PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • प्रदेश सरकारले सत्तामा बस्ने नैतिक अधिकार गुमाइसकेको काँग्रेसको टिप्पणी, अक्सिजन र भेन्टिलेटर थप्न आग्रह

    प्रदेश सरकारले सत्तामा बस्ने नैतिक अधिकार गुमाइसकेको काँग्रेसको टिप्पणी, अक्सिजन र भेन्टिलेटर थप्न आग्रह

    विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ का कोभिड–१९ उपचार केन्द्र पर्याप्त अक्सिजन र भेन्टिलेटर भएका शय्या थप्न माग गरेको छ। नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटर थप्न माग गरेका हुन्। ‘प्रदेश सरकारले विराटनगरमा १० दिनमा मैले के–के न गरेँ भनेर देखाएजस्तो गरेर चैत २१…

    विस्तृतमा पढ्नुस्

  • भौतिक दूरी कायम नगरी बिना मास्क सयौँको भीडमा मुख्यमन्त्री राई, कार्यकर्ता असन्तुष्ट

    भौतिक दूरी कायम नगरी बिना मास्क सयौँको भीडमा मुख्यमन्त्री राई, कार्यकर्ता असन्तुष्ट

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले विराटनगरमा चलाएको कोभिड–१९ अस्पतालमा भर्ना भएका बिरामीहरू अक्सिजन नपाएर मरिरहेका छन्। प्रदेशमा ४ सयभन्दा बढी बिरामीले कोभिड अस्पतालको मुख देख्न पाइरहेका छैनन्। अर्कातिर प्रदेशका मुख्यमन्त्री कोभिडसम्बन्धी सामान्य मर्यादाको पनि ख्याल नगरी शिलान्यास र उद्घाटनमा सक्रिय हुन थालेका छन्। मुख्यमन्त्री शेरधन राईले बिहिबार झापामा करिब ३ सय जनाको सघन उपस्थितिमा भौतिक दूरी कायम नगरी र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारले आइसोलेसनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

    प्रदेश १ सरकारले आइसोलेसनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ। प्रदेश सरकारले स्थानीय तहहरूलाई आइसोलेसन केन्द्रको स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको हो। त्यस्तै ११ वटा जिल्ला अस्पतालहरूलाई कम्तीमा १० शय्या क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराइएको मुख्यमन्त्री शेरधन राईका प्रेस…

    विस्तृतमा पढ्नुस्

  • खोई मुख्यमन्त्रीको आश्वासन? अक्सिजन नपाएर मर्दैछन् विराटनगरको कोभिड अस्पतालमा संक्रमित

    खोई मुख्यमन्त्रीको आश्वासन? अक्सिजन नपाएर मर्दैछन् विराटनगरको कोभिड अस्पतालमा संक्रमित

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चैत २१ गते विराटनगरमा कोभिड–१९ अस्पतालको उद्घाटन गर्दै कडा स्वरमा भनेका थिए, ‘यस प्रदेशमा अब कसैले पनि बिना उपचार कोभिड–१९ का कारण ज्यान गुमाउनु पर्ने छैन।’ मुख्यमन्त्री राईको कथनको ठीक विपरीत विराटनगरको कोभिड–१९ अस्पतालमा भर्ना एक बिरामीले समयमा अक्सिजन नपाएका कारण दुर्दान्त मृत्युवरण गर्नुपरेको छ। अस्पतालको फितलो व्यवस्थापन र यसप्रति प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ३ सय २१ संक्रमित घरमै बस्न बाध्य, प्रदेश सरकार उदासीन हुँदा जोखिम उच्च

    प्रदेश १ मा ३ सय २१ संक्रमित घरमै बस्न बाध्य, प्रदेश सरकार उदासीन हुँदा जोखिम उच्च

    विराटनगर: प्रदेश नम्बर १ मा कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिसकेको छ। तर, प्रदेश सरकार सङ्क्रमितको व्यवस्थापनप्रति उदासीन देखिएको छ। प्रदेश सरकारले समयमा नै आइसोलेसन केन्द्र र उपचार स्थल बनाउन नसक्दा सङ्क्रमितको व्यवस्थापन हुन नसकेको हो। यसका कारण सङ्क्रमितहरू घर वा डेरामै बसिरहेका छन्। कतिपय सङ्क्रमित खुलमखुला हिँडिरहेका कारण सङ्क्रमणको खतरा अझ बढेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर १…

    विस्तृतमा पढ्नुस्

  • ‘मेडिकल हब’ भनेर चिनिएको विराटनगर बन्यो कोरोनाको ‘हटस्पट’ : अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण तीव्र

    ‘मेडिकल हब’ भनेर चिनिएको विराटनगर बन्यो कोरोनाको ‘हटस्पट’ : अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण तीव्र

    विराटनगर : कोरोना भाइरसको ‘हटस्पट’ बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरका मुख्य अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड-१९ बाट ग्रस्त छन्। दुई हप्ताअघि एक मेडिकल कलेज तथा अस्पतालका सञ्चालकबाट शुरु भएको स्वास्थ्यकर्मीको संक्रमण यति बेला तीव्र रूपमा फैलिएको छ। सबै अस्पतालले आपत्कालिनबाहेक ओपीडी सेवा बन्द गरेका छन्। नेपालकै ‘मेडिकल हब’का रूपमा स्थापित भइसकेको विराटनगरका मेडिकल कलेज र अस्पतालसँग सम्बन्धितमा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोभिड-१९ संक्रमण, अदालत ३ दिनका लागि बन्द

    मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोभिड-१९ संक्रमण, अदालत ३ दिनका लागि बन्द

    विराटनगर : मोरङ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि अदालत ३ दिनका लागि बन्द गरिएको छ। अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको परीक्षणमा न्यायाधीशको कोभिड-१९ पोजिटिभ देखिएको हो। ल्याबले आइतवार साँझ न्यायाधीशमा कोभिड-१९ सङ्क्रमण भएको रिपोर्ट दिएको थियो। न्यायाधीशसहित अदालतका ४ कर्मचारीको पीसीआर परीक्षण गरिएको र एक न्यायाधीशको मात्र पोजिटिभ रिपोर्ट आएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर १ सरकारले ४ स्थानमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, तर कहिलेसम्म?

    प्रदेश नम्बर १ सरकारले ४ स्थानमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, तर कहिलेसम्म?

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा प्रदेशका ४ ठाउँमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ। लामो समय काठमाडौं बसेर सर्वत्र आलोचना खेपिरहेका मुख्यमन्त्री शेरधन राई शनिवार प्रदेश राजधानी विराटनगर आएपछि आइतवार मुख्यमन्त्री कार्यालयमा प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक बस्यो। बैठकले प्रदेशका ४ ठाउँमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार विराटनगर महानगरपालिकास्थित…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु, मृतक व्यस्त बजारका पसले, मोरङमा मर्नेको संख्या ३ पुग्यो

    विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु, मृतक व्यस्त बजारका पसले, मोरङमा मर्नेको संख्या ३ पुग्यो

    विराटनगर : कोशी अस्पताल विराटनगरमा बुधवार कोभिड १९ संक्रमणबाट एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका ९ स्थायी ठेगाना भएका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको मृत्युपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ। यसअघि सोमबार कोशीकै आइसोलेसनमा विराटनगर महानगरपालिका ५ का ७७ वर्षीय वृद्धको मृत्यु भएको थियो। आज मृत्यु भएका पुरुष विराटनगरको व्यस्त र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा मोरङ र सुनसरीपछि झापाको मेची अस्पतालबाट पनि कोभिड–१९ को उपचार सुरु

    प्रदेश १ मा मोरङ र सुनसरीपछि झापाको मेची अस्पतालबाट पनि कोभिड–१९ को उपचार सुरु

    विराटनगर : कोरोना भाइरसले सङ्क्रमितहरूका लागि झापाको मेची अस्पतालमा पनि सोमवारदेखि उपचार सुरु गरिएको छ।  प्रदेश नम्बर १ को सरकारको मातहतमा चलिरहेको झापाको भद्रपुरस्थित अस्पतालमा कोभिड–१९ का बिरामीका लागि उपचार सुरु गरिएको हो। यसअघि झापाका कोरोना सङ्क्रमितलाई मोरङ र सुनसरी ल्याएर उपचार गरिँदै थियो। सङ्क्रमितको उपचारका लागि मेची अस्पतालमा २५ शय्याको आइसोलेसन बनाइएको छ। साथै प्रदेश सरकारले यस अस्पताललाई दुई वटा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा १९ प्रहरीसहित २२ जनामा 'कोभिड १९' संक्रमण, महानगरभित्र समुदायमा पुगेको निष्कर्ष

    विराटनगरमा १९ प्रहरीसहित २२ जनामा 'कोभिड १९' संक्रमण, महानगरभित्र समुदायमा पुगेको निष्कर्ष

    विराटनगर : प्रदेश नम्बर १ को प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ प्रहरीमा कोरोना सङ्क्रमण पत्ता लागेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार २ महिला प्रहरी र १७ पुरुष प्रहरीमा कोरोना सङ्क्रमण पाइएको हो। विराटनगरमा रहेको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले कोरोना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा व्यापक अनियमितता, महालेखाले ठड्यायो औँला

    प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा व्यापक अनियमितता, महालेखाले ठड्यायो औँला

    विराटनगर : महालेखा परीक्षकको कार्यालयले प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा गरेका खर्चउपर औँला उठाएको छ। कार्यालयले उक्त आवको कार्यक्रम र खर्चको प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले गरेको कार्यक्रम र खर्चप्रति नियमविपरीत भन्दै औँला उठाएको हो। मन्त्रालयले सञ्चालन गरिरहेको ‘म अघि बढ्छु’ भन्ने चर्चित कार्यक्रमउपर महालेखाले प्रश्न उठाएको छ। ‘मन्त्रालयले आजका किशोर-किशोरी देशका कर्णधार,…

    विस्तृतमा पढ्नुस्

  • केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार

    केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार

    विराटनगर : मोरङको उत्तरपूर्वी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि उनकै कार्यालयमा छुरा प्रहार गरिएको छ।  जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार छुरा प्रहार गर्ने भवन मल्ल ठकुरी पक्राउ परिसकेका छन्। अध्यक्ष कार्कीको गर्धन र हातमा चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको छ। स्थानीय बासिन्दाका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा स्वास्थ्यकर्मीको नियति : कोही ‘फोर्स लिभ’मा, कसैलाई आधा तलब, संघसँग पनि तथ्यांक छैन

    प्रदेश १ मा स्वास्थ्यकर्मीको नियति : कोही ‘फोर्स लिभ’मा, कसैलाई आधा तलब, संघसँग पनि तथ्यांक छैन

    विराटनगर : प्रदेश नम्बर १ मा रहेका निजी क्षेत्रका मेडिकल कलेज, नर्सिङ कलेज, अस्पताल र नर्सिङ होमहरूले चिकित्सक र नर्सहरूलाई जबर्जस्ती छुट्टी (फोर्स लिभ)मा बस्न बाध्य बनाएका छन्। तर, कुन-कुन स्वास्थ संस्थाले कति जनालाई यस्तो छुट्टीमा बस्न बाध्य बनाएका छन् भन्ने तथ्यांक सम्बन्धित पेशागत सङ्घसंस्थासित पनि छैन। नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डाक्टर फरवार्ड सिलवाल र नेपाल नर्सिङ संघ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा कोरोना संक्रमित ६१५ पुग्दा सबैभन्दा बढी झापाका, ४ सय डिस्चार्ज

    प्रदेश १ मा कोरोना संक्रमित ६१५ पुग्दा सबैभन्दा बढी झापाका, ४ सय डिस्चार्ज

    विराटनगर : प्रदेश नम्बर १ मा हालसम्म ६ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशमा कोरोना सङ्क्रमणको तथ्याङ्क प्रस्तुत गरेका हुन्। मुख्यमन्त्रीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा हालसम्म १ सय ३ महिला र ५ सय १२ पुरुषमा कोरोना सङ्क्रमण भएको उल्लेख छ। जसमध्ये ३२ महिला र ३ सय ६८ पुरुष गरी ४ सय जना…

    विस्तृतमा पढ्नुस्

  • कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण नगर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा नहाल्न काङ्ग्रेस नेता शेखरको सुझाव

    कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण नगर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा नहाल्न काङ्ग्रेस नेता शेखरको सुझाव

    विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा नेपाल सरकारले यसलाई अन्तर्राष्ट्रियकरण नगरी वार्ताबाट समाधान गर्नुपर्ने विचार व्यक्त गरेका छन्। नेता कोइरालाले नेपाल सरकार र नेपाली जनता उत्तेजित र आक्रोशित नभई यो विषयलाई वार्ताद्वारा टुङ्ग्याउन आग्रह गरे। उनले यसलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बेला नभएको र अहिले लान नहुने धारणा प्रकट गरे। ‘त्यो नेपालकै भूभाग भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर १ मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा, किसानलाई ४५ करोडको राहत प्याकेज

    प्रदेश नम्बर १ मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा, किसानलाई ४५ करोडको राहत प्याकेज

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७७ र ०७८–का लागि विषयगत रूपमा स्वास्थ्य र कृषि क्षेत्रलाई  पहिलो प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा छैठौँ तथा बजेट अधिवेशनको सातौँ बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य र कृषि क्षेत्र पहिलो प्राथमिकतामा रहेको घोषणा गरेका हुन्। प्रमुख प्यासीले दशौँ…

    विस्तृतमा पढ्नुस्

  • कोशी अस्पतालको कोभिड केन्द्रबाट २७ जना डिस्चार्ज, अब १५ उपचाररत

    कोशी अस्पतालको कोभिड केन्द्रबाट २७ जना डिस्चार्ज, अब १५ उपचाररत

    विराटनगर कोशी अस्पतालको कोभिड उपचार केन्द्रबाट बिहीबार ४ महिलासहित २७ बिरामी निको भएर घर फर्किएका छन्।  डिस्चार्ज हुनेमा उदयपुर जिल्लाका १ महिला र २ पुरुष गरी ३ जना, झापाका ७ पुरुष, मोरङका १ महिला र ५ पुरुष गरी ६ जना, सुनसरीका ४ पुरुष, धनकुटाका २ पुरुष र २ महिला गरी ४ जना, खोटाङका १ पुरुष र सप्तरीका २ पुरुष छन्।…

    विस्तृतमा पढ्नुस्

  • सांसद विकास कोष खारेज गर्न शेखर कोइरालाको माग, ‘मन्त्रालय पनि १६ वटा मात्र राख्नुपर्छ’

    सांसद विकास कोष खारेज गर्न शेखर कोइरालाको माग, ‘मन्त्रालय पनि १६ वटा मात्र राख्नुपर्छ’

    विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सांसद विकास कोष राख्न नहुने धारणा प्रकट गरेका छन्। कांग्रेसको प्रदेश नम्बर १ को संसदीय दलले गरेको प्रादेशिक बजेट परामर्श कार्यक्रममा केन्द्रीय सदस्य डाक्टर कोइरालाले सांसद विकास कोष राख्न नहुने बताएका हुन्। ‘म त भन्छु, सांसद् विकास कोष राख्नै हुँदैन’, उनले भने, ‘राख्नैपर्छ भने १-२ वर्षपछि राखौँला। अहिले त हटाउनै पर्छ।…

    विस्तृतमा पढ्नुस्

  • तिब्बत सरकारले प्रदेश नम्बर १ सरकारलाई दियो स्वास्थ्य सामग्री

    तिब्बत सरकारले प्रदेश नम्बर १ सरकारलाई दियो स्वास्थ्य सामग्री

    विराटनगर : प्रदेश नम्बर १ को सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो। मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ का कोअर्डिनेटर मुकेश उपाध्यायले ती साम्रग्री हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell