PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • ट्राफिक अदालत गठनको माग गर्दै सर्वोच्चमा रिट दायर

    ट्राफिक अदालत गठनको माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौंः ट्राफिक अदालत गठनका लागि कानुन निर्माणको आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता विकास भट्टराई र जनकराज आचार्यले संयुक्त रुपमा रिट दायर गरेका हुन्। ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित गर्न, अन्तर्राष्ट्रियस्तरको मापदण्ड बमोजिम बनाउन, प्राकृतिक न्यायको सिद्धान्तलाई परिपालना गर्न, ट्राफिक प्रहरी र सवारी…

    विस्तृतमा पढ्नुस्

  • हारजित निर्वाचनको सामान्य प्रक्रियाः ओली 

    हारजित निर्वाचनको सामान्य प्रक्रियाः ओली 

    नेपालगञ्जः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन्। बाँकेमा पार्टीका उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने बताए। हारजित निर्वाचनको सामान्य प्रक्रिया भएको भन्दै अध्यक्ष ओलीले हारजितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेर्नुपर्ने बताए। उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुने…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन तोकिएकै मितिमा हुन्छः प्रमुख आयुक्त

    निर्वाचन तोकिएकै मितिमा हुन्छः प्रमुख आयुक्त

    राजविराजः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार १४ मै हुने बताएका छन्। सप्तरीको राजविराजमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षाकर्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा प्रमुख आयुक्त यादवले अब निर्वाचनको मिति नसर्ने बताए।  उनले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताए। त्यसक्रममा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा…

    विस्तृतमा पढ्नुस्

  • दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमण

    दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमण

    काठमाडौंः नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ।  बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले झा चढेको बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए।  अध्यक्ष झाले आफ्नो गाडीमा एकाएक रडले प्रहार गरेका र गाडीको पछाडिको भाग र सिसाहरू फुटेको छ बताए।…

    विस्तृतमा पढ्नुस्

  • छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैदको फैसला

    छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैदको फैसला

    भक्तपुरः छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले २३ वर्ष जेल र तीन लाख रुपैयाा क्षतिपूर्ति भराउने फैसला गरेको छ ।  भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय (२) बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं (क) बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष…

    विस्तृतमा पढ्नुस्

  • इपिएस परीक्षा दिन गएका १९ नक्कली परीक्षार्थी पक्राउ

    इपिएस परीक्षा दिन गएका १९ नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट प्रहरीले पक्राउ गरेको हो।  ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौंको परीक्षा केन्द्रबाट ६ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।  इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री गच्छदार भन्छन्–अब निर्वाचनको मिति सर्दैन

    उपप्रधानमन्त्री गच्छदार भन्छन्–अब निर्वाचनको मिति सर्दैन

    विराटनगरः उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्।  विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँगको कुराकानीमा उपप्रधानमन्त्री गच्छदारले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी दिए। निर्वाचनलाई सार्थक बनाउन निर्वाचनसम्बन्धी केही प्रावधानलाई सहज बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले निर्वाचन आयोगको सहमतिमा…

    विस्तृतमा पढ्नुस्

  • सवै एकजुट भएमात्र महिला हिंसा अन्त्यः राष्ट्रपति

    सवै एकजुट भएमात्र महिला हिंसा अन्त्यः  राष्ट्रपति

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएकी छन्।  महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित महिला सम्मान तथा सहाना प्रधान विशेषाङ्क लोकार्पणमा राष्ट्रपति भण्डारीले मुलुकका विभिन्न ठाउँमा अझैपनि छाउपडी दाइजोलगायतका कारण महिला हिंसा हुने गरेको भन्दै यसको निरुपण आजको आवश्यकता रहेको बताइन्।  राष्ट्रपति भण्डारीले राज्यको सबै अङ्ग परिचालित हुँदै गएमा देशमा शान्ति,…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगर कार्यपालिकामा एमाले विजयी

    पोखरा महानगर कार्यपालिकामा एमाले विजयी

    पोखराः पोखरा–लेखनाथ महानगरपालिकाको कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएका छन्। त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी भएका छन्। ३३ वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र…

    विस्तृतमा पढ्नुस्

  • मनाङ एयरको हेलिकप्टर गोसाइँकुण्डमा दुर्घटना, यात्रु  र चालक सकुसल

    मनाङ एयरको हेलिकप्टर गोसाइँकुण्डमा दुर्घटना, यात्रु  र चालक सकुसल

    रसुवाः रसुवाको गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको छ। छ जना यात्रु बोकेको हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ। हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन्।  हेलिकप्टर मर्मत गरी काठमाडौ लैजान र यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि सम्झौता पूरा हुनैपर्छः महतो

    निर्वाचनका लागि सम्झौता पूरा हुनैपर्छः महतो

    राजविराजः राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग सरकारले गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्।  प्रेस मञ्च नेपालद्वारा सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन सरकारले सम्झौता पूरा गर्नैपर्ने बताए। उनले केही मधेसी दल र केही नेताले मधेसलाई धोका…

    विस्तृतमा पढ्नुस्

  • बेलायतको इयूबाट बहिर्गमन प्रक्रिया नरोकिने प्रधानमन्त्रीको मेको भनाइ

    बेलायतको इयूबाट बहिर्गमन प्रक्रिया नरोकिने प्रधानमन्त्रीको मेको भनाइ

    लण्डनः बेलायती प्रधानमन्त्री थेरेसा मेले निर्वाचन परिणाम आएसँगै संसदमा सवैभन्दा ठूलो दलको हैसियतमा आफ्नो दलले नयाँ सरकारको नेतृत्व लिने र सोही सरकारले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बहिर्गमन हुने प्रक्रिया सुरु गर्ने बताएकी छन्। महारानी एलिजावेथ द्वितीयसँगको भेटपछि डाउनिङ स्ट्रिटमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री मेले ब्रेक्जिटका लागि यसअघि गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने बताइन्। निर्वाचनमा प्रधानमन्त्रीको दलको कमजोर परिणाम आएसँगै…

    विस्तृतमा पढ्नुस्

  • बैद्य र चन्दलाई  प्रचण्डको आग्रहः अब भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन

    बैद्य र चन्दलाई  प्रचण्डको आग्रहः अब भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएका छन्। निजी निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोहन बैद्य र नेत्रविक्रम चन्दलाई पुरानै पार्टीमा फर्कन आग्रह गरे। प्रचण्डले भने, “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका अध्यक्षमा दाजुभाइको उम्मेदवारी

    गाउँपालिका अध्यक्षमा दाजुभाइको उम्मेदवारी

    बैतडीः बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा दाजुभाइ उम्मेदवार बनेपछि परिवारलाई भोट हाल्न समस्या परेको छ। जञ्जाली रानाका जेठा छोरा कर्णबहादुर राना नेपाली कांग्रेसबाट र कान्छा छोरा लोकेन्द्र राना नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्। आफ्नै छोरा अलग–अलग पार्टीबाट उम्मेदवार बनेपछि बाबु जञ्जालाई भने कसलाई भोट दिने भन्ने समस्या परेको छ। उनी भन्छन्,“दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रतिपक्ष भएपनि निर्वाचन परिणामले एमाले सत्तापक्षः ओली

    संसदमा प्रतिपक्ष भएपनि निर्वाचन परिणामले एमाले सत्तापक्षः ओली

    काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका– संसद्मा एमाले प्रतिपक्षमा भएपनि निर्वाचन परिणामले  सत्ता पक्ष बनेको बताएका छन्।  पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामले एमाले प्रमुख सत्तापक्ष बनेको बताए। उनले स्थानीय तहको अहिलेसम्मको परिणाम अनुसार एमाले पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सुरक्षाफौजको कार्वाहीमा अफगानिस्तानमा २३ तालिवान लडाकुको मृत्यु

    सरकारी सुरक्षाफौजको कार्वाहीमा अफगानिस्तानमा २३ तालिवान लडाकुको मृत्यु

    काबुलः अफगानिस्तानमा सरकारी सुरक्षाफौजको कार्वाहीमा २३ तालिवान लडाकुको मृत्यु भएको छ।  फर्याब, बाडाख्सान, कुन्दुज र हेल्मण्डलगायतका प्रदेशमा गरिएको सुरक्षा कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयले जनाएको छ ।  सुरक्षा कारबाहीका क्रममा अरु नौ जना घाइते भएका छन् भने दुई जनालाई अफगान राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा फौजले पक्राउ गरेको छ ।  सुरक्षाकर्मीले घटनास्थलबाट ठुलो मात्रामा हातहतियार तथा विस्फोटक पदार्थ बरामद गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको जनकनन्दिनीमा घाँटी रेटी एक जनाको हत्या

    धनुषाको जनकनन्दिनीमा घाँटी रेटी एक जनाको हत्या

    धनुषाः नेपाल–भारत सीमास्थित धनुषाको जनकनन्दिनीमा  घाँटी रेटिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।  धनुषाको जनकनन्दिनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति शव फेला परेको हो। राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडि घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी सहायक निरीक्षक राधेमोहन साहले जानकारी दिए।  शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।…

    विस्तृतमा पढ्नुस्

  • खाडो खोलामा आएको बाढीले सप्तरीका एक दर्जन गाउँ डुबानको खतरामा

    खाडो खोलामा आएको बाढीले सप्तरीका एक दर्जन गाउँ डुबानको खतरामा

    राजविराजः लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा बढेको छ।  पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका जिल्लामा लगातारको वर्षापछि खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन्।  अहिले खाडो…

    विस्तृतमा पढ्नुस्

  • खोटाङमा कांग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

    खोटाङमा कांग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

    खोटाङः नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडा अध्यक्षका उम्मेदवार इन्द्र तामाङ घाइते भएका छन्।  कांग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडप हुँदा तामाङ घाइते भएका हुन्।  चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका कांग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले जनाएको छ। घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै विराटनगर पठाइएको एमाले खोटाङका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगर मेयरमा एमालेले विनोद ढकाललाई उठाउने

    विराटनगर महानगर मेयरमा एमालेले विनोद ढकाललाई उठाउने

    काठमाडौँः नेकपा एमालेले विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा उम्मेदवार तय गरेको छ ।  शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ भने उपमेयरमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहका आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ।  यस्तै, बैठकले धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell