पोखराः पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । महानगरको २६ नम्बर वडा अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गरेका छन् । वडाको महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा…
ब्राजिलः ब्राजिलमा दशौं हजारको जुलुसले सरकारबिरुद्ध बिशाल प्रदर्शन गरेको छ । आन्दोलनकारी र प्रहरीबीचका ठाउँठाउँमा भीडन्तहरु भएका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि प्रमुख मन्त्रालयहरु बन्द गरिएका छन् । राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन्। प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजीनामा वा बरखास्ती रहेको छ। राजधानी…
काठमाडौंः संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकमा सांसदहरुले निजगढ विमानस्थल निर्माण सुस्त भएको भन्दै त्यसलाई छिटो अघि बढाउन माग गरेका थिए । बैठकले विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय…
नेपितः म्यानमारको जारी शान्ति प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ । राजधानी नेपितमा सुरु भएको वार्तामा विभिन्न छ वटा कार्यपत्रमा छलफल हुनेछ। बुधबार औपचारिक रुपमा उद्घाटन भएको वार्तामा बिहीबारदेखि छलफल सुरु भएको छ। वार्तामा म्यानमारमा युद्धरत विभिन्न १५ वटा जातीय समूहको प्रतिनिधित्व रहेको छ। वार्तामा विगतमा शान्ति प्रक्रियाको निरन्तरता र पूर्णताका लागि जातीय विद्रोहीले अघि सारेका मागका विषयमा छलफल हुने…
लन्डनः बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ। सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमको अन्त्यमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित बम बिस्फोट भएको थियो । घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको अस्पतालमा उपचार भइरहेको छ…
कालीकोटः कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका धिरबहादुर विष्ट विजयी भएका छन् । विष्ट दुई हजार ४६० मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याएका छन् । त्यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनशोभा बुढा विजयी भएकी छन्। उनी दुर्इ हजार २४९ मत ल्याई विजयी भएकी हुन्। नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा एमाले,…
अफगानिस्तानः अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रान्तीय राजधानी गजनीको बाहिरी इलाकामा सुरक्षा कार्वाहीमा दश तालिवान लडाकु मारिएका छन् । गजनीको बाहिर इलाकामा रहेको एक प्रहरी चौकीमा तालिवान लडाकुले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती तालिवान लडाकुहरु मारिएका प्रहरी अधिकारी बसिर अहमद तराकीले बताएका छन् । तराकीका अनुसार आक्रमणपछि ठूलो सङ्ख्यामा आतङ्ककारीहरु त्यहाँबाट भागेका थिए । भिडन्तमा एक प्रहरी अधिकारी…
काठमाडौंः काठमाडौं महानगरपालिकाको वडा नं– ४, १८ र ३२ मा नेकपा एमाले आफ्नो समूहसहित विजयी भएको छ भने नेपाली कांग्रेस वडा नं–२० मा आफ्नो समूहसहित विजयी भएको छ। वडा नम्बर चारमा एमालेका मोहनबहादुर श्रेष्ठ तीन हजार ८१३ मत प्रप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनिशराम शर्माले तीन हजार ४८० मत प्राप्त गरे। एमालेबाटै महिला सदस्यमा सरु अधिकारीले चार…
हेटौंडाः हेटौंडा उपमहानगरपालिका– ९ र १० मा नेकपा एमाले विजयी भएको छ । वडा नं ९ को वडा अध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गरेका छन् । वडामा एमालेको पुरै समूह विजयी भएको छ । त्यस्तै, वडा नं १० को वडा अध्यक्षमा पनि एमालेका…
सोलुखुम्बुः एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी छन्। उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी हुन्। ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुगेकी थिइन् । दुईपटक आरोहणका लागि…
बुटवलः बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो । पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर…
काठमाडौंः नेकपा एमालेले पहिलो चरणको निर्वाचनमा पार्टी विजय र पराजय हुनुको कारण केन्द्रमा पठाउन पार्टीका स्थानीय निकायलाई निर्देशन दिएको छ। महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले विजय र पराजयका पाँच कारण केन्द्रमा पठाउन निर्देशन दिएको हो। बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । …
मनिलाः दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामिक सशस्त्र समूहले सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका छन् । राष्ट्रपति रोड्रिगो डुटेर्टे, केही मन्त्री तथा उच्चपदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामिक सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका छन् । आक्रमणका क्रममा उनीहरुले एउटा क्याथोलिक चर्च भवन, एउटा कलेज…
नयाँदिल्लीः भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक जनाको मृत्यु भएको छ भने अन्य कैयौ घाइते भएका अधिकारीले जानकारी दिएका छन् । लखनउबाट ७११ किलोमिटर उत्तरपश्चिममा पर्ने सहारनपुर जिल्लाको जातीय विवादको कारण हिंसा सुरु भएको हो। मङ्गलबार साँझ दलित समुदायका एक ट्रक चालक ठाकुर समुदायका व्यक्तिको आक्रमणबाट मारिएपछि हिंसा भड्किएको हो। स्थानीयका अनुसार ती दलित समुदायका मानिस उत्तर…
भक्तपुरः भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो। उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर र फूलमाला लिएर बसेका थिए। जब प्रहरी भ्यानको स्कटिङसहित छवटा साझा बस लाइनले भक्तपुरको नाकामा प्रवेश गरे, तब भक्तपुरका बासिन्दाले गडगडाहट ताली बजाए। कसैले साझा बसमा अबिर र फूल छरेर पूजा गरे भने कसैले चालकलाई टिका र माला…
काठमाडौंः निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी निर्वाचन आयोगका पदाधिकारीले जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउन सरकारलाई सुझाव दिएका हुन्। भेटमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भइरहेकाले दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पबारे सुझाव…
काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं १९ मा नेपाली कांग्रेसको पूरै समूह विजय भएको छ । अध्यक्षमा कांग्रेसका शशीलाल श्रेष्ठ एक हजार ८९९ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत प्राप्त गरेका छन्। त्यसैगरी, महिला सदस्यमा रेणुकमल शाहीले एक हजार २३१ मत प्राप्त गरेकी छन् । दलित महिला सदस्यमा भने यसअघि नै कांग्रेसकी रञ्जिता…
लहानः सिरहाको कल्याणपुर नगरपालिका बेल्हामा सोमबार राति खाना पकाउने ग्याँस चुहिएर आगलागी हुँदा करिब २३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । बेल्हास्थित कमला खोलाको बाँध निर्माण गर्ने मजदुरले खाना पकाउने क्रममा अचानक ग्याँस लिक भएर आगलागी हुँदा बाँध निर्माणमा प्रयोग हुने एक थान जेनेटरलगायतका सामान जलेर नष्ट भएका छन्। प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा…
तेहरानः इरानी राष्ट्रपति हसन रुहानीले हालै साउदी अरबमा भएको क्षेत्रीय इस्लामिक राज्यहरुको सम्मेलनलाई नाटकको संज्ञा दिएका छन् । इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत रुहानीले सम्मेलन राजनीतिक महत्वविनाको एउटा नाटकमात्र भएको बताएका हुन् । रुहानीले आतङ्कवादलाई सभा, सम्मेलन एवम् राज्यको सम्पत्ति शक्तिशाली मुलुकलाई बुझाएर समाधान नहुने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा रहेका मुस्लिम मुलुकले अतिवादी इस्लामिक समूहको नेतृत्वमा भइरहेको आतङ्कवादी…
नगरकोटः राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु नै निर्वाचनमा पार्टी पराजयको कारण भएको बताएका छन् । भक्तपुरमा आयोजित साक्षात्कारमा राणाले हलोलाई नछाडेको भए यस्तो पराजयको अवस्था नआउने दावी गरे । दोस्रो चरणको निर्वाचनमा पार्टीले उचित निर्णयका साथ रणनीति अपनाउनुपर्ने बताउँदै राणाले देशमा तत्कालै संसदीय निर्वाचन आवश्यक रहेको बताए । राणाले अब गठन हुने नयाँ…