विराटनगर : विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न बाटो खुलेको छ। संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न मार्ग प्रशस्त भएको हो। विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सवराज खरेलले मन्त्रिपरिषद्को बैठकले विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्ने प्रस्तावलाई स्वीकृत गरेको पुष्टि गरे। प्रमुख खरेलका अनुसार विमानस्थलमा…
विराटनगरः मोरङका पूर्व दक्षिण सीमान्त क्षेत्रमा पर्ने नाकाहरूबाट अनधिकृत निकासी–पैठारीमा वृद्धि भएसँगै तस्करी हुने माल वस्तुको मूल्यमा पनि वृद्धि भएको छ। प्रहरी–प्रशासनको मौन स्वीकृतिमा तस्करहरूले मोरङका छोटी नाकाहरूबाट तस्करीको लाइन खोलेसँगै तस्करी गरिने मुख्य वस्तुको मूल्यवृद्धि भएको हो। विराटनगरको श्री हनुमान ट्रेडर्सका सञ्चालक विजय अग्रवालका अनुसार भदौ महिनामा प्रति किलोग्राम ७० देखि ८० रुपैयाँ पर्ने हरियो केराउको मूल्य अहिले १ सय…
विराटनगर : प्रदेश १ सरकारले दिने भनी सहमति गरेको रकम प्राप्त हुन ढिलो भएपछि विराटनगरमा निर्माणाधीन बृहत् नागरिक केयर सेन्टरको काम अलपत्र परेको छ। सेन्टरका अध्यक्ष पवनकुमार शारडाले प्रदेश सरकारबाट समयमा रकम उपलब्ध नभएका कारण निर्माणको काम अलपत्र परेको जानकारी दिएका हुन्। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाका आह्वानमा दशैँअगाडि गरिएको भर्चुअल बैठकले विराटनगरमा १ सय शय्याको कोभिड केयर सेन्टरको…
विराटनगरः आम उपभोक्ताको ध्यान चाडबाडतिर भइरहेका बेला पूर्वका उद्योगीले अप्रत्याशित रूपमा इँटाको मूल्य बढाएका छन्। मोरङ र सुनसरीका उद्योगीले दशैंको मुखमा इँटाको मूल्य प्रति गोटा २ रुपैयाँले बढाएका हुन्। मोरङको सबैभन्दा ठूलो आनन्द इँटा भट्टा उद्योगले १ नम्बर इटाको मूल्य १८ बाट २० रुपैयाँ बनाएको छ। यस इँटाभट्टाका ८ वटा चिम्नी संचालनमा छ। आनन्द इँटाका संचालक मोरङको रङ्गेली नगरपालिकाका प्रमुख…
विराटनगरः भारत सरकारले त्यहाँका निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको चामल नेपाल भित्रिएपछि नेपालमा चामलको मूल्य घटेको छ। भारत सरकारले कोभिड सङ्क्रमणयता तीन महिनायता आफ्नो देशका ८० करोडभन्दा बढी जनतालाई प्रति किलोग्राम १ रुपैयाँका दरले एक जनालाई महिनामा १० किलोका हिसाबले रासनको चामल वितरण गर्न थालेको छ। तर आधाभन्दा बढी जनसङ्ख्याले उक्त चामल स्थानीय पसलेलाई विक्री गर्दछन्। त्यही चामल…
विराटनगर : कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ। प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिहिबार प्रयोगशालाको उद्घाटन गरे। विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा र नवीन रिजालको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो। करिब ५ करोडको लगानीमा ल्याब…
विराटनगर : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीले १ सय शय्याको कोरोना केयर सेन्टर बनाउने भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको आह्वान र अवधारणामा विराटनगरमा जनसहभागितामा कोरोना केयर सेन्टरको स्थापना गर्न लागिएको हो। विराटनगर महानगरका प्रमुख पराजुलीका अनुसार केयर सेन्टरका लागि रोटरी…
विराटनगर : मोरङका उद्योगवाणिज्य संस्थाले विराटनगरमा १०० शय्याको प्रि–कोभिड अस्पतालको निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा शनिबार अपराह्न भएको भर्चुअल कार्यक्रममा तीन वटा उद्योगवाणिज्य संस्थाले प्रि–कोभिड अस्पतालको निर्माण गर्न सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका हुन्। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र विराट व्यापार संघका अध्यक्ष…
विराटनगर : प्रदेश नम्बर १ प्रदेश सभाको प्रमुख पतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रदेश राजधानी विराटनगरमा १५ दिनभित्र १ हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ। प्रतिपक्षी दलद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्कीले १ हजार शय्याको कोभिड अस्पतालको निर्माण गर्न माग गरेका हुन्। नेता कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड…
विराटनगर : प्रदेश नम्बर १ मा दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला प्रदेश सरकारले २ महिनाअघि १ हजार शैय्याको आइसोलेसन बनाउने भनी गरेको निर्णयले मूर्त रूप पाउन सकेको छैन। यति बेला प्रदेश नम्बर १ मा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजारभन्दा बढी भइसकेको छ। प्रतिदिन ४ सयभन्दा बढीको सङ्ख्यामा कोभिड–१९ का बिरामी थपिन थालेका छन्। प्रदेश राजधानी विराटनगरमा मात्र दैनिक १…
विराटनगर : प्रदेश नम्बर १ मा दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला प्रदेश सरकारले २ महिनाअघि १ हजार शय्याको आइसोलेसन बनाउने भनी गरेको निर्णयले मूर्त रूप पाउन सकेको छैन। यति बेला प्रदेश नम्बर १ मा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजारभन्दा बढी भइसकेको छ। प्रति दिन ४ सयभन्दा बढीको सङ्ख्यामा कोभिड–१९ का बिरामी थपिन थालेका छन्। प्रदेश राजधानी विराटनगरमा मात्र…
विराटनगर : विराटनगर विमानस्थलको धावन मार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संघीय सरकार, प्रदेश नम्बर १ को सरकार र विराटनगर महानगरपालिकाबीच समझदारी भएको छ। हाल १ हजार ५ सय मिटरको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थलका स्वरूपमा स्तरोन्नति गर्न ३ तहका सरकारबीच सोमवार विराटनगरमा समझदारी भएको हो। समझदारी पत्रमा संघीय सरकारका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री…
विराटनगर : नेपालकै जेठो उद्योग विराटनगर जुट मिल्सको साधारणसभा विगत ३ वर्ष ३ महिनादेखि भएको छैन। कम्पनी रजिस्ट्रारको कार्यालयले साधारणसभा गर्न पटकपटक निर्देशन दिए पनि मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले अटेर गर्दै साधारणसभा नगरेका हुन्। मिल्सको नियमित साधारणसभा यसअघि २०७४ असार २४ गते गरिएको थियो। त्यसपछि हालसम्म हुन सकेको छैन। कम्पनी रजिस्ट्रारको कार्यालयले साधारण सभा गर्न पटकपटक निर्देशन दिएको कार्यालयका कानुन…
विराटनगरः विराटनगरमा सोमबारदेखि पीसीआर परीक्षण सुरु भएको घोषणा गरेका तीन स्वास्थ्य संस्थामध्ये एकले परीक्षण शुल्क निर्धारण गर्न सकेको छैन। सोमबारदेखि पीसीआर परीक्षण भएको जानकारी गराउने न्यूरो अस्पताल, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजमध्ये न्यूरो अस्पतालले परीक्षण शुल्क निर्धारण गर्न नसकेको हो।न्यूरोका सञ्चालन निर्देशक राजेश भट्टराईले निजी अस्पतालको एसोसिएसनको बैठकले निर्णय गरेपछि मात्र आफ्नो अस्पतालले पनि पीसीआर परीक्षणको शुल्क निर्धारण गर्ने…
विराटनगर : कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल-भारत सीमा सिल गरे पनि चोरबाटोबाट किनमेल गर्न पारि जानेको संख्या घटेको छैन। चाडबाड नजिकिएसँगै पूर्वी तराईका भारतसँग सीमा जोडिएका गाउँ-बस्तीका बासिन्दा पारिको बजार जान थालेका छन्। सरकारले प्रदेश १ मा मोरङको जोगबनी, सुनसरीको भन्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट मात्र भारत आउजाउ गर्न अनुमति दिएको छ। यी चारबाहेक अन्य नाकाबाट…
विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाको भवन विराटनगरमै निर्माण हुने निश्चित भएको छ। विश्वकर्मा पूजाको उपलक्ष्य पारेर बिहीवार भवनको उद्घाटन गरिएसँगै प्रदेश सभा कहाँ राख्ने भन्ने विवादको टुङ्गो लागेको हो। हाल प्रदेश सभा सञ्चालन भइरहेकै स्थल साविकको जिल्ला विकास समितिको जमिनमा प्रदेश सभाको शिलान्यास गरिएको हो। प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले हिन्दु विधिपूर्वक प्रदेश सभा भवनको शिलान्यास गरे।…
विराटनगर : ऋणका लागि ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर मोरङका एक सुन पसल सञ्चालक बेपत्ता भएका छन्। मोरङको बुढीगङ्गा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता धितोमा राखिएको सुनचाँदी फरार भएका हुन्। उनीहरूले बोक्ने गरेको मोबाइल फोन स्विच अफ छ। दुवैले आआफ्नो फेसबुक डिएक्टिभ गरेका छन्। पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले…
विराटनगर : प्रहरीले सीमा क्षेत्रको तस्करी नियन्त्रण भएको दावी गरे पनि यथार्थ त्यस्तो छैन। मोरङ र सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम यथावत् छ। कोभिड-१९ को विश्वव्यापी प्रकोपसँगै नेपाल-भारत सीमा सिल गरिएपछि ठप्प भएको तस्करी फेरि मौलाउन थालेको छ। विराटनगरका चामल आयातकर्ता जितु बोथडाले भने, ‘चैत लागेपछि सीमा क्षेत्रका उपभोक्ता हाम्रो पसलमा चामल र…
विराटनगर : विराटनगरको अति व्यस्त तरकारी र किराना बजार गुदरीबाट कोरोना भाइरसको महामारी फेरि फैलने सम्भावना बढेको छ। गुदरी बजार खुलेसँगै यहाँका पसले र पसलका कामदारको हेल्चेक्र्याइँ र अनुशासनहीनताका कारण गम्भीर परिस्थिति आउने देखिएको हो। जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार यही भदौ २२ गतेदेखि विराटनगरको बजार बिहानदेखि साँझ ७.०० बजेसम्म खोल्न थालिएको छ। विराटनगरको गुदरीमा तरकारी र किराना पसलको काम गर्ने…
विराटनगर : विराटनगरमा निजी क्षेत्रको न्यूरो हस्पिटलले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ। निजी क्षेत्रकै विराट अस्पतालले निःशुल्क उपचार शुरु गरेको दुई हप्तापछि न्युरो हस्पिटलले पनि सो सेवा शुरु गरेको हो। प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको स्वीकृतिपछि अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए। विराटनगरको महेन्द्र चोकमा रहेको ५० शय्याको…