अङ्काराः टर्कीको सिनाक प्रदेशमा टर्की सेनाको हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको छ। सिनाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। स्थानीय समय अनुसार बुधबार राती उडेको हेलिकप्टर केही समयमै ‘हाइभोल्टेज’का कारण दुर्घटना भएको थियो। टर्कीका रक्षामन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका छन्। रासस/सिन्ह्वा
वीरगञ्जः राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ द्रुत मार्ग निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यापारीले लिएका छन्। पहाड र हिमाललाई तराईसँग जोड्ने द्रुत मार्गको निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेटमार्फत १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ। नेपालको लाइफ लाइनको रुपमा रहेको मार्गको निर्माणसँगै यस क्षेत्रमा रहेका उद्योग, कलकारखानाको…
मनिलाः फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणका क्रममा ११ सैनिकको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले जनाएको छ। सहायक रथी रेष्टीटुटो पाडिल्लाले पत्रकार सम्मेलनमा भने,‘यो एउटा ‘फ्रेण्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो।’ रक्षा सचिव डेल्फिन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै…
सोलः दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई नियुक्त गरेका छन्। उनले राष्ट्रिय अनुसन्धान सेवा नेशनल इन्टेलिजेन्स सर्भिस(एनआइएस) का तीन रिक्त उच्च पदहरुमा नियुक्त गरी देशको जासूसी संस्थालाई पूर्णता दिएका छन्। नियुक्ति पाउने तीन जनामा पाकिस्तानका लागि दक्षिण कोरियाली राजदूतको पदमा कार्यरत सु डोङ–गुलाई फिर्ता बोलाई एनआइएसको प्रथम उप–निर्देशक, क्षेत्रीय एनआइएसका पूर्वप्रमुख किम् जून ह्वाङलाई द्वितीय उप–निर्देशक…
चितवन : भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा प्रतिवेदन बुझाएको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा प्रतिवेदन दर्ता गराएको हो। मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको…
भीष्मराज ओझा - काठमाडौं : पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ। स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ। गाउँसभा र नगरसभालाई अर्को शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ। स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा सो गाउँ वा…
भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेको समूह नै विजयी भएको छ। वडा अध्यक्षमा एमालेका परासर सापकोटा एक हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरेका छन्। त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्की एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजु…
कोलम्बोः श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको विपद व्यवस्थापन निकायले जनाएको छ। बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन्। उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यरत सयौं तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ। बाढीले करिब दुई…
उदयपुरः दोस्रो चरणको निर्वाचनका लागि उदयपुरमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा उम्मेदवार छनौट गरेका छन्। एमालेले त्रियुगा नगरपालिकाको मेयरका लागि बलदेव चौधरी र उपमेयरमा सृजना दनुवारलाई उम्मेदवार बनाएको छ। त्यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ मेयर र उपमेयरमा भीमकुमारी राउत, बेलका नगरपालिकाको मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा राजकुमारी चौधरी तथा…
डडेल्धुराः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। आकांक्षी धेरै हुँदा कांग्रेसलाई उम्मेदवार छनौटमा समस्या भएको हो। कांग्रेसभित्र पञ्चायतकालदेखिका नेता कार्यकर्ता उम्मेदवारका आकांक्षी देखिएका छन्। ६ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल नमिल्दा उम्मेदवार छनौट अन्यौलमा परेको नेताहरुले बताएका छन्। कांग्रेसले अहिलेसम्म पर्शुराम नगरपालिकाको मेयर र उपमेयरको मात्र टुङ्गो…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिटो छिटो सत्तामा पुग्ने चाहनाले दिगो आर्थिक विकासमा बाधा पुर्याइरहेको बताएका छन्। इन्टरनेसनल कन्सर्न सेन्टरद्वारा राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी राजनीतिक दललाई पार्नुपर्ने बताए। उनले भने,‘पानीबिनाको माछाजस्तो हुनुभएन, देशको समृद्धिका लागि सत्ता स्वार्थ त्याग्नुपर्यो ।” रासस
चितवन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका बाह्रसिङ्गे बचाउन कठिन देखिएको छ। चितवनमा स्थानतरण गरिएको सात बाह्रसिङ्गेमध्ये तीन वटा मरिसकेका छन्। अब चार वटा बाँकी बचेका छन्। बाह्रसिङ्गे हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार यही जेठको पहिलो साता थप एउटा बाह्रसिङ्गे मरेको छ। किन मरे बाह्रसिङ्गे? शुक्लाफाँटाबाट ल्याएलगत्तै दुई बाह्रसिङ्गे मरेका थिए। उनका…
भीमदत्तनगरः बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको कार्गो जहाज दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ। अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ जहाज कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटना भएको थियो। दुर्घटनामा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन्। गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका…
रियो डि जानेरियोः उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ भने ४८ हजार विस्थापित भएका छन्। बाढीबाट पेर्नाम्बु प्रदेश बढी प्रभावित भएको छ । त्यहाँ दुई जनाको मृत्यु हुनुको साथै ४४ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी, दुई हजार ६०० घरमा क्षति पुगेको र १५ वटा सहरलाई संकटको घोषणा गरिएको छ । …
मरावीः फिलिपिन्सको दक्षिणी सहरको केही भाग कब्जा गरेका इस्लामिस्क स्टेटको समूहलाई फिलिपिन्सका अधिकारीले आत्मसमर्पण गर्न आह्वान गरेका छन्। सो सहरमा इस्लामिक स्टेट र सरकारी सुरक्षाबलबीच जारी भिडन्तका कारण फसेका सर्वसधारणको उद्दारका लागि सरकारले आत्मसमर्पण गर्न आइएस लडाकुालाई आह्वान गरेको हो। सैनिक प्रवक्ता विग्रडिएर–जनरल रेस्टिटुटो पाडिल्लाले डिजेडबीबीले उनीहरुलाई आत्मसमर्पणको मौका दिएको बताए। त्यसैगरी, गत हप्तादेखि सुरु भएको भिडन्तका कारण मरावीका दुई…
काठमाडौंः साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु शिवपुरका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो। साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा…
बग्दादः इराकको बग्दादस्थित एउटा चर्चित आइसक्रिम पसलमा आत्मघाती बम हमला हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा राति भएको हमलामा अरु ७५ जना घाइते भएका छन्। विस्फोटमा परी अधिकांश मुस्लिम महिला र बालबालिका घाइते भएका छन्। मुस्लिम समुदायको महान पर्व रमजानको उपवाससहितको ब्रत सुरु भएलगत्तै आक्रमणकारीले आक्रमण गरेका हुन्। हमलाको इस्लामिक स्टेट (आईएस) लडाकू…
काठमाडौः सर्वोच्च अदालतले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था नगर्नुको कारणसहित लिखित जवाफ सरकारसँग माग गरेको छ। न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेशसहित अग्राधिकार दिएर लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई विपक्षी बनाई अधिवक्ता तुलसी सिम्खडाले जेठ १४ गते चार महानगरपालिका, १३ उपमहानगरपालिका र…
जर्मनः जर्मन चान्सलर एन्जेला मर्केलले बेलायतको युरोपियन युनियन (ईयू) बाट भएको बहिर्गमन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपछि युरोपले आफ्नो भाग्यलाई आफ्नो हातमा नै लिनुपर्ने बताएकी छन्। दक्षिणी जर्मनीको म्युनिक सहरमा आयोजित र्यालीका सहभागीलाई सम्बोधन गर्ने क्रममा मर्केलले अब हामी पूर्णतया अरूसँग आश्रित हुने समय नरहेको र त्यो कुरालाई केही दिनदेखि आफूले अनुभूत गर्न थालेको बताएकी हुन्। उनले भनिन्,“हामी युरोपवासीले साँच्चै…
भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मा नेपाली कांग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् । उनले एक हजार ७१ मत प्राप्त गरे भने निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका थिए। त्यसैगरी, दलित महिला सदस्यमा कांग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए। महिला सदस्यमा भने एमालेकी दुर्गा…