PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • भरतपुरमा एमालेबाट विजयी दुई वडाध्यक्षलाई शपथ ग्रहण नगराउन अदालतको आदेश

    चितवन : भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आइतबार उच्च अदालत पाटनको हेटौडा इजलासले विपक्षीका नाममा अन्तरकालीन आदेश दिएको छ ।  वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित भएका थिए भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले मेचीराजमार्ग अवरुद्ध

    पहिरोले मेचीराजमार्ग अवरुद्ध

    ताप्लेजुङः मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिका दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ।  गएरातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट बाहिरिने सवारीसाधन बीच बाटोमानै रोकिएका छन्।  त्यस्तै, धुसेनी भिरबाटसमेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर पठाइने प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।रासस   

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलसहित एक जना पक्राउ

    पेस्तोलसहित एक जना पक्राउ

    राजविराजः सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।   प्रहरीले बोधेबर्साइनका वीस वर्षीय पपु दासलाई एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा प्रयोग हुने चार राउण्ड गोलीसहित पक्राउ गरेको हो। चेकजाँचका क्रममा शरीरमा लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • मतदातालाई जागरुक बनाउन सुनसरीमा नमुना मतदान

    मतदातालाई जागरुक बनाउन सुनसरीमा नमुना मतदान

    इनरुवाः जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न नमुना मतदान कार्यक्रम गरेको छ।  कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम गरेको हो। मतदातालाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक मतदान केन्द्रमा नमुना मतदान गरिएको हो।  नमुना मतदानमा दलका प्रतिनिधि र मतदाताको सहभागिता रहेको थियो।   नमुना मतदानमा महिला, पुरुष, अशक्त र…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाले थाड जडान गरेकोमा रुसको आपत्ति

    दक्षिण कोरियाले थाड जडान गरेकोमा रुसको आपत्ति

    सिङ्गापुरः दक्षिण कोरियाले क्षेप्यास्त्रलगायत अन्य आणविक हातहतियारको प्रहारबाट बच्ने शक्तिशाली प्रतिरक्षा व्यवस्था–टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडि–थाड) यान्त्रिक प्रणाली जडान गरेकोमा रुसले आपत्ति जनाएको छ। सिङ्गापुरमा आयोजित १६ औं साङ्ग्रीला वार्तामा सहभागी भएका रुसी प्रतिरक्षा मन्त्रालयका उपमन्त्री लेफ्टिनेन्ट जनरल अलेक्ज्यान्डर फोमिनले दक्षिण कोरियाले यस क्षेत्रमा थाड जडान गर्नाले कोरियाली प्रायद्वीपसहित समग्र उत्तरपूर्वी एसियामा तनाव बढाउने भन्दै दक्षिण कोरिया र अमेरिकामाथि…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीका १२ स्थानीय तहमा माओवादी केन्द्रद्वारा उम्मेदवार चयन

    रुपन्देहीका १२ स्थानीय तहमा माओवादी केन्द्रद्वारा उम्मेदवार चयन

    बुटवलः नेकपा माओवादी केन्द्रले रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा उम्मेदवार चयन गरेको छ। माओवादी केन्द्रका रुपन्देही इन्चार्ज हकिउल्लाह खाँका अनुसार देवदह नगरपालिकाको प्रमुखमा नवराज पुरी र उपप्रमुखमा टीका गौतम तथा सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा फैज अहमद खान र उपप्रमुखमा कमला थापालाई उम्मेदवार तय गरेको छ।  त्यस्तै, तिलोत्तमा नगरपालिकाको प्रमुखमा लक्ष्मण खनाल र उपप्रमुखमा राधिका पौडेल, सैनामैना नगरपालिकाको प्रमुखमा चेतनारायण न्यौपाने…

    विस्तृतमा पढ्नुस्

  • भारतको उत्तरप्रदेशमा बस र ट्याङ्कर ठोक्किएर दुर्घटना हुँदा २२ जनाको मृत्यु

    भारतको उत्तरप्रदेशमा बस र ट्याङ्कर ठोक्किएर दुर्घटना हुँदा २२ जनाको मृत्यु

    नयाँदिल्लीः भारतको उत्तर प्रदेशमा सोमबार राति बस र  ट्याङ्कर आपसमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।  स्थानीय समय अनुसार सोमबार बिहान १ बजे उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं. २४ मा यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि घटनास्थलमा भीषण आगलागी…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बिदा

    गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बिदा

    कञ्चनपुरः गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ।  गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने र विद्यालय जान नसक्ने हुन थालेपछि जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो।  वार्षिक विदाबाट मिलान हुने गरी जेठ २३ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा असहयोग गर्ने सल्यानका १६ जना कांग्रेस कार्यकर्ता कार्वाहीमा

    निर्वाचनमा असहयोग गर्ने सल्यानका १६ जना कांग्रेस कार्यकर्ता कार्वाहीमा

    सल्यानः स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने कांग्रेसका १६ जना स्थानीय नेता कार्यकर्ता कारबाहीमा परेका छन्।   निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको भन्दै कांग्रेसले १६ जना आफ्ना नेता कार्यकर्तालाई कारबाही गरेको हो।  कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म छन्। छत्रेश्वरी गाउपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति समक्ष तीन मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

    राष्ट्रपति समक्ष तीन मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका गैरआवासीय राजदूतले सोमबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा मोरक्कोका मोहमद मालिकी, टर्कीका सकिर ओजकान टोरुनलर र होली सीका आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको तीनपिप्लेमा बस दुर्घटना, ३८ जना घाइते

    काभ्रेको तीनपिप्लेमा बस दुर्घटना, ३८ जना घाइते

    बनेपाः काभ्रेको पाँचखाल नगरपालिका तीनपिप्लेमा आज बिहान बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।   घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट काभ्रेको कार्तिके देउराली गइरहेको बा२ख ६४४१ नम्बरको बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो। बस सडकबाट करिव २० मिटर तल  खसेको थियो। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालक भने…

    विस्तृतमा पढ्नुस्

  • देउवाको पक्षमा भोट हाल्ने या नहाल्ने जिम्मा राप्रपाले संसदीय दललाई नै सुम्प्यो

    देउवाको पक्षमा भोट हाल्ने या नहाल्ने जिम्मा राप्रपाले संसदीय दललाई नै सुम्प्यो

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्‍मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ।  पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदहरुको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए।  बैठकमा अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • लण्डनमा पुनःआतंककारी आक्रमण, ६ जनाको मृत्यु, ४८ घाइते

    लण्डनमा पुनःआतंककारी आक्रमण, ६ जनाको मृत्यु, ४८ घाइते

    लण्डनः मध्य लण्डनमा शनिबार राति भएका दुई छुट्टाछुट्टै आतङ्ककारी आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। शनिबार राति लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो भने बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी छुरा प्रहार गरेको थियो। दुई घटनामा परी मारिनेको सङ्ख्या ६ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन्। घाइतेहरुको लण्डनका पाँच वटा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले…

    विस्तृतमा पढ्नुस्

  • बदर मत कम गर्न गुल्मीमा नमुना मतदान

    बदर मत कम गर्न गुल्मीमा नमुना मतदान

    तम्घासः निर्वाचन कार्यालयले बदर मत कम गर्न गुल्मीको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान गरेको छ। अत्यन्तै विकट र मतदान केन्द्रका लागि कठिन मानिएको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा नमुना मतदान गरिएको हो।  नमुना मतदानमा १०२ मतदाता सहभागी भएकामा खसेको मतमध्ये नौ मत आंशिक र एक मत पूर्ण रुपमा बदर भएको थियो। निर्वाचन कार्यालयले गत साता सत्यवती गाउँपालिकाको हँसरामा पनि नमुना…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रीका नौ महिनाः २० नीतिनियम र निर्देशिका निर्माण/संशोधन

    स्वास्थ्य मन्त्रीका नौ महिनाः २० नीतिनियम र निर्देशिका निर्माण/संशोधन

    काठमाडौंः  स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम भएको बताएका छन्। नौमहिने कार्यकालको अन्तिम दिन आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री थापाले औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताए।  उनले भने, ‘‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रालय आउँदै गर्दा संविधान जारी भइसकेको तर सोअनुरुपको…

    विस्तृतमा पढ्नुस्

  • कान्दाहारस्थित प्रहरी चौकीमा आक्रमण, ६ जनाको मृत्यु, पाँच घाइते 

    कान्दाहारस्थित प्रहरी चौकीमा आक्रमण, ६ जनाको मृत्यु, पाँच घाइते 

    कान्दाहारः अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा एक प्रहरी चौकीमा भएको आन्तरिक आक्रमणमा कम्तीमा छ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। कान्दाहारको हाजी अरब क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमण भएको हो। स्थानीय समयानुसार आइतबार बिहान सुरक्षाकर्मी निदाइरहेका बेला आक्रमण भएको थियो।  अनुसन्धानपछि घटनाको आधिकारीक विवरण आउने अधिकारीहरुले बताएका छन्। तालिवानको जन्मभूमि कान्दाहार र अफगानिस्तानमा बारम्बार हुने गरेका आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • देउवाका पक्षमा मतदान गर्ने राप्रपा संसदीय दलको निर्णय

    देउवाका पक्षमा मतदान गर्ने राप्रपा संसदीय दलको निर्णय

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ।  पार्टी संसदीय दलको आज बसेको बैठकले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको छ। व्यवस्थापिका–संसद्मा राप्रपाबाट…

    विस्तृतमा पढ्नुस्

  • तीन प्रमुख र सात उपप्रमुखमा भिड्दै रोल्पाली महिला

    तीन प्रमुख र सात उपप्रमुखमा भिड्दै रोल्पाली महिला

    रोल्पाः असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन्।   प्रमुख पदमा प्रतिस्पर्धा गर्नेमा रोल्पा नगरपालिकाबाट नेकपा एमालेकी मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी निर्मला राना छन्।  जिल्लाका अन्य सात स्थानीय तहमा भने पुरुषको मात्र एकल प्रतिस्पर्धा हुने भएको छ। दशवटा…

    विस्तृतमा पढ्नुस्

  • आइएसको कब्जाबाट सिरियाको १४ सय बर्गकिलोमिटर क्षेत्र नियन्त्रणमुक्त

    आइएसको कब्जाबाट सिरियाको १४ सय बर्गकिलोमिटर क्षेत्र नियन्त्रणमुक्त

    दमासकसः इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुले कब्जामा राखेको सिरियाको झन्डै १४ सय बर्ग किलोमिटर क्षेत्र सिरियाली सेनाको  प्रयासमा मुक्त भएको छ।  २४ घण्टाको अवधिमा सरकारी सुरक्षा फौजले पाल्मीरा सहर क्षेत्रमा आइएस लडाकूविरुद्धको सफलता प्राप्त भएको साना समाचार संस्थाले जनाएको छ।  सिरियाली सेनाले हालै मात्र आइएस लडाकूविरुद्ध सिरियाका विभिन्न ठाउँमा आक्रामक कारबाही गर्ने घोषणा गरेको थियो।  सुरक्षा कारबाही सिरियाको उत्तरी प्रदेश अलेप्पोको…

    विस्तृतमा पढ्नुस्

  • उर्जामन्त्रीको घोषणाः तीन महिना पहिले माथिल्लो तामाकोसी सम्पन्न गरे एक अर्ब पुरस्कार

    उर्जामन्त्रीको घोषणाः तीन महिना पहिले माथिल्लो तामाकोसी सम्पन्न गरे एक अर्ब पुरस्कार

    काठमाडौंः ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन्।  आइतबार आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री शर्माले समयभन्दा तीन महिना पहिले आयोजना सम्पन्न गरे आकर्षक पुरस्कारको व्यवस्था गरिने बताएका हुन्।  मन्त्री शर्माले भने, “मेरो एवम् सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउँछु, सहजीकरण गर्छु । तर आयोजना तोकिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell