इलामः दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले इलामका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ। माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको हो। उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका साथै कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँ–गाउँ पस्न थालेका छन्। माओवादीले ८१ वटा वडामा वडाध्यक्ष…
काठमाडौंः अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको छ। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूलेसमेत सोही प्रस्ताव नै मान्य हुने तर्क गरेका छन्। संविधानमा सङ्घमा २५ मन्त्रालय रहने व्यवस्था गरिएको छ। बैठकमा सांसदहरूले सङ्घमा हुने मन्त्रालयमा प्रत्येक राजनीतिक दल निटक फरक–फरक ट्रेड युनियन खोल्नेभन्दा पनि कर्मचारीको अधिकारका लागि एउटै मात्र साझा युनियन…
मनिलाः फिलिपिन्सको राजधानी मनिलास्थित एक होटलको क्यासिनोमा एक बन्दुकधारीले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। बिहीबार मध्यराति बन्दुकधारीले आक्रमण गरी उनीहरुको हत्या गरेको हो। आगजनी र गोलीप्रहारपछि बन्दुकधारीले आमहत्या गरेको प्रहरीले जानकारी दिएको छ। बन्दुकधारीले एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन्। फिलिपिन्सका सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले…
काठमाडौंः आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत (निजी) विद्यालयमा पुरुषको तुलनामा १५ प्रतिशत भन्दा बढी शिक्षक महिला कार्यरत छन्। सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा शिक्षक महिलाको सङ्ख्यामा वृद्धि हुनसकेको छैन। कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ। अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण (२०७३/७४) का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत…
सुरेन्द्र भण्डारी झापाः जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन । तर, झापामा भइदियो यस्तै। आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ की बबिता बस्नेत र हाँडीखोला–७ विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कार्वाही गर्ने अभियान आगामी सातादेखि उपत्यकाभर बिस्तार गर्ने भएको छ। जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई दुई सय रुपैयाँ वा तीन घण्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी सातादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो। महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पूर्वाधार अभावका कारण अहिले ३० देखि ३५ स्थानमा…
इलामः दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासुबुहारी प्रतिस्पर्धामा उत्रिएका छन्। गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेबाट सासु दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन्। दुबै आफू जित्ने दाबीका साथ अहिले उनीहरु चुनाव प्रचारप्रसारमा हिँडिरहेका छन्। एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परेपनि आफूहरुबीच कुनै घरायसी समस्या…
खार्तुमः सुडानमा गत अगस्टदेखि अहिलेसम्म झाडापखालाबाट २६५ जनाको मृत्यु भएको छ। देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले जानकारी दिए। उनले वर्षा सुरु हुन लागेकाले झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्नसक्ने बताए। स्वास्थ्य मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५१२ झाडापखालका बिरामी छन्। त्यसैगरी, ब्लु…
कोलम्बोः युरोपेली आयोगले श्रीलंकाका बाढीपीडितलाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ। आपतलीन सहयोगस्वरुप श्रीलङ्कालाई सहयोग दिन लागेको आयोगले जानकारी दिएको छ। युरोपेली आयोगको मानवीय सहायता र सङ्कट व्यवस्थापन आयुक्त क्रिष्टोस् स्टीलिअनीदेस आफूहरुको सहयोग तल्लो तहका सबैभन्दा बढी प्रभावित परिवारका सदस्यहरुलाई भएको बताए। आयोगले प्रभावित क्षेत्रका वासिन्दालाई खाद्यान्न, खानेपानी, सरसफाइका सामग्री, आश्रयस्थललगायत अत्यावश्यक भएको पनि जनाएको छ। श्रीलङ्कामा…
मुगुः छायानाथ रारा नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त समूहका उम्मेदवार विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिंह कामी र नौलासिंह कामी विजयी भएका छन्। उता, मुगम कार्मारोङको गाउँ कार्यपालिकाका…
सोलुखुम्बुः सोलुखुम्बुमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन्। आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख सहमतिमै टुङ्ग्याएको हो। माओवादीले सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा ङिमातेण्डुप शेर्पा र उपप्रमुखमा ङिमाडोमा शेर्पालाई उम्मेदवार बनाएको छ। त्यस्तै, दूधकोसी गाउँपालिका प्रमुखमा आसकुमार राई र उपप्रमुखमा निरकुमारी राई, लिखुपिके गाउँपालिका प्रमुखमा डम्बरबहादुर…
काठमाडौंः परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धलाई सुदृढ र सन्तु्लित बनाएको बताएका छन्। परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले वर्तमान सरकार गठन भएपछि छिमेकीसँग नेपालको हित र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर भारत र चीनसँगको सम्बन्धलाई सुदृढ तुल्याइएको बताए। पत्रकार सम्मेलनमा मन्त्री महतले संयुक्त राष्ट्र सङ्घलगायत अन्य बहुपक्षीय संस्थामा नेपालको सम्बन्ध र सहभागितालाई घनीभूत बनाउँदै समावेशी…
काठमाडौंः सर्वोच्च अदालतमा डिआइजी नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी असार १ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। निवेदक सिलवालकातर्फबाट वरिष्ठ…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा पुनः मतदान आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन्। एमालेबाट काठमाडौँ जिल्लाका महानगर र नगरपालिकामा निर्वाचित पदाधिकारी र सदस्यका लागि जिल्ला कमिटीले आयोजना गरेको बधाई ज्ञापन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पुनः मतदान भएमा आफूहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए। मतगणना पुनःसञ्चालन हुनुपर्नेमा माग गर्दै एमालेले दुई दिनदेखि व्यवस्थापिका…
काठमाडौः सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्तिविरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ। न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाको पूर्ण इजलासले बिहीबार उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आगामी असार १ गते सुनाउने आदेश भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको, सरकारी वकिललाई प्राथमिकतामा…
काठमाडौंः ललितपुर महानगरपालिकामा प्रमुखमा पराजित एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको भन्दै पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ। आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको आरोप…
भोजपुरः निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ। प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राई छन्। उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा भित्तलेखन गरेपछि पक्राउ गरिएको प्रहरी…
पर्वतः पर्वतको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ। निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो। दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट विष्णुराम विक र सोमबहादुर विक छन्। त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना…
नेदरल्याण्डः नेदरल्याण्डमा नयाँ गठबन्धन सरकार गठनका लागि नयाँ मध्यस्तकर्ता हेरमन जिङ्क विलिङ्कले पाँच पार्टीसँग छलफल सुरु गर्न लागेको बताएका छन्। द हेगमा आयोजित पत्रकार सम्मेलनमा हेरमनले सकारात्मक परिणामको अपेक्षासहित उनीहरूसँग छलफल सुरु गर्न लागेको जानकारी दिए। विलिङ्कले राइटिस्ट लिबरलस् भीभीडी, क्रिश्चियन डेमोक्रेट सीडीए, अर्को सानो क्रिश्चियन पार्टी क्रिश्चिन युनि, ग्रिन लिङ्कस् र लिबरलस् डी ६६ का नेताहरूसँग भेट्ने तयारी गरेको…
काठमाडौंः आगामी साउनको अन्त्यसम्ममा तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने भएको छ। स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ। विभागका महानिर्देशक रामकृष्ण सापकोटाले आगामी साउनको अन्तिमसम्ममा निर्माणाधीन सबै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिए। स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न…