लण्डनः आमनिर्वाचनअन्तर्गत आज बेलायतमा मतदान भइरहेको छ। देशभरका ४० हजार मतदान केन्द्रहरु स्थानीय समय अनुसार बिहान सात बजेबाट खुलेका छन्। मतदान शान्तिपूर्ण रुपमा जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। आतंककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षा व्यवस्थालाई भने निकै नै कडा पारिएको छ। निर्वाचनमा बेलायती प्रधानमन्त्री थेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनकाबीचमा प्रतिस्पर्धा हुने देखिएको छ। सुरुमा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत…
दमकः झापा र मोरङका विभिन्न शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थीले शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै स्वदेश फिर्तीको वातावरण बन्नेमा आशावादी भएको बताएका छन्। नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई तथा शुभकामना सन्देश पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएको बताएको हो। झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित तथा…
बुटवलः नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ। प्रहरीले रुपन्देही कञ्चल गाउँपालिकाका २१ वर्षीय सन्तोष मल्ललाई नक्कली नोट तयार गर्न प्रयोग गरेको मेसीनसहित पक्राउ गरेको हो। प्रहरीले उनको कोठा र कार्यालयबाट नक्कली नोट बनाउन प्रयोग गरेको फ्रि इन्क प्रिन्टर, ल्यापटप र नक्कली नोटलगायतका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। प्रहरीका अनुसार मल्लले बैंकबाट…
नयाँदिल्लीः भारतले सवारी दुर्घटना कम गर्न ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकललाई पेट्रोल नदिइने नीति ल्याइएको छ। सवारी दुर्घटना अन्त्य गर्ने उद्देश्यले भारतको उत्तरप्रदेश राज्यले यो नीति अख्तियार गरेको हो। एक तथ्याङ्कअनुसार भारतमा हरेक दिन कम्तीमा चार सय जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ। यस नीति अनुसार कुनै मोटरसाइकल चालक हेल्मेट नलगाई पेट्रोल पम्प…
बागलुङः लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्। मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएछि उनका परिवार र आफन्तजन आन्दोलित बनेका हुन्। उनीहरुले बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन्।…
काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गरेका छन्। रिपार्टर्स क्लबको साक्षात्कारमा उनले भने – “राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनुहुन्नथ्यो तर, लाइन बसेर मतदान गर्नुभयो अब, तराई–मधेसमा मधेसी उम्मेदवारहरु छन् तिनलाई…
काठमाडौं: व्यवस्थापिका–संसद्को आजको बैठकले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” बहुमतले पारित गरेको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले स्थानीय तहका लागि काम गर्न आवश्यक स्थानीय तह कार्यसञ्चालनसम्बन्धी कानुन तर्जुमा हुन नसकेको बताउँदै…
खोटाङः खोटाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एक जना कांग्रेस कार्यकर्ता घाइते भएका छन्। चुनाव प्रचार प्रसारका क्रममा भएको झडपमा कांग्रेस कार्यकर्ता अर्जुन राउत घाइते भएका हुन्। बुधबार राती हलेसी तुवाचुङ नगरपालिकामा चुनाव प्रचारप्रसारका क्रममा एमाले कार्यकर्ताले आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ। प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा धनकुमार भुजेललाई नियन्त्रणमा लिएको छ । आँखा र ढाडमा गहिरो चोट…
हरारेः जिम्बाबेमा बस दुर्घटनामा परी ४३ जनाको मृत्यु भएको छ। जाम्बियातर्फ गइरहेको बस चालकले नियन्त्रण गुमाउदा दुर्घटना भएको बताइएको छ। प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले बस दुर्घटना हुनुको अरु त्यस्तो कुनै कारण नभइ चालकले नियन्त्रण गुमाउनु नै रहेको बताए। सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको मृत्यु भएको थियो। रासस/एएफपी
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले भेट गरेकी छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे। भेटमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी प्रधानमन्त्रीका…
काठमाडौंः सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तत्काल पहिचान गरी कारबाही हुने भएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागका महानिर्देशक गहेन्द्र राजभण्डारीले विभागबाट जारी भएका ‘भिसा नोट’ र ‘प्रमाणीकरणका कागजपत्र’ सम्बन्धित दूतावासले हेरी नक्कली वा सक्कली छुट्याउन सक्ने व्यवस्था विभागले मिलाएको जानकारी दिए। मन्त्रालयले सिंहदरबारमा नेपालस्थित विभिन्न दूतावासका प्रवेशाज्ञा र कन्सुलर…
काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार…
धनुषाः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताएका छन्। धनुषाको औरही गाउँपालिकाको कपटौलमा बिहीबार आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताए। कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिर्जना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको…
काठमाडौंः भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ । पछिल्लो समय भारत र श्रीलंका हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न यो प्रावधान लागू गर्न लागिएको हो। अध्यागमन विभागमा…
लमजुङः लमजुङको पर्यटकीय सिउरुङ गाउँमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख गाउँमा आएको भन्दै गाउँलेले भव्य स्वागत गरेका छन्। उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई गाउँलेले भव्य स्वागत सम्मान गरेका हुन्। जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेलसहितको टोली सिउरुङ पुगेको…
नयाँदिल्लीः भारतको उत्तरपश्चिमी राज्य नागाल्यान्डमा सुरक्षाकर्मी र हतियारधारी समूहबीच भएको भिडन्तमा परी एक भारतीय सैनिकसहित पाँच जनाको मृत्यु भएको छ। मारिनेमा तीन हतियारधारी र एक सर्वसाधारणसमेत रहेका प्रहरीले जनाएको छ। भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको दाबी गरेको छ। तर, ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन। सुरक्षा गस्तीमा रहेका सैनिकलाई…
काठमाडौंः नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि बूढानीलकण्ठस्थित निवासमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ। व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको हो। बधाई दिन सांसद, कांग्रेस केन्द्रीय सदस्यलगायत बूढानीलकण्ठ पुगेका थिए।रासस
काठमाडौंः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताएका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा नेता नेपालले सरकारको काम र नीतिका आधारमा एमालेले समर्थन र विरोधको नीति लिने बताए। उनले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने बर्तमान सरकारको कार्यभार भएकाले त्यो पूरा गर्नुपर्ने बताए। नेता नेपालले…
गुल्मीः दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ। माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र कांग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ। सहमतिअनुसार रुरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली तथा उपप्रमुखमा कांग्रेसका देवेन्द्र मल्ललाई उम्मेदवार बनाइएको छ। त्यस्तै, बङ्म्घा र बलेटक्सारको वडा…
तेह्रथुमः नेकपा एमालेले तेह्रथुमको आठराई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। एमालेले अध्यक्षमा मानबहादुर लिम्बू र उपाध्यक्षमा रुपादेवी कन्दङ्वालाई उम्मेदवार बनाएको छ । वडा अध्यक्षमा आठराई गाउँपालिका–१, सक्रान्तिमा कमलध्वज माबोहाङ, वडा नं २, खाम्लालुङमा गजेन्द्र चोङवाङ, वडा नं ३, ह्वाकुमा भीष्मप्रसाद डाँगी, वडा नं ४, इवामा श्यामकुमार भट्टराई, वडा नं ५, छातेढुङ्गामा विष्णुप्रसाद ओली, वडा नं ६, चुहानडाँडामा उमेश कन्दङवा र…