PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • ओलीको आरोप–स्थानीय तहको संख्या थप्ने कुरा तराईमा निर्वाचन हुन नदिने षड्यन्त्र

    ओलीको आरोप–स्थानीय तहको संख्या थप्ने कुरा तराईमा निर्वाचन हुन नदिने षड्यन्त्र

    भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मुख स्थानीय तहको संख्या थप्न खोजेर सरकारले विवाद निकाल्न खोजेको बताएका छन्।  भक्तपुरको सूर्यविनायक नगरपालिकामा लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले तराईमा निर्वाचन हुन नदिने षड्यन्त्रका रुपमा सरकारले स्थानीय तह थपेर विवाद निकाल्न खोजेको आरोप लगाए । उनले धेरै दलले…

    विस्तृतमा पढ्नुस्

  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

    काठमाडौंः सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्नेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ।  नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको लस एन्जलस विमानस्थलमा ट्रक र विमान ठोक्किंदा ८ घाइते

    अमेरिकाको लस एन्जलस विमानस्थलमा ट्रक र विमान ठोक्किंदा ८ घाइते

    संयुक्त राज्य अमेरिकाः व्यापारिक उडानमा रहेको एक विमान र यात्रुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ–७३७ विमान अवतरणपछि धावनमार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकै ट्याक्सी वेमा ट्रकसँग…

    विस्तृतमा पढ्नुस्

  • वालिङमा जिप दुर्घटना, एक  जनाको मृत्यु

    वालिङमा जिप दुर्घटना, एक  जनाको मृत्यु

    वालिङः स्याङ्जाको वालिङमा आइतबार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वालिङको पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नम्बरको जिप दुर्घटना हुँदा  २५ वर्षीया सानु खाँडको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भिर घाइते भएका वालिङकी निशा खवास र चापाकोटकी पूजासिंह ठकुरी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–‘मधेसमा चुनाव उत्सवमय हुनेछ’

    प्रधानमन्त्रीले भने–‘मधेसमा चुनाव उत्सवमय हुनेछ’

    धनुषाः प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा चुनाव उत्सवमय हुने बताएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर रहेका बताए । उनले निर्वाचनमा पहाडमा भन्दा मधेसमा बढी मत खस्ने दावीसमेत गरे ।  प्रधानमन्त्रीले निर्वाचनबाट मधेसका केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास व्यक्त गरे।रासस   

    विस्तृतमा पढ्नुस्

  • तालिबानको आक्रमणमा अफगानिस्तानको जाबुलमा २० प्रहरी मारिए

    तालिबानको आक्रमणमा अफगानिस्तानको जाबुलमा २० प्रहरी मारिए

    अफगानिस्तानः तालिबानको आक्रमणमा अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् ।  दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा तालिबानले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए।  सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र छ जना प्रहरी देह चोपानमा मारिएका हुन्।  यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनाका आरोपीको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

    टीकापुर घटनाका आरोपीको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौंः कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारलगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल र डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा रिट दायर गरेका हुन् ।  रिट निवेदनमा कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित हुने अत्यन्तै गम्भीर प्रकृतिको सार्वजनिक सरोकार, चासो र महत्वको विषय भएकाले…

    विस्तृतमा पढ्नुस्

  • नीलकण्ठमा कांग्रेस र माओवादी केन्द्र विजयी

    नीलकण्ठमा कांग्रेस र माओवादी केन्द्र विजयी

    धादिङः धादिङको नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  कांग्रेसका भीमप्रसाद ढुङ्गाना १३ हजार एक सय ६६ प्राप्त गर्दै प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अर्जुन श्रेष्ठले छ हजार छ सय २८ मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारी १० हजार तीन सय २५…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायक –७ मा एमाले विजयी

    सूर्यविनायक –७ मा एमाले विजयी

    भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।  वडा अध्यक्ष रवीन्द्र सापकोटासहित एमालेको प्यानल विजयी भएको हो । त्यस्तै, महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी भएका छन् । रासस   

    विस्तृतमा पढ्नुस्

  • यमनबाट तीस हजार सोमालियाली शरणार्थी घर फिर्ता

    यमनबाट तीस हजार सोमालियाली शरणार्थी घर फिर्ता

    मोगादिसुः राष्ट्रसङ्घको शरणार्थीसम्वन्धि उच्चायोग (युएनएचसीआर)ले यमनमा सन् २०१५ मा द्वन्द्व सुरु भएपछि त्यहाँ विभिन्न शरणार्थी शिविरमा रहँदै आएका करिब ३० हजार सोमालियाली स्वदेश फिर्ता भएको जनाएको छ ।  युनएचसीआरका अनुसार पछिल्लो समय सोमालियाली शरणार्थीले स्वदेशमै खतरा मोल्न आफूहरु तयार रहेको बताउँदै स्वदेश फर्कन सहयोग गर्न आफूहरुलाई सघाइदिन अनुरोध गर्ने क्रम दैनिक बढेको छ ।  आफ्नै तरिकाले स्वदेश फर्किन चाहने सोमालियाली…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुरथिमि–५ मा मिश्रित परिणाम

    मध्यपुरथिमि–५ मा मिश्रित परिणाम

    नगरकोटः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ मा नेकपा एमालेका वडाध्यक्ष र महिला सदस्य तथा नेपाली कांग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् ।  वडा नं ५ मा एमालेका अमृतमान श्रेष्ठ एक हजार नौ सय ६३ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका दिलकृष्ण प्रजापतिले एक हजार सात सय ४१ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेकी शुभलक्ष्मी प्रजापति, दलित…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनामा दुई जनाको मृत्यु, २७ घाइते

    बस दुर्घटनामा दुई जनाको मृत्यु, २७ घाइते

    बाराः बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार विहान  यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।  काठमाडौंबाट जनकपुर गइरहेको ना ७ ख १६१४ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाकी ३२ वर्षीया किरणदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायक ८ मा एमाले विजयी

    सूर्यविनायक ८ मा एमाले विजयी

    भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।  वडा अध्यक्षमा किरण थापा एक हजार ५४८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गरेका छन् । त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी भएका छन्। रासस  

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

    मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

    राजविराजः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहुली पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।  दुर्घटनामा म्यादी प्रहरी सप्तरीको कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरीको मृत्यु भएको हो। पश्चिमबाट पूर्व गइरहेको ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मोहली पुलमा ठोक्किएको थियो । रासस   

    विस्तृतमा पढ्नुस्

  • इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी अगाडि

    इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी अगाडि

    तेहरानः इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी निकै अगाडि देखिएका छन् ।   निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म रुहानी नै अगाडि देखिएका जानकारी दिएका छन् ।   इरानको सरकारी टेलिभिजनले दुइ करोड ५९ लाख मतगणना हुँदासम्म रुहानीले एक करोड ४६ लाख मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी इब्राहिम रैसीले एक करोड एक लाख मात्रै मत…

    विस्तृतमा पढ्नुस्

  • साढे दुई किलो अफिमसहित तीन जना पक्राउ

    साढे दुई किलो अफिमसहित तीन जना पक्राउ

    बाँकेः करिब साढे दुई किलो अफिमसहित प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।  अञ्चल प्रहरी कार्यालय नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।  पक्राउ पर्नेमा रुकुम भूमेगाउँपालिकाका अयन रोका, भागेश्वर रोका र रुकुम भूमेश्वर गाउँपालिकाका रुपेश पुन छन् ।  रा २ प ९९५४ नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • चाँगुनारायणमा मतगणना रोकियो,  मतगणनास्थलमा शिलबन्दी

    चाँगुनारायणमा मतगणना रोकियो,  मतगणनास्थलमा शिलबन्दी

    भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ ।  आज चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मत परिणाम सार्वजनिक हुन सकेन ।  नेपाली कांग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरव भ्रमणमा

    अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरव भ्रमणमा

    रियादः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ ।  पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुगेका छन् ।  साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रम्पलाई रातो कर्पेटसहित स्वागत गरिएको थियो ।  ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नेछन् । शनिबार बेलुका नै उनले दुई जना शक्तिशाली युवराजलाई पनि भेट…

    विस्तृतमा पढ्नुस्

  • नमोबुद्धमा एमाले विजयी

    नमोबुद्धमा एमाले विजयी

    काभ्रेः काभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका टङ्कप्रसाद शर्मा पाँच हजार ३४३ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याएका छन् ।  त्यस्तै उपप्रमुखमा पनि नेकपा एमालेका रामदेवी तामाङ पाँच हजार १४७ मत ल्याई विजयी भएका छन् ।  त्यसैगरी, नगरपालिकाको वडा नं ११ मा नेकपा एमालेको पूरै…

    विस्तृतमा पढ्नुस्

  • मुगुमा तीन वटामा एमाले, एउटामा कांग्रेस विजयी

    मुगुमा तीन वटामा एमाले, एउटामा कांग्रेस विजयी

    मुगुः मुगुमा तीनवटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेस विजयी भएको छ ।  छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरेका छन् ।  नगर उपप्रमुखमा एमालेका सुन्तला रोकाया तीन हजार २२५ मत ल्याई विजयी भइन्।  छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell