काठमाडौंः सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाईसमेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम गरेका जनशक्तिले १२ वटा समूहमा कक्षा लिनेगरी पाठ्यक्रम विकास गरिएको छ। …
विराटनगरः प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाएपछि आयोगमाथि थपिएको जिम्मेवारी पूरा गर्न आयोग सक्षम रहेको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार भेटघाटमा प्रमुख आयुक्त यादवले आयोगको प्राविधिकसहितको बैठकले यस विषयमा गहन छलफल गरी समस्यालाई एक सातामा समाधान गर्ने बताए । उनले स्थानीय तहको सङ्ख्या बढेकाले मतदाता नामावली, मतदाता परिचयपत्रका साथै अन्य सामग्रीको व्यवस्थापनका लागि आयोगसक्षम…
भक्तपुरः चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना सुचारु गर्न बसेको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गिएपछि मतगणना झनै अन्यौलमा परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना पुनःसञ्चालन गर्नका लागि बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि मतगणना सुचारु हुन नसकेको हो । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा…
काठमाडौंः नेपालले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा सोमबार राति भएको आतङ्ककारी हमलाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी हमलामा परी ठूलो मानवीय क्षति भएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । उनले दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताकातर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गरेका…
बेथलेहेमः अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबीचमा शान्ति सम्झौता गराउन आफू जे गर्न पनि तयार रहेको बताएका छन् । प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बाससँग भएको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले दुई देशबीच शान्ति सम्झौता गराउन आफूले के गर्न सकिएला भनेर छलफल गरेको पनि बताए । प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग ट्रम्पले भने,“इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन म प्रतिबद्ध छु, साथै त्यस…
लण्डनः बेलायतको म्यानचेष्टर सहरमा सोमबार राति आयोजित सङ्गीतमय सन्ध्या भईरहेको स्थानमा भएको हिंसात्मक हमलाकाविरुद्धमा विश्वभरका नेताहरुले ऐक्वबद्धता जनाएका छन् । बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतङ्ककारी आक्रमण भएको बताउँदै यस घटनाबाट नआत्तिन र सम्हालिन आह्वान गरेकी छन् । उनले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेका पनि जानकारी दिइन्। चीनका राष्ट्रपति सि जिनपिङले घटनाप्रति दुःख व्यक्त…
काठमाडौंः सरकारले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गोकर्णेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमा बराललाई कानुनविपरीत नियुक्ति गरेको उल्लेख गर्दै बदर गर्न माग गरिएको छ । प्रेस काउन्सिल ऐन…
काठमाडौंः काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उद्धव खरेल विजयी भएका छन्। खरेल १३ हजार २४८ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकी छन् । उनले १३ हजार १८८ मत प्राप्त गरेका छन्भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८…
भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको तीन दिन बितिसक्दा पनि सहमति नभएपछि मतगणना गर्ने कार्य अनिश्चित भएको छ । गत शुक्रबारदेखि मतगणनामा विवाद भएपछि रोकिएको मतगणना अझैपनि पनि सुचारु हुन नसकेको हो । सहमतिका लागि दलहरुबीच पटकपटक छलफल गरे पनि सहमति हुन नसकेको र मङ्गलबार बिहान ८ बजे पुनःसर्वपक्षीय बैठक आह्वान गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले…
अङ्काराः टर्कीका राष्ट्रपति अमिन एर्दोगानले देशमा शान्ति स्थापना नहुँदासम्म सङ्कटकाल नहटाइने बताएका छन् । सत्ताधारी दल ‘जस्टिस एन्ड डेभलमेन्ट’ (एके) पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले फ्रान्समा पनि दुई वर्ष लामो सङ्कटकाल रहेको बताउँदै टर्कीमा अझै सङ्कटकाल हटाउन सकिने अवस्था नरहेको बताए । एकेको यसै सम्मेलनमार्फत पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेका एर्दोगानले फ्रान्समा आतङ्ककारीको आक्रमणमा परी १५ जनाको मृत्यु भएसँगै…
झापाः भारतबाट अवैध रुपमा भारतीय रुपैयाँ नेपाल भित्राउन लागेका एक भारतीयलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले तीन लाख ३३ हजार भारतीय रुपैयाँसहित मेची भन्सारको मूलगेटबाट पक्राउ गरेको हो । उनले शरीरका विभिन्न भागमा लुकाएर अवैधरुपमा भारतीय रुपैयाँ भित्राउन लागेको प्रहरीले जनाएको छ। रासस
वीरगंजः वीरगन्जको महावीरस्थान चोकमा सोमबार बिहान स्कुल बसले ठक्कर दिंदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडेमीको ना२ख ८९३ नम्बरको बसको ठक्करबाट वीरगन्ज महावीरस्थान चोककी १४ वर्षीया दिया अग्रवालको मृत्यु भएको हो । दिल्ली पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दियालाई सडक पार गर्न लाग्दा कदम्बरी एकेडेमीको बसले ठक्कर दिएको थियो । ठक्करबाट दियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले…
सोलः दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ। नियमित पत्रकार सम्मेलनमा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङ्गले त्यसका लागि आफूहरु उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने मनस्थितिमा रहेकोसमेत बताए। उनका अनुसार उत्तर कोरियालीमाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिवन्धको मर्म विपरीत नहुने गरी नागरिक आदानप्रदान, सीमा सुरक्षालगायतका मुद्दाहरुमा लचकतापूर्ण पुनरावलोकन गरिनेछ। …
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले बस्न्यात र शर्मालाई सपथ खुवाएका हुन् । अख्तियारका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक शर्मालाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो। संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा…
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा आइतबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशीलाई मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । राति नै हत्या भएको अनुमान गरिएको घटनाको आज बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। दम्पतीको हत्या गरेर शव…
इजरायलः मध्यपूर्वी राष्ट्रहरुको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दैछन् । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लागेका हुन्। राजधानी रियादमा उनको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले विश्वभरीका मुसलमान समुदाय एक जुट भई आतङ्कवादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गरेका थिए । …
काठमाडौंः अस्वस्थ भइ गतसाता अस्पताल भर्ना भएका नेकपा एमालेका सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडाल आज अस्पतालबाट घर फर्किएका छन् । मुटुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा वैशाख २९ गते बडालको आकस्मिक शल्यक्रिया गरिएको थियो । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सल्लाहमा बडाललाई घर लगिएको हो । रासस
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७ मा नेकपा एमालेका राजन थापा विजयी भएका छन्। थापा ८८८ मत ल्याई विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गरेका थिए । थापासहित वडामा एमालेको समूह नै विजयी भएको छ । रासस
पाँचथरः पाँचथरको याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर सोमबार अपरान्ह एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बलबहादुर तावाको मृत्यु भएको हो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले बस्न्यात र शर्मालाई सपथ खुवाएका हुन् ।