सोलः संयुक्त राष्ट्रसङ्घले प्योङयाङविरुद्ध लगाएको नाकाबन्दीलाई ‘तुच्छ’ गतिविधि भएको भन्दै उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई अघि बढाउने जनाएको छ। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अमेरिकाद्वारा तयार पारिएको सङ्कल्प प्रस्तावलाई शुक्रबार एकमतले पारित गर्दै उत्तर कोरियाका केही उच्च अधिकारी तथा संस्थामाथि लक्षित गरी प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। प्रस्तावमा प्योङयाङको संदिग्ध जासुस प्रमुख, १३ अन्य अधिकारी र चार वटा…
भक्तपुरः भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेको जग्गा किर्ते गरी ठगी गर्ने १२ जनालाई कैद र जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले १० जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो। अदालतले ठगी गर्ने कार्यका मुख्य दोषी अरुणकुमार पराजुली र उनकी श्रीमती प्रतिभाञ्जली पोखरेललाई जनही दुई/दुई वर्ष कैद र ४८/४८ लाख रुपैयाँ जरिवानाको…
इजिप्टः फिलिपिन्सको मनिलास्थित क्यासिनोमा गरिएको आक्रमणको इस्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले जिम्मेवारी लिएको छ। आइएसद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस समूहका एक लडाकूको प्रत्यक्ष संलग्नतामा होटलमा आक्रमण भएको जनाएको छ। शुक्रबार एक बन्दुकधारीले क्यासिनोमा गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको थियो।रासस/एएफपी
बागलुङः बागलुङको ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन्। तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको निर्वाचनबाट नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन्। दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार निर्वाचित भएका छन्। महिला सदस्यतर्फ ताराकुमारी पुन, छवि विक, शान्ति विक, बेलकुमारी छन्त्याल र धनिमला विक निर्वाचित भएका छन्। त्यस्तै, काठेखोला…
भीमदत्तनगरः हिम पहिरोमा परी दार्चुलामा एक जना यार्सा सङ्कलकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। यार्सा सङ्कलनका क्रममा बिहीबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरोमा परी बैतडीको चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको हो। प्रहरीका अनुसार हिमपहिरोमा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर घाइते भएका छन्। यार्सा सङ्कलन गर्न बोहरा गत महिना दार्चुला गएका थिए।…
लण्डनः बेलायतको प्रतिपक्षी लेवर पार्टीले प्रधानमन्त्री थेरेसा मेले अमेरिकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएको भनी कडा आलोचना गरेको छ। लेवर पार्टीका जेरमी कर्विनले प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपतिको निर्णयलाई कडा आलोचना गर्न नसकेको आरोप लगाए। कर्विनले भने,‘बेलायती प्रधानमन्त्री मेलाई हाम्रा अन्तर्राष्ट्रिय साझेदार राष्ट्रसँग एक भएर आलोचना गर्ने मौका दिइएको थियो तर उहाँ डोनाल्ड ट्रम्पबाट उपयोग हुनुभयो।’ अमेरिकाले…
सोलुखुम्बुः हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि सगरमाथा आधारशिविर सुनसान देखिएको छ। सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर सुनसान देखिएको हो। आरोहणको मुख्य मौसम (चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म) आधारशिविर आरोहीले भरिएका हुन्छन्। अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेका एसपीसीसीका…
संयुक्त राष्ट्रसङ्घः संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई थप प्रतिवन्ध लगाएको छ। उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला राष्ट्रसंघले थप प्रतिवन्ध लगाएको हो। अन्तरर्राष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्नेसहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले अनुमोदन गरेका हुन्। चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफल उनीहरुका बीचमा भएको सहमति अनुसार सुरक्षा…
लहानः दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिरहाका ६ नगरपालिका र ९ गाउँपालिकाका प्रमुख/अध्यक्ष पदमा उम्मेदवार चयन गरेको छ। एमाले सिरहाका अध्यक्ष प्रमोद यादवकाअनुसार लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखिपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाइएको छ। त्यसैगरी, कल्याणपुर नगारपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताएकी छन्। नेपाल क्यान्सर अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्न परिरहेको उल्लेख गरिन्। कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु…
काठमाडौँ : नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ। एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो। सो महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा…
काठमाडौंः ऊर्जामन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको दाबी गरेका छन्। प्रेस सेन्टरले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारले गरेका कामको जनतासम्म सही सूचना पुग्न नसक्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादीको सोचेअनुसारको नतिजा आउन नसकेको दाबी गरे। पार्टीले जनताका पक्षमा जायज र सार्थक काम गरेको…
दमासकसः सिरियामा सरकारी सेनाको कार्वाहीमा स्लामिक स्टेटका ७० लडाकु मारिएका छन्। आइएसविरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा २४ घण्टामा कम्तीमा ७० लडाकु मारिएका सेनाले दाबी गरेको छ। डेइर अल जोउरका चार ठाउँमा आइएस लडाकुलाई लक्षित गर्दै सिरियाली सेनाले हवाई तथा स्थल आक्रमण गरेको थियो। आक्रमणमा सेनाले आइएस लडाकुले लुकाई राखेका हातहतियार र ट्याङ्कसमेत नष्ट गरिदिएको छ। रासस/सिन्ह्वा
दोलखाः दोलखाको वैत्यस्वर गाउँपालिकामा सडक निर्माणको क्रममा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सडक निर्माणका क्रममा डोजर भिरबाट खस्दा डोजरका सहचालक नुवाकोटका श्याम राईको घटनास्थलमै मृत्यु भएको हो। सडक खन्ने क्रममा डोजर करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस
काठमाडौंः गर्मी बढेसँगै उपत्यका आसपासका पौडी पोखरीमा पौडी खेल्न जानेको संख्या बढ्न थालेको छ। अझ बिदाको दिनमा पौडी पोखरीमा पौडी खेल्न जाने युवायुवती र बालबालिको संख्या ह्वात्तै बढेको छ । काठमाडौंको चोभारस्थित होपी ल्याण्डमा शनिबार पौडी खेल्दै युवायुवती र बालबालिका । तस्वीरः रोशन सापकोटा, रासस
काठमाडौंः नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि समर्थन गर्न आग्रह गरेको छ। पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलका सभापतिको नेतृत्वमा गठन हुन गइरहेको सरकारलाई सहयोग गर्न आह्वान गर्दै सबै राजनीतिक दललाई पत्र पठाइएको पार्टीका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए। आइतबार संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने विश्वास व्यक्त गर्दै…
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले कानुन अनुसार नै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आयोगले पुनः मतदान गर्ने निर्णय गरेको बताएका छन्। आयोगको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले व्यवस्थापिका–संसद्ले बनाएको स्थानीय तहको कानुनको दफा ४९ र ५० लाई आधार मानेर आयोगले निर्णय गरेकाले यसमा विवाद नगर्न आग्रह गरे। उनले च्यातिएका ९० वटा मतपत्रलाई बन्दमा नराखी पुनः मतदानमा…
वालिङः राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले संयुक्तरुपमा पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा पार्टी जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले केन्द्रीय नेतृत्व सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्ता लोलुपतामा लागेकाले पार्टीको साधारण सदस्य पनि नरहने गरी…
तेह्रथुमः जिल्ला सुरक्षा समितिले तेह्थुमका १३ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिले संवेदनशीलको सूचीमा राखेको छ। जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार लालीगुराँस नगरपालिकाका जनजागरण आधारभूत विद्यालय र सिंहवाहिनी मावि मतदान केन्द्र, फेदाप गाउँपालिकाका पञ्चकन्या मावि र सिद्धगणेश मावि मतदान केन्द्र तथा मेन्छ्यायेम गाउँपालिकाका शारदा मावि, कालिका आधारभूत विद्यालय र जनप्रिय मावि मतदान केन्द्र संवेदनशील घोषणा भएका छन्। यस्तै, फेदाप गाउँपालिकाका पञ्चकन्या…
दमकः जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एकजनाको मृत्यु भएको छ। हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको हो। राति जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा आज बिहान देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। रासस