PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • स्याङ्जाका सातवटामा एमाले, चारवटामा कांग्रेस विजयी

    स्याङ्जाका सातवटामा एमाले, चारवटामा कांग्रेस विजयी

    वालिङः स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली कांग्रेस विजयी भएको छ ।  एमाले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजयी भएको छ भने कांग्रेस वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजयी भएको छ ।  एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा महेश पुरी तथा गल्याङ नगरपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • एलइडी बल्ब खरिद प्रक्रियामा सर्वोच्चद्वारा सरकारसँग लिखित कारण माग

    एलइडी बल्ब खरिद प्रक्रियामा सर्वोच्चद्वारा सरकारसँग लिखित कारण माग

    काठमाडौंः सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ ।  न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए।  एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरित भएको भन्दै अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार रिट दायर गरेका थिए…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा सोमबार संसद्को बजेट अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा सोमबार संसद्को बजेट अधिवेशन आह्वान

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बजेट अधिवेशन जेठ ८ गते सोमबारका लागि आह्वान गरेकी छन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । लामो अवधिसम्म चलेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो । रासस   

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

    ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

    पोखराः कास्कीको अन्नपूर्ण गाउंपालिका–४ भदौरेमा शुक्रबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  खोलाबाट ढुङ्गा लिएर आउँदै गरेको ग १ त ३६२३ नम्बर ट्याक्टर पल्टिंदा ट्रयाक्टरमा सवार रामसिंह नेपाली र अजय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस   

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’

    ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’

    काभ्रेः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको बताएका छन्। बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको बधाई कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई पहिले हामीले किन एमालेलाई जिताएनौं भनेर भन्ने गरी काम गरेर देखाउने बताए । उनले अरुले जस्तो घात र बेइमानीको राजनीति नगर्ने बताए । रासस   

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं २७ मा एमाले विजयी

    काठमाडौं २७ मा एमाले विजयी

    काठमाडौंः काठमाडौं महानगरपालिकाको वडा नं २७ मा नेकपा एमाले विजयी भएको छ ।  एमालेका चिनियामान महर्जन एक हजार ५६८ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका छन्।  त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित भएका छन्।  यस वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन ।…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिका प्रमुखमा नेमकिपाका सुनिल प्रजापति विजयी

    भक्तपुर नगरपालिका प्रमुखमा नेमकिपाका सुनिल प्रजापति विजयी

    भक्तपुरः भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मत अन्तरले विजयी भएका छन् ।  मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरेका थिए ।  त्यसैगरी, उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशी…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको गैंडाकोटमा एमालेका पौडेल विजयी

    नवलपरासीको गैंडाकोटमा एमालेका पौडेल विजयी

    नवलपरासीः नेपाली कांग्रेसको बलियो पकड मानिने नवलपरासीमा गैंडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका छत्रराज पौडेल विजयी भएका छन् । पौडेल ११ हजार ३०२ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसका विष्णु कँडेल सापकोटा विजयी भएकी छन् । सापकोटाले ११ हजार ५५५ मत प्राप्त गरेकी छन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • रुसको हस्तक्षेपबारे छानविन गर्ने जिम्मा मलरलाई 

    रुसको हस्तक्षेपबारे छानविन गर्ने जिम्मा मलरलाई 

    वासिङटनः अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गतवर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय परीक्षण विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ।  अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उनलाई जिम्मेवारी दिएको अधिकारीहरुले बताएका छन् ।  मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा ८० वर्षीय वृद्ध जेल चलान

    हत्या अभियोगमा ८० वर्षीय वृद्ध जेल चलान

    बैतडीः बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ। जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट हुन् । २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडाका ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका भट्टलाई जेल चलान गरिएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी

    थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी

    हेटौंडाः मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु ढकालले पाँच हजार ३७८ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसका खड्ग गोपालीले पाँच हजार ६५० मत ल्याई विजयी भए।  मतगणना सम्पन्न भएका १० वडामध्ये पाँचमा माओवादी केन्द्र र पाँच वटामा एमाले विजयी भएको छ । नगरपालिकाको वडा…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा अख्तियारद्वारा दुई उपसचिवसहित चार पक्राउ

    घुस लिएको अभियोगमा अख्तियारद्वारा दुई उपसचिवसहित चार पक्राउ

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजालसहित चार जनालाई चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रअ विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा चार लाख घुस लिँदालिँदै पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • बुढानीलकण्ठ ११, १२ र १३ मा एमाले विजयी

    बुढानीलकण्ठ ११, १२ र १३ मा एमाले विजयी

    काठमाडौंः बुढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  वडा नं ११ का अध्यक्षमा राजु अधिकारी एक हजार दुई सय ७५ मत प्राप्त गरी विजयी भएका छन् । निकटत्म प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्चूतप्रसाद पौडेलले एक हजार ५५ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा भगवती निरौला, रत्ना नगर्जी, विनोदकुमार तामाङ र विमल…

    विस्तृतमा पढ्नुस्

  • वालिङ नगरपालिकामा कांग्रेस विजयी

    वालिङ नगरपालिकामा कांग्रेस विजयी

    वालिङः वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  दस हजार छ सय मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्यप्रसाद अर्यालले आठ हजार सात सय ४९ मत प्राप्त गरेका छन् ।  त्यस्तै उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारी नौ हजार ८९५ मत ल्याएर विजय भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा…

    विस्तृतमा पढ्नुस्

  • पालुङटार नगरपालिकामा कांग्रेस विजयी

    पालुङटार नगरपालिकामा कांग्रेस विजयी

    गोरखाः पालुङटार नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका दीपकबाबु कँडेल विजयी भएका छन्।  कँडेल चार हजार छ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विवश चिन्तनले चार हजार चार सय ९१ मत प्राप्त गरेका थिए ।  चार हजार चार सय ९४ मत प्राप्त गरी माओवादी केन्द्रकी पम्फा बसेल उपप्रमुखमा विजयी भएकी छन् । नयाँ शक्ति…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको कमलामाईमा एमाले विजयी

    सिन्धुलीको कमलामाईमा एमाले विजयी

    सिन्धुलीः कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा एमालेका खड्गबहादुर खत्री तथा मञ्जु देवकोटा विजयी भएका छन् ।  एघार हजार एक सय ५२ मत ल्याई खत्री प्रमुखमा र नौ हजार नौ सय २१ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् ।  खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र पोख्रेलले आठ हजार तीन सय ८८ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै सुशीला…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको कमलामाईमा एमाले विजयी

    सिन्धुलीको कमलामाईमा एमाले विजयी

    सिन्धुलीः कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा एमालेका खड्गबहादुर खत्री तथा मञ्जु देवकोटा विजयी भएका छन् ।  एघार हजार एक सय ५२ मत ल्याई खत्री प्रमुखमा र नौ  हजार नौ सय २१ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् ।  खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र पोख्रेलले आठ हजार तीन सय ८८ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै सुशीला…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको तीनपाटनमा विजय जुलुसमा ढुङ्गा प्रहार, ६ जना घाइते

    सिन्धुलीको तीनपाटनमा विजय जुलुसमा ढुङ्गा प्रहार, ६ जना घाइते

    सिन्धुलीः सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति नेकपा एमालेले निकालेको विजय र्यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर छ ।  घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ का शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।…

    विस्तृतमा पढ्नुस्

  • यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या २०९ पुग्यो

    यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या २०९ पुग्यो

    सानाः राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २०९ पुगेको र १७ हजार भन्दा बढी बिरामी परेका जनाएको छ।  युनिसेफको यमनस्थित नियोगले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रुपमा फैलिएको बताएको छ।  युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई दिएको जानकारी अनुसार यहाँ दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो वेबसाइट आक्रमणमा मस्कोको हात रहेको युक्रेनको आरोप

    आफ्नो वेबसाइट आक्रमणमा मस्कोको हात रहेको युक्रेनको आरोप

    युक्रेनः युक्रेनको राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटमा रसियाको आक्रमण भएको जनाएको छ।  मस्कोबाट सञ्चालित प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाइएपछि रसियाद्वारा युक्रेनी वेबसाइटमा नै आक्रमण गरेको कीभको भनाई छ ।  राष्ट्रपति पेट्रो पोरोसेन्कोका प्रशासन उपप्रमुख दिमित्री सिमकिवले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा मस्कोबाट सञ्चालनमा ल्याइएको एक सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछिको रसियाली प्रतिक्रिया देखिरहेको बताइएको छ । सिमकिवले भनेका छन्, “प्रविधि विशेषज्ञहरुले वेबसाइटको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell