कोलम्बोः श्रीलङ्कामा बाढी पहिरोका कारण पाँच लाख व्यक्ति विस्थापित भएका छन्। सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १२२ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढी पहिरो…
काठमाडौंः सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। दुर्घटनाबारे विस्तृत छानबिन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगका सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एयरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ् एयरका वरिष्ठ ईन्जिनियर दीगम्बर राजभण्डारी र सदस्य…
धादिङः धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आइतबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन्। स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नंको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएका उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले जानकारी दिए। बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। घाइतेको जिल्ला अस्पतालमा…
गोरखा : गोरखाको पालुङटार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै निधन भएको छ । चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो । घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३५ वर्षीय रामबहादुर लामाको आज दिउँसो घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
काठमाडौं : साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन्। आज यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तर्संवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए। उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए। साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि…
सिरियाः सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको छ। रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे केही बताइएको छैन। साना न्यूज एजेन्सीले मेसिनगनले…
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा शनिबार आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम (एनभिभिएम)का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गरेका प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले नवीकरण गरिएको हो…
भक्तपुरःनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैंमा निर्वाचनमा जित हासिल गर्नुसरह भएको बताएका छन्। नेमकिपा सूर्यविनायक नगर समन्वय समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष बिजुक्छेले झुटो आश्वासन बाँडेर वा पैसा, जागिर, लोभलालच देखाएर चुनाव जित्नुभन्दा कम मत आएपनि इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लड्नु पनि नैतिक विजय भएको बताए। कम मत…
भक्तपुर : मतगणना रोकिएको ६ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा (एमाले)को समूह विजयी भएको छ। आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण-४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ। महर्जनले एक हजार २६९ मत प्राप्त गरे। उनका निकटतम प्रद्विन्द्वी नेपाली कांग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गरे। विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित…
तिलोत्तमा : यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन्। बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन्। नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी गराइएको छ।…
कोलम्बोः श्रीलङ्कामा भीषण मनसुनी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा ९१ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा अन्य ११० जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका एक उच्च अधिकारीले बाढीपहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौँ विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएको जानकारी दिएका छन्।रासस/एएफपी
कायरो : इजिप्टको दक्षिणी मिन्था प्रान्तमा एक अज्ञात बन्दुकधारीको समूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीमाथि आक्रमण गर्दा कम्तीमा २५ जनाको मत्यु छ भने २३ जना घाइते भएका छन्। दुई वटा कारमा आएको करिब १० जनाको समूहले कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्रीतर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाएको थियो। बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका…
काठमाडौंः व्यवस्थापिका संसद् बैठक सुचारु गराउन नेकपा एमाले सहमत भएको छ। सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो । बैठकमा सहभागी…
इलामः नेकपा माओवादी केन्द्रले इलामका चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ। माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार बनाएको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले जानकारी दिए। त्यस्तै, सूर्योदय नगरपालिकाको प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा…
काठमाडौंः २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा शनिबार दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी २००६ सालमा लमजुङको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गरेका अधिकारीको सम्झना गरिएको हो । लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेलेका थिए। अधिकारी २०१५ सालमा…
अफगानिस्तानः अफगानिस्तानको पुर्वी सहर खोस्टमा गरिएको आत्मघाती कार बम हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन्। सुरक्षाकर्मी आफ्नो शिविरतर्फ गइरहेको बेला ट्याक्सी पार्क गर्ने ठाउँ नजिकै कार बम हमला भएको थियो। घटनामा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन्। घटनास्थल पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्दछ। घटनाको अहिलेसम्म कुनै…
काठमाडौंः काठमाडौं–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) को आइतबारदेखि औपाचारिकरुपमा निर्माण सुरु हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बाराको निजगढको सुरु विन्दुमा विधिवत् शिलान्यास गर्ने कार्यक्रम छ । सिलान्यासपछि द्रुतमार्गको औपचारिक निर्माण सुरु हुनेछ। काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किलोमिटर दुरीको द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गर्न लागेको हो। …
सोलुखुम्बुः गोमा एयरको कार्गो विमान सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ। विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिए पनि घटनाबारे अरु विवरण आएको छैन। रासस
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्। विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका नेता कार्याकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि एमालेलाई पहिलो पार्टी बनाउने दावी गरे। कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री समिम मियाँसहित विभिन्न दलका नेता…
पोखराः पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली कांग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन्। एमालेकातर्फबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी भएका छन् । एमालेले २० वडामा समूहसहित र दुई वडामा वडा अध्यक्ष जितेको छ । त्यस्तै, कांग्रेसले सात वडामा समूह र चार वडामा वडा अध्यक्ष जितेको छ। एमालेले समूह जितेका वडा नं मा १,…