चितवनः चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार भएका भरतपुरका राजकुमार गुरुङ र सुरेश सिलवाल पक्राउ परेका हुन्।…
काठमाडौँः नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि पूरा भएको छैन। सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइएपनि पाँच वर्ष बितिसक्दासमेत निर्माण कार्य नसकिएको हो। …
भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ। वडा अध्यक्षमा एमालेका सन्तबहादुर वाइवा ९७१ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गरेका थिए। त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा र सुजेन्द्र मुनकर्मी मत प्राप्त गरी विजयी भएका छन्।रासस
लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने वीस जना भन्दा बढी घाइते भएका छन्। विराटनगरबाट काठमाडौँ गइरहेको ना४ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाटतर्फ गइरहेको ना१ख ५०६७ नम्बरको बसले उछिन्ने क्रममा ठक्कर दिंदा ना१ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ का निलकमल श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर…
काठमाडौंः गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज विहान विशेष समारोह आयोजना गरियो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए। सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाकोतर्फबाट सलामी अर्पण गरिएको थियो। समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो।…
नयाँदिल्लीः पूर्वी भारतीय राज्य बिहारमा २४ घन्टामा चट्याङ लागेर १८ जनाको मृत्यु भएको छ। विहारका आठ जिल्लामा चट्याङ लागेर १८ जनाको मृत्यु भएको हो। त्यसगरी, सोही राज्यको पश्चिमी भागमापर्ने चमपारन जिल्लामा आँधी र वर्षाका कारण पर्खाल भत्किएर ५ जनाको मृत्यु भएको छ। घटनामा मारिएका व्यक्तिको प्रत्येक परिवारलाई राज्य सरकारले चार लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने घोषणा गरेको छ। रासस /सिन्ह्वा
विराटनगरः दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको छ। एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ। विराटनगर उपमहानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यसका साथै मोरङको ६६९ वटा मतदान केन्द्रका लागि चार हजार १४ कर्मचारी खटिनेछन्। यसका लागि…
काठमाडौंः सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलबको रकम स्थानीय तहका हस्तान्तरण गर्ने व्यवस्था बजेटमा गरेको छ। व्यवस्थापिका–संसद्मा आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आव २०७४/०७५ को बजेटमा मावि तहसम्मको शिक्षक तलबका साथै शिक्षण सामग्री, पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पनि स्थानीय तहमा हस्तान्तरण गरिने उल्लेख छ। विगतमा शिक्षाको अधिकांश बजेटको हिस्सा शिक्षक…
काठमाडौंः वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अािर्थक वर्ष २०७४/७५ का लागि व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए। वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो। कामदारले पठाएको विपे्रषणलाई सदुपयोग गर्ने उद्देश्यले उनीहरुलाई सहभागी गराएर ‘रेमिट…
सोलुखुम्बु : विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन्। आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी सुमनले तीन घन्टा ४३ मिनेट ५७ सेकेन्डमा र निरकलाले चार घन्टा ५१ मिनेट ३३ सेकेन्डमा पार गरेका हुन्। प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सुरेन्द्र बस्नेत तीन…
काठमाडौं : चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई निधन भएको छ। काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो। सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए। हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास…
निजगढ (बारा) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दुर्त मार्ग (फास्ट ट्रयाक)को आज यहाँ शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ। मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दुर्त मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ। यो…
इटालीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आगामी साता निर्णय दिने बताएका छन्। आफ्नो चुनावी अभियान र त्यसपछिका दिनमा जलवायु परिवर्तनबारे कटु आलोचना गर्दै आएका ट्रम्पले इटालीको सिसिलीमा भइरहेको जी–७ सम्मेलनबाट ट्वीट गर्दै आफूले पेरिस सम्झौताबारे आगामी साता अन्तिम निर्णय दिने बताएका हुन्। सम्मेलनस्थलमा अमेरिकाका सहयोगी राष्ट्रहरुद्वारा विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रण गर्न भनी विश्वका अधिकांश मुलुकले सहमति…
इलामः निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले इलामको माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ। प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा देउमाई नगरपालिका–९ का झरेन्द्र बराल र दिलीप बराललाई पक्राउ गरेको हो। प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा पार्टीका तीन कार्यकर्तालाई पक्राउ गरेको थियो ।रासस
बाँकेः नेपालगन्जको धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आइतबार विहान आगलागी भएको छ। करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पसललाईसमेत क्षति पुर्याइएको छ। नजिकैको होटलमा मान्छे रहेको आशङ्कामा प्रहरी…
लण्डनः बेलायतको राष्ट्रिय अनुसन्धान निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका प्रतिवेदन सार्वजनिक गरिएको छ। अनुसन्धान निकायले सरकारसमक्ष बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको हो। मर्न र मार्न तम्तयार भइ बसिरहेका यिनीहरुलाई नै विभिन्न आतङ्कबादी सङ्गठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेकासमेत प्रतिवेदनमा जनाइएको छ। आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोकथाम गर्न बेलायती सुरक्षा निकायसक्षम…
भीमदत्तनगरः स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले कञ्चनपुरका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ। माओवादीले भीमदत्तनगरपालिका प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइली र उपप्रमुखमा नारु सिंहलाई उम्मेदवार बनाएको छ। त्यसैगरी, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी र उपप्रमुखमा सुमित्रा शाहीलाई उम्मेदवार बनाइएको छ। शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, उपप्रमुखमा कमला ऐर, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम…
काठमाडौंः काठमाडौँ महानगरपालिकाका १८ वटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली कांग्रेस विजयी भएको छ। एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा ध्रुवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डङ्गोल,…
काठमाडौंः देशका सार्वजनिक संस्थानमा दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भएपनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले व्यवस्थापिका–संसद्मा आइतबार पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थालाई औँल्याइएको छ। कुल गार्हस्थ्य उत्पादनमा संस्थानहरुको सञ्चालन आयको योगदान १० प्रतिशतको हाराहारीमा रहे पनि तिनको कमजोर…
विकास लोहनी काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ। दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको शिखरमा पुगी सफलता प्राप्त गरेपछि यस घटनाले विश्वभरि नै ठूलो चर्चा पायो। र नेपालले अन्तर्राष्ट्रिय जगतमा सर्वोच्च शिखर सगरमाथाको देश भनेर पहिचान प्राप्त गयो। सगरमाथा दिवसलाई…