PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

  • प्रदेश ५ : कृषियन्त्र खरिदमा ५० प्रतिशत अनुदान, कृषि मन्त्रालयद्वारा ३० करोड विनियोजन

    प्रदेश ५ : कृषियन्त्र खरिदमा ५० प्रतिशत अनुदान, कृषि मन्त्रालयद्वारा ३० करोड विनियोजन

    रुपन्देही: कृषिमा उत्पादन वृद्धिका लागि प्रदेश नम्बर ५ को सरकारले कृषियन्त्र खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ। ट्रयाक्टर, हार्भेस्टर, पावर ट्रिलर, ट्रिपर, थ्रेसरजस्ता मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानका लागि मात्रै ३० करोड रकम छुट्टाईएको कृषिमन्त्रालयले जनाएको छ। कृषिको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रीकरणसहित र स्मार्ट कृषि गाउँ, एक पालिका एक शीत भण्डारलगायतका कार्यक्रममासमेत किसानले अनुदान पाउनेछन्। बालीको उत्पादकत्व वृद्धि गर्न…

    विस्तृतमा पढ्नुस्

  • 'कम्युनिस्टले झुटा नारा बाँडेर जनतालाई झुक्याए, सरकार सुविधा हैन, टुक्का सुनाएर मनोरञ्जन दिँदै'

    'कम्युनिस्टले झुटा नारा बाँडेर जनतालाई झुक्याए, सरकार सुविधा हैन, टुक्का सुनाएर मनोरञ्जन दिँदै'

    रुपन्देही: ३६ औं वीपी स्मृति दिवसको अवसरमा आज रुपन्देहीमा वृक्षारोपण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा गैडहवा गाउँपालिका वडा ३ सगरहवा ताल वरपर  वृक्षारोपण गरिएको हो। नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नेताहरुले वीपीले देखाएको बाटोमा नेपाली कांग्रेस सधैं हिड्नु पर्ने धारणा राखे। कार्यक्रममा विश्वबाट हराउँदै गएको कम्युनिष्टले नेपालमा नारा बेचेर नेपाली जनतालाई…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्रीको निजी सचिवको पत्रपछि रोकियो लुम्बिनी अञ्चल अस्पतालको सटर भाडाको टेण्डर

    स्वास्थ्यमन्त्रीको निजी सचिवको पत्रपछि रोकियो लुम्बिनी अञ्चल अस्पतालको सटर भाडाको टेण्डर

    रुपन्देहीः लुम्बिनी अञ्चल अस्पतालका सटरको टेण्डर प्रक्रिया स्थगित भएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निजी सचिवले ‘प्रदेश सरकारको सहमति अनुसार टेण्डर प्रक्रिया अघि बढाउनु भन्ने परिपत्र’ गरेपछि टेण्डर रोकिएको हो। अस्पतालमा रहेका ६९ वटा सटरको चार वर्षे म्याद सकिएपछि टेण्डर प्रक्रिया सुरु भएको थियो। जेठमा  प्रकाशित सूचना अनुसार असार २६ गते अन्तिम मिति रहेको थियो। मन्त्रालयको पत्रपछि अस्पतालका  मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • असारे विकासको चटारो, हिलाम्मे सडकमा गरेको पिच एक महिनामै उप्कियो

    असारे विकासको चटारो, हिलाम्मे सडकमा गरेको पिच एक महिनामै उप्कियो

    रुपन्देहीः असार मसान्त आउन लागेपछि हतारमा काम सुरु गरेका निर्माण व्यवसायीले पानी, धुलो तथा माटोमाथि नै सडक कालोपत्रे गरेका छन्। वर्षौँदेखि निर्माण कार्य अलपत्र रहेको तानसेन–तम्घास सडकको हार्थोक–रिडी खण्डमा मर्मत गर्दा चिसो र पानीमाथि नै कालोपत्रे बिच्छ्याएको हो। रिब्दीकोट गाउँ“पालिका, ४ भैरवस्थानका तिलक गाहा लगायतले गुणस्तरहीन कालोपत्रे गरेको देखेपछि त्यसको उप्काएर विरोध समेत गरेका छन्।  निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा स्थानीय जनप्रतिनिधिको सेवा सुविधा विधेयक प्रमाणीकरण, यस्तो छ तलब सुविधा

    प्रदेश ५ मा स्थानीय जनप्रतिनिधिको सेवा सुविधा विधेयक प्रमाणीकरण, यस्तो छ तलब सुविधा

    रुपन्देहीः प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश नम्बर ५ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। विधेयक प्रमाणीकरणसँगै अब स्थानीय तहका जनप्रतिनिधिले तलब पाउने कानुनी बाटो खुलेको छ। सोमबार विधेयक प्रमाणीकरण भएको हो। संविधानको धारा २०१(२) बमोजिम झाले विधेयक प्रमाणीकरण गरेका हुन्। जेठ १६ गतेको प्रदेशसभा बैठकले विधेयक पारित गरेको थियो। ऐन अनुसार अब…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा आज नीति तथा कार्यक्रम, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने

    प्रदेश ५ मा आज नीति तथा कार्यक्रम, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने

    रुपन्देहीः प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम आज प्रदेशसभामा पेस गर्दैछ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ।  मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए।  नीति कार्यक्रम पेस गर्न दिउँसो १ बजे प्रदेशसभा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने : पछाडि परेका ३५ गाउँपालिका छनोट 

    प्रदेश ५ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने : पछाडि परेका ३५ गाउँपालिका छनोट 

    रुपन्देहीः प्रदेश नम्वर ५ को मन्त्री परिषदको बैठकले प्रदेशको बित्त व्यवस्थापन विधेयक २०७५ र प्रदेश कर तथा गैर कर राजश्व सम्वन्धी  विधेयक २०७५ स्विकृत गरी प्रदेश सभामा पेश गर्ने निणर्य गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  बसेको बैठकले बित्त व्यवस्थापन विधेयक र प्रदेश कर तथा गैर कर राजश्व सम्वन्धि  विधेयक  स्विकृत गरी अव बस्ने प्रदेश सभाको बैठकमा पेश गर्ने निणर्य…

    विस्तृतमा पढ्नुस्

  • पहिरो खसिरहने सिद्धबाबाको सडक हेर्न पुगे मन्त्री महासेठ, भने, 'सास्ती रहेछ'

    पहिरो खसिरहने सिद्धबाबाको सडक हेर्न पुगे मन्त्री महासेठ, भने, 'सास्ती रहेछ'

    रुपन्देही: भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा पटकपटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था अब आउन नदिने बताए। मन्त्रालयका सचिव, बिभागका निर्देशक सहितको प्राबिधिक टोलीसहित आज सिद्धबाबा क्षेत्रको स्थलगत निरीक्षणका लागि  आइपुगेका  मन्त्री महासेठले सरकारले यस स्थानको सडक व्यवस्थापनका लागि बजेट व्यवस्था गरीसकेकाले यसको बिस्तृत अध्ययन गरी उपयुक्त प्रबिधिको…

    विस्तृतमा पढ्नुस्

  • २२ करोड लागतमा बन्यो बायो ग्यास बोटलिङ प्लान्ट

    २२ करोड लागतमा बन्यो बायो ग्यास बोटलिङ प्लान्ट

    रुपन्देहीः ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले मुलुकको समृद्धिका लागि ऊर्जा र सिँचाइमा लगानी बढाइने बताएका छन्। रामग्रामस्थित सुक्रौलीमा निर्माण भएको बायो ग्यास बोटलिङ आयोजनाको उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले त्यसको बढीभन्दा बढी उपयोग गरिने बताए। मन्त्री पुनले सरकारले अब ऊर्जा र सिँचाइको दशक मनाई विद्युत् उत्पादनमा आत्मनिर्भर बनाउने बताए। मन्त्री पुनले वर्षिनी व्यापार घाटा…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा बस दुर्घटना पाँच जनाको मृत्यु, १२ घाइते

    पाल्पामा बस दुर्घटना पाँच जनाको मृत्यु, १२ घाइते

    रुपन्देहीः पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिन भन्ने ठाउँमा दुर्घटना भएको छ। रिजर्भमा गएको बस रम्घा गाउँपालिका वडा नं ४ हुमिनमा बिहान ९ बजे दुघटना भएको पाल्पा प्रहरीले जनाएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो।  दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ यात्रु घाइते भएका छन्।  घटनास्थलमा अहिले प्रहरी पुगेको र उद्धार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा सार्वजनिक बिदाका साथ गणतन्त्र दिवस मनाइँदै

    प्रदेश ५ मा सार्वजनिक बिदाका साथ गणतन्त्र दिवस मनाइँदै

    रुपन्देहीः गणतन्त्र दिवसको अवसरमा आज प्रदेश नम्वर ५ को अस्थायी केन्द्र बुटवलमा बिभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईएको छ। बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डप स्थित गणतन्त्र पार्कसम्म प्रभातफेरी र त्यस पश्चात गणतन्त्र मुल समारोह सम्पन्न भएको छ। प्रभातफेरी र मुल समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, जनप्रनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगी व्यवसायीसहित उपस्थिति थियो। प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा भएको मुल समारोहलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ सरकारको सय दिन: अभूतपूर्व काम गरेको मुख्यमन्त्रीको दाबी

    प्रदेश ५ सरकारको सय दिन: अभूतपूर्व काम गरेको मुख्यमन्त्रीको दाबी

    रुपन्देहीः प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले सीमित साधन श्रोतकाबीच पनि प्रदेश सरकारले अभूतपूर्व काम गरेको दाबी गरेका छन्। प्रदेश सरकारले एक सय दिनमा गरेका कामका सम्बन्धमा जानकारी गराउन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले संवैधानिक दृष्टिकोणमा धेरै काम गर्न नसके पनि परिस्थितिका दृष्टिकोणमा सीमित  साधन श्रोतको उपयोग गरी अभूतपूर्व काम गरेको बताएका हुन्। उनले प्रदेश नम्बर ५ को…

    विस्तृतमा पढ्नुस्

  • समयमा काम नसक्ने ठेकेदारमाथि सरकारको एक्सन, अर्घाखाँचीमा समातिए ठेकेदारका प्रतिनिधि

    समयमा काम नसक्ने ठेकेदारमाथि सरकारको एक्सन, अर्घाखाँचीमा समातिए ठेकेदारका प्रतिनिधि

    रुपन्देहीः गृहमन्त्री रामबहादुर थापाले समयमा काम नसक्ने ठेकदारालाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएपछि अर्घाखाँची जिल्ला प्रशासनले जयबाबा जेभीका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ।   पाल्पाको कञ्चनखोलादेखि अर्घाखाँचीको ढुङ्ग्रीखोलासम्म करिब १७ किलोमिटर सडकको ह्युमपाइप, मोड सुधार, कच्ची नाला निर्माण र सडक ग्राभेल  गर्ने काम सम्झौता  अनुसार नसकिएको भन्दै ‘जयबाबा जेभी स्वयम्भु काठमाडौँका प्रतिनिधि विवेक पौडेललाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी खिमराज…

    विस्तृतमा पढ्नुस्

  • नुहाउने क्रममा पोखरीमा डुबेर ४ बालिकाको मृत्यु

    रुपन्देही : लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ मा रहेको नैखनीया पोखरीमा नुहाउने क्रममा डुबेर ४ जना बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन। बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै ४ किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीलाई गगन थापाको सुझाव : अह‌ंकार त्याग्नुस, अहंकारले भरिएको यात्रा लामो समय टिक्दैन

    प्रम ओलीलाई गगन थापाको सुझाव : अह‌ंकार त्याग्नुस, अहंकारले भरिएको यात्रा लामो समय टिक्दैन

    रुपन्देहीः प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको अहंकार त्याग्न आग्रह गरे। नेपाली कांग्रेस सैनामैनाको नगर सभालाई आज मुर्गियामा सम्बोधन गर्दै युवा नेता थापाले प्रधमन्त्री ओलीलाई दुई तिहाईको अहंकार छाडेर जनताको पक्षमा काम गर्न सल्लाह दिए। ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्नु राम्रो हो मिलेर जानुस राम्रो काम गर्नुस शुभकामना छ। तर अहंकारले भरिएको यात्रा लामो समय टिक्न सक्दैन। इतिहासले…

    विस्तृतमा पढ्नुस्

  • 'मृत्युमार्ग' - दश वर्षमा पहिरोले पुरिए ५३ सवारीसाधन, ६६ को निधन : विकल्पमा ओलीको सुरुङमार्ग!

    'मृत्युमार्ग' - दश वर्षमा पहिरोले पुरिए ५३ सवारीसाधन, ६६ को निधन : विकल्पमा ओलीको सुरुङमार्ग!

    रुपन्देही: पाल्पा र रुपन्देहीको सीमामा पर्ने सिद्धबाबादेखि दोभानको करिब ५ किलोमिटरको 'मृत्युमार्ग' का यात्रुले वैकल्पिक मार्गबाट यात्रा गर्न अझै एक वर्ष पर्खनुपर्ने भएको छ। यस भेगका जनताहरु उक्त सडकबाट वर्षौंदेखि ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्। वैकल्पिक रुपमा निर्माण भैरहेको बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिको नुवाकोटबाट सिदार्थ राजमार्गमा जोड्ने सडकको काम सकिए पनि पुल निर्माण सम्पन्न नभएको कारण…

    विस्तृतमा पढ्नुस्

  • पारिश्रमिक कम भएको प्रदेश सांसदको गुनासो, स्वकीय सचिव र चालक माग

    पारिश्रमिक कम भएको प्रदेश सांसदको गुनासो, स्वकीय सचिव र चालक माग

    रुपन्देहीः प्रदेश ५ को प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख उमाकान्त झाले पठाएको पत्र पढेर सुनाउँदै सभामुख पूर्णबहादुर घर्तीले मंगलबार रातिदेखि अधिवेशन अन्त्य भएको जानकारी बैठकलाई गराए।  पहिलो अधिवेशन माघ २१ गतेबाट सुरु भएको थियो। अधिवेशनले सभामुख÷उपसभामुख चयन गरेको थियो। अधिवेशनले कार्यसञ्चालन नियमावली पारित गरेको थियो। नियमावली अनुसार चारवटा समिति गठन भएका छन्।  अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिएका…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् विप्लवको बन्दले ठप्प बुटबल

    फोटोमा हेर्नुस् विप्लवको बन्दले ठप्प बुटबल

    रुपन्देही : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। देशभरबाट करिब डेढ सय आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ। यस क्षेत्रमा आज सार्वजनिक सवारी साधन बिहानैदेखि चलेका छैनन्। केही मोटरसाइकल र सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सवारी साधन मात्रै सडकमा फाट्टफुट्ट चलेका छन्। सडकमा सामान्य…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा बैठकलाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली, सम्बोधन जारी

    प्रदेशसभा बैठकलाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली, सम्बोधन जारी

    रूपन्देहीः वैशाख २१ गतेका लागि आह्वान भएको प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि आजका लागि बोलाइएको छ। अहिले सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले कुनै पनि प्रदेशसभा बैठकलाई गर्न लागेको यो पहिलो सम्बोधन हो। ओली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशसभा बैठकस्थल र सचिवालय आसपासका क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ सभामा प्रधानमन्त्रीको १ घण्टा भाषण : सिन्डीकेटसँग सम्झौता हुँदैन

    प्रदेश ५ सभामा प्रधानमन्त्रीको १ घण्टा भाषण : सिन्डीकेटसँग सम्झौता हुँदैन

    रुपन्देहीः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्ध जयन्तीकोको विशेष समारोहमा सहभागी हुन रुपन्देही पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन्। प्रदेशसभा बैठकमा १ घण्टा ४ मिनेट लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमिति र सिन्डीकेट जस्ता  अनुचित कुरा कसैसँग सम्झौता नगर्ने बताए छन्।  प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक प्रदेशसभाको बैठकमा उभिएका प्रधानमन्त्री ओलीले भ्रष्टाचार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell