रमणकारी संसद भवनभित्र छिरेर गोली प्रहार गरेको एक सांसदले जानकारी दिएका छन्।…
धादिङः धादिङको गजुरीबाट प्रहरीले ७० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। गजुरीबाट नारायणगढ गइरहेको ना ६ ख १३७ नम्बरको ट्रकबाट प्रहरीले चरेश बरामद गरेको हो। पृथ्वीराजमार्गको बेनिघाट बजारमा रोकेर खानतलासी गर्दा ट्रकमा चरेश फेला परेको थियो। प्रहरीले ट्रक चालक कृष्णबहादुर राई र सहचालक आयुष लामालाई पक्राउ गरेको छ। चालक कृष्णबहादुर यसअघि पनि लागूऔषध ओसारपसार मुद्दामा दुई वर्ष कैद भुक्तान…
बैतडीः चट्याङले बैतडीका विभिन्न ठाउँका सात वटा ट्रान्सफर्मरमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले बैतडीका देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात वटा ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए। त्यस्तै, चट्याङले अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा…
चितवनः चितवनको कुरिनटारमा ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चितवनको मुग्लिनबाट काठमाडौं गइरहेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो। ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिंएर दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। घाइते मध्ये ट्रक चालक विनोदकुमार साहको अवस्था भने गम्भीर छ। रासस
माल्टाः जोसेफ मस्कट दोस्रो पटक माल्टाको प्रधानमन्त्री भएका छन्। संसदीय निर्वाचनमा ५५ प्रतिशत मत ल्याई लेबर पार्टी विजयी भएपछि मस्कटले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि सोमबार सपथ लिएका छन्। प्रधानमन्त्री मस्कटले सपथपछि समलिङ्गीबीच विवाह गर्ने कानुनको निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आगामी केही हप्तापछि संसद बैठक बोलाइने र बैठकले समलिङ्गीलाई विवाह गर्न पाउने अधिकारको व्यवस्था कानुनी रुपमा गर्ने प्रतिबद्धता जनाएका…
गुल्मीः आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्। मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री एकै पदमा उम्मेदवार बन्ने भएका हुन्। दाजु यमबहादुर खत्री नेपाली कांग्रेसकातर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमालेकातर्फबाट उम्मेदवार बन्ने भएका हुन्। एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार…
बग्दादः संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ) ले पश्चिमी मोसुलमा जारी सुरक्षा कार्वाहीका कारण एक लाख इराकी बालबालिका जोखिममा परेका बताएको छ। युनिसेफले अतिवादी इस्लामिक स्टेट(आईएस)लडाकूविरुद्ध सरकारी सुरक्षा कार्वाहीका कारण एक लाख बालबालिका जोखिममा परेका बताएको हो। कतिपय स्वास्थ्य सेवा तथा अस्पतालहरुमासमेत आक्रमण भइरहेको युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भिडन्तका क्रममा बालबालिकालाई मानव ढालकारुपमा प्रयोग गरिएको भन्दै उसले उनीहरुको जीवन रक्षाका लागि…
भक्तपुरः भक्तपुरका तीन नगरपालिकाको कार्यपालिका गठन भएको छ । मध्यपुरथिमिको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। महिलाबाट अरुणा कारञ्जित, बिनु केसी, मीरा खड्का, रमिता जिमा (सांय) श्रेष्ठ, र सुजाता वादे तथ दलित वा अल्पसङख्यकबाट चन्द्रवती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएका छन्। भक्तपुर नगरपालिकामा भने महिला सदस्यका लागि नेमकिपाको मात्र…
संयुक्त अरब इमिरेट्सः अरबी मुलुकहरुले कतारसँग तोडेको कुटनीतिक सम्वन्धलगायतका समस्या समाधानका लागि कुवेतले चासो देखाएको छ। कुवेतका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका शासक अमीर शेख तामिम बिन हमाद अल थानीसँग समस्या समाधानका लागि कुराकानी गरेका छन्। बिग्रिएको सम्बन्ध पुरानै स्थितिमा फर्काउन कुवेतले सक्दो प्रयास गर्ने र संकटकाबारेमा कतारका कुनै पनि नेता वा अधिकारीलाई मुख नखोल्न…
काठमाडौंः राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ। ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु गर्न सहज भएको हो। बैंकले अर्थ मन्त्रालयलाई पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्थ मन्त्रालयका उपसचिव युवराज पाण्डेले जानकारी दिए। विमानस्थल निर्माणको अब सबै प्रक्रिया पूरा भएको छ। मन्त्रालयकाअनुसार २१…
सिन्धुलीः सेवाग्राहीसँग घुस लिंदै गर्दा सिन्धुलीमा दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले सोलार जडानका लागि सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोलाकुमार आले र फिकल गाउँपालिकाका कार्यकारी अधिकृत सतीश भट्टराईलाई पक्राउ गरेको हो। इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। आलेलाई एक लाख…
काठमाडौंः स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा आइपर्ने चुनौतीलाई स्वीकार्न कर्मचारीलाई आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य क्षेत्रका बेथितिलाई हटाउन चुनौतीलाई स्वीकार गर्नुपर्ने बताए। उनले अहिले मन्त्रालयले गर्ने हरेक निर्णय र काममा राजनीतिक दललगायत सबैको ध्यान केन्द्रीत गरिरहेकाले सुरु गरिएको कामलाई निरन्तरता दिन आग्रह गरे। उनले भने,‘स्वास्थ्यमा पहिले नै धेरै अभूतपूर्व कामहरु…
काबुलः अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान विद्रोही समूहलाई शान्ति या युद्ध मध्ये एकलाई रोज्न आग्रह गरेका छन्। राजधानी काबुलमा आयोजित अन्तरराष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले तालिवान विद्रोही समूहसँग अब शान्ति वा युद्ध मध्ये एक रोज्ने अन्तिम अवसर भएको बताए। उनले भने,‘कि शान्ति ग्रहण गर्नुपर्यो, नभए युद्धको परिणाम भोग्न तयार हुनुपर्यो।’रासस/एएफपी
गोरखाः पूर्वयुवराज्ञी हिमानी शाहले गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गरेकी छन्। छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिए। त्यसक्रममा गोर्खा दरबारका कर्मचारीहरुले उनीहरुलाई बाजागाजासहित स्वागत गरेका थिए ।रासस
धादिङः पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। भैरहवाबाट काठमाडौं गइरहेको लु १ ज २६७४ नम्बरको माइक्रोबसको ठक्करबाट थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियारको मृत्यु भएको छ भने अर्का मृतकको भने सनाखत हुन सकेको छैन। माइक्रोबसको ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ। पैदलयात्रुलाई ठक्कर…
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीनले बधाई दिएको छ। नेपालका लागि चिनियाँ राजदूत यु होङ मंगलबार साँझ देउवा निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरिन्। …